प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • यरुसलेमको लागि परमेश्‍वरको प्रेम (१-६३)

        • त्यागिएको अवस्थामा भेटिएको बच्चा (१-७)

        • परमेश्‍वरले तिनलाई सिङ्‌गार्नुहुन्छ र विवाहको करार गर्नुहुन्छ (८-१४)

        • तिनले धोका दिन्छिन्‌ (१५-३४)

        • व्यभिचारिणीको सजाय (३५-४३)

        • सामरिया र सदोमसित तुलना (४४-५८)

        • परमेश्‍वरले आफ्नो करार सम्झनुहुन्छ (५९-६३)

इजकिएल १६:२

मार्जिनल रेफरेन्स

  • +इज ८:१०; २०:४

इजकिएल १६:३

मार्जिनल रेफरेन्स

  • +यहो १०:५; १रा २१:२५, २६; २रा २१:११
  • +१इ १:१३, १४

इजकिएल १६:४

फुटनोट

  • *

    त्यतिबेला बच्चा जन्मेपछि नुन दल्ने चलन थियो।

इजकिएल १६:८

मार्जिनल रेफरेन्स

  • +रुथ ३:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१२, पृ. २५

इजकिएल १६:९

मार्जिनल रेफरेन्स

  • +भज २३:५

इजकिएल १६:१०

फुटनोट

  • *

    वा “सिलको छालाको।”

  • *

    यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

इजकिएल १६:१३

फुटनोट

  • *

    वा “राजकीय ओहदाको लागि।”

मार्जिनल रेफरेन्स

  • +भज ४८:२

इजकिएल १६:१४

मार्जिनल रेफरेन्स

  • +१रा ४:२१
  • +१रा १०:१; भज ५०:२; वि २:१५

इजकिएल १६:१५

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:४; मिका ३:११
  • +१रा ११:५, ७; भज १०६:३५, ३६; यसै ५७:७, ८; यर्मि २:२०; या ४:४
  • +यर्मि ३:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १६५-१६७

इजकिएल १६:१६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा १४:२२, २३; २इ २१:५, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १६५-१६७

इजकिएल १६:१७

मार्जिनल रेफरेन्स

  • +यसै ५७:७, ८

इजकिएल १६:१८

फुटनोट

  • *

    अर्थात्‌, पुरुषका मूर्तिहरूलाई।

मार्जिनल रेफरेन्स

  • +इज ८:१०, ११

इजकिएल १६:१९

मार्जिनल रेफरेन्स

  • +२रा २२:१६, १७

इजकिएल १६:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२
  • +भज १०६:३७, ३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १६७

इजकिएल १६:२१

मार्जिनल रेफरेन्स

  • +लेवी १८:२१; २०:२; २रा १६:१, ३; २इ ३३:१, ६; यर्मि ७:३१; इज २०:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १६७

इजकिएल १६:२३

मार्जिनल रेफरेन्स

  • +यर्मि १३:२७; सप ३:१

इजकिएल १६:२५

मार्जिनल रेफरेन्स

  • +यर्मि २:२३, २४
  • +यर्मि ३:२

इजकिएल १६:२६

फुटनोट

  • *

    वा “इजिप्टका।”

मार्जिनल रेफरेन्स

  • +यसै ३०:२, ३; यर्मि २:३६

इजकिएल १६:२७

मार्जिनल रेफरेन्स

  • +व्य २८:४८
  • +भज १०६:४१
  • +यर्मि २:११, १२

इजकिएल १६:२८

मार्जिनल रेफरेन्स

  • +२रा १६:७

इजकिएल १६:२९

फुटनोट

  • *

    वा “व्यापारीहरूको देशसित।”

मार्जिनल रेफरेन्स

  • +इज २३:१४, १६

इजकिएल १६:३०

फुटनोट

  • *

    वा “बिरामी।”

  • *

    वा सम्भवतः “तँसित म कत्ति रिसाएको छु।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ३:३

इजकिएल १६:३२

मार्जिनल रेफरेन्स

  • +यर्मि ३:१, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १२३-१२४

इजकिएल १६:३३

फुटनोट

  • *

    वा “उपहार।”

मार्जिनल रेफरेन्स

  • +उत्प ३८:१६
  • +यसै ५७:९
  • +२इ १६:२, ३

इजकिएल १६:३५

मार्जिनल रेफरेन्स

  • +यसै १:२१; यर्मि ३:६

इजकिएल १६:३६

फुटनोट

  • *

    यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

मार्जिनल रेफरेन्स

  • +२रा २१:११
  • +भज १०६:३७, ३८

इजकिएल १६:३७

मार्जिनल रेफरेन्स

  • +यर्मि १३:२२; वि १:८

इजकिएल १६:३८

मार्जिनल रेफरेन्स

  • +उत्प ३८:२४; लेवी २०:१०; व्य २२:२२
  • +उत्प ९:६; प्रस्थ २१:१२
  • +भज ७९:२, ३; इज २३:२५

इजकिएल १६:३९

मार्जिनल रेफरेन्स

  • +यसै २७:९; इज १६:२४
  • +यर्मि ४:३०
  • +यसै ३:१८-२३; इज २३:२६

इजकिएल १६:४०

मार्जिनल रेफरेन्स

  • +इज २३:४६, ४७; हब १:६
  • +व्य २२:२०, २१
  • +२इ ३६:१७; यर्मि २५:९

इजकिएल १६:४१

मार्जिनल रेफरेन्स

  • +२रा २५:८, ९
  • +इज २३:२७

इजकिएल १६:४२

मार्जिनल रेफरेन्स

  • +इज ५:१३
  • +यसै ४०:२

इजकिएल १६:४३

मार्जिनल रेफरेन्स

  • +यर्मि २:३२

इजकिएल १६:४४

मार्जिनल रेफरेन्स

  • +१रा २१:२५, २६; २रा २१:२, ९; भज १०६:३५, ३६

इजकिएल १६:४५

मार्जिनल रेफरेन्स

  • +व्य २०:१७; यहो १०:५; २रा २१:११; इज १६:३

इजकिएल १६:४६

फुटनोट

  • *

    यसले मुख्य सहरमा भर पर्ने साना सहरहरूलाई जनाएको हुन सक्छ।

  • *

    शा., “तेरो बायाँतिर।”

  • *

    शा., “तेरो दायाँतिर।”

मार्जिनल रेफरेन्स

  • +इज २३:३३
  • +यर्मि ३:८
  • +उत्प १८:२०; यसै ३:९; यर्मि २३:१४
  • +उत्प १९:२४, २५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १६७

इजकिएल १६:४७

मार्जिनल रेफरेन्स

  • +२रा २१:२, ९; इज ५:५, ६

इजकिएल १६:४९

मार्जिनल रेफरेन्स

  • +यहु ७
  • +हित १६:५
  • +उत्प १३:१०
  • +हित १:३२
  • +हित २१:१३

इजकिएल १६:५०

मार्जिनल रेफरेन्स

  • +हित १६:१८
  • +उत्प १३:१३; १८:२०; १९:४, ५
  • +उत्प १९:२४, २५; वि ४:६; २प २:६

इजकिएल १६:५१

मार्जिनल रेफरेन्स

  • +२रा २१:१३; यर्मि २३:१३; इज २३:३३
  • +यर्मि ३:११

इजकिएल १६:५२

फुटनोट

  • *

    वा “आफ्ना दिदीबहिनीको पक्षमा वकालत गरेकीले।”

इजकिएल १६:५३

मार्जिनल रेफरेन्स

  • +भज १२६:१

इजकिएल १६:५५

मार्जिनल रेफरेन्स

  • +इज ३६:११

इजकिएल १६:५७

मार्जिनल रेफरेन्स

  • +इज २१:२४
  • +२इ २८:१८

इजकिएल १६:५९

मार्जिनल रेफरेन्स

  • +यसै ३:११; गला ६:७
  • +व्य २९:१२; यर्मि २२:८, ९

इजकिएल १६:६०

मार्जिनल रेफरेन्स

  • +यर्मि ३२:४०; ५०:४, ५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १६७-१६८

इजकिएल १६:६१

मार्जिनल रेफरेन्स

  • +इज २०:४३

इजकिएल १६:६३

मार्जिनल रेफरेन्स

  • +भज १०३:१२; मिका ७:१८, १९
  • +एज्रा ९:६; इज ३६:३१

अरू

इज. १६:२इज ८:१०; २०:४
इज. १६:३यहो १०:५; १रा २१:२५, २६; २रा २१:११
इज. १६:३१इ १:१३, १४
इज. १६:८रुथ ३:९
इज. १६:९भज २३:५
इज. १६:१३भज ४८:२
इज. १६:१४१रा ४:२१
इज. १६:१४१रा १०:१; भज ५०:२; वि २:१५
इज. १६:१५यर्मि ७:४; मिका ३:११
इज. १६:१५१रा ११:५, ७; भज १०६:३५, ३६; यसै ५७:७, ८; यर्मि २:२०; या ४:४
इज. १६:१५यर्मि ३:१३
इज. १६:१६१रा १४:२२, २३; २इ २१:५, ११
इज. १६:१७यसै ५७:७, ८
इज. १६:१८इज ८:१०, ११
इज. १६:१९२रा २२:१६, १७
इज. १६:२०प्रस्थ १३:२
इज. १६:२०भज १०६:३७, ३८
इज. १६:२१लेवी १८:२१; २०:२; २रा १६:१, ३; २इ ३३:१, ६; यर्मि ७:३१; इज २०:२६
इज. १६:२३यर्मि १३:२७; सप ३:१
इज. १६:२५यर्मि २:२३, २४
इज. १६:२५यर्मि ३:२
इज. १६:२६यसै ३०:२, ३; यर्मि २:३६
इज. १६:२७व्य २८:४८
इज. १६:२७भज १०६:४१
इज. १६:२७यर्मि २:११, १२
इज. १६:२८२रा १६:७
इज. १६:२९इज २३:१४, १६
इज. १६:३०यर्मि ३:३
इज. १६:३२यर्मि ३:१, २०
इज. १६:३३उत्प ३८:१६
इज. १६:३३यसै ५७:९
इज. १६:३३२इ १६:२, ३
इज. १६:३५यसै १:२१; यर्मि ३:६
इज. १६:३६२रा २१:११
इज. १६:३६भज १०६:३७, ३८
इज. १६:३७यर्मि १३:२२; वि १:८
इज. १६:३८उत्प ३८:२४; लेवी २०:१०; व्य २२:२२
इज. १६:३८उत्प ९:६; प्रस्थ २१:१२
इज. १६:३८भज ७९:२, ३; इज २३:२५
इज. १६:३९यसै २७:९; इज १६:२४
इज. १६:३९यर्मि ४:३०
इज. १६:३९यसै ३:१८-२३; इज २३:२६
इज. १६:४०इज २३:४६, ४७; हब १:६
इज. १६:४०व्य २२:२०, २१
इज. १६:४०२इ ३६:१७; यर्मि २५:९
इज. १६:४१२रा २५:८, ९
इज. १६:४१इज २३:२७
इज. १६:४२इज ५:१३
इज. १६:४२यसै ४०:२
इज. १६:४३यर्मि २:३२
इज. १६:४४१रा २१:२५, २६; २रा २१:२, ९; भज १०६:३५, ३६
इज. १६:४५व्य २०:१७; यहो १०:५; २रा २१:११; इज १६:३
इज. १६:४६इज २३:३३
इज. १६:४६यर्मि ३:८
इज. १६:४६उत्प १८:२०; यसै ३:९; यर्मि २३:१४
इज. १६:४६उत्प १९:२४, २५
इज. १६:४७२रा २१:२, ९; इज ५:५, ६
इज. १६:४९यहु ७
इज. १६:४९हित १६:५
इज. १६:४९उत्प १३:१०
इज. १६:४९हित १:३२
इज. १६:४९हित २१:१३
इज. १६:५०हित १६:१८
इज. १६:५०उत्प १३:१३; १८:२०; १९:४, ५
इज. १६:५०उत्प १९:२४, २५; वि ४:६; २प २:६
इज. १६:५१२रा २१:१३; यर्मि २३:१३; इज २३:३३
इज. १६:५१यर्मि ३:११
इज. १६:५३भज १२६:१
इज. १६:५५इज ३६:११
इज. १६:५७इज २१:२४
इज. १६:५७२इ २८:१८
इज. १६:५९यसै ३:११; गला ६:७
इज. १६:५९व्य २९:१२; यर्मि २२:८, ९
इज. १६:६०यर्मि ३२:४०; ५०:४, ५
इज. १६:६१इज २०:४३
इज. १६:६३भज १०३:१२; मिका ७:१८, १९
इज. १६:६३एज्रा ९:६; इज ३६:३१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
  • ५०
  • ५१
  • ५२
  • ५३
  • ५४
  • ५५
  • ५६
  • ५७
  • ५८
  • ५९
  • ६०
  • ६१
  • ६२
  • ६३
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल १६:१-६३

इजकिएल

१६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, यरुसलेम सहरलाई त्यसले गरेका घिनलाग्दा कामहरू बताऊ।+ ३ तिमीले भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा यरुसलेमलाई यसो भन्‍नुहुन्छ: “तँ कनानीहरूको देशमा जन्मिइस्‌ र तेरो सुरुवात त्यहीँबाट भयो। तेरा बुबा एमोरी थिए+ र तेरी आमा हित्ती थिइन्‌।+ ४ तँ जन्मँदा कसैले तेरो नाल काटिदिएन, तँलाई पखालिदिएन, शरीरमा नुन दलिदिएन* र कपडाले गुटुमुटु पारेर बेरिदिएन। ५ कसैले टिठाएर तँलाई यीमध्ये केही पनि गरिदिएन। तँलाई कसैले दया देखाएन। बरु तँ खुला मैदानमा फालिइस्‌ किनभने जन्मेको दिनदेखि नै तँ घृणाको पात्र भइस्‌।

६ “‘“तेरो छेउबाट जाँदा मैले तँलाई हातगोडा चलाउँदै रगतमा लतपतिरहेकी देखेँ र मैले यसो भनेँ: ‘म तँलाई मर्न दिन्‍नँ!’ हो, रगतमा लतपतिएकी तँलाई मैले भनेँ, ‘म तँलाई मर्न दिन्‍नँ!’ ७ जमिनमा उम्रने बोटहरूजस्तै मैले तँलाई बढाएर असङ्‌ख्य बनाएँ। तँ हुर्किइस्‌ अनि दामी-दामी गरगहना लगाइस्‌। तेरा छाती उठे र केश पनि लामो भयो। तर तँ अझै पनि नाङ्‌गै थिइस्‌।”’

८ “‘म फेरि तेरो छेउबाट जाँदा तँ तरुनी भइसकेकी देखेँ। तँ मायाप्रीति गाँस्ने उमेरकी भइसकेकी थिइस्‌। त्यसैले तँलाई मेरो लुगा ओढाइदिएँ+ र तेरो लाज ढाकिदिएँ। अनि तँसित शपथ खाएँ र करार गरेँ। तँ मेरी भइस्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ९ ‘मैले तेरो शरीरमा लागेको रगत पखालिदिएँ र तेल लगाइदिएँ।+ १० त्यसपछि मैले तँलाई बुट्टा भरेको लुगा पहिराइदिएँ, राम्रो छालाको* जुत्ता दिएँ, तँलाई मलमलको* कपडा ओढाइदिएँ र दामी लुगा लगाइदिएँ। ११ मैले तँलाई सुन्दर गहना लगाइदिएर सिँगारेँ, तेरा हातमा बाला लगाइदिएँ र गलामा हार पहिराइदिएँ। १२ मैले तेरो नाकमा नत्थ र कानमा कुण्डल लगाइदिएँ अनि शिरमा सुन्दर मुकुट पनि पहिराइदिएँ। १३ तैँले आफूलाई सुनचाँदीले झकिझकाउ बनाइस्‌। तैँले मलमलको लुगा, महँगो अनि बुट्टा भरेको लुगा लगाइस्‌। तँ मसिनो पीठो, तेल र महबाट बनेका मीठामीठा खानेकुरा खान्थिस्‌। तँ रूपवती भइस्‌,+ रानी बन्‍न* सुहाउँदी।’”

१४ “‘तेरो सौन्दर्यले गर्दा तेरो नाम चारैतिर फिँजियो।+ मैले आफ्नै गौरव तँलाई पहिराइदिएकोले तेरो सौन्दर्य खोटरहित थियो,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

१५ “‘तर तैँले आफ्नो सौन्दर्यमा घमन्ड गर्न थालिस्‌+ र तैँले आफ्नै ख्यातिको आड लिएर वेश्‍यावृत्ति गरिस्‌।+ तैँले सहरमा आउने जोसित पनि लाजै नमानी वेश्‍यागमन गर्न थालिस्‌+ र आफ्नो सौन्दर्य लुटाइस्‌। १६ तैँले आफ्ना केही लुगा लिएर आफ्नो लागि रङ्‌गीचङ्‌गी अग्ला थानहरू* बनाइस्‌। अनि त्यहाँ तैँले वेश्‍यावृत्ति गर्न थालिस्‌।+ तैँले यस्तो काम गरिस्‌, जुन गर्नु हुँदैनथ्यो र पछि पनि कहिल्यै गर्नु हुँदैन। १७ मैले दिएका सुनचाँदीका सुन्दर गरगहना पनि तैँले लगिस्‌ र त्यसबाट पुरुषका मूर्तिहरू बनाइस्‌ र तीसित वेश्‍यागमन गरिस्‌।+ १८ अनि बुट्टा भरेको आफ्नो लुगा तैँले ती मूर्तिहरूलाई* ओढाइदिइस्‌ अनि मेरो तेल र धूप पनि चढाइस्‌।+ १९ मैले तँलाई खानको लागि दिएको मसिनो पीठो, तेल र महबाट बनेको रोटी पनि तैँले लगेर तिनीहरूको अघि चढाइस्‌ ताकि तिनीहरू त्यसको सुगन्धित बास्नाले गर्दा खुसी होऊन्‌।+ हो, तैँले यस्तै गरिस्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

२० “‘तैँले मेरो निम्ति जन्माएका छोराछोरीलाई+ ती मूर्तिहरूको सामुन्‍ने बलि चढाइस्‌।+ के तेरो वेश्‍यावृत्ति हदै भएन र? २१ तैँले मेरा छोराहरूको हत्या गरिस्‌ र तिनीहरूलाई आगोमा बलि चढाइस्‌।+ २२ यी सबै घिनलाग्दा कामहरू गर्दा र वेश्‍यावृत्तिमा लाग्दा तैँले आफ्नो बाल्यावस्था सम्झिनस्‌। त्यतिबेला तँ हातगोडा चलाउँदै आफ्नै रगतमा लतपतिएकी थिइस्‌ अनि कसैले पनि तँलाई कपडाले गुटुमुटु पारेर बेरेको थिएन। २३ यस्ता दुष्ट काम गरेकोमा तँलाई धिक्कार छ! धिक्कार छ तँलाई!’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। २४ ‘तैँले आफ्नो लागि ढिस्काहरू बनाइस्‌ र चोकचोकमा अग्ला थानहरू बनाइस्‌। २५ तैँले हरेक दोबाटोमा अग्ला थानहरू बनाइस्‌ र त्यहाँबाट हिँड्‌ने जोकोहीलाई आफ्नो शरीर सुम्पिस्‌।+ यसरी तैँले आफ्नो सौन्दर्यलाई घिनलाग्दो बनाइस्‌; तैँले गर्नुसम्म वेश्‍यावृत्ति गरिस्‌।+ २६ तैँले आफ्ना कामातुर छिमेकी मिश्रका* छोराहरूसित पनि वेश्‍यागमन गरिस्‌।+ तैँले कति जनासित वेश्‍यागमन गरिस्‌, गनेर साध्य छैन। यस्तो घिनलाग्दो काम गरेर तैँले मलाई रिस उठाइस्‌। २७ अब म तँमाथि आफ्नो हात उठाउनेछु र तेरो खानेकुरा घटाइदिनेछु।+ तँलाई घृणा गर्ने पलिस्तियालीहरूका छोरीहरूको हातमा म तँलाई सुम्पिदिनेछु।+ तेरो छाडापन देखेर तिनीहरूसमेत छक्क परेका थिए।+

२८ “‘तर तँ सन्तुष्ट हुन सकिनस्‌। त्यसैले तैँले अस्सेरियाका छोराहरूसित वेश्‍यागमन गरिस्‌।+ तैपनि तेरो मन भरिएन। २९ त्यसैले तैँले कनानीहरूसित* र कल्दियालीहरूसित पनि वेश्‍यागमन गरिस्‌।+ तर अझै तेरो मन भरिएन। ३० निर्लज्ज वेश्‍याले+ जस्तै तैँले यी सब काम गर्दा तेरो मन कत्ति कमजोर* भएको थियो,’* ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ३१ ‘तर तैँले दोबाटोमा ढिस्को बनाउँदा र चोकचोकमा अग्ला थानहरू बनाउँदा अरू वेश्‍याहरूले जस्तो पैसा लिन मानिनस्‌। ३२ तँ त आफ्नो पतिलाई छोडेर पराईसित सुत्ने व्यभिचारिणी स्वास्नी होस्‌!+ ३३ मानिसहरूले वेश्‍याहरूलाई पैसा* दिने गर्छन्‌।+ तर तँ त आफ्नो पछि लाग्ने कामुक मानिसहरूलाई पैसा दिन्छेस्‌।+ अनि घुस दिई-दिईकन चारैतिरका मानिसहरूलाई आफूकहाँ निम्त्याउँछेस्‌।+ ३४ वेश्‍यावृत्तिमा लाग्ने अरू स्त्रीहरूभन्दा तँ फरक छेस्‌। अरू कुनै वेश्‍याले तैँले जस्तो गर्दिन। किनकि तँकहाँ आउनेहरूसित पैसा लिनुको सट्टा तँ तिनीहरूलाई पैसा दिन्छेस्‌। तेरो तरिका उल्टो छ।’

३५ “त्यसैले ए वेश्‍या,+ यहोवाको वचन सुन्‌। ३६ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘तैँले कामवासनाले जलेर आफ्ना प्रेमीहरू र घिनलाग्दा मूर्तिहरूसित*+ वेश्‍यावृत्ति गरिस्‌ र आफ्नो लाज देखाइस्‌। तैँले आफ्ना छोराहरूको रगतसमेत तिनीहरूलाई चढाइस्‌।+ ३७ त्यसैले तैँले सन्तुष्ट पारिदिएका तेरा प्रेमीहरू सबैलाई र तैँले घृणा गर्ने सबैलाई म जम्मा गर्नेछु। तिनीहरू सबैलाई म तँविरुद्ध उठाउनेछु र तिनीहरूसामु तँलाई निर्वस्त्र पार्नेछु। तिनीहरूले तँलाई नाङ्‌गो देख्नेछन्‌।+

३८ “‘अनि व्यभिचारिणीहरू+ र रक्‍तपात गर्ने स्त्रीहरूलाई+ जस्तो दण्ड दिइन्छ, म तँलाई त्यस्तै दण्ड दिनेछु अनि क्रोध र ईर्ष्यामा म तेरो रगत बगाउनेछु।+ ३९ म तँलाई तिनीहरूको हातमा सुम्पिदिनेछु र तैँले बनाएका ढिस्काहरू र अग्ला थानहरू तिनीहरूले भत्काइदिनेछन्‌।+ तिनीहरूले तँलाई निर्वस्त्र पारिदिनेछन्‌।+ तेरा सुन्दर गरगहना पनि खोस्नेछन्‌।+ तिनीहरूले तँलाई नाङ्‌गो पारेर छोडिदिनेछन्‌। ४० तिनीहरूले तँविरुद्ध भीड जम्मा पार्नेछन्‌,+ तँलाई ढुङ्‌गाले हिर्काउनेछन्‌+ र तरबारले काट्‌नेछन्‌।+ ४१ तिनीहरूले तेरा घरहरूमा आगो लगाउनेछन्‌+ र थुप्रै स्त्रीको आँखाकै सामुन्‍ने तँलाई दण्ड दिनेछन्‌। यसरी म तेरो वेश्‍यावृत्तिको अन्त गरिदिनेछु+ र आफ्ना प्रेमीहरूलाई तैँले पैसा दिन छोड्‌नेछेस्‌। ४२ तब तँविरुद्ध मेरो क्रोध शान्त हुनेछ+ र मेरो रिस थामिनेछ।+ त्यसपछि म शान्त हुनेछु र रिसाउनेछैनँ।’

४३ “‘तैँले आफ्नो बाल्यावस्था सम्झिनस्‌+ र यी सबै काम गरेर मलाई रिस उठाइस्‌। यसैकारण अब म तेरो कामको नतिजा तेरै थाप्लोमा खन्याइदिनेछु। त्यसपछि तैँले छाडा र घिनलाग्दा कामहरू गर्नेछैनस्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

४४ “‘हेर्‌, उखान भन्‍नेहरू सबैले तेरो बारेमा यो उखान भन्‍नेछन्‌: “जस्ती आमा, उस्तै छोरी!”+ ४५ तँ ठ्‌याक्कै तेरी आमाजस्तै छेस्‌। तेरी आमाले पनि आफ्नो पति र छोराछोरीलाई तुच्छ सम्झन्थी। अनि तँ ठ्‌याक्कै तेरा दिदीबहिनीजस्तै छेस्‌। तिनीहरू पनि आफ्ना पति र छोराछोरीलाई तुच्छ सम्झन्थे। तेरी आमा हित्ती थिइन्‌ र बुबाचाहिँ एमोरी थिए।’”+

४६ “‘सामरिया तेरी दिदी हो।+ ऊ आफ्ना छोरीहरूसित* तेरो उत्तरतिर* बस्छे।+ अनि तेरी बहिनीचाहिँ सदोम हो।+ ऊ आफ्ना छोरीहरूसित तेरो दक्षिणतिर* बस्छे।+ ४७ तैँले उनीहरूको चालचलन र घिनलाग्दा कामहरूको सिको मात्र गरिनस्‌ तर हेर्दाहेर्दै तैँले उनीहरूलाई पनि उछिनिस्‌ र हरेक कुरामा तँ उनीहरूभन्दा भ्रष्ट भइस्‌।’+ ४८ ‘म आफ्नै कसम खाएर भन्छु,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘तँ र तेरा छोरीहरूले जत्तिको दुष्ट काम त तेरी बहिनी सदोम र उसका छोरीहरूले समेत गरेका छैनन्‌। ४९ हेर्‌, तेरी बहिनी सदोमको गल्ती यही हो: सदोम र उसका छोरीहरू+ घमन्डी थिए।+ उनीहरूसित प्रशस्त खानेकुरा थियो+ र उनीहरू सुख-चैनले बसिरहेका थिए।+ तर उनीहरूले गरिबहरूलाई मदत गरेनन्‌।+ ५० उनीहरूले अहङ्‌कार गर्न छोडेनन्‌+ र मेरो दृष्टिमा घिनलाग्दा कामहरू गरी नै रहे।+ त्यसैले मैले उनीहरूलाई नाश गर्नुपऱ्‍यो।+

५१ “‘तेरो तुलनामा सामरियाले+ गरेको गल्ती आधा पनि छैन। तैँले आफ्ना दिदीबहिनीले भन्दा यति धेरै घिनलाग्दा काम गरिस्‌ कि तेरा दिदीबहिनी नै तँभन्दा धर्मी देखिन्छन्‌।+ ५२ यसरी तैँले आफ्ना दिदीबहिनीलाई धर्मी ठहराएकीले* अब तैँले बेइज्जती भोग्नुपर्नेछ। तैँले उनीहरूले भन्दा घिनलाग्दा कामहरू गरेकीले उनीहरू तँभन्दा धर्मी देखिन्छन्‌। त्यसैले अब लज्जित हो र तेरा कर्तुतहरूले गर्दा तेरा दिदीबहिनी नै धर्मी देखिन पुगेकोमा बेइज्जती भोग्‌।’

५३ “‘सदोम र उसका छोरीहरूले कैद गरेका मानिसहरूलाई अनि सामरिया र उसका छोरीहरूले कैद गरेका मानिसहरूलाई म जम्मा पार्नेछु। उनीहरूसितै म तैँले कैद गरेकाहरूलाई पनि जम्मा पार्नेछु।+ ५४ अनि तैँले बेइज्जती भोग्नेछेस्‌ र तेरा सबै काम देखेर उनीहरूले सान्त्वना पाएकोले तँ अपमानित हुनेछेस्‌। ५५ तेरी बहिनी सदोम र उसका छोरीहरूको सुदिन फर्कनेछ र तेरी दिदी सामरिया र उसका छोरीहरू पनि पहिलेकै अवस्थामा फर्कनेछन्‌। अनि तँ पनि आफ्ना छोरीहरूसँगै पहिलेकै अवस्थामा फर्कनेछेस्‌।+ ५६ तेरो अहङ्‌कार चढेको बेलामा तँ आफ्नी बहिनी सदोमको नाम लिन समेत इन्कार गर्थिस्‌। ५७ किनभने त्यतिबेला तेरो दुष्ट्‌याइँ उदाङ्‌ग भइसकेको थिएन।+ अहिले सिरियाका छोरीहरू र उनका छिमेकीहरूले तेरो अपमान गर्छन्‌ र तेरो वरपर भएका पलिस्तियाली छोरीहरूले+ तेरो खिसी गर्छन्‌। ५८ तैँले आफ्नो छाडा र घिनलाग्दा कामहरूको नतिजा भोग्नेछेस्‌,’ यहोवा घोषणा गर्नुहुन्छ।

५९ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘तैँले मसित जस्तो व्यवहार गरिस्‌, अब म तँसित त्यस्तै व्यवहार गर्नेछु।+ किनभने मसित गरेको करार तोडेर तैँले मेरो शपथलाई तुच्छ ठानिस्‌।+ ६० तर तँ तरुनी हुँदा मैले तँसित गरेको करार म बिर्सनेछैनँ र तँसित सदाको लागि करार गर्नेछु।+ ६१ आफ्ना दिदीबहिनीलाई स्विकारेपछि तैँले आफ्ना कर्तुतहरू सम्झनेछेस्‌ र लज्जित महसुस गर्नेछेस्‌।+ म उनीहरूलाई तेरा छोरीहरूको रूपमा दिनेछु तर तँसित गरेको करारको कारणले त होइन।’

६२ “‘म आफै तँसित करार गर्नेछु। तब म नै यहोवा हुँ भनेर तैँले जान्‍नेछेस्‌। ६३ तैँले गरेका सबै गल्तीको बाबजुद म तँलाई क्षमा दिनेछु।+ तब आफ्ना गल्तीहरू सम्झेर तँ लज्जित हुनेछेस्‌ र मुख खोल्न समेत सर्माउनेछेस्‌,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने