भजनसङ्ग्रह
निर्देशकलाई। एउटा गीत। एउटा भजन।
६६ हे सारा पृथ्वी, परमेश्वरको जयजयकार गर।+
३ परमेश्वरलाई भन: “तपाईँका कामहरू कत्ति आश्चर्यलाग्दा र श्रद्धा जगाउने किसिमका छन्!+
तपाईँको महाशक्तिको कारण
तपाईँका शत्रुहरू तपाईँसामु डरले थरथर काँप्नेछन्।+
४ सारा पृथ्वीले तपाईँलाई दण्डवत् गर्नेछ;+
तिनीहरूले तपाईँको स्तुति गाउनेछन्;
तिनीहरूले तपाईँको नामको स्तुति गाउनेछन्।”+ (सेला)
५ आओ! परमेश्वरका कामहरू हेर।
मानिसका छोराहरूको निम्ति उहाँले गर्नुभएका कामहरू आश्चर्यलाग्दा छन्।+
६ उहाँले समुद्रलाई सुक्खा जमिन बनाइदिनुभयो;+
तिनीहरूले पैदलै नदी तरे।+
त्यहाँ हामीले उहाँको कारण खुसीयाली मनायौँ।+
७ उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ।+
राष्ट्रहरूमाथि उहाँले आफ्नो नजर राख्नुहुन्छ।+
जो हठी छन्, तिनीहरूले आफूलाई माथि नउचालून्।+ (सेला)
८ हे मानिसहरू हो, हाम्रा परमेश्वरको प्रशंसा गर,+
उहाँको प्रशंसाको आवाज गुञ्जियोस्।
१० किनकि हे परमेश्वर, तपाईँले हामीलाई जाँच्नुभएको छ;+
चाँदी खारेझैँ तपाईँले हामीलाई खार्नुभएको छ।
११ तपाईँले हामीलाई जालमा पार्नुभयो;
तपाईँले हामीमाथि ठूलो बोझ लाद्नुभयो।
१२ तपाईँले मानिसहरूलाई हामीमाथि कुल्चीमिल्ची गर्न दिनुभयो;*
हामी आगो र पानी पार गरेर आयौँ
अनि तपाईँले हामीलाई सुरक्षित ठाउँमा ल्याउनुभयो।
१४ जुन भाकल कष्टमा पर्दा मेरो ओठले गरेको थियो+
र मेरो मुखले बोलेको थियो।
१५ म तपाईँलाई मोटाघाटा पशुहरूको अग्निभेटी चढाउनेछु;
थुमाहरू चढाउनेछु र तिनीहरूको धुवाँ माथिसम्म उठ्नेछ।
म बहरहरू र बाख्राहरू चढाउनेछु। (सेला)
१६ हे परमेश्वरको भय मान्नेहरू हो, आओ र सुन।
उहाँले मेरो निम्ति के-के गर्नुभएको छ, म तिमीहरूलाई बताउनेछु।+
१७ मैले आफ्नो मुखले उहाँलाई पुकारेँ
अनि आफ्नो जिब्रोले उहाँको महिमा गरेँ।
१८ मैले आफ्नो मनमा कुनै नराम्रो कुरा पालेर राखेको भए
यहोवाले मेरो पुकारा सुन्नुहुने थिएन।+
२० परमेश्वरको प्रशंसा होस् किनकि उहाँले मेरो प्रार्थनालाई तिरस्कार गर्नुभएन
र मलाई अटल प्रेम देखाउन पनि छोड्नुभएन।