श्रेष्ठगीत
७ “हे गुणवती छोरी!
चिटिक्क परेको जुत्तामा सजिएका तिम्रा पाउ कत्ति राम्रा!
अनि तिम्रा सुडौल नितम्ब
निपुण कारिगरले कुँदेका गहनाजस्तै छन्।
२ तिम्रो नाभि प्यालाजस्तै छ,
त्यसमा मसला हालेको मद्यको कहिल्यै अभाव नहोस्।
तिम्रो पेट लिली फूलले घेरेको
गहुँको थुप्रोजस्तै छ।
३ तिम्रा वक्ष मृगका पाठाजस्तै छन्,
मुडुली मृगका जुम्ल्याहा पाठाजस्तै।+
४ तिम्रो कण्ठ+ हस्तिदन्तको मिनारजस्तै* छ।+
तिम्रो नाक लेबनानको मिनारजस्तै छ,
जसको मोहडा दमिसकतिर फर्केको छ।
तिम्रो बाक्लो, सल्सलाउँदो केशले राजालाई मुग्ध पारेको छ।
६ तिम्रो मुहार बिछट्टै राम्रो अनि आकर्षक छ।
हे मेरी प्रिया, तिम्रो सौन्दर्यलाई माथ गर्ने अरू के छ र?
८ मैले भनेँ, ‘म खजुरको बोटमा चढ्नेछु,
फलले झुलेका हाँगा समात्नेछु।’
तिम्रा वक्ष अङ्गुरका झुप्पाजस्तै होऊन्,
तिम्रो सास स्याउको बास्नाजस्तै मगमगाओस्।
९ तिम्रो मुखको मीठो बोली उच्च कोटीको मद्यजस्तै छ।”
“सरर्र बग्दै मेरा प्रियतमको ओठसम्म त्यो पुगोस्,
त्यसैमा ऊ मदहोश बनोस्।
१० म उसकी हुँ,+
ऊ पनि मेरो तिर्सना गर्छ।
१२ बिहान सबेरै उठेर अङ्गुर बगानमा पसौँ,
अङ्गुरको बोटमा टुसा लाग्यो कि,
त्यसमा मुना पलायो कि,+
अनारको बोटमा कोपिला लाग्यो कि, हेरौँ।+
त्यहाँ म तिमीलाई आफ्नो प्रेम प्रकट गर्नेछु।+
१३ हाम्रो ढोकामा ताजा अनि सुकाइएका
मीठामीठा फलफूल छन्।+