प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • यरुसलेमको घेराबन्दीको नमुना (१-१७)

        • ३९० दिन र ४० दिन दोष बोकिन्छ (४-७)

इजकिएल ४:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६३

इजकिएल ४:२

फुटनोट

  • *

    शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

  • *

    युद्धमा सहरको पर्खाल र ढोका भत्काउन प्रयोग गरिने साधन।

मार्जिनल रेफरेन्स

  • +२रा २४:११; यर्मि ३९:१
  • +२रा २५:१
  • +यर्मि ६:६; ३२:२४
  • +इज २१:२२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६३

इजकिएल ४:३

मार्जिनल रेफरेन्स

  • +इज १२:६; २४:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६३

इजकिएल ४:४

फुटनोट

  • *

    शा., “त्यसमाथि।” अर्थात्‌, इजकिएलको बायाँतिर।

मार्जिनल रेफरेन्स

  • +२रा १७:२१

इजकिएल ४:५

मार्जिनल रेफरेन्स

  • +गन १४:३४; १रा १२:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६६-६७

इजकिएल ४:६

मार्जिनल रेफरेन्स

  • +२रा २३:२७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ३२

    शुद्ध उपासना, पृ. ६६-६७

इजकिएल ४:७

मार्जिनल रेफरेन्स

  • +यर्मि ५२:४

इजकिएल ४:९

फुटनोट

  • *

    प्रस्थ ९:३२ को फुटनोट हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ४:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६३

इजकिएल ४:१०

फुटनोट

  • *

    लगभग २३० ग्राम। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

इजकिएल ४:११

फुटनोट

  • *

    लगभग ०.६ लिटर। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

इजकिएल ४:१३

मार्जिनल रेफरेन्स

  • +होसे ९:३

इजकिएल ४:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:३१; लेवी ७:२४; ११:४०
  • +व्य १४:३; यसै ६५:४; ६६:१७

इजकिएल ४:१५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/१९९४, पृ. १२

इजकिएल ४:१६

फुटनोट

  • *

    शा., “रोटी झुन्ड्‌याउने लट्ठी भाँचिदिनेछु।” यसले रोटी भण्डार गर्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२६; यसै ३:१; इज ५:१६
  • +२रा २५:३; यर्मि ३७:२१; वि १:११; ४:९; ५:९, १०
  • +इज १२:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६३

अरू

इज. ४:२२रा २४:११; यर्मि ३९:१
इज. ४:२२रा २५:१
इज. ४:२यर्मि ६:६; ३२:२४
इज. ४:२इज २१:२२
इज. ४:३इज १२:६; २४:२४
इज. ४:४२रा १७:२१
इज. ४:५गन १४:३४; १रा १२:१९, २०
इज. ४:६२रा २३:२७
इज. ४:७यर्मि ५२:४
इज. ४:९इज ४:५
इज. ४:१३होसे ९:३
इज. ४:१४प्रस्थ २२:३१; लेवी ७:२४; ११:४०
इज. ४:१४व्य १४:३; यसै ६५:४; ६६:१७
इज. ४:१६लेवी २६:२६; यसै ३:१; इज ५:१६
इज. ४:१६२रा २५:३; यर्मि ३७:२१; वि १:११; ४:९; ५:९, १०
इज. ४:१६इज १२:१८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ४:१-१७

इजकिएल

४ “हे मानिसको छोरा, एउटा इँटा लेऊ र त्यसलाई आफ्नो अगाडि राख। अनि त्यसमा एउटा सहर—यरुसलेम सहरको चित्र कोर। २ अनि त्यसको चारैतिर घेरा हाल,+ पर्खाल ठड्‌याऊ,+ त्यसमा घेरा-मचान* बनाऊ,+ वरिपरि छाउनी हाल र बख्तरबन्द गाडीहरूले* घेर।+ ३ एउटा फलामको तावा लेऊ र त्यसलाई तिमी र सहरको बीचमा फलामको पर्खालझैँ ठड्‌याऊ। अनि रिसाउँदै सहरलाई हेर र त्यसलाई घेराबन्दी गर। त्यसपछि सहरलाई कब्जा गर। इस्राएलको घरानाको लागि यो एउटा चिन्ह हुनेछ।+

४ “त्यसपछि तिमी बायाँतिर कोल्टे परेर सुत र इस्राएलको घरानाको दोष आफूमाथि* लेऊ।+ यसरी जति दिन तिमी कोल्टे परेर सुत्छौ, त्यति दिन तिमीले तिनीहरूको दोष बोक्नेछौ। ५ इस्राएलको घरानाले जति वर्ष मेरो विरोध गरे, त्यति नै दिन अर्थात्‌ ३९० दिन मैले तिम्रो लागि तोकेको छु।+ तिमीले त्यति नै दिन तिनीहरूको दोष बोक्नुपर्नेछ। ६ तिम्रो लागि तोकिएका यी दिनहरूमा तिमीले यस्तै गर्नू।

“अनि यी दिनहरू पूरा भएपछि तिमी फेरि दायाँतिर कोल्टे परेर सुत र तिमीले ४० दिन यहुदाको घरानाको दोष बोक्नेछौ।+ एक वर्षको निम्ति एक दिन, हो, एक वर्षको निम्ति एक दिनको हिसाबले मैले दिन तोकेको छु। ७ त्यसपछि तिमीले आफ्नो पाखुरा नाङ्‌गो राखेर घेरा हालिएको यरुसलेमतिर हेर+ र त्यसको विरुद्धमा भविष्यवाणी गर।

८ “हेर, घेरा हालेको दिन पूरा नभएसम्म म तिमीलाई अर्कोतिर कोल्टे पर्न नसक्नेगरि डोरीले बाँध्नेछु।

९ “त्यसपछि गहुँ, जौ, बकुला, मुसुरो, कोदो र कठिया गहुँ* लेऊ र एउटा भाँडामा राख। अनि आफ्नो लागि त्यसको रोटी बनाऊ। बायाँतिर कोल्टे परेर सुतुन्जेल ३९० दिनसम्म तिमीले त्यो रोटी खानू।+ १० तिमीले एक दिनको लागि २० शेकेल* खाना जोख्नू र त्यसलाई तोकिएको समयमा खानू।

११ “अनि पानी पनि नापेर एक हिनको छैटौँ भाग* मात्र पिउनू। तिमीले पानी पनि तोकिएको समयमा पिउनू।

१२ “तिमीले जसरी जौको गोलो रोटी खान्छौ, त्यसरी नै त्यो रोटी खानू। अनि तिमीले सबैले देख्नेगरि मानिसको सुकेको मल बालेर त्यो रोटी पकाउनू।” १३ यहोवाले अझै भन्‍नुभयो: “इस्राएलीहरूलाई तितरबितर पारेर जुन-जुन देशमा म पठाउनेछु, त्यहाँका मानिसहरूले देख्नेगरि तिनीहरूले त्यस्तो अशुद्ध रोटी खानेछन्‌।”+

१४ अनि मैले भनेँ: “हे ब्रह्‍माण्डका मालिक यहोवा, यो त म गर्नै सक्दिनँ! मरेको जनावरको अथवा लुछेर मारिएको जनावरको मासु खाएर मैले अहिलेसम्म आफूलाई अशुद्ध बनाएको छैनँ।+ मैले अशुद्ध मासु आफ्नो मुखमा समेत हालेको छैनँ।”+

१५ त्यसैले उहाँले मलाई यसो भन्‍नुभयो: “त्यसोभए मानिसको मलको सट्टा गुइँठा बालेर रोटी पकाऊ।” १६ त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, म यरुसलेमको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ त्यसैले खानेकुरा र पानीको हाहाकार मच्चिनेछ। तिनीहरूले जोखी-जोखीकन खानेछन्‌+ र नापी-नापीकन पिउनेछन्‌।+ १७ खानाको र पानीको हाहाकारले गर्दा तिनीहरू एकअर्कालाई देख्दा पनि झस्कनेछन्‌ र आफ्नो अपराधको कारण सुक्दै जानेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने