प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • तिमीहरूले यहोवाका महान्‌ कामहरू देखेका छौ (१-७)

      • प्रतिज्ञा गरिएको देश (८-१२)

      • आज्ञा पालन गर्दा पाइने आशिष्‌ (१३-१७)

      • परमेश्‍वरका शब्दहरू हृदयमा राख्नुपर्ने (१८-२५)

      • “आशिष्‌ र सराप” (२६-३२)

व्यवस्था ११:१

मार्जिनल रेफरेन्स

  • +व्य ६:५; १०:१२; मर्कु १२:३०

व्यवस्था ११:२

मार्जिनल रेफरेन्स

  • +व्य ८:५; हिब्रू १२:६
  • +व्य ५:२४; ९:२६
  • +प्रस्थ १३:३

व्यवस्था ११:३

मार्जिनल रेफरेन्स

  • +व्य ४:३४

व्यवस्था ११:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२३, २८; हिब्रू ११:२९

व्यवस्था ११:६

मार्जिनल रेफरेन्स

  • +गन १६:१, ३२

व्यवस्था ११:९

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१४, १५; २६:३; २८:१३
  • +प्रस्थ ३:८; इज २०:६
  • +व्य ४:४०; हित ३:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ३०

व्यवस्था ११:१०

फुटनोट

  • *

    वा “तिमीहरू आफ्नो गोडाले पानी लगाउँथ्यौ।” मिश्रमा छँदा इस्राएलीहरूले गोडाले पानी-चक्का चलाएर वा कुलो बनाएर खेतमा पानी लगाउँथे।

व्यवस्था ११:११

मार्जिनल रेफरेन्स

  • +व्य १:७
  • +व्य ८:७

व्यवस्था ११:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ३०

व्यवस्था ११:१३

मार्जिनल रेफरेन्स

  • +व्य ४:२९; ६:५; १०:१२; मत्ति २२:३७

व्यवस्था ११:१४

मार्जिनल रेफरेन्स

  • +लेवी २६:४; व्य ८:७-९; २८:१२; यर्मि १४:२२

व्यवस्था ११:१५

मार्जिनल रेफरेन्स

  • +व्य ८:१०

व्यवस्था ११:१६

मार्जिनल रेफरेन्स

  • +व्य ८:१९; २९:१८; हिब्रू ३:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ६/२०१९, पृ. ३-४

व्यवस्था ११:१७

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५, २३; १रा ८:३५, ३६; २इ ७:१३, १४
  • +व्य ८:१९

व्यवस्था ११:१८

मार्जिनल रेफरेन्स

  • +हित ७:१-३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १९७

    प्रहरीधरहरा,

    ६/१/१९९८, पृ. २०

    पारिवारिक आनन्द, पृ. ७०-७१

व्यवस्था ११:१९

मार्जिनल रेफरेन्स

  • +व्य ६:६-९; हित २२:६; एफि ६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ३/२०२३, पृ. २१-२३

    पारिवारिक आनन्द, पृ. ७०-७१

    प्रहरीधरहरा,

    ५/१/१९९५, पृ. १०

    पार्थिव प्रमोदवन, पृ. २४५

व्यवस्था ११:२१

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१४, १५
  • +व्य ४:४०; हित ४:१०

व्यवस्था ११:२२

मार्जिनल रेफरेन्स

  • +व्य ६:५; लुका १०:२७
  • +व्य १०:२०; १३:४; यहो २२:५

व्यवस्था ११:२३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२८; यहो ३:१०
  • +व्य ७:१; ९:१, ५

व्यवस्था ११:२४

फुटनोट

  • *

    अर्थात्‌, भूमध्यसागरसम्म।

मार्जिनल रेफरेन्स

  • +यहो १४:९
  • +उत्प १५:१८; प्रस्थ २३:३१

व्यवस्था ११:२५

मार्जिनल रेफरेन्स

  • +व्य ७:२४; यहो १:५
  • +प्रस्थ २३:२७; यहो २:९, १०; ५:१

व्यवस्था ११:२६

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१५

व्यवस्था ११:२७

मार्जिनल रेफरेन्स

  • +व्य २८:१, २; भज १९:८, ११

व्यवस्था ११:२८

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१५, १६; यसै १:२०

व्यवस्था ११:२९

मार्जिनल रेफरेन्स

  • +व्य २७:१२, १३; यहो ८:३३, ३४

व्यवस्था ११:३०

मार्जिनल रेफरेन्स

  • +उत्प १२:६

व्यवस्था ११:३१

मार्जिनल रेफरेन्स

  • +यहो १:११

व्यवस्था ११:३२

मार्जिनल रेफरेन्स

  • +व्य ५:३२; १२:३२

अरू

व्यव. ११:१व्य ६:५; १०:१२; मर्कु १२:३०
व्यव. ११:२व्य ८:५; हिब्रू १२:६
व्यव. ११:२व्य ५:२४; ९:२६
व्यव. ११:२प्रस्थ १३:३
व्यव. ११:३व्य ४:३४
व्यव. ११:४प्रस्थ १४:२३, २८; हिब्रू ११:२९
व्यव. ११:६गन १६:१, ३२
व्यव. ११:९उत्प १३:१४, १५; २६:३; २८:१३
व्यव. ११:९प्रस्थ ३:८; इज २०:६
व्यव. ११:९व्य ४:४०; हित ३:१, २
व्यव. ११:११व्य १:७
व्यव. ११:११व्य ८:७
व्यव. ११:१३व्य ४:२९; ६:५; १०:१२; मत्ति २२:३७
व्यव. ११:१४लेवी २६:४; व्य ८:७-९; २८:१२; यर्मि १४:२२
व्यव. ११:१५व्य ८:१०
व्यव. ११:१६व्य ८:१९; २९:१८; हिब्रू ३:१२
व्यव. ११:१७व्य २८:१५, २३; १रा ८:३५, ३६; २इ ७:१३, १४
व्यव. ११:१७व्य ८:१९
व्यव. ११:१८हित ७:१-३
व्यव. ११:१९व्य ६:६-९; हित २२:६; एफि ६:४
व्यव. ११:२१उत्प १३:१४, १५
व्यव. ११:२१व्य ४:४०; हित ४:१०
व्यव. ११:२२व्य ६:५; लुका १०:२७
व्यव. ११:२२व्य १०:२०; १३:४; यहो २२:५
व्यव. ११:२३प्रस्थ २३:२८; यहो ३:१०
व्यव. ११:२३व्य ७:१; ९:१, ५
व्यव. ११:२४यहो १४:९
व्यव. ११:२४उत्प १५:१८; प्रस्थ २३:३१
व्यव. ११:२५व्य ७:२४; यहो १:५
व्यव. ११:२५प्रस्थ २३:२७; यहो २:९, १०; ५:१
व्यव. ११:२६व्य ३०:१५
व्यव. ११:२७व्य २८:१, २; भज १९:८, ११
व्यव. ११:२८लेवी २६:१५, १६; यसै १:२०
व्यव. ११:२९व्य २७:१२, १३; यहो ८:३३, ३४
व्यव. ११:३०उत्प १२:६
व्यव. ११:३१यहो १:११
व्यव. ११:३२व्य ५:३२; १२:३२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था ११:१-३२

व्यवस्था

११ “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू+ अनि सधैँ उहाँका नीतिनियम, विधिविधान र आज्ञाहरू पालन गर्नू। यसो गर्नु तिमीहरूको कर्तव्य हो। २ तिमीहरूलाई राम्ररी थाह छ, आज म यो कुरा तिमीहरूका छोराछोरीलाई होइन तर तिमीहरूलाई भन्दै छु। किनभने तिमीहरूका छोराछोरीलाई यहोवा परमेश्‍वरले दिनुभएको अनुशासनबारे थाह छैन, तिनीहरूले त्यो देखेका छैनन्‌।+ परमेश्‍वरका महान्‌ कामहरू,+ उहाँले आफ्नो शक्‍तिशाली अनि पराक्रमी हातले+ गर्नुभएका कामहरू पनि तिनीहरूले देखेका छैनन्‌। ३ मिश्रको फारो र तिनको सारा देशभरि उहाँले के-कस्ता चिन्हहरू देखाउनुभयो वा कस्ता कामहरू गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्‌।+ ४ फारोका घोडा अनि रथ लिएर मिश्रका पूरै सेना तिमीहरूलाई खेद्‌न आउँदा यहोवा परमेश्‍वरले तिनीहरूलाई लाल समुद्रमा डुबाएर कसरी सदाको लागि नाश गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्‌।+ ५ निर्जनभूमिदेखि यहाँसम्म आइपुग्दा परमेश्‍वरले तिमीहरूको कसरी हेरविचार गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्‌। ६ अनि रुबेनको कुलका एलिआबका छोरा दातान र अबिरामलाई उहाँले के गर्नुभयो, त्यो पनि तिमीहरूका छोराछोरीले देखेका छैनन्‌। त्यसबेला सारा इस्राएलीसामु उनीहरू, उनीहरूका घराना, उनीहरूका पालहरू अनि उनीहरूको पछि लाग्ने सबै मानिस र उनीहरूका वस्तुभाउलाई जमिनले निलेको थियो।+ ७ यहोवा परमेश्‍वरले जे-जति महान्‌ काम गर्नुभयो, ती तिमीहरूले आफ्नै आँखाले देखेका छौ।

८ “आज मैले दिएका सबै आज्ञा तिमीहरूले पालन गर्नू। यसो गऱ्‍यौ भने तिमीहरू साहसी हुनेछौ र यर्दनपारि गएर देश अधिकार गर्न सक्नेछौ। ९ साथै यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खाहरूलाई र तिमीहरूलाई दिन्छु+ भनेर कसम खानुभएको दूध र मह बग्ने त्यस देशमा+ तिमीहरू दीर्घायु हुनेछौ।+

१० “तिमीहरूले अधिकार गर्न लागेको देश तिमीहरू निस्केर आएको मिश्रजस्तो छैन। त्यहाँ तिमीहरूले खेतमा बिउ छरेपछि करेसाबारीमा जस्तै पानी लगाउनुपर्थ्यो र त्यसको लागि कडा परिश्रम गर्नुपर्थ्यो।* ११ तर तिमीहरूले अधिकार गर्न जान लागेको यर्दनपारिको देशमा पहाडहरू अनि बेँसीहरू छन्‌।+ आकाशबाट परेको पानीले त्यहाँको जमिन भिजाउँछ।+ १२ यहोवा तिमीहरूका परमेश्‍वरले नै त्यस देशको रेखदेख गर्नुहुन्छ। वर्षको सुरुदेखि अन्तसम्म निरन्तर यहोवा परमेश्‍वरको नजर त्यस देशमा रहन्छ।

१३ “यदि तिमीहरूले मैले आज दिएको आज्ञा होसियार भई पालन गऱ्‍यौ र आफ्नो सारा हृदयले अनि सारा ज्यानले यहोवा तिमीहरूका परमेश्‍वरलाई प्रेम गऱ्‍यौ र उहाँको सेवा गऱ्‍यौ भने+ १४ परमेश्‍वरले त्यस देशमा तिमीहरूलाई ठीक-ठीक समयमा आकाशबाट पानी दिनुहुनेछ। शरद्‌ र वसन्त ऋतुको वर्षा समयमै हुनेछ अनि तिमीहरूले आ-आफ्नो अन्‍न भित्र्याउनेछौ, नयाँ मद्य बनाउनेछौ र तेल पेल्नेछौ।+ १५ उहाँले तिमीहरूका वस्तुभाउको लागि मैदानहरूमा प्रशस्त घाँस उमारिदिनुहुनेछ। त्यस देशमा तिमीहरूले नअघाउन्जेल खानेछौ र सन्तुष्ट हुनेछौ।+ १६ तब तिमीहरू होसियार रहनू! नत्र त तिमीहरूको मन बहकिएर तिमीहरूले अरू देवताहरू पुज्नेछौ अनि तिनीहरूलाई ढोग्नेछौ।+ १७ त्यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले वर्षा रोक्न आकाश थुनिदिनुहुनेछ+ अनि तिमीहरूको जमिनमा उब्जनी हुनेछैन। यसरी तिमीहरू यहोवा परमेश्‍वरले दिनुहुने त्यस असल देशबाट छिट्टै नाश हुनेछौ।+

१८ “मैले भनेका यी शब्दहरू तिमीहरूले आफ्नो दिमागमा र आफ्नो हृदयमा राख्नू अनि यी शब्दहरू सम्झिरहन त्यसलाई आफ्नो हातमा बाँध्नू र निधारमा पट्टीसरह लगाउनू।+ १९ यी कुराहरू तिमीहरूले आफ्ना छोराछोरीलाई पनि सिकाउनू। घरमा बस्दा, बाटोमा हिँड्‌दा, सुत्दा र उठ्‌दा बारम्बार यसबारे कुराकानी गर्नू।+ २० यी आज्ञाहरू तिमीहरूले आफ्नो घरको ढोकाको चौकोसमा र सहरको मूलढोकामा लेख्नू। २१ त्यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खानुभएको देशमा+ तिमीहरू र तिमीहरूका छोराछोरी दीर्घायु हुनेछौ;+ धर्तीमाथि आकाश रहुन्जेल तिमीहरू त्यहाँ रहनेछौ।

२२ “आज मैले तिमीहरूलाई यहोवा आफ्ना परमेश्‍वरलाई प्रेम गर्नू,+ उहाँले देखाउनुभएको बाटोमा हिँड्‌नू र उहाँसँग नजिक भइरहनू+ भनेर आज्ञा दिएको छु। तिमीहरूले यो आज्ञा होसियार भई पालन गरिरह्‍यौ भने २३ यहोवाले तिमीहरूको सामनेबाट सबै जातिलाई खेद्‌नुहुनेछ+ र तिमीहरूले आफूभन्दा शक्‍तिशाली र सङ्‌ख्यामा धेरै भएका जातिहरूलाई धपाउन सक्नेछौ।+ २४ तिमीहरू जहाँ-जहाँ आफ्नो पाइला राख्छौ, त्यो ठाउँ तिमीहरूको हुनेछ।+ तिमीहरूको इलाका निर्जनभूमिदेखि लेबनानसम्म अनि युफ्रेटिस नदीदेखि पश्‍चिमको समुद्रसम्म* हुनेछ।+ २५ तिमीहरूविरुद्ध कोही पनि खडा हुन सक्नेछैन।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ तिमीहरूका परमेश्‍वर यहोवाले सबै मानिसको मनमा तिमीहरूको डर र त्रास फैलाइदिनुहुनेछ।+ यसरी उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ।

२६ “हेर, मैले आज तिमीहरूको अगाडि आशिष्‌ र सराप राखिदिएको छु:+ २७ यहोवा तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, जुन आज म तिमीहरूलाई दिँदै छु, ती पालन गऱ्‍यौ भने तिमीहरूले आशिष्‌ पाउनेछौ।+ २८ तर तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरेनौ, मैले आज तिमीहरूलाई हिँड्‌नू भनेको बाटोमा हिँडेनौ र चिन्दै नचिनेको देवताहरूलाई पुज्न थाल्यौ भने तिमीहरूले सराप पाउनेछौ।+

२९ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन्छु भन्‍नुभएको देश अधिकार गरिसकेपछि तिमीहरूले गिरिज्जिम डाँडामा आशिष्‌को र एबाल डाँडामा सरापको घोषणा गर्नू।+ ३० अराबाहमा बस्ने कनानीहरूको देशमा भएका यी डाँडाहरू यर्दनपारि पश्‍चिमतिर गिलगालको अगाडि छन्‌ भनेर तिमीहरूलाई थाहै छ, जहाँ मोरेका ठूलठूला रूखहरू पनि छन्‌।+ ३१ अब तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरले दिन लाग्नुभएको देश अधिकार गर्न यर्दनपारि जाँदै छौ।+ जब तिमीहरूले त्यो देश अधिकार गर्नेछौ र त्यहाँ बसोबास गर्नेछौ, ३२ तब तिमीहरूले मैले आज दिएका सबै नीतिनियम अनि विधिविधान होसियार भई पालन गर्नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने