प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • मिश्रमा इस्राएलीहरूको सङ्‌ख्या बढ्‌दै जान्छ (१-७)

      • फारो इस्राएलीहरूलाई दमन गर्छन्‌ (८-१४)

      • परमेश्‍वरको डर राख्ने सुँडेनीहरूले जीवन बचाउँछन्‌ (१५-२२)

प्रस्थान १:१

फुटनोट

  • *

    वा “इजिप्ट।”

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:८

प्रस्थान १:२

मार्जिनल रेफरेन्स

  • +१इ २:३, ४

प्रस्थान १:४

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:१७

प्रस्थान १:५

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:२६; व्य १०:२२; प्रे ७:१४

प्रस्थान १:६

मार्जिनल रेफरेन्स

  • +उत्प ५०:२६

प्रस्थान १:७

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:३; व्य २६:५; प्रे ७:१७-१९

प्रस्थान १:९

मार्जिनल रेफरेन्स

  • +भज १०५:२४, २५

प्रस्थान १:११

फुटनोट

  • *

    मिश्रका राजाहरूको एउटा उपाधि।

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१३; प्रस्थ ३:७; गन २०:१५; व्य २६:६
  • +उत्प ४७:११

प्रस्थान १:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १:७; भज १०५:२४, २५

प्रस्थान १:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:२३; प्रे ७:६

प्रस्थान १:१४

मार्जिनल रेफरेन्स

  • +लेवी २६:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२००४, पृ. २४-२५

    ६/१५/२००२, पृ. ८-९

प्रस्थान १:१६

मार्जिनल रेफरेन्स

  • +इज १६:४

प्रस्थान १:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ९:५, ६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/२००३, पृ. ८-९

प्रस्थान १:२२

मार्जिनल रेफरेन्स

  • +प्रे ७:१८, १९

अरू

प्रस्थ. १:१उत्प ४६:८
प्रस्थ. १:२१इ २:३, ४
प्रस्थ. १:४उत्प ४६:१७
प्रस्थ. १:५उत्प ४६:२६; व्य १०:२२; प्रे ७:१४
प्रस्थ. १:६उत्प ५०:२६
प्रस्थ. १:७उत्प ४६:३; व्य २६:५; प्रे ७:१७-१९
प्रस्थ. १:९भज १०५:२४, २५
प्रस्थ. १:११उत्प १५:१३; प्रस्थ ३:७; गन २०:१५; व्य २६:६
प्रस्थ. १:११उत्प ४७:११
प्रस्थ. १:१२प्रस्थ १:७; भज १०५:२४, २५
प्रस्थ. १:१३प्रस्थ २:२३; प्रे ७:६
प्रस्थ. १:१४लेवी २६:१३
प्रस्थ. १:१६इज १६:४
प्रस्थ. १:१७उत्प ९:५, ६
प्रस्थ. १:२२प्रे ७:१८, १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान १:१-२२

प्रस्थान

१ इस्राएल अर्थात्‌ याकुब मिश्र* जाँदा तिनका छोराहरू पनि आ-आफ्नो परिवार लिएर तिनीसितै गए। याकुबका छोराहरूको नाम यी नै हुन्‌:+ २ रुबेन, सिमियोन, लेवि र यहुदा;+ ३ इस्साकार, जबुलुन र बिन्यामिन; ४ दान र नप्तालि; गाद र असेर।+ ५ याकुबका सन्तान जम्मा ७० जना थिए। युसुफ भने पहिल्यै मिश्रमा थिए।+ ६ पछि युसुफको मृत्यु भयो+ र तिनका दाजुभाइ अनि त्यस पुस्ताका सबै जना मरे। ७ इस्राएलीहरूबाट पछि धेरै सन्तान जन्मिए र तिनीहरूको वृद्धि हुँदै गयो। यसरी तिनीहरूको शाखासन्तान बढ्‌दै गयो। यसले गर्दा तिनीहरू ज्यादै शक्‍तिशाली भए; सारा देश नै तिनीहरूले भरियो।+

८ समय बित्दै जाँदा मिश्रमा एक जना नयाँ राजाले शासन गर्न थाले, जसलाई युसुफको विषयमा केही पनि थाह थिएन। ९ तिनले आफ्नो प्रजालाई यसो भने: “हेर, इस्राएलीहरू हामीभन्दा धेरै र शक्‍तिशाली भएका छन्‌!+ १० त्यसैले अब त हामीले केही गर्नै पर्छ। नत्र तिनीहरू बढ्‌दै जानेछन्‌ अनि लडाइँ भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हामीसित लड्‌नेछन्‌ र मिश्र छोडेर भाग्नेछन्‌।”

११ यसकारण इस्राएलीहरूलाई जबरजस्ती काममा जोताउन उनीहरूले नाइकेहरू नियुक्‍त गरे।+ अनि ती नाइकेहरूले इस्राएलीहरूलाई फारोको* अन्‍न र सरसामान जम्मा गर्न गोदामहरू भएका सहरहरू बनाउन लगाए। ती सहरहरूको नाम पिथोम र रामसेस थियो।+ १२ तर उनीहरूले इस्राएलीहरूलाई जति-जति दमन गरे, उति-उति तिनीहरूको सङ्‌ख्या बढ्‌न थाल्यो र तिनीहरू टाढा-टाढासम्म फिँजिँदै गए। अनि उनीहरू इस्राएलीहरूको डरले थरथर भए।+ १३ त्यसैले मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे र तिनीहरूलाई काममा दलाउनसम्म दलाए।+ १४ इँटा र इँटाको लागि चाहिने माटोको मसला बनाउन अनि खेतमा गरिने सबै किसिमका काम गर्न लगाएर उनीहरूले इस्राएलीहरूको जीवनै खल्लो बनाइदिए। हो, गाह्रो-गाह्रो काम गर्न लगाएर मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे।+

१५ मिश्रका राजाले सिफ्राह र पुआ नाम गरेका हिब्रू सुँडेनीहरूलाई बोलाए १६ र यसो भने: “तिमीहरूले हिब्रू स्त्रीहरूलाई बच्चा जन्माउन मदत गर्दा+ छोरा जन्मेमा त्यस बालकलाई मारिदिनू तर छोरी जन्मेमा चाहिँ नमार्नू।” १७ तर ती सुँडेनीहरू साँचो परमेश्‍वरको डर राख्थे। त्यसैले तिनीहरूले मिश्रका राजाको आज्ञा मानेनन्‌। तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्‌।+ १८ पछि मिश्रका राजाले ती सुँडेनीहरूलाई बोलाएर भने: “तिमीहरूले छोराहरूलाई किन मारेनौ?” १९ सुँडेनीहरूले फारोलाई भने: “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्‌। तिनीहरू बलिया र हट्टाकट्टा छन्‌। तिनीहरूले हामी पुग्नुभन्दा पहिल्यै बच्चा जन्माइसकेका हुन्छन्‌।”

२० त्यसैले परमेश्‍वरले ती सुँडेनीहरूलाई आशिष्‌ दिनुभयो; इस्राएलीहरूको सङ्‌ख्या झन्‌झनै बढ्‌दै गयो र तिनीहरू शक्‍तिशाली हुँदै गए। २१ साँचो परमेश्‍वरको डर राखेकोले उहाँको आशिष्‌ पाएर सुँडेनीहरूले पनि सन्तान जन्माए। २२ पछि फारोले आफ्नो प्रजालाई यस्तो आदेश दिए: “हिब्रूहरूबाट जन्मेका छोराजति सबैलाई नाइल नदीमा फालिदिनू तर छोरीहरूलाई भने नमार्नू।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने