भजनसङ्ग्रह
दाउदको रचना।
२ म तपाईँको पवित्र मन्दिरतर्फ* निहुरेर दण्डवत् गर्नेछु+
अनि तपाईँको अटल प्रेम र वफादारीको कारण
तपाईँको नामको प्रशंसा गर्नेछु।+
किनकि तपाईँले आफ्नो वाणीलाई र आफ्नो नामलाई सबै कुराभन्दा उच्च तुल्याउनुभएको छ।*
४ हे यहोवा, पृथ्वीका सबै राजाले तपाईँको प्रशंसा गर्नेछन्+
किनकि तपाईँले गर्नुभएका प्रतिज्ञाहरू तिनीहरूले सुनिसकेका हुनेछन्।
५ तिनीहरूले यहोवाको मार्गबारे गीत गाउनेछन्
किनकि यहोवाको महिमा अपार छ।+
६ यहोवा माथि उच्च स्थानमा विराजमान हुनुभए पनि उहाँ नम्रहरूमाथि दृष्टि लगाउनुहुन्छ+
तर अहङ्कारीहरूबाट भने उहाँ टाढै रहनुहुन्छ।+
७ म खतरैखतराबीच हिँड्नुपरे पनि तपाईँ मेरो जीवनको रक्षा गर्नुहुन्छ।+
मेरा क्रोधित शत्रुहरूको विरुद्धमा तपाईँ आफ्नो हात पसार्नुहुन्छ;
तपाईँको दायाँ हातले मलाई बचाउनेछ।