न्यायकर्ता
१ यहोसुको मृत्युपछि+ इस्राएलीहरूले यहोवा परमेश्वरलाई सोधे:+ “कनानीहरूसित लड्न सबैभन्दा पहिला कुनचाहिँ कुल जानु ठीक होला?” २ यहोवा परमेश्वरले यस्तो जवाफ दिनुभयो: “यहुदाको कुल जाओस्।+ हेर! म त्यो देश यहुदाको कुललाई दिनेछु।”* ३ तब यहुदाको कुलका मानिसहरूले आफ्ना दाजुभाइ सिमियोनको कुलका मानिसहरूलाई भने: “हाम्रो भागमा परेको इलाकाबाट कनानीहरूलाई खेद्न हामीसँगै आओ।+ अनि हामी पनि तिमीहरूको भागमा परेको इलाकामा तिमीहरूसँगै जानेछौँ।” त्यसपछि सिमियोनको कुल यहुदाको कुलसँगै गयो।
४ यहुदाको कुल लडाइँ गर्न गयो। यहोवा परमेश्वरले कनानी र परिज्जीहरूलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो+ र तिनीहरूले बेजेकमा १० हजार पुरुषलाई हराए। ५ तिनीहरूले बेजेकमा अदोनि-बेजेकलाई भेटे र त्यहीँ तिनीसित लडाइँ गरे अनि कनानी+ र परिज्जीहरूलाई+ हराए। ६ अदोनि-बेजेक भने भागे तर तिनीहरूले तिनलाई खेदेर पक्रे र तिनको हातखुट्टाको बुढीऔँला काटिदिए। ७ अनि अदोनि-बेजेकले भने: “मैले ७० जना राजाको हातखुट्टाको बुढीऔँला काटिदिएको थिएँ र तिनीहरू मेरो टेबुलमुनि खसेको खानेकुरा टिपेर खाने गर्थे। मैले तिनीहरूलाई जसो गरेँ, परमेश्वरले पनि मलाई त्यसै गर्नुभएको छ।” त्यसपछि तिनीहरूले अदोनि-बेजेकलाई यरुसलेम ल्याए+ र तिनी त्यहीँ मरे।
८ यहुदाको कुलका पुरुषहरूले यरुसलेमविरुद्ध लडाइँ गरेर+ त्यसलाई कब्जा गरे। अनि तिनीहरूले त्यहाँका मानिसहरूलाई तरबारले मारेर सहरमा आगो लगाइदिए। ९ त्यसपछि यहुदाको कुलका पुरुषहरू पहाडी इलाकामा, नेगेबमा र सेफेलाहमा+ बसोबास गर्ने कनानीहरूसँग लडाइँ गर्न गए। १० तिनीहरूले हेब्रोनमा बसोबास गर्ने कनानीहरूसँग लडाइँ गरे अनि सेसै, अहिमन र तल्मैलाई मारे।+ (हेब्रोनको पुरानो नाम किर्यथ-अर्बा थियो।)
११ त्यहाँबाट तिनीहरू दबिरका बासिन्दाहरूसित लडाइँ गर्न गए।+ (दबिरको पुरानो नाम किर्यथ-सेफेर थियो।)+ १२ अनि कालेबले+ भने: “जसले किर्यथ-सेफेरलाई आक्रमण गरेर त्यसलाई कब्जा गर्छ, उसलाई म मेरी छोरी अक्साह दिनेछु।”+ १३ तब कालेबका भाइ केनजका छोरा+ ओथ्निएलले+ किर्यथ-सेफेर कब्जा गरे। त्यसैले कालेबले आफ्नी छोरी अक्साहको विवाह ओथ्निएलसितै गराइदिए। १४ पतिको घर जान लाग्दा अक्साहले आफ्नो पतिलाई बुबासित एक टुक्रा जमिन माग्न कर लगाइन्। अक्साह आफ्नो गधाबाट ओर्लिन्।* तब कालेबले तिनलाई सोधे: “तिमीलाई के चाहियो?” १५ तब अक्साहले भनिन्: “तपाईँले मलाई दक्षिणमा* दिनुभएको जमिन सुक्खा छ। कृपया मलाई आशिष्स्वरूप गुलोथ-मैम* पनि दिनुहोस्।” त्यसैले कालेबले तिनलाई माथिल्लो गुलोथ र तल्लो गुलोथ दिए।
१६ मोसाका ससुरा+ एक केनी+ थिए; तिनका सन्तान यहुदाको कुलका मानिसहरूसँगै खजुरका बोटहरूको सहरबाट+ अरादको+ दक्षिणमा पर्ने यहुदाको निर्जनभूमिमा आए। अनि तिनीहरू त्यहाँकै मानिसहरूसँग बसोबास गर्न थाले।+ १७ तर यहुदाको कुलका मानिसहरू भने आफ्ना दाजुभाइ सिमियोनको कुलका मानिसहरूसँगै गए र तिनीहरूले जेफाथमा बसोबास गर्ने कनानीहरूलाई आक्रमण गरेर त्यस सहरलाई ध्वस्त पारिदिए।+ त्यसैले तिनीहरूले त्यस सहरको नाम होर्माह*+ राखे। १८ त्यसपछि यहुदाको कुलले गाजाका,+ अस्कलोनका+ र एक्रोनका+ सबै इलाका कब्जा गऱ्यो। १९ यहोवा परमेश्वर यहुदाको कुलसँग हुनुहुन्थ्यो; त्यसैले तिनीहरूले पहाडी इलाकालाई आफ्नो कब्जामा लिए। तर तिनीहरूले बेँसीका बासिन्दाहरूलाई भने खेद्न सकेनन् किनभने उनीहरूसित युद्धका रथहरू थिए, जसका पाङ्ग्रामा धारिलो हतियार जडान गरिएका थिए।*+ २० मोसाले प्रतिज्ञा गरेझैँ यहुदाको कुलका मानिसहरूले कालेबलाई हेब्रोन दिए+ र तिनले अनाकका तीन जना छोरालाई त्यहाँबाट खेदे।+
२१ तर बिन्यामिनीहरूले यरुसलेममा बस्ने यबुसीहरूलाई खेदेनन्; त्यसैले तिनीहरू अहिलेसम्म पनि यरुसलेममा बिन्यामिनीहरूसँगै बसोबास गर्छन्।+
२२ यसै समयतिर युसुफका सन्तानले+ बेथेलमाथि आक्रमण गरे; यहोवा परमेश्वर तिनीहरूको साथमा हुनुहुन्थ्यो।+ २३ तिनीहरूले बेथेलमा जासुसी गर्न मानिसहरू पठाए। (बेथेलको पुरानो नाम लुज थियो।)+ २४ ती जासुसहरूले एक जना मानिस त्यस सहरबाट बाहिर निस्किरहेको देखे अनि तिनीहरूले त्यस मानिसलाई भने: “कृपया हामीलाई सहरमा घुस्ने बाटो देखाइदिनुहोस्; त्यसको बदलामा हामी तपाईँलाई दया देखाउनेछौँ।”* २५ तब त्यस मानिसले तिनीहरूलाई सहरमा घुस्ने बाटो देखाइदियो र तिनीहरूले सहरका सबै मानिसलाई तरबारले मारे तर त्यो मानिस र उसको परिवारलाई भने छोडिदिए।+ २६ त्यो मानिस हित्तीहरूको इलाकामा गयो र त्यहाँ एउटा सहर बसाल्यो। उसले त्यस सहरको नाम लुज राख्यो; अहिलेसम्म पनि त्यस सहरलाई लुज भनिन्छ।
२७ मनस्सेको कुलले यी इलाकाहरू र यी इलाकाको वरपरका सहरहरू आफ्नो कब्जामा लिएन: बेथ-सेन, तानक,+ दोर, इब्लाम अनि मगिद्दो।+ किनकि कनानीहरूले यी ठाउँहरू छोड्दै छोडेनन्। २८ इस्राएलीहरू शक्तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।+ तर तिनीहरूले कनानीहरूलाई एक जना पनि बाँकी नरहनेगरि भने धपाएनन्।+
२९ एप्रैमको कुलले पनि गेजेरमा बसोबास गर्ने कनानीहरूलाई खेदेन। कनानीहरू गेजेरमा+ तिनीहरूसँगै बसोबास गरिरहे।
३० जबुलुनको कुलले कित्रोन र नाहलोलमा+ बसोबास गर्ने कनानीहरूलाई खेदेन। कनानीहरू जबुलुनको कुलसँगै बसोबास गरिरहे र जबुलुनको कुलका मानिसहरूले उनीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।+
३१ असेरको कुलले अक्को, सिदोन,+ अहलाब, अक्जिब,+ हेल्बाह, अफिक+ र रेहोबमा+ बसोबास गर्ने कनानीहरूलाई खेदेन। ३२ असेरको कुलका मानिसहरू कनानीहरूसँगै बसोबास गरिरहे किनभने तिनीहरूले कनानीहरूलाई खेदेनन्।
३३ नप्तालिको कुलले बेथ-सेमेस र बेथ-अनाथमा+ बसोबास गर्ने कनानीहरूलाई खेदेन र तिनीहरू त्यहाँका कनानीहरूसँगै बसे।+ नप्तालिको कुलका मानिसहरूले बेथ-सेमेस र बेथ-अनाथका बासिन्दाहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।
३४ एमोरीहरूले दानको कुललाई पहाडी इलाकातिर खेदे र तिनीहरूलाई तल बेँसीमा आउन दिएनन्।+ ३५ एमोरीहरूले हेरेस डाँडा अनि ऐय्यालोन+ र सालबिम+ छोड्दै छोडेनन्। तर युसुफका सन्तान शक्तिशाली भएपछि तिनीहरूले एमोरीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए। ३६ एमोरीहरूको इलाका अक्रब्बिमको+ उकालो र सेलाको मास्तिरदेखि सुरु हुन्थ्यो।