प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • यहुदाका राजा योसियाह (१, २)

      • योसियाहले गरेका सुधारहरू (३-१३)

      • व्यवस्थाको पुस्तक भेट्टाइन्छ (१४-२१)

      • हुल्दाह विपत्तिबारे भविष्यवाणी गर्छिन्‌ (२२-२८)

      • योसियाह मानिसहरूसामु व्यवस्थाको पुस्तक पढ्‌छन्‌ (२९-३३)

२ इतिहास ३४:१

मार्जिनल रेफरेन्स

  • +१रा १३:२; सप १:१; मत्ति १:१०
  • +२रा २२:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. २१

२ इतिहास ३४:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. २१

२ इतिहास ३४:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ १५:२
  • +२रा २३:४, १४
  • +२इ ३३:१७
  • +२इ ३३:२१, २२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९६, पृ. ८-९

२ इतिहास ३४:४

मार्जिनल रेफरेन्स

  • +२रा २३:६

२ इतिहास ३४:५

मार्जिनल रेफरेन्स

  • +१रा १३:२; २रा २३:१६

२ इतिहास ३४:६

मार्जिनल रेफरेन्स

  • +२रा २३:१९; २इ ३०:१

२ इतिहास ३४:७

मार्जिनल रेफरेन्स

  • +२रा १७:४१
  • +२इ ३१:१

२ इतिहास ३४:८

मार्जिनल रेफरेन्स

  • +२रा २२:१२
  • +२रा २२:३-६

२ इतिहास ३४:९

मार्जिनल रेफरेन्स

  • +२इ ३०:११, १८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५५

२ इतिहास ३४:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५५

२ इतिहास ३४:११

मार्जिनल रेफरेन्स

  • +२रा १२:११, १२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५५

२ इतिहास ३४:१२

मार्जिनल रेफरेन्स

  • +२रा १२:१५
  • +१इ २३:६
  • +२इ २०:१९
  • +१इ २५:१

२ इतिहास ३४:१३

मार्जिनल रेफरेन्स

  • +२इ ८:१४

२ इतिहास ३४:१४

मार्जिनल रेफरेन्स

  • +२रा २२:४
  • +लेवी २६:४६
  • +व्य १७:१८; ३१:२४-२६; यहो १:८; २रा २२:८

२ इतिहास ३४:१८

मार्जिनल रेफरेन्स

  • +२रा २२:८
  • +व्य १७:१८, १९

२ इतिहास ३४:१९

मार्जिनल रेफरेन्स

  • +२रा २२:११-१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२००१, पृ. २७

२ इतिहास ३४:२०

मार्जिनल रेफरेन्स

  • +२रा २५:२२; यर्मि ४०:१४

२ इतिहास ३४:२१

मार्जिनल रेफरेन्स

  • +व्य ३०:१७, १८; ३१:१६, २४-२६; यहो १:८

२ इतिहास ३४:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:२०; न्याय ४:४; लुका २:३६; प्रे २१:८, ९
  • +२रा २२:१४-२०

२ इतिहास ३४:२४

मार्जिनल रेफरेन्स

  • +यर्मि ३५:१७
  • +लेवी २६:१६; व्य २८:१५; ३०:१७, १८; दा ९:११

२ इतिहास ३४:२५

फुटनोट

  • *

    हिब्रू भाषामा यहाँ चलाइएको शब्दले धूप बाल्नुलाई पनि जनाउन सक्छ।

मार्जिनल रेफरेन्स

  • +व्य २८:२०
  • +२रा २१:१, ३, ६; २इ २८:१, ३
  • +व्य २९:२२, २३; यर्मि ७:२०

२ इतिहास ३४:२६

मार्जिनल रेफरेन्स

  • +२इ ३४:१९

२ इतिहास ३४:२७

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२६; ३३:११, १३

२ इतिहास ३४:२८

मार्जिनल रेफरेन्स

  • +१रा २१:२९; यसै ३९:८

२ इतिहास ३४:२९

मार्जिनल रेफरेन्स

  • +२रा २३:१

२ इतिहास ३४:३०

मार्जिनल रेफरेन्स

  • +२रा २३:२; २इ १७:३, ९; नहे ८:३

२ इतिहास ३४:३१

फुटनोट

  • *

    वा “करार नवीकरण गरे।”

मार्जिनल रेफरेन्स

  • +एज्रा १०:३
  • +व्य ३१:२४-२६; २रा २२:८
  • +व्य ६:५

२ इतिहास ३४:३२

मार्जिनल रेफरेन्स

  • +२इ ३०:१, १२; ३३:१, १६

२ इतिहास ३४:३३

फुटनोट

  • *

    वा “मूर्ति।”

मार्जिनल रेफरेन्स

  • +२रा २३:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००५, पृ. २१

अरू

२ इति. ३४:११रा १३:२; सप १:१; मत्ति १:१०
२ इति. ३४:१२रा २२:१, २
२ इति. ३४:३२इ १५:२
२ इति. ३४:३२रा २३:४, १४
२ इति. ३४:३२इ ३३:१७
२ इति. ३४:३२इ ३३:२१, २२
२ इति. ३४:४२रा २३:६
२ इति. ३४:५१रा १३:२; २रा २३:१६
२ इति. ३४:६२रा २३:१९; २इ ३०:१
२ इति. ३४:७२रा १७:४१
२ इति. ३४:७२इ ३१:१
२ इति. ३४:८२रा २२:१२
२ इति. ३४:८२रा २२:३-६
२ इति. ३४:९२इ ३०:११, १८
२ इति. ३४:११२रा १२:११, १२
२ इति. ३४:१२२रा १२:१५
२ इति. ३४:१२१इ २३:६
२ इति. ३४:१२२इ २०:१९
२ इति. ३४:१२१इ २५:१
२ इति. ३४:१३२इ ८:१४
२ इति. ३४:१४२रा २२:४
२ इति. ३४:१४लेवी २६:४६
२ इति. ३४:१४व्य १७:१८; ३१:२४-२६; यहो १:८; २रा २२:८
२ इति. ३४:१८२रा २२:८
२ इति. ३४:१८व्य १७:१८, १९
२ इति. ३४:१९२रा २२:११-१३
२ इति. ३४:२०२रा २५:२२; यर्मि ४०:१४
२ इति. ३४:२१व्य ३०:१७, १८; ३१:१६, २४-२६; यहो १:८
२ इति. ३४:२२प्रस्थ १५:२०; न्याय ४:४; लुका २:३६; प्रे २१:८, ९
२ इति. ३४:२२२रा २२:१४-२०
२ इति. ३४:२४यर्मि ३५:१७
२ इति. ३४:२४लेवी २६:१६; व्य २८:१५; ३०:१७, १८; दा ९:११
२ इति. ३४:२५व्य २८:२०
२ इति. ३४:२५२रा २१:१, ३, ६; २इ २८:१, ३
२ इति. ३४:२५व्य २९:२२, २३; यर्मि ७:२०
२ इति. ३४:२६२इ ३४:१९
२ इति. ३४:२७२इ ३२:२६; ३३:११, १३
२ इति. ३४:२८१रा २१:२९; यसै ३९:८
२ इति. ३४:२९२रा २३:१
२ इति. ३४:३०२रा २३:२; २इ १७:३, ९; नहे ८:३
२ इति. ३४:३१एज्रा १०:३
२ इति. ३४:३१व्य ३१:२४-२६; २रा २२:८
२ इति. ३४:३१व्य ६:५
२ इति. ३४:३२२इ ३०:१, १२; ३३:१, १६
२ इति. ३४:३३२रा २३:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ३४:१-३३

दोस्रो इतिहास

३४ राजा हुँदा योसियाह आठ वर्षका थिए+ र तिनले यरुसलेममा ३१ वर्ष शासन गरे।+ २ योसियाहले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरे। तिनी आफ्ना पुर्खा दाउदको चालमा हिँडे, तिनी त्यसबाट दाहिने वा देब्रे लागेनन्‌।

३ तिनले आफ्नो शासनकालको आठौँ वर्षमा—जब तिनी सानै थिए—आफ्ना पुर्खा दाउदका परमेश्‍वरको खोजी गर्न थाले।+ आफ्नो शासनकालको १२ औँ वर्षमा तिनले यहुदा र यरुसलेमलाई शुद्ध पार्न सुरु गरे।+ तिनले अग्ला थानहरू,*+ पवित्र खामाहरू,* कुँदिएका मूर्तिहरू+ र धातुका मूर्तिहरू हटाउन थाले। ४ साथै मानिसहरूले राजाकै सामने बाआल देवताहरूका वेदीहरू भत्काइदिए। अनि राजाले ती वेदीहरूमाथि भएका धूपदानीहरू नष्ट गरिदिए। तिनले पवित्र खामाहरू, कुँदिएका मूर्तिहरू र धातुका मूर्तिहरू पनि धुलोपिठो पारिदिए अनि त्यो धुलो लगेर ती मानिसहरूका चिहानहरूमा छरिदिए, जसले ती मूर्तिहरू पुज्ने गर्थे।+ ५ अनि जुन वेदीहरूमा पुजारीहरूले बलि चढाउने गर्थे, त्यही वेदीहरूमा योसियाहले ती पुजारीहरूका हड्डीहरू जलाइदिए।+ यसरी तिनले यहुदा र यरुसलेमलाई शुद्ध पारे।

६ तिनले मनस्से, एप्रैम,+ सिमियोन र नप्तालिको कुलका सहरहरूसम्मै र ती सहरहरूवरपरका खण्डहरहरूमा भएका ७ वेदीहरू भत्काइदिए अनि पवित्र खामाहरू र कुँदिएका मूर्तिहरू+ धुलोपिठो पारिदिए। तिनले इस्राएलको पूरै इलाकामा भएका सबै धूपदानी पनि नष्ट गरिदिए।+ त्यसपछि तिनी यरुसलेम फर्के।

८ आफ्नो शासनकालको १८ औँ वर्षमा, जब तिनले देशलाई र परमेश्‍वरको मन्दिरलाई शुद्ध पार्ने काम सिद्‌ध्याइसकेका थिए, तब तिनले अजल्याहका छोरा सापानलाई,+ सहरका प्रमुख मासेयाहलाई अनि योअहाजका छोरा लेखनदास योआलाई तिनका परमेश्‍वर यहोवाको भवन मर्मतसम्भार गर्न पठाए।+ ९ तिनीहरू प्रधानपुजारी हिल्कियाहकहाँ गए र उनलाई परमेश्‍वरको भवनमा चढाइएको पैसा दिए। परमेश्‍वरको भवनमा ढोकेको रूपमा सेवा गर्ने लेवीहरूले त्यो पैसा मनस्से र एप्रैमको कुलका मानिसहरू अनि बाँकी सबै इस्राएलीबाट,+ साथै यहुदा र बिन्यामिनको कुलका मानिसहरू अनि यरुसलेमका बासिन्दाहरूबाट जम्मा गरेका थिए। १० तिनीहरूले त्यो पैसा यहोवा परमेश्‍वरको भवनमा भइरहेको कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिए। यहोवा परमेश्‍वरको भवनमा काम गर्नेहरूले त्यो पैसा भवन मर्मत गर्न चलाए। ११ तिनीहरूले शिल्पकारहरू र डकर्मीहरूलाई पैसा दिए अनि उनीहरूले त्यो पैसाले नापअनुसार काटिएका ढुङ्‌गाहरू र टेको बनाउने काठहरू किने अनि यहुदाका राजाहरूले नष्ट हुन त्यसै छोडिदिएका घरहरूको दलिन बनाए।+

१२ ती मानिसहरूले आफ्नो काम इमानदारीसाथ गरे।+ उनीहरूको कामको निरीक्षण गर्न यी लेवीहरू खटाइएका थिए: मरारीहरूबाट+ याहथ र ओबदियाह अनि कोहातीहरूबाट+ जकरिया र मेसुल्लाम। साथै ती लेवीहरू, जो सिपालु वाद्यवादक थिए,+ १३ उनीहरूले आम मजदुरहरूको निगरानी गर्नुका साथै हरकिसिमको काम गर्ने मानिसहरूको पनि निरीक्षण गर्थे। केही लेवीहरू सचिव, केही अफिसर अनि केही भने ढोके थिए।+

१४ जब उनीहरू यहोवा परमेश्‍वरको भवनमा चढाइएको पैसा निकाल्दै थिए,+ तब पुजारी हिल्कियाहले यहोवा परमेश्‍वरले मोसामार्फत दिनुभएको+ व्यवस्थाको पुस्तक भेट्टाए।+ १५ त्यसपछि हिल्कियाहले सचिव सापानलाई यसो भने: “मैले यहोवा परमेश्‍वरको भवनमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” अनि हिल्कियाहले त्यो पुस्तक सापानलाई दिए। १६ सापानले त्यो पुस्तक राजाकहाँ ल्याए र तिनलाई यसो भने: “तपाईँका सेवकहरूले आफूलाई सुम्पिइएका सबै काम गरिरहेका छन्‌। १७ उनीहरूले यहोवा परमेश्‍वरको भवनमा ल्याइएको पैसा जम्मा गरेका छन्‌ अनि त्यो पैसा निरीक्षकहरू र कामदारहरूलाई दिएका छन्‌।” १८ सचिव सापानले राजालाई यसो पनि भने: “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिनुभएको छ।”+ त्यसपछि सापानले राजासामु त्यो पुस्तक पढ्‌न थाले।+

१९ व्यवस्थामा लेखिएका कुराहरू सुन्‍नेबित्तिकै राजाले आफ्नो लुगा च्याते।+ २० त्यसपछि राजाले हिल्कियाह, सापानका छोरा अहिकाम,+ मिकाका छोरा अब्दोन, सचिव सापान र आफ्ना सेवक असयाहलाई यस्तो हुकुम गरे: २१ “जाओ! मेरो तर्फबाट अनि इस्राएल र यहुदामा बाँकी रहेका मानिसहरूको तर्फबाट भर्खरै भेटिएको पुस्तकमा लेखिएका कुराहरूको विषयमा यहोवा परमेश्‍वरसित सोधपुछ गर। किनकि हाम्रा पितापुर्खाले यस पुस्तकमा लेखिएका यहोवा परमेश्‍वरका आज्ञाहरू पालन नगरेको हुनाले यहोवाले आफ्नो भयङ्‌कर रिस हामीमाथि पोखाउनुहुनेछ।”+

२२ तब पुजारी हिल्कियाह राजाले पठाएका मानिसहरूको साथमा भविष्यवक्‍ता हुल्दाहकहाँ गए।+ उनका पति साल्लुम थिए, जो हारहसका नाति अनि तिक्भाहका छोरा थिए। साल्लुम वस्त्र-भण्डारको रेखदेख गर्ने अफिसर थिए। हुल्दाह ‘यरुसलेमको नयाँ बस्ती’-मा बस्थिन्‌। योसियाहले पठाएका मानिसहरू त्यहीँ गएर उनीसित कुरा गरे।+ २३ हुल्दाहले तिनीहरूलाई यसो भनिन्‌: “इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ, ‘तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई यसो भन: २४ “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘म यस ठाउँमाथि र यहाँका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु;+ यहुदाको राजासामु पढिएको त्यस पुस्तकमा लेखिएका सबै सराप तिनीहरूलाई लाग्नेछ।+ २५ किनकि तिनीहरूले मलाई त्यागेका छन्‌+ र अरू देवीदेवताको निम्ति माथिसम्म धुवाँ उठ्‌नेगरि बलि* चढाएका छन्‌। तिनीहरूले आफ्नो हातका कामहरूद्वारा मलाई असाध्यै रिस उठाएका छन्‌।+ त्यसैले म यस ठाउँमाथि आफ्नो क्रोध पोखाउनेछु र त्यो शान्त हुनेछैन।’”+ २६ तर तिमीहरूलाई मकहाँ यहोवा परमेश्‍वरसित सोधपुछ गर्न पठाउने यहुदाका राजालाई यसो भन्‍नू, “तिमीले सुनेका कुराहरूको विषयमा इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:+ २७ ‘मैले यो ठाउँ र यहाँका बासिन्दाहरूबारे भनेको कुरा सुनेपछि तिम्रो मन पग्लियो र तिमीले परमेश्‍वरसामु आफूलाई नम्र तुल्यायौ। हो, तिमीले मसामु आफूलाई नम्र तुल्यायौ अनि आफ्नो लुगा च्यातेर रोयौ। त्यसैले म तिम्रो बिन्ती सुन्‍नेछु,+ यहोवा घोषणा गर्नुहुन्छ। २८ मैले यो ठाउँ र यहाँका बासिन्दाहरूमाथि ल्याउन लागेको विपत्ति तिमीले देख्नेछैनौ। तिमी शान्तिपूर्वक आफ्नो चिहानमा जानेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।’”’”+

त्यसपछि ती मानिसहरूले यी सबै कुरा राजालाई सुनाइदिए। २९ त्यसैले राजाले सन्देश पठाएर यहुदा र यरुसलेमका सबै नाइकेलाई जम्मा गर्न लगाए।+ ३० त्यसपछि राजा योसियाहले यहुदाका सबै मानिस, यरुसलेमका सबै बासिन्दा, पुजारीहरू, लेवीहरू अनि के साना, के ठूला सबै मानिसलाई आफूसँगै यहोवा परमेश्‍वरको भवनमा लगे। अनि तिनले यहोवा परमेश्‍वरको भवनमा भेटिएको करारको पुस्तक ठूलो स्वरमा पढ्‌न थाले।+ ३१ तिनी आफ्नो स्थानमा उभिए अनि यहोवा परमेश्‍वरसित करार बाँधे।*+ तिनले त्यस पुस्तकमा लेखिएको करारअनुसार+ चलेर आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले यहोवा परमेश्‍वरको पछि लाग्ने+ अनि उहाँका आज्ञाहरू, सम्झौटाहरू र नीतिनियम मान्‍ने करार बाँधे। ३२ साथै तिनले यरुसलेमका र बिन्यामिनको इलाकाका मानिसहरूलाई त्यो करार स्विकार्न लगाए। अनि यरुसलेमका बासिन्दाहरू आफ्ना पितापुर्खाका परमेश्‍वरसित गरेको करारअनुसार चले।+ ३३ त्यसपछि योसियाहले इस्राएलीहरूको पूरै इलाकाबाट सबै घिनलाग्दा चिज* हटाए।+ अनि इस्राएलका सबै मानिसलाई आफ्ना परमेश्‍वर यहोवाको सेवा गर्न हौस्याए। तिनी बाँचुन्जेल मानिसहरू आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाको मार्गबाट तर्केनन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने