प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • पासुहर यर्मियालाई पिट्‌छन्‌ (१-६)

      • यर्मिया प्रचार नगरी बस्नै सक्दैनन्‌ (७-१३)

        • परमेश्‍वरको सन्देश हड्डीभित्र थुनिएको आगोजस्तै हुन्छ (९)

        • यहोवा वीर योद्धाझैँ हुनुहुन्छ (११)

      • यर्मियाको गुनासो (१४-१८)

यर्मिया २०:२

मार्जिनल रेफरेन्स

  • +२इ १६:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४८०

यर्मिया २०:३

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:२५

यर्मिया २०:४

मार्जिनल रेफरेन्स

  • +व्य २८:३२
  • +यर्मि २५:९; ३९:९

यर्मिया २०:५

मार्जिनल रेफरेन्स

  • +२रा २०:१७; २४:११, १३; २५:१३-१५; वि १:१०
  • +२इ ३६:१०; यर्मि १५:१३

यर्मिया २०:६

मार्जिनल रेफरेन्स

  • +यर्मि १४:१४; २८:१५; २९:२१

यर्मिया २०:७

मार्जिनल रेफरेन्स

  • +इज ३:१४; मिका ३:८
  • +भज २२:७; यर्मि १५:१०, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ९

यर्मिया २०:८

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१६; यर्मि ६:१०

यर्मिया २०:९

मार्जिनल रेफरेन्स

  • +१रा १९:२, ४; योना १:३
  • +यर्मि ६:११; आमो ३:८; प्रे ४:१९, २०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२०१०, पृ. १७

    २/१/२०१०, पृ. १२-१३

    ७/१/२०००, पृ. ९-१०

    ३/१/२०००, पृ. १७

यर्मिया २०:१०

मार्जिनल रेफरेन्स

  • +भज ३१:१३
  • +भज ३८:१६

यर्मिया २०:११

मार्जिनल रेफरेन्स

  • +यर्मि १:८; रोमी ८:३१
  • +भज २७:२; यर्मि १५:१५, २०; १७:१८
  • +भज ६:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०११, पृ. ३०

यर्मिया २०:१२

फुटनोट

  • *

    शा., “मिर्गौलाहरू।”

मार्जिनल रेफरेन्स

  • +यर्मि १७:१०
  • +भज ५९:१०; यर्मि १७:१८
  • +यर्मि ११:२०; १प २:२३

यर्मिया २०:१४

मार्जिनल रेफरेन्स

  • +अय्यु ३:३; यर्मि १५:१०

यर्मिया २०:१७

मार्जिनल रेफरेन्स

  • +अय्यु १०:१८

यर्मिया २०:१८

मार्जिनल रेफरेन्स

  • +अय्यु ३:२०

अरू

यर्मि. २०:२२इ १६:१०
यर्मि. २०:३यर्मि ६:२५
यर्मि. २०:४व्य २८:३२
यर्मि. २०:४यर्मि २५:९; ३९:९
यर्मि. २०:५२रा २०:१७; २४:११, १३; २५:१३-१५; वि १:१०
यर्मि. २०:५२इ ३६:१०; यर्मि १५:१३
यर्मि. २०:६यर्मि १४:१४; २८:१५; २९:२१
यर्मि. २०:७इज ३:१४; मिका ३:८
यर्मि. २०:७भज २२:७; यर्मि १५:१०, १५
यर्मि. २०:८२इ ३६:१६; यर्मि ६:१०
यर्मि. २०:९१रा १९:२, ४; योना १:३
यर्मि. २०:९यर्मि ६:११; आमो ३:८; प्रे ४:१९, २०
यर्मि. २०:१०भज ३१:१३
यर्मि. २०:१०भज ३८:१६
यर्मि. २०:११यर्मि १:८; रोमी ८:३१
यर्मि. २०:११भज २७:२; यर्मि १५:१५, २०; १७:१८
यर्मि. २०:११भज ६:१०
यर्मि. २०:१२यर्मि १७:१०
यर्मि. २०:१२भज ५९:१०; यर्मि १७:१८
यर्मि. २०:१२यर्मि ११:२०; १प २:२३
यर्मि. २०:१४अय्यु ३:३; यर्मि १५:१०
यर्मि. २०:१७अय्यु १०:१८
यर्मि. २०:१८अय्यु ३:२०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया २०:१-१८

यर्मिया

२० इम्मेरका छोरा पासुहरले यर्मियाको भविष्यवाणी सुनिरहेका थिए। उनी पुजारी र यहोवाको भवनको नाइके पनि थिए। २ भविष्यवक्‍ता यर्मियाको कुरा सुनेपछि पासुहरले तिनलाई पिटे र यहोवाको भवनमा भएको ‘बिन्यामिनको माथिल्लो ढोका’-नजिकै ठिँगुरोमा हाले।+ ३ अनि भोलिपल्ट पासुहरले यर्मियालाई ठिँगुरोबाट निकालेपछि यर्मियाले उनलाई यसो भने:

“यहोवाले तपाईँको नाम पासुहर होइन, ‘चारैतिरको आतङ्‌क’ राख्नुभएको छ।+ ४ किनकि यहोवा यसो भन्‍नुहुन्छ: ‘तिम्रो कारणले तिम्रा साथीहरू आतङ्‌कित हुनेछन्‌ र तिमी आफै पनि आतङ्‌कित हुनेछौ। तिम्रा साथीहरू तिम्रै आँखाअगाडि शत्रुहरूको तरबारले काटिनेछन्‌।+ म यहुदाका मानिसहरूलाई बेबिलोनका राजाको हातमा सुम्पनेछु। तिनले उनीहरूलाई कैदी बनाएर बेबिलोन लैजानेछन्‌ र तरबारले काटेर मार्नेछन्‌।+ ५ अनि म यस सहरका सबै धनसम्पत्ति, सबै बहुमूल्य कुरा र यहुदाका राजाहरूका सबै खजाना तिनीहरूका शत्रुहरूलाई दिनेछु।+ उनीहरूले ती सबै लुट्‌नेछन्‌, आफ्नो बनाउनेछन्‌ र बेबिलोनमा लैजानेछन्‌।+ ६ अनि ए पासुहर, तिमी र तिम्रो घरमा बस्नेहरूजति सबै कैदमा पर्नेछौ। तिमी बेबिलोनमा लगिनेछौ र त्यहीँ मर्नेछौ। तिमी त्यहाँ आफ्ना साथीहरूसितै गाडिनेछौ किनकि तिमीले तिनीहरूलाई झूटो भविष्यवाणी सुनायौ।’”+

 ७ हे यहोवा, तपाईँले मलाई झुक्क्याउनुभयो र म झुक्किएँ।

तपाईँले मलाई जित्नुभयो र मभन्दा बलियो साबित हुनुभयो।+

दिनभरि सबैले मेरो खिल्ली उडाउँछन्‌

र म हाँसोको पात्र भएको छु।+

 ८ मैले बोलेपिच्छे यस्तो घोषणा गर्नुपरेको छ:

“मारकाट र सर्वनाश हुनेछ!”

यहोवाको वचन सुनाएकोले मैले दिनभर अपमान र ठट्टा सहनुपरेको छ।+

 ९ त्यसैले मैले यस्तो विचार गरेँ: “म अब उहाँबारे एक शब्द बोल्दिनँ,

म उहाँको नाममा केही भन्दिनँ।”+

तर मलाई साह्रै छटपटी भयो, मेरो हड्डीभित्र आगो थुनिएझैँ भयो।

त्यसलाई गुम्साएर राख्दा-राख्दा म थकित भएँ,

म नबोली बस्नै सकिनँ।+

१० किनकि मानिसहरूले झूटो हल्ला फैलाएको मैले सुनेँ।

मलाई त्रासले छोप्यो।+

तिनीहरू यसो भन्दै चिच्याउँदै थिए: “त्यो दोषी हो! त्यसलाई नछोड्‌!”

मेरो लागि शान्तिको कामना गर्ने प्रत्येक मानिस

“त्यसले कहिले गल्ती गर्ला+ र त्यसलाई दोषी ठहराएर त्यससित बदला लिऊँला” भन्दै

मेरो विनाश कुरिरहेको छ।

११ तर यहोवा परमेश्‍वर वीर योद्धाझैँ मेरो साथमा खडा हुनुभयो।+

त्यसैले मलाई सताउनेहरूले ठेस खानेछन्‌, तिनीहरू टिक्नेछैनन्‌।+

तिनीहरूले सोचेको कुरा पूरा हुनेछैन, तिनीहरू लाजमा पर्नेछन्‌।

तिनीहरू सधैँका लागि अपमानित हुनेछन्‌ र तिनीहरूको अपमान कहिल्यै बिर्सिइनेछैन।+

१२ तर हे सेनाहरूका यहोवा, धर्मी मानिसलाई तपाईँ जाँच्नुहुन्छ;

तपाईँ मानिसको भित्री विचार* र हृदयसमेत नियाल्न सक्नुहुन्छ।+

तपाईँले मेरा शत्रुहरूसित बदला लिनुभएको मैले हेर्न पाऊँ+

किनकि मैले आफ्नो मामिला तपाईँसामु पेस गरेको छु।+

१३ यहोवाको निम्ति गीत गाऊ! यहोवाको प्रशंसा गर!

उहाँले असहायलाई दुष्टहरूको हातबाट छुटाउनुभएको छ।

१४ धिक्कार छ म जन्मेको त्यो दिनलाई!

श्रापित होस्‌ त्यो दिन, जुन दिन मेरी आमाले मलाई जन्माएकी थिइन्‌।+

१५ “तिम्रो एउटा छोरो जन्मियो” भन्‍ने खबर दिएर

मेरो बुबालाई साह्रै खुसी पार्ने त्यो मानिस श्रापित होस्‌।

१६ त्यसको हालत पनि यहोवाले पछुतो नमानी नाश गर्नुभएका सहरहरूको जस्तै होस्‌।

त्यसले बिहान-बिहानै रुवाबासी सुन्‍नुपरोस्‌ र दिउँसोचाहिँ युद्धको बिगुल फुकेको सुन्‍नुपरोस्‌।

१७ मलाई किन गर्भमै नाश गरिएन?

मेरी आमाको गर्भ नै मेरो चिहान हुने थियो।

अनि म सधैँ आमाकै गर्भमा रहने थिएँ।+

१८ दुःख र पीडा भोग्नलाई

अनि अन्तमा लज्जित भएर मर्नलाई+

म किन आमाको गर्भबाट निस्केँ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने