प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जकरिया ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

जकरिया विषयवस्तु

      • वरपरका राष्ट्रहरूमाथि परमेश्‍वरको न्यायदण्ड (१-८)

      • सियोनका राजा आउँदै छन्‌ (९, १०)

        • ती नम्र राजा गधामा सवार भएर आउँदै छन्‌ (९)

      • यहोवाका मानिसहरूलाई मुक्‍त गरिनेछ (११-१७)

जकरिया ९:१

मार्जिनल रेफरेन्स

  • +यर्मि ४९:२७; आमो १:३
  • +हिब्रू ४:१३; १प ३:१२

जकरिया ९:२

मार्जिनल रेफरेन्स

  • +यर्मि ४९:२३
  • +यसै २३:१; आमो १:९, १०
  • +इज २८:२१; योए ३:४
  • +इज २८:२, ३

जकरिया ९:३

फुटनोट

  • *

    वा “घेरा-मचान।”

मार्जिनल रेफरेन्स

  • +इज २७:३२, ३३

जकरिया ९:४

मार्जिनल रेफरेन्स

  • +इज २६:१७; २७:२६
  • +इज २८:१८

जकरिया ९:५

मार्जिनल रेफरेन्स

  • +सप २:४

जकरिया ९:६

मार्जिनल रेफरेन्स

  • +आमो १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/१९९७, पृ. १९

    ७/१/१९९५, पृ. २२-२३

जकरिया ९:७

फुटनोट

  • *

    शा., “शेखजस्तै।” यसले कुलको नाइकेलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +यसै ६०:१४
  • +२स ५:६, ७; १रा ९:२०, २१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/१९९७, पृ. १९

    ७/१/१९९५, पृ. २२-२३

जकरिया ९:८

फुटनोट

  • *

    यसले उहाँका मानिसहरूले भोगेको दुःखलाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +भज १२५:२
  • +यसै ५४:१४

जकरिया ९:९

फुटनोट

  • *

    “सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

  • *

    वा “तिनी विजयी हुनेछन्‌; तिनी बचाइएका हुनेछन्‌।”

मार्जिनल रेफरेन्स

  • +भज २:६; यसै ३२:१; यर्मि २३:५; लुका १९:३७, ३८; युह १:४९
  • +मत्ति ११:२९
  • +१रा १:३३, ३४; मत्ति २१:५, ७; युह १२:१४, १५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १४६

    येसु—बाटो, पृ. २३८

    प्रहरीधरहरा,

    ११/१५/२०१२, पृ. १२

    ८/१५/२०११, पृ. १२

    ८/१/१९९९, पृ. १४-१५

    ३/१/१९९७, पृ. ३०

जकरिया ९:१०

मार्जिनल रेफरेन्स

  • +यसै ९:७
  • +प्रस्थ २३:३१; भज २:८; ७२:८

जकरिया ९:११

मार्जिनल रेफरेन्स

  • +यसै ४९:९

जकरिया ९:१२

मार्जिनल रेफरेन्स

  • +यसै ६१:१; यर्मि ३१:१७
  • +यसै ६१:७

जकरिया ९:१३

फुटनोट

  • *

    वा “ताँदो चढाउनेछु।”

जकरिया ९:१४

मार्जिनल रेफरेन्स

  • +यहो ६:५

जकरिया ९:१५

मार्जिनल रेफरेन्स

  • +मिका ५:९; जक १०:५; १२:६
  • +प्रस्थ २७:२; लेवी ४:७

जकरिया ९:१६

फुटनोट

  • *

    वा “ताजमा।”

मार्जिनल रेफरेन्स

  • +इज ३४:२२
  • +यसै ६२:३; सप ३:२०

जकरिया ९:१७

मार्जिनल रेफरेन्स

  • +भज २५:८; ३१:१९; यसै ६३:७
  • +यसै ६२:८; योए ३:१८; आमो ९:१३

अरू

जक. ९:१यर्मि ४९:२७; आमो १:३
जक. ९:१हिब्रू ४:१३; १प ३:१२
जक. ९:२यर्मि ४९:२३
जक. ९:२यसै २३:१; आमो १:९, १०
जक. ९:२इज २८:२१; योए ३:४
जक. ९:२इज २८:२, ३
जक. ९:३इज २७:३२, ३३
जक. ९:४इज २६:१७; २७:२६
जक. ९:४इज २८:१८
जक. ९:५सप २:४
जक. ९:६आमो १:८
जक. ९:७यसै ६०:१४
जक. ९:७२स ५:६, ७; १रा ९:२०, २१
जक. ९:८भज १२५:२
जक. ९:८यसै ५४:१४
जक. ९:९भज २:६; यसै ३२:१; यर्मि २३:५; लुका १९:३७, ३८; युह १:४९
जक. ९:९मत्ति ११:२९
जक. ९:९१रा १:३३, ३४; मत्ति २१:५, ७; युह १२:१४, १५
जक. ९:१०यसै ९:७
जक. ९:१०प्रस्थ २३:३१; भज २:८; ७२:८
जक. ९:११यसै ४९:९
जक. ९:१२यसै ६१:१; यर्मि ३१:१७
जक. ९:१२यसै ६१:७
जक. ९:१४यहो ६:५
जक. ९:१५मिका ५:९; जक १०:५; १२:६
जक. ९:१५प्रस्थ २७:२; लेवी ४:७
जक. ९:१६इज ३४:२२
जक. ९:१६यसै ६२:३; सप ३:२०
जक. ९:१७भज २५:८; ३१:१९; यसै ६३:७
जक. ९:१७यसै ६२:८; योए ३:१८; आमो ९:१३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
पवित्र बाइबल नयाँ संसार अनुवाद
जकरिया ९:१-१७

जकरिया

९ एउटा घोषणा:

“यहोवाको वचन हद्राकको विरुद्धमा छ

अनि दमिसक उहाँको निसाना हो+

—किनकि यहोवाको दृष्टि मानिसजातिमाथि+

र इस्राएलका सबै कुलमाथि छ—

 २ अनि उहाँको वचन हमाथको+ विरुद्धमा छ, जुन त्यसको सिमानामा छ;

टायर+ र सिदोनको+ विरुद्धमा छ किनकि तिनीहरू अति बुद्धिमान्‌ छन्‌।+

 ३ टायरले आफ्नो लागि गढ* बनायो।

त्यसले धुलोसरि चाँदी थुपाऱ्‍यो

अनि सडकको हिलोसरि सुन जम्मा गऱ्‍यो।+

 ४ हेर! यहोवाले त्यसको धनसम्पत्ति खोस्नुहुनेछ

अनि त्यसको सेनालाई समुद्रमा खतम पार्नुहुनेछ;+

त्यसलाई आगोले भस्म पार्नुहुनेछ।+

 ५ अस्कलोनले त्यो देख्नेछ अनि भयभीत हुनेछ;

गाजालाई छटपटी हुनेछ

अनि एक्रोनलाई पनि त्यस्तै हुनेछ किनकि त्यसको आशा निराशामा बद्‌लिनेछ।

गाजाबाट राजाको नामोनिसान मेटिनेछ

अनि अस्कलोन फेरि आबाद हुनेछैन।+

 ६ अस्दोदमा नाजायज छोराहरू बसोबास गर्नेछन्‌

अनि पलिस्तियालीको घमन्डलाई म चकनाचुर पारिदिनेछु।+

 ७ रगतमा लतपतिएको चिज म त्यसको मुखबाट हटाइदिनेछु,

त्यसको दाँतबाट घिनलाग्दो कुरा हटाइदिनेछु

अनि त्यसका बचेका मानिसहरू हाम्रा परमेश्‍वरका हुनेछन्‌;

त्यो यहुदामा नाइकेजस्तै* हुनेछ+

अनि एक्रोनका मानिसहरूचाहिँ यबुसीहरूजस्तै हुनेछन्‌।+

 ८ म आफ्नो घरको सुरक्षा गर्न छाउनी हाल्नेछु+

अनि त्यहाँबाट कोही पनि आउजाउ गर्न पाउनेछैन

अनि कोही अत्याचारी फेरि त्यहाँबाट भएर हिँड्‌नेछैन+

किनकि मैले आफ्नै आँखाले यी सबै* देखेँ।

 ९ हे सियोनकी छोरी,* खुसीयाली मनाऊ।

हे यरुसलेमकी छोरी, जयजयकार गर।

हेर! तिम्रा राजा तिमीकहाँ आउँदै छन्‌।+

तिनी न्यायी छन्‌ अनि तिनले उद्धार गर्नेछन्‌;*

तिनी नम्र छन्‌+ र गधामाथि,

हो, गधाको बछेडोमाथि सवार भएर आउनेछन्‌।+

१० म एप्रैमबाट युद्धको रथ खोस्नेछु

अनि यरुसलेमबाट घोडा लैजानेछु।

लडाइँको धनु खोसिनेछ।

अनि तिनले जातिजातिमाझ शान्तिको घोषणा गर्नेछन्‌;+

तिनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म

अनि युफ्रेटिस नदीदेखि पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्‌।+

११ हे स्त्री, जहाँसम्म तिम्रो कुरा छ, तिमीसित बाँधेको रगतको करारको आधारमा

म तिम्रा कैदीहरूलाई सुक्खा खाडलबाट बाहिर निकाल्नेछु।+

१२ ए आशा पाएका कैदीहरू हो, तिमीहरू किल्लामा फर्क।+

आज म तिमीलाई भन्दै छु,

‘हे स्त्री, म तिमीलाई दोबर आशिष्‌ दिनेछु।+

१३ म यहुदालाई मेरो धनुलाई जस्तै तयार पार्नेछु।*

एप्रैमलाई धनुमा काँडझैँ चढाउनेछु

हे सियोन, म तिम्रा छोराहरूलाई

ग्रीसका छोराहरूको विरुद्धमा उठाउनेछु

अनि म तिमीलाई योद्धाको तरबारजस्तै बनाउनेछु।’

१४ यहोवा तिनीहरूको साथमा हुनुहुन्छ भनेर देखिनेछ

अनि उहाँको काँड बिजुलीजस्तै निस्कनेछ।

ब्रह्‍माण्डका मालिक यहोवाले सिङ फुक्नुहुनेछ+

अनि उहाँ दक्षिणको आँधीसहित अघि बढ्‌नुहुनेछ।

१५ सेनाहरूका यहोवाले तिनीहरूको रक्षा गर्नुहुनेछ

अनि तिनीहरूले घुयेँत्रोका ढुङ्‌गाहरूलाई निल्नेछन्‌ र आफ्नो अधीनमा पार्नेछन्‌।+

तिनीहरूले पिउनेछन्‌ र मद्यले मात्तिएको बेलामा जस्तै हल्लाखल्ला गर्नेछन्‌;

तिनीहरू भरिनेछन्‌

—मन्दिरको कचौराजस्तै, वेदीको कुनाजस्तै।+

१६ यहोवा तिनीहरूका परमेश्‍वरले त्यस दिन तिनीहरूलाई बचाउनुहुनेछ;

आफ्ना मानिसहरूलाई, आफ्नो बगाललाई उहाँले बचाउनुहुनेछ;+

तिनीहरू मुकुटमा* जडिएको रत्नझैँ उहाँको भूमिमा चम्कनेछन्‌।+

१७ उहाँ कत्ति भला हुनुहुन्छ!+

उहाँ कत्ति आकर्षक हुनुहुन्छ!

युवायुवतीहरू अन्‍न खाएर हृष्टपुष्ट हुनेछन्‌

र नयाँ मद्य पिएर आनन्दित हुनेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने