प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • पश्‍चात्तापको प्रार्थना जारी (१-१२)

        • यहोवा “हाम्रा कुमाले” (८)

यसैया ६४:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:१०
  • +हब ३:६

यसैया ६४:४

फुटनोट

  • *

    वा “धीरजी भएर तपाईँको प्रतीक्षा गर्नेहरूको।”

मार्जिनल रेफरेन्स

  • +भज १३०:६-८; यसै २५:९; मिका ७:७; १कोरि. २:९

यसैया ६४:५

मार्जिनल रेफरेन्स

  • +सप २:३; प्रे १०:३४, ३५
  • +यसै १:२१; ६३:१०

यसैया ६४:६

मार्जिनल रेफरेन्स

  • +लेवी १२:२; १५:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००७, पृ. ११

यसैया ६४:७

मार्जिनल रेफरेन्स

  • +व्य ३१:१७; यसै ५७:१७

यसैया ६४:८

फुटनोट

  • *

    वा “रचनाकार।”

मार्जिनल रेफरेन्स

  • +यसै ६३:१६
  • +यसै २९:१६; ४५:९; यर्मि १८:६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

    प्रहरीधरहरा,

    ६/२०१६, पृ. ६-१०

    प्रहरीधरहरा,

    ९/१५/२०१३, पृ. २०-२१

    ६/१५/२०१३, पृ. २५

यसैया ६४:९

मार्जिनल रेफरेन्स

  • +भज ७४:१; ७९:५

यसैया ६४:१०

मार्जिनल रेफरेन्स

  • +भज ७९:१; वि १:४; ५:१८; मिका ३:१२

यसैया ६४:११

फुटनोट

  • *

    वा “सुन्दर।”

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१७, १९; यर्मि ५२:१२, १३

यसैया ६४:१२

मार्जिनल रेफरेन्स

  • +भज ७४:१०, ११; जक १:१२

अरू

यसै. ६४:३प्रस्थ ३४:१०
यसै. ६४:३हब ३:६
यसै. ६४:४भज १३०:६-८; यसै २५:९; मिका ७:७; १कोरि. २:९
यसै. ६४:५सप २:३; प्रे १०:३४, ३५
यसै. ६४:५यसै १:२१; ६३:१०
यसै. ६४:६लेवी १२:२; १५:२०
यसै. ६४:७व्य ३१:१७; यसै ५७:१७
यसै. ६४:८यसै ६३:१६
यसै. ६४:८यसै २९:१६; ४५:९; यर्मि १८:६
यसै. ६४:९भज ७४:१; ७९:५
यसै. ६४:१०भज ७९:१; वि १:४; ५:१८; मिका ३:१२
यसै. ६४:११२इ ३६:१७, १९; यर्मि ५२:१२, १३
यसै. ६४:१२भज ७४:१०, ११; जक १:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ६४:१-१२

यसैया

६४ यदि तपाईँ स्वर्ग उघारेर तल ओर्लनुभएको भए

तपाईँको कारण पहाडहरू काँप्ने थिए।

 २ जसरी आगोले झिक्राझिक्री डढाउँछ

अनि जसरी आगोले पानी उमाल्छ,

त्यसरी नै जातिजातिहरू तपाईँसामु थरथर काँप्ने थिए

अनि शत्रुहरूले तपाईँको नाम थाह पाउने थिए।

 ३ हामीले आसै नगरेको अचम्मका कामहरू तपाईँले गर्नुभयो,+

तपाईँ तल ओर्लनुभयो अनि पहाडहरू थरथराए।+

 ४ तपाईँबाहेक अरू कुनै परमेश्‍वर छ भनी उहिले-उहिलेदेखि न कुनै कानले सुनेको छ

न त कुनै आँखाले देखेको नै छ।

तपाईँमा आशा राख्नेहरूको* खातिर कदम चाल्ने तपाईँजस्तो परमेश्‍वर अरू को छ र?+

 ५ तपाईँ त्यस्ता मानिसहरूलाई मदत गर्न आउनुहुन्छ,+

जसले खुसीसाथ सही काम गर्छन्‌,

जसले तपाईँलाई सम्झन्छन्‌ अनि जो तपाईँको बाटोमा हिँड्‌छन्‌।

हेर्नुहोस्‌, हामीले पाप गरिरहँदा तपाईँ हामीसित रिसाउनुभयो;+

हामीले लामो समयसम्म त्यसो गरिरह्‍यौँ।

अब हामी कसरी बच्न सक्छौँ र?

 ६ हामी सबै अशुद्ध मानिसजस्तो भएका छौँ

अनि हामीले गरेका सबै धर्मकर्म महिनावारीको कपडाजस्तै भएका छन्‌।+

हामी सबै पातजस्तै सुकेर जानेछौँ

अनि हाम्रो अपराधले हामीलाई हुरीले जस्तै उडाएर लैजानेछ।

 ७ तपाईँको नाम लिएर पुकार्ने कोही छैन,

तपाईँलाई समात्न कोही पनि जुरमुरिँदैन

किनकि तपाईँले आफ्नो अनुहार हामीदेखि लुकाउनुभएको छ+

अनि हाम्रो अपराधले गर्दा तपाईँले हामीलाई सडेर जान दिनुभएको छ।

 ८ तर हे यहोवा! तपाईँ हाम्रा बुबा हुनुहुन्छ।+

हामी माटा हौँ अनि तपाईँ हाम्रा कुमाले* हुनुहुन्छ;+

हामी सबै तपाईँका हातका काम हौँ।

 ९ हे यहोवा! हामीसित रिसले चूर नहुनुहोस्‌,+

हाम्रा अपराधहरू सधैँभरि नसम्झनुहोस्‌।

बिन्ती छ, हामीलाई हेर्नुहोस्‌! किनकि हामी सबै तपाईँकै मानिसहरू हौँ।

१० तपाईँका पवित्र सहरहरू उजाड भएका छन्‌।

सियोन सुनसान छ,

यरुसलेम उजाड भएको छ।+

११ हाम्रो पवित्र र महिमित* मन्दिर,

जहाँ हाम्रा पुर्खाहरूले तपाईँको प्रशंसा गर्थे,

त्यसलाई आगो लगाएर जलाइएको छ;+

हामीलाई प्यारो लाग्ने सबै थोक ध्वस्त भएका छन्‌।

१२ हे यहोवा! यी सब देखेर पनि के तपाईँ केही नगरी बस्नुहुन्छ?

तपाईँ कतिन्जेल चुप लागेर बस्नुहुन्छ अनि हामीलाई तड्‌पिन दिनुहुन्छ?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने