निर्देशकलाई। दाउदको रचना, मानिसहरूको लागि सम्झौटा।
७० हे परमेश्वर, मलाई बचाउनुहोस्;
हे यहोवा, मलाई मदत गर्न झट्टै आउनुहोस्।+
२ मेरो ज्यान लिन खोज्नेहरू लज्जित होऊन्
र तिनीहरूले अपमान भोगून्।
मेरो विपत्तिमा रमाउनेहरू
बेइज्जती भोगेर फर्कून्।
३ मलाई देखेर “आहा! आहा!” भन्नेहरू
आफ्नै बेइज्जतीको कारण फर्कन बाध्य होऊन्।
४ तर तपाईँको खोजी गर्नेहरू
तपाईँको साथ पाएकोमा रमाऊन् र खुसी होऊन्।+
अनि तपाईँले गर्नुभएका उद्धारका कामहरू मन पराउनेहरूले सधैँ यसो भनून्:
“परमेश्वरको महिमा होस्!”
५ तर म त असहाय र गरिब छु;+
हे परमेश्वर, मेरो खातिर झट्टै कदम चाल्नुहोस्।+
तपाईँ मेरो मदतगार र उद्धारक हुनुहुन्छ;+
हे यहोवा, ढिलो नगर्नुहोस्।+