प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • यहुदाका राजा उज्जियाह (१-५)

      • उज्जियाह थुप्रै युद्ध जित्छन्‌ (६-१५)

      • अहङ्‌कारी उज्जियाहलाई कुष्ठरोगले प्रहार गरिन्छ (१६-२१)

      • उज्जियाहको मृत्यु (२२, २३)

२ इतिहास २६:१

मार्जिनल रेफरेन्स

  • +मत्ति १:८
  • +२रा १४:२१

२ इतिहास २६:२

फुटनोट

  • *

    अर्थात्‌, तिनका बुबा अमस्याह।

मार्जिनल रेफरेन्स

  • +१रा ९:२६; २रा १६:६
  • +२रा १४:२२

२ इतिहास २६:३

मार्जिनल रेफरेन्स

  • +यसै १:१; ६:१
  • +२रा १५:२

२ इतिहास २६:४

मार्जिनल रेफरेन्स

  • +२रा १४:१, ३

२ इतिहास २६:५

मार्जिनल रेफरेन्स

  • +२इ १४:७; भज १:२, ३

२ इतिहास २६:६

मार्जिनल रेफरेन्स

  • +२स ८:१; २इ २१:१६; यसै १४:२९
  • +१इ १८:१
  • +यहो १५:११, १२
  • +यहो १५:२०, ४६; १स ५:१

२ इतिहास २६:७

मार्जिनल रेफरेन्स

  • +२इ १७:११

२ इतिहास २६:८

मार्जिनल रेफरेन्स

  • +उत्प १९:३६, ३८; न्याय ११:१५

२ इतिहास २६:९

मार्जिनल रेफरेन्स

  • +२रा १४:१३; यर्मि ३१:३८; जक १४:१०
  • +नहे ३:१३
  • +२इ १४:२, ७

२ इतिहास २६:१०

फुटनोट

  • *

    पानी सञ्चय गर्न प्रयोग गरिने यी इनारहरू चट्टानहरूमा बनाइएका हुन सक्छन्‌।

  • *

    वा “पठारमा।”

मार्जिनल रेफरेन्स

  • +२रा ९:१७

२ इतिहास २६:११

मार्जिनल रेफरेन्स

  • +२इ २४:११
  • +गन १:२, ३; २स २४:९

२ इतिहास २६:१३

मार्जिनल रेफरेन्स

  • +२इ ११:१; १३:३; १४:८; १७:१४; २५:५

२ इतिहास २६:१४

मार्जिनल रेफरेन्स

  • +२इ ११:५, १२
  • +१स १७:४, ५
  • +न्याय २०:१६; १स १७:४९; १इ १२:१, २

२ इतिहास २६:१५

मार्जिनल रेफरेन्स

  • +२इ १४:२, ७

२ इतिहास २६:१६

मार्जिनल रेफरेन्स

  • +गन १:५१

२ इतिहास २६:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन १६:३९, ४०; १८:७
  • +प्रस्थ ३०:७; १इ २३:१३

२ इतिहास २६:१९

मार्जिनल रेफरेन्स

  • +२इ १६:१०; २५:१५, १६
  • +गन १२:१०; २रा ५:२७

२ इतिहास २६:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४५१

२ इतिहास २६:२१

मार्जिनल रेफरेन्स

  • +लेवी १३:४५, ४६; गन ५:२; १२:१४, १५
  • +२रा १५:५-७

२ इतिहास २६:२२

मार्जिनल रेफरेन्स

  • +यसै १:१; ६:१

२ इतिहास २६:२३

मार्जिनल रेफरेन्स

  • +२रा १५:३२

अरू

२ इति. २६:१मत्ति १:८
२ इति. २६:१२रा १४:२१
२ इति. २६:२१रा ९:२६; २रा १६:६
२ इति. २६:२२रा १४:२२
२ इति. २६:३यसै १:१; ६:१
२ इति. २६:३२रा १५:२
२ इति. २६:४२रा १४:१, ३
२ इति. २६:५२इ १४:७; भज १:२, ३
२ इति. २६:६२स ८:१; २इ २१:१६; यसै १४:२९
२ इति. २६:६१इ १८:१
२ इति. २६:६यहो १५:११, १२
२ इति. २६:६यहो १५:२०, ४६; १स ५:१
२ इति. २६:७२इ १७:११
२ इति. २६:८उत्प १९:३६, ३८; न्याय ११:१५
२ इति. २६:९२रा १४:१३; यर्मि ३१:३८; जक १४:१०
२ इति. २६:९नहे ३:१३
२ इति. २६:९२इ १४:२, ७
२ इति. २६:१०२रा ९:१७
२ इति. २६:११२इ २४:११
२ इति. २६:११गन १:२, ३; २स २४:९
२ इति. २६:१३२इ ११:१; १३:३; १४:८; १७:१४; २५:५
२ इति. २६:१४२इ ११:५, १२
२ इति. २६:१४१स १७:४, ५
२ इति. २६:१४न्याय २०:१६; १स १७:४९; १इ १२:१, २
२ इति. २६:१५२इ १४:२, ७
२ इति. २६:१६गन १:५१
२ इति. २६:१८गन १६:३९, ४०; १८:७
२ इति. २६:१८प्रस्थ ३०:७; १इ २३:१३
२ इति. २६:१९२इ १६:१०; २५:१५, १६
२ इति. २६:१९गन १२:१०; २रा ५:२७
२ इति. २६:२१लेवी १३:४५, ४६; गन ५:२; १२:१४, १५
२ इति. २६:२१२रा १५:५-७
२ इति. २६:२२यसै १:१; ६:१
२ इति. २६:२३२रा १५:३२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास २६:१-२३

दोस्रो इतिहास

२६ त्यसपछि यहुदाका सबै मानिसले उज्जियाहलाई+ तिनका बुबा अमस्याहको+ ठाउँमा राजा बनाए। त्यतिबेला तिनी १६ वर्षका थिए। २ राजा* आफ्ना पितृहरूसितै सुतेपछि उज्जियाहले एलोथ+ सहर पुनर्निर्माण गरे अनि त्यसलाई फेरि यहुदाको अधीनमा ल्याए।+ ३ राजा हुँदा उज्जियाह+ १६ वर्षका थिए र तिनले यरुसलेममा ५२ वर्ष शासन गरे। तिनकी आमाको नाम यकोल्याह थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्‌।+ ४ तिनले आफ्ना बुबा अमस्याहले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे।+ ५ जकरिया बाँचुन्जेल उज्जियाहले परमेश्‍वरको खोजी गरिरहे। तिनलाई साँचो परमेश्‍वरको भय मान्‍न जकरियाले नै सिकाएका थिए। तिनले साँचो परमेश्‍वर यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो।+

६ तिनी पलिस्तियालीहरूसित लडाइँ गर्न गए+ अनि गाथ,+ याब्नेह+ र अस्दोदका पर्खाल+ फोरेर ती सहरहरूभित्र छिरे। तिनले अस्दोदमा र पलिस्तियालीहरूको इलाकामा सहरहरू बनाए। ७ साँचो परमेश्‍वरले तिनलाई पलिस्तियालीहरू, म्युनीहरू र गुर्बालमा बसोबास गर्ने अरबीहरूमाथि+ जित हासिल गर्न मदत गरिरहनुभयो। ८ अम्मोनीहरूले+ उज्जियाहलाई तिरो तिर्न थाले। तिनको ख्याति टाढा मिश्रसम्मै फैलियो किनकि तिनी अत्यन्तै शक्‍तिशाली भए। ९ साथै उज्जियाहले यरुसलेममा कुना-ढोका,+ उपत्यका-ढोका+ र ‘टेको’-नजिकै बलिया-बलिया धरहराहरू बनाए।+ १० तिनले निर्जनभूमिमा पनि धरहराहरू बनाए+ अनि थुप्रै इनार खने* (किनकि तिनका वस्तुभाउ धेरै थिए); तिनले सेफेलाहमा र मैदानमा* पनि इनारहरू खने। तिनी खेतीपाती मन पराउने मान्छे थिए, त्यसैले तिनले पहाडहरूमा र कर्मेलमा किसानहरू र अङ्‌गुर बगानका मालीहरूलाई काममा लगाएका थिए।

११ उज्जियाहसित हातहतियारले सुसज्जित सेना पनि थियो। उनीहरूलाई दल-दलमा विभाजन गरिएको थियो अनि दल-दल गरी नै उनीहरू लडाइँमा जान्थे। राजाका एक जना भारदार हनन्याहको निरीक्षणमा सचिव यइएल+ र अफिसर मासेयाहले ती सिपाहीहरूको नाम दर्ता गरे र उनीहरूको गन्ती लिए।+ १२ यी वीर योद्धाहरूका सेनापतिहरू जम्मा २ हजार ६ सय जना थिए। तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइकेहरू थिए। १३ तिनीहरूको अधीनमा ३ लाख ७ हजार ५ सय सशस्त्र सैनिक थिए। राजालाई शत्रुहरूसित लड्‌न साथ दिने यो सेना निकै शक्‍तिशाली थियो।+ १४ उज्जियाहले पूरै सेनालाई ढाल, भाला,+ टोप, कवच,+ धनु र घुयेँत्रोले+ सुसज्जित पारेका थिए। १५ साथै तिनले यरुसलेममा निपुण कारिगरहरूलाई यस्ता यन्त्रहरू बनाउन लगाए, जुन प्रयोग गरेर बाण र ठूलठूलो ढुङ्‌गा हान्‍न सकिन्थ्यो। तिनले ती यन्त्रहरू धरहराहरूमा र पर्खालका कुनाहरूमा राखे।+ तिनको ख्याति टाढा-टाढासम्मै फैलियो किनकि परमेश्‍वरले तिनलाई निकै मदत गर्नुभएको थियो र तिनी शक्‍तिशाली भए।

१६ तर आफू शक्‍तिशाली हुनेबित्तिकै उज्जियाहको हृदय घमन्डले फुल्यो। अनि यही नै तिनको पतनको कारण बन्‍न पुग्यो। धूप बाल्ने वेदीमा धूप बाल्न यहोवा परमेश्‍वरको मन्दिरभित्र छिरेर तिनले आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वासघात गरे।+ १७ यो देख्नेबित्तिकै पुजारी अजर्याह र यहोवा परमेश्‍वरका अरू ८० जना साहसी पुजारीहरू राजाको पछिपछि मन्दिरभित्र गए। १८ उनीहरूले राजा उज्जियाहलाई रोके र यसो भने: “हे उज्जियाह, यहोवाको निम्ति तपाईँले धूप बाल्नु सही होइन।+ धूप बाल्ने काम पुजारीहरूको मात्र हो किनकि उनीहरू हारुनका सन्तान हुन्‌+ र उनीहरूलाई पवित्र पारिएको छ। यो पवित्र स्थानबाट* बाहिर जानुहोस्‌ किनकि तपाईँले परमेश्‍वरलाई विश्‍वासघात गर्नुभयो। यस कामको निम्ति तपाईँले यहोवा परमेश्‍वरबाट कुनै सम्मान पाउनुहुनेछैन।”

१९ तर उज्जियाह, जसले धूप बाल्नको लागि हातमा धूपदानी लिएका थिए, तिनी रिसले चूर भए।+ तिनी पुजारीहरूसित रिसाइरहेकै बेला तिनको निधारमा कुष्ठरोग निस्कियो।+ त्यतिबेला पुजारीहरू यहोवा परमेश्‍वरको भवनमा धूप बाल्ने वेदीनजिकै उभिरहेका थिए। २० जब मुख्य पुजारी अजर्याह र अरू पुजारीहरू तिनीतिर फर्के, तब उनीहरूले तिनको निधारमा कुष्ठरोग निस्केको देखे। त्यसपछि उनीहरूले तुरुन्तै तिनलाई त्यहाँबाट बाहिर लगे अनि तिनी आफै पनि हतार-हतार बाहिर निस्कन खोजे किनकि यहोवा परमेश्‍वरले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभएको थियो।

२१ राजा उज्जियाहको रोग जीवनभर निको भएन। कुष्ठरोगी भएकोले तिनी अलग्गै एउटा घरमा बस्थे+ किनकि तिनलाई यहोवा परमेश्‍वरको भवनमा जाने अनुमति थिएन। तिनका छोरा योतामले राजमहलको सबै कामको रेखदेख गर्थे। अनि प्रजाको न्याय पनि योतामले नै गर्थे।+

२२ उज्जियाहको जीवनकालका बाँकी घटनाहरू, सुरुदेखि अन्तसम्मको तिनको इतिहास आमोजका छोरा भविष्यवक्‍ता यसैयाले+ लेखेका छन्‌। २३ उज्जियाह आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनलाई राजाहरूको चिहानको छेउमा भएको जमिनमा गाडियो किनकि उनीहरूले यसो भने: “तिनी कुष्ठरोगी हुन्‌।” तिनीपछि तिनका छोरा योताम+ राजा भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने