प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

व्यवस्था विषयवस्तु

      • धर्मत्यागीहरूसित गर्नुपर्ने व्यवहार (१-१८)

व्यवस्था १३:३

मार्जिनल रेफरेन्स

  • +यसै ८:१९; यर्मि २७:९
  • +व्य ६:५; १०:१२; मत्ति २२:३७
  • +व्य ८:२

व्यवस्था १३:४

मार्जिनल रेफरेन्स

  • +व्य १०:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२००२, पृ. १६-१७

व्यवस्था १३:५

मार्जिनल रेफरेन्स

  • +व्य १८:२०
  • +व्य १७:२, ३, ७; १कोरि. ५:१३

व्यवस्था १३:६

मार्जिनल रेफरेन्स

  • +१रा ११:४; २प २:१

व्यवस्था १३:८

मार्जिनल रेफरेन्स

  • +गला १:८

व्यवस्था १३:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २२:२०; ३२:२७; गन २५:५
  • +व्य १७:२, ३, ७

व्यवस्था १३:१०

मार्जिनल रेफरेन्स

  • +लेवी २०:२, २७

व्यवस्था १३:११

मार्जिनल रेफरेन्स

  • +व्य १७:१३; १ ति ५:२०

व्यवस्था १३:१४

मार्जिनल रेफरेन्स

  • +व्य १९:१५; १ ति ५:१९

व्यवस्था १३:१५

मार्जिनल रेफरेन्स

  • +व्य १७:४, ५; २इ २८:६
  • +प्रस्थ २२:२०

व्यवस्था १३:१७

फुटनोट

  • *

    वा “प्रतिबन्ध लगाएर पवित्र तुल्याइएको।”

मार्जिनल रेफरेन्स

  • +यहो ६:१८
  • +उत्प २२:१५, १७; २६:३, ४

व्यवस्था १३:१८

फुटनोट

  • *

    वा “परमेश्‍वरको सोर सुन।”

मार्जिनल रेफरेन्स

  • +व्य ६:१८

अरू

व्यव. १३:३यसै ८:१९; यर्मि २७:९
व्यव. १३:३व्य ६:५; १०:१२; मत्ति २२:३७
व्यव. १३:३व्य ८:२
व्यव. १३:४व्य १०:२०
व्यव. १३:५व्य १८:२०
व्यव. १३:५व्य १७:२, ३, ७; १कोरि. ५:१३
व्यव. १३:६१रा ११:४; २प २:१
व्यव. १३:८गला १:८
व्यव. १३:९प्रस्थ २२:२०; ३२:२७; गन २५:५
व्यव. १३:९व्य १७:२, ३, ७
व्यव. १३:१०लेवी २०:२, २७
व्यव. १३:११व्य १७:१३; १ ति ५:२०
व्यव. १३:१४व्य १९:१५; १ ति ५:१९
व्यव. १३:१५व्य १७:४, ५; २इ २८:६
व्यव. १३:१५प्रस्थ २२:२०
व्यव. १३:१७यहो ६:१८
व्यव. १३:१७उत्प २२:१५, १७; २६:३, ४
व्यव. १३:१८व्य ६:१८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
व्यवस्था १३:१-१८

व्यवस्था

१३ “यदि तिमीहरूमाझ भविष्यवक्‍ता वा भावी बताउने स्वप्नदर्शी देखा पऱ्‍यो र उसले भविष्यबारे केही कुरा भन्यो वा कुनै चिन्ह दियो २ अनि उसले भनेको कुरा वा चिन्ह पूरा पनि भयो भने उसले तिमीहरूलाई यसो भन्ला, ‘आओ! हामी अरू देवताहरूलाई पुजौँ,’ जसलाई तिमीहरूले चिनेकै छैनौ। ‘हामी तिनीहरूकै पछि लागौँ अनि तिनीहरूकै सेवा गरौँ।’ ३ त्यसबेला तिमीहरूले त्यो भविष्यवक्‍ताको वा स्वप्नदर्शीको कुरा नसुन्‍नू।+ किनभने त्यो त तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले प्रेम गर्छौ कि गर्दैनौ+ भनेर बुझ्न यहोवा परमेश्‍वरले तिमीहरूलाई जाँच्नुभएको हो।+ ४ तिमीहरू केवल यहोवा तिमीहरूका परमेश्‍वरको पछि लाग्नू, तिमीहरूले उहाँकै डर मान्‍नू, उहाँकै आज्ञा पालन गर्नू, उहाँकै कुरा सुन्‍नू, उहाँकै सेवा गर्नू अनि उहाँलाई कहिल्यै नत्याग्नू।+ ५ तर त्यो भविष्यवक्‍ता वा स्वप्नदर्शीलाई चाहिँ मार्नू।+ किनभने उसले तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्‍वरको विद्रोह गर्न उक्सायो अनि यहोवा तिमीहरूका परमेश्‍वरले हिँड्‌नू भन्‍नुभएको मार्गबाट तर्काउन खोज्यो। तिमीहरूले आफ्नो माझबाट यस्तो दुष्टता हटाउनै पर्छ।+

६ “यदि तिम्रो साक्खै दाजुभाइ, छोरा वा छोरी, प्यारी पत्नी वा घनिष्ठ साथीले गुपचुपमा तिमीले वा तिम्रो पुर्खाले पहिला कहिल्यै नचिनेको देवताको पछि लाग्न फकाउँछ र ‘आऊ, हामी अरू देवताहरूको पूजा गरौँ’+ भन्छ भने, ७ चाहे ती तिम्रै वरपरका जातिले पुज्ने देवता होऊन्‌ वा धेरै टाढाका जातिले पुज्ने देवता, जहाँसुकैका देवता भए पनि ८ तिमीहरूलाई फकाउने त्यस मानिसको कुरा नसुन्‍नू;+ उसलाई कुनै दयामाया नदेखाउनू वा बचाउन नखोज्नू। ९ बरु उसलाई मार्नू; कुनै पनि हालतमा नछोड्‌नू।+ उसलाई मार्दा सबैभन्दा पहिला तिम्रै हात उठोस्‌ र पछि अरू सबैले तिमीलाई साथ देऊन्‌।+ १० तिमीले उसलाई ढुङ्‌गाले हानेर मार्नू+ किनभने दासत्वको घर—मिश्रबाट तिमीहरूलाई निकालेर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्‍वरबाट उसले तिमीहरूलाई तर्काउन खोज्यो। ११ यो घटना सुनेर सबै इस्राएली डराउनेछन्‌ र तिमीहरूबीच फेरि कसैले यस्तो खराब काम दोहोऱ्‍याउनेछैन।+

१२ “यहोवा तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा बसोबास गरिसकेपछि तिमीहरूले त्यहाँको कुनै एउटा सहरमा यस्तो खबर सुनौला, १३ ‘यस सहरमा दुष्ट मानिसहरू देखा परेका छन्‌ अनि तिनीहरूले यस सहरका मानिसहरूले चिन्दै नचिनेका देवताहरूलाई पुज्न यसो भनेर भड्‌काइरहेका छन्‌: “आओ, हामी अरू देवताहरूलाई पुजौँ।”’ १४ त्यसबेला तिमीहरूले साँचो कुरा के हो, पत्ता लगाउनू। त्यसको राम्ररी छानबिन गर्नू अनि मानिसहरूलाई सोधपुछ गर्नू।+ यदि साँच्चै नै तिमीहरूमाझ यस्ता घिनलाग्दा कुराहरू भएका रहेछन्‌ भने १५ ती सहरहरूका मानिसहरूलाई कुनै पनि हालतमा बाँकी नछोड्‌नू, तिनीहरू सबैलाई तरबारले मार्नू।+ पूरै सहर अनि त्यहाँ भएका सबै कुरा नाश गर्नू। त्यहाँ भएका वस्तुभाउलाई समेत तरबारले सोतर पार्नू।+ १६ त्यसपछि त्यस सहरबाट लुटेका सबै मालसामान सहरको चोकको बीचमा ल्याउनू र पूरै सहरमा आगो लगाइदिनू। ती सबै सामान यहोवा तिमीहरूका परमेश्‍वरलाई चढाइने अग्निभेटीजस्तै हुनेछ। त्यो सहर सदाको लागि विनाश हुनेछ। त्यो फेरि बनाइनेछैन। १७ विनाशको निम्ति छुट्ट्याइएको* कुनै पनि कुरा तिमीहरूले नलिनू।+ यो कुरा मान्यौ भने यहोवा परमेश्‍वर तिमीहरूसित क्रोधित हुनुहुनेछैन अनि उहाँले तिमीहरूका पुर्खाहरूसित कसम खानुभएझैँ तिमीहरूलाई कृपा देखाउनुहुनेछ, दया गर्नुहुनेछ र तिमीहरूको वृद्धि गर्नुहुनेछ।+ १८ आज मैले तिमीहरूलाई दिएका यहोवा तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर।* यसो गऱ्‍यौ भने तिमीहरूले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहेका हुनेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने