भजनसङ्ग्रह
उकालीको गीत। दाउदको रचना।
१२४ “यहोवा हाम्रो साथमा नहुनुभएको भए,”+
अब इस्राएलले भनोस्,
४ अनि बाढीले हामीलाई स्वात्तै बगाउने थियो,
भल हामीमाथि उर्लँने थियो।+
५ उर्लँदो पानीले हामीलाई छोप्ने थियो।
६ यहोवाको प्रशंसा होस्
किनकि उहाँले हामीलाई तिनीहरूको सिकार* हुन दिनुभएन।
८ हामीलाई यहोवाको नामबाट मदत मिल्छ,+
जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।”