उपदेशक
१ दाउदका छोरा, यरुसलेमका राजा,+ उपदेशकका*+ वचन:
६ बतास दक्षिणतिर बहन्छ र फेरि घुमेर उत्तरतिर फर्कन्छ।
त्यसले फन्को मार्न छोड्दैन; त्यसले चक्कर लगाइरहन्छ।
७ सबै खोला बगेर समुद्रमा मिसिन्छन् तैपनि समुद्र कहिल्यै भरिँदैन।+
ती जहाँबाट बग्थे, त्यतैतिर फर्कन्छन् र फेरि बग्न थाल्छन्।+
८ सबै कुरा थकाइलाग्दा छन्।
कसैले ती व्याख्या गर्न सक्दैन।
जति हेरे पनि आँखा थाक्दैन;
जति सुने पनि कान अघाउँदैन।
१० के कुनै कुरा देखेर कसैले यसो भन्न सक्छ, “हेर त! योचाहिँ नयाँ हो”?
त्यो त उहिलेदेखि नै थियो,
हाम्रो पालाभन्दा अघिदेखि नै।
११ उहिले-उहिलेका मानिसहरूलाई कसैले सम्झँदैन।
पछि आउने पुस्तालाई पनि कसैले सम्झनेछैन
अनि तिनीहरूलाई पनि तिनीहरूपछि आउने पुस्ताले सम्झनेछैन।+
१२ म उपदेशकले यरुसलेमबाट इस्राएलमाथि शासन गर्दै आएको छु।+ १३ मैले आफ्नो सारा हृदय अनि दिमाग लगाएर+ पृथ्वीमा मानिसहरूले के-के गर्दा रहेछन् भनेर नियालेँ।+ ती त मानिसलाई व्यस्त बनाउन परमेश्वरले दिनुभएको दिक्कलाग्दो कामबाहेक केही होइन रहेछ।
१५ जे टेढो छ, त्यसलाई सीधा पार्न सकिँदैन।
जे हातमा छैन, त्यसको गन्ती हुन सक्दैन।
१६ अनि मैले मनमनै सोचेँ: “मैले निकै बुद्धि हासिल गरेको छु। मजति बुद्धिमान् यरुसलेममा पहिला अरू कोही थिएन।+ मैले निकै ज्ञान र बुद्धि हासिल गरेँ।”+ १७ बुद्धि, पागलपन र मूर्खता के हो भनी थाह पाउन म मरिमेटेर लागेँ।+ तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ।