प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • भोजनकक्षहरू भएका भवनहरू (१-१४)

      • मन्दिरको चारैतिर भएको पर्खालको नाप (१५-२०)

इजकिएल ४२:१

मार्जिनल रेफरेन्स

  • +इज ४०:२
  • +इज ४२:१३
  • +इज ४१:१२, १५

इजकिएल ४२:२

फुटनोट

  • *

    यसले लामो हातलाई जनाउँछ। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

इजकिएल ४२:३

मार्जिनल रेफरेन्स

  • +इज ४१:१०

इजकिएल ४२:४

फुटनोट

  • *

    ग्रीक सेप्टुआजिन्ट अनुसार “१०० हात लामो।” हिब्रूमा “एक हातको बाटो।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ४२:१०, ११

इजकिएल ४२:१०

मार्जिनल रेफरेन्स

  • +इज ४१:१२; ४२:१

इजकिएल ४२:११

मार्जिनल रेफरेन्स

  • +इज ४२:४

इजकिएल ४२:१२

मार्जिनल रेफरेन्स

  • +इज ४२:९

इजकिएल ४२:१३

मार्जिनल रेफरेन्स

  • +इज ४२:१
  • +लेवी ६:१४, १६; ७:१, ६; १०:१२, १३; २४:८, ९; गन १८:१०; इज ४०:४६
  • +लेवी २:३; गन १८:९; नहे १३:५

इजकिएल ४२:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २८:४०; २९:८, ९; लेवी ८:१३; इज ४४:१९

इजकिएल ४२:१५

मार्जिनल रेफरेन्स

  • +इज ४०:६

इजकिएल ४२:१६

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

इजकिएल ४२:२०

मार्जिनल रेफरेन्स

  • +इज ४०:५
  • +इज ४५:१, २
  • +लेवी १०:१०; इज ४४:२३; २कोरि. ६:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. १४९-१५०, १५२, १५६

अरू

इज. ४२:१इज ४०:२
इज. ४२:१इज ४२:१३
इज. ४२:१इज ४१:१२, १५
इज. ४२:३इज ४१:१०
इज. ४२:४इज ४२:१०, ११
इज. ४२:१०इज ४१:१२; ४२:१
इज. ४२:११इज ४२:४
इज. ४२:१२इज ४२:९
इज. ४२:१३इज ४२:१
इज. ४२:१३लेवी ६:१४, १६; ७:१, ६; १०:१२, १३; २४:८, ९; गन १८:१०; इज ४०:४६
इज. ४२:१३लेवी २:३; गन १८:९; नहे १३:५
इज. ४२:१४प्रस्थ २८:४०; २९:८, ९; लेवी ८:१३; इज ४४:१९
इज. ४२:१५इज ४०:६
इज. ४२:२०इज ४०:५
इज. ४२:२०इज ४५:१, २
इज. ४२:२०लेवी १०:१०; इज ४४:२३; २कोरि. ६:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ४२:१-२०

इजकिएल

४२ अनि तिनले मलाई उत्तरतिर बाहिरी चोकमा लगे।+ त्यहाँ खाली ठाउँनजिकै भएको भवनमा तिनले मलाई लगे, जसमा भोजनकक्षहरू थिए।+ यो भवन मन्दिरपछाडि भएको भवनको उत्तरतिर थियो।+ २ यो भवनमा छिर्न उत्तरतिर एउटा ढोका थियो। त्यो ढोकादेखि नाप्दा भोजनकक्षहरू भएको यो भवनको जम्मा चौडाइ ५० हात* र लम्बाइ १०० हात थियो। ३ भित्री चोकको २० हात चौडाइ भएको+ खाली ठाउँ र बाहिरी चोकको ठीक बीचमा यो भवन थियो। यो भवन तीन तलाको थियो र यसका बार्दलीहरू आमनेसामने थिए। ४ भोजनकक्षहरूको बीचमा एउटा बाटो थियो।+ यो बाटो १० हात चौडा र १०० हात लामो* थियो। भोजनकक्षहरूभित्र पस्ने ढोकाहरू उत्तरतिर फर्केका थिए। ५ यो भवनको माथिल्लो तलाका कोठाहरू बीचका र तल्लो तलाका भन्दा साना थिए किनभने बार्दलीले माथिल्लो तलाका कोठाहरूको धेरै ठाउँ ओगटेको थियो। ६ यो भवन तीन तलाको थियो। तर चोकहरूमा भएजस्तो यो भवनमा खम्बाहरू थिएनन्‌। त्यसैले तल्लो तलाको भन्दा बीचको तलाका कोठाहरू साना थिए अनि माथिल्लो तलाका कोठाहरू बीचको तलाका भन्दा अझ साना थिए।

७ भोजनकक्षहरूको छेउमा बाहिरी चोकपट्टि पर्ने पर्खाल ५० हात लामो थियो। यो पर्खाल ढुङ्‌गाले बनेको थियो र यसको ठीक सामुन्‍ने अरू भोजनकक्षहरू थिए। ८ बाहिरी चोकपट्टि पर्ने भोजनकक्षहरूको लम्बाइ ५० हात थियो भने मन्दिरपट्टि पर्ने भोजनकक्षहरूको लम्बाइ १०० हात थियो। ९ बाहिरी चोकबाट पस्न यी भोजनकक्षहरूको पूर्वपट्टि पनि एउटा ढोका थियो।

१० पूर्वपट्टि चोकको ढुङ्‌गाको पर्खालभित्र खाली ठाउँ र मन्दिरको पछाडि भएको भवननजिकै पनि भोजनकक्षहरू थिए।+ ११ उत्तरपट्टिको भोजनकक्षहरूमा जस्तै यी भोजनकक्षहरूको बीचमा पनि एउटा बाटो थियो।+ यी भोजनकक्षहरूको लम्बाइ-चौडाइ, ढोकाहरू र बनोट उत्तरपट्टिको जस्तै थियो। १२ यहाँका भोजनकक्षहरूका ढोकाहरू पनि दक्षिणतिरका भोजनकक्षहरूका जस्तै थिए। बाटो सुरु हुने ठाउँमा एउटा द्वार थियो, जुन पूर्वपट्टिको ढुङ्‌गाको पर्खालसँगै थियो। त्यहाँबाट मानिसहरू प्रवेश गर्थे।+

१३ त्यसपछि तिनले मलाई यसो भने: “खाली ठाउँनजिकै पर्ने उत्तरपट्टि र दक्षिणपट्टि भएका भोजनकक्षहरू+ पवित्र ठाउँ हुन्‌। त्यहाँ यहोवासामु उपस्थित हुने पुजारीहरूले अतिपवित्र भेटी खान्छन्‌।+ त्यहाँ तिनीहरू अन्‍नभेटी, पापभेटी र दोषभेटीजस्ता अतिपवित्र भेटी राख्छन्‌ किनकि त्यो ठाउँ पवित्र छ।+ १४ पुजारीहरूले पवित्र ठाउँबाट बाहिरी चोकमा जानुअघि पवित्र ठाउँमा सेवा गर्दा लगाएको लुगा फेर्नुपर्छ+ किनकि ती लुगा पवित्र छन्‌। पुजारीहरू सर्वसाधारण मानिसलाई आउने-जाने अनुमति दिइएको ठाउँमा जाँदा तिनीहरूले त्यो पवित्र लुगा फेरेर अर्को लुगा लगाउनुपर्छ।”

१५ भित्री चोकको सबै ठाउँ नापिसकेपछि तिनले मलाई पूर्वपट्टिको प्रवेशद्वारबाट बाहिर लगे+ र पूरै ठाउँ नापे।

१६ तिनले नाप्ने टाँगोले* पूर्वपट्टिको पर्खाल नापे। त्यसको लम्बाइ ५०० टाँगो थियो।

१७ तिनले उत्तरपट्टिको पर्खाल नापे। त्यसको लम्बाइ ५०० टाँगो थियो।

१८ तिनले दक्षिणपट्टिको पर्खाल नापे। त्यसको लम्बाइ ५०० टाँगो थियो।

१९ त्यसपछि तिनी पश्‍चिमपट्टि गए। पश्‍चिमपट्टिको पर्खालको लम्बाइ ५०० टाँगो थियो।

२० यसरी तिनले त्यस ठाउँको चारैतिरको पर्खाल+ नापे। त्यसको लम्बाइ र चौडाइ दुवै ५०० टाँगो थियो।+ त्यो पर्खालले पवित्र ठाउँलाई र साधारण ठाउँलाई छुट्ट्याएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने