प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ राजा विषयवस्तु

      • यहुदाका राजा हिजकियाह (१-८)

      • इस्राएलको पतनमाथि पुनः एक नजर (९-१२)

      • सनहेरिब यहुदालाई आक्रमण गर्छन्‌ (१३-१८)

      • रबसाके यहोवा परमेश्‍वरको खिसी गर्छन्‌ (१९-३७)

२ राजा १८:१

मार्जिनल रेफरेन्स

  • +२रा १५:३०; १७:१
  • +२रा १६:२, २०
  • +२इ २८:२७; मत्ति १:९

२ राजा १८:२

फुटनोट

  • *

    यो अबियाह नामको छोटो रूप हो।

मार्जिनल रेफरेन्स

  • +२इ २९:१, २

२ राजा १८:३

मार्जिनल रेफरेन्स

  • +१रा १५:५
  • +२रा २०:३; २इ ३१:२०, २१; भज ११९:१२८

२ राजा १८:४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “नेहुस्तान।”

मार्जिनल रेफरेन्स

  • +गन ३३:५२; १रा ३:२; २रा १४:१, ४
  • +व्य ७:५; १२:३; २इ ३१:१
  • +गन २१:८, ९

२ राजा १८:५

मार्जिनल रेफरेन्स

  • +२रा १९:१५; २इ ३२:७, ८

२ राजा १८:६

मार्जिनल रेफरेन्स

  • +व्य १०:२०; यहो २३:८

२ राजा १८:७

मार्जिनल रेफरेन्स

  • +२रा १६:७

२ राजा १८:८

फुटनोट

  • *

    अर्थात्‌, हरेक ठाउँ, चाहे त्यहाँ पातलो बस्ती होस्‌ वा बाक्लो बस्ती।

मार्जिनल रेफरेन्स

  • +२इ २८:१८, १९; यसै १४:२८, २९

२ राजा १८:९

मार्जिनल रेफरेन्स

  • +२रा १७:१
  • +२रा १७:३-६

२ राजा १८:१०

मार्जिनल रेफरेन्स

  • +होसे १३:१६; आमो ३:११; मिका १:६

२ राजा १८:११

मार्जिनल रेफरेन्स

  • +यसै ८:४; आमो ६:१, ७
  • +२रा १७:६; १इ ५:२६

२ राजा १८:१२

मार्जिनल रेफरेन्स

  • +व्य ८:२०; १रा १४:१५

२ राजा १८:१३

मार्जिनल रेफरेन्स

  • +यसै १०:५
  • +२इ ३२:१; यसै ३६:१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    उपयोगी किताब, पृ. १४-१५

२ राजा १८:१४

फुटनोट

  • *

    एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    उपयोगी किताब, पृ. १४-१५

२ राजा १८:१५

मार्जिनल रेफरेन्स

  • +२रा १२:१८; १६:८; २इ १६:२, ३

२ राजा १८:१६

मार्जिनल रेफरेन्स

  • +१रा ६:३३-३५
  • +२इ २९:१, ३

२ राजा १८:१७

फुटनोट

  • *

    यो अस्सेरियाका सेनापतिहरूको उपाधि हो।

  • *

    यो अस्सेरियाका दरबारका प्रमुख अफिसरको उपाधि हो।

  • *

    यो अस्सेरियाका मद्य टक्य्राउने मुख्य सेवकको उपाधि हो।

मार्जिनल रेफरेन्स

  • +यहो १५:२०, ३९; २इ ११:५, ९
  • +२इ ३२:९
  • +यसै ३६:२, ३

२ राजा १८:१८

मार्जिनल रेफरेन्स

  • +२रा १९:२; यसै २२:२०-२४
  • +यसै २२:१५-१९

२ राजा १८:१९

मार्जिनल रेफरेन्स

  • +२इ ३२:१०; यसै ३६:४-१०

२ राजा १८:२०

मार्जिनल रेफरेन्स

  • +२रा १८:७

२ राजा १८:२१

मार्जिनल रेफरेन्स

  • +यसै ३०:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००५, पृ. ११

२ राजा १८:२२

मार्जिनल रेफरेन्स

  • +२इ ३२:८
  • +२इ ३१:१
  • +व्य १२:११, १३; २इ ३२:१२

२ राजा १८:२३

मार्जिनल रेफरेन्स

  • +यसै १०:१२, १३

२ राजा १८:२६

फुटनोट

  • *

    वा “सिरियाली।”

मार्जिनल रेफरेन्स

  • +२रा १८:१८
  • +२रा १८:१७
  • +एज्रा ४:७; दा २:४
  • +यसै ३६:११, १२

२ राजा १८:२८

मार्जिनल रेफरेन्स

  • +यसै ३६:१३-२०

२ राजा १८:२९

मार्जिनल रेफरेन्स

  • +२इ ३२:१५

२ राजा १८:३०

मार्जिनल रेफरेन्स

  • +२रा १९:३२-३४

२ राजा १८:३२

मार्जिनल रेफरेन्स

  • +२रा १७:६

२ राजा १८:३४

मार्जिनल रेफरेन्स

  • +गन १३:२१
  • +२रा १७:२४
  • +२रा १७:६

२ राजा १८:३५

मार्जिनल रेफरेन्स

  • +२रा १९:१७-१९; २इ ३२:१५; यसै ३७:२३

२ राजा १८:३६

मार्जिनल रेफरेन्स

  • +यसै ३६:२१, २२

अरू

२ राजा १८:१२रा १५:३०; १७:१
२ राजा १८:१२रा १६:२, २०
२ राजा १८:१२इ २८:२७; मत्ति १:९
२ राजा १८:२२इ २९:१, २
२ राजा १८:३१रा १५:५
२ राजा १८:३२रा २०:३; २इ ३१:२०, २१; भज ११९:१२८
२ राजा १८:४गन ३३:५२; १रा ३:२; २रा १४:१, ४
२ राजा १८:४व्य ७:५; १२:३; २इ ३१:१
२ राजा १८:४गन २१:८, ९
२ राजा १८:५२रा १९:१५; २इ ३२:७, ८
२ राजा १८:६व्य १०:२०; यहो २३:८
२ राजा १८:७२रा १६:७
२ राजा १८:८२इ २८:१८, १९; यसै १४:२८, २९
२ राजा १८:९२रा १७:१
२ राजा १८:९२रा १७:३-६
२ राजा १८:१०होसे १३:१६; आमो ३:११; मिका १:६
२ राजा १८:११यसै ८:४; आमो ६:१, ७
२ राजा १८:११२रा १७:६; १इ ५:२६
२ राजा १८:१२व्य ८:२०; १रा १४:१५
२ राजा १८:१३यसै १०:५
२ राजा १८:१३२इ ३२:१; यसै ३६:१
२ राजा १८:१५२रा १२:१८; १६:८; २इ १६:२, ३
२ राजा १८:१६१रा ६:३३-३५
२ राजा १८:१६२इ २९:१, ३
२ राजा १८:१७यहो १५:२०, ३९; २इ ११:५, ९
२ राजा १८:१७२इ ३२:९
२ राजा १८:१७यसै ३६:२, ३
२ राजा १८:१८२रा १९:२; यसै २२:२०-२४
२ राजा १८:१८यसै २२:१५-१९
२ राजा १८:१९२इ ३२:१०; यसै ३६:४-१०
२ राजा १८:२०२रा १८:७
२ राजा १८:२१यसै ३०:१, २
२ राजा १८:२२२इ ३२:८
२ राजा १८:२२२इ ३१:१
२ राजा १८:२२व्य १२:११, १३; २इ ३२:१२
२ राजा १८:२३यसै १०:१२, १३
२ राजा १८:२६२रा १८:१८
२ राजा १८:२६२रा १८:१७
२ राजा १८:२६एज्रा ४:७; दा २:४
२ राजा १८:२६यसै ३६:११, १२
२ राजा १८:२८यसै ३६:१३-२०
२ राजा १८:२९२इ ३२:१५
२ राजा १८:३०२रा १९:३२-३४
२ राजा १८:३२२रा १७:६
२ राजा १८:३४गन १३:२१
२ राजा १८:३४२रा १७:२४
२ राजा १८:३४२रा १७:६
२ राजा १८:३५२रा १९:१७-१९; २इ ३२:१५; यसै ३७:२३
२ राजा १८:३६यसै ३६:२१, २२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ राजा १८:१-३७

दोस्रो राजा

१८ एलाहका छोरा, इस्राएलका राजा होसियाको+ शासनकालको तेस्रो वर्षमा यहुदाका राजा आहाजका+ छोरा हिजकियाह+ राजा भए। २ राजा हुँदा तिनी २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबि* थियो। उनी जकरियाकी+ छोरी थिइन्‌। ३ हिजकियाहले आफ्ना पुर्खा दाउदले जस्तै+ यहोवा परमेश्‍वरको नजरमा जे सही छ,+ त्यही गरिरहे। ४ तिनले नै उपासनाको लागि बनाइएका अग्ला थानहरू * हटाएका थिए,+ पवित्र थामहरू * ढालिदिएका थिए र पवित्र खामो* टुक्राटुक्रा पारिदिएका थिए।+ तिनले मोसाले बनाएको तामाको सर्पलाई पनि टुक्राटुक्रा पारिदिएका थिए।+ त्यसलाई ‘तामाको सर्पको मूर्ति’* भनिन्थ्यो। इस्राएलीहरूले त्यसबेलासम्म पनि त्यसको अगाडि माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाउन छोडेका थिएनन्‌। ५ हिजकियाह इस्राएलका परमेश्‍वर यहोवामाथि भरोसा गर्थे।+ यहुदामा तिनीअघि वा तिनीपछिका कोही पनि राजा तिनीजस्ता भएनन्‌। ६ तिनले यहोवा परमेश्‍वरलाई कहिल्यै त्यागेनन्‌।+ तिनी उहाँले देखाउनुभएको मार्गमा हिँडिरहे। यहोवा परमेश्‍वरले मोसालाई दिनुभएको सबै आज्ञा तिनले पालन गरिरहे। ७ यहोवा परमेश्‍वरले पनि तिनलाई साथ दिनुभयो। तिनी सबै काम बुद्धिमानीसाथ गर्थे। तिनले अस्सेरियाका राजाको विद्रोह गरे र उनको सेवा गर्न इन्कार गरे।+ ८ तिनले पलिस्तियालीहरूलाई पनि हराए।+ तिनले पहरेदारको किल्लादेखि पर्खालले घेरिएका सहरसम्मको सबै इलाका* कब्जा गरे। त्यसमा गाजा र त्यसवरपरका इलाकाहरू पनि पर्थ्यो।

९ राजा हिजकियाहको शासनकालको चौथो वर्षमा अर्थात्‌ एलाहका छोरा इस्राएलका राजा होसियाको शासनकालको सातौँ वर्षमा+ अस्सेरियाका राजा साल्मनेसेर सामरियाविरुद्ध उठे र त्यसलाई घेराबन्दी गरे।+ १० तीन वर्षसम्म घेराबन्दी गरेपछि तिनीहरूले सामरियालाई कब्जा गरे।+ त्यतिबेला हिजकियाहको शासनकालको छैटौँ वर्ष र इस्राएलका राजा होसियाको शासनकालको नवौँ वर्ष चलिरहेको थियो। ११ अस्सेरियाका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान नदीनजिकै पर्ने हबोरमा र मादीहरूका+ सहरहरूमा राखे। १२ इस्राएलीहरूले आफ्ना परमेश्‍वर यहोवाको कुरा नसुनेकोले नै यस्तो भएको थियो। यहोवा परमेश्‍वरका सेवक मोसाले दिएको सबै आज्ञा उल्लङ्‌घन गरेर तिनीहरूले उहाँको करार बारम्बार भङ्‌ग गरे।+ तिनीहरूले न परमेश्‍वरको कुरा सुने न त उहाँको आज्ञा पालन नै गरे।

१३ राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+ १४ त्यसैले यहुदाका राजा हिजकियाहले लाकिसमा अस्सेरियाका राजालाई यस्तो सन्देश पठाए: “मबाट भूल भयो। यो सहरलाई घेर्न छोडिदिनुहोस्‌। बरु तपाईँले भनेजति जरिबाना तिर्न म तयार छु।” त्यसैले अस्सेरियाका राजाले यहुदाका राजा हिजकियाहलाई ३०० टालेन्ट* चाँदी र ३० टालेन्ट सुन जरिबाना तिर्न लगाए। १५ तब हिजकियाहले यहोवा परमेश्‍वरको भवनमा र राजमहलका भण्डारहरूमा भेटिएजति सबै चाँदी निकालेर अस्सेरियाका राजालाई दिए।+ १६ त्यतिबेला यहुदाका राजा हिजकियाहले यहोवा परमेश्‍वरको भवनका ढोकाहरू र चौकोसहरू फोरेर निकाले+ अनि ती सबै अस्सेरियाका राजालाई दिए। हिजकियाहले नै ती ढोकाहरू र चौकोसहरूलाई सुनले मोहोरेका थिए।+

१७ त्यसपछि अस्सेरियाका राजाले लाकिसबाट+ तर्तान,* रबसारिस* र रबसाकेको* नेतृत्वमा एउटा विशाल सेना यरुसलेममा+ राजा हिजकियाहकहाँ पठाए। तिनीहरू यरुसलेम गए अनि माथिल्लो कुण्डको नहरनजिकै तैनाथ भए, जुन धोबीको चौर+ जाने मूलबाटोको छेउमा थियो। १८ तिनीहरूले राजालाई बाहिर बोलाउँदा हिल्कियाहका छोरा एलियाकिम,+ सेब्नाह र आसापका छोरा योआ बाहिर आए। एलियाकिमले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सेब्नाह+ सचिव थिए र योआचाहिँ लेखनदास थिए।

१९ रबसाकेले उनीहरूलाई यसो भने: “गएर हिजकियाहलाई भन, ‘अस्सेरियाका महाराजाधिराज यसो भन्‍नुहुन्छ: “तिमी केमा भरोसा गर्दै छौ?+ २० तिमी भन्छौ, ‘युद्ध लड्‌न मसित रणनीति र शक्‍ति छ’ तर यी सब खोक्रा कुरा हुन्‌। कोमाथि भरोसा गरेर तिमीले मेरो विद्रोह गर्ने आँट गऱ्‍यौ?+ २१ हेर, तिमीले भरोसा गरेको मिश्र त भाँचिएको नर्कट हो।+ जसले त्यसमा आड लिन्छ, त्यसले उसैको हात छेड्‌छ। हो, ज-जसले मिश्रका फारोमाथि भरोसा गर्छन्‌, तिनीहरू सबैको हालत यस्तै हुन्छ। २२ यदि तिमीहरू ‘हामी त हाम्रा परमेश्‍वर यहोवामा भरोसा गर्छौँ ’+ भनेर भन्छौ भने सुन: के त्यो उही ईश्‍वर होइन, जसका अग्ला थानहरू अनि वेदीहरू हटाएर+ हिजकियाहले यहुदा अनि यरुसलेमलाई ‘तिमीहरू यरुसलेमको यो वेदीसामु निहुरिनू’ भन्दै छन्‌?”’+ २३ त्यसैले आऊ, मेरा मालिक अस्सेरियाका राजासित यस्तो बाजी थाप: यदि तिमीले २ हजार घोडाको लागि घोडचढी खोजेर ल्याउन सक्यौ भने म तिमीलाई ती सबै घोडा दिनेछु।+ २४ यदि तिमी रथ र घोडचढीको लागि त मिश्रको मुख ताक्छौ भने हामीसित कसरी लड्‌ने आँट गर्छौ? तिमीले त मेरा मालिकको सबैभन्दा सानो सेवक, एक जना राज्यपाललाई समेत यहाँबाट धपाउन सक्दैनौ। २५ अनि तिमीलाई के लाग्छ? के म यहोवाको अनुमति नलिईकनै यस देशलाई नाश गर्न आएको हुँ? यहोवा आफैले मलाई यसो भनेको छ, ‘गएर त्यस देशलाई नाश गर्‌।’”

२६ तब हिल्कियाहका छोरा एलियाकिमका साथै सेब्नाह+ र योआले रबसाकेलाई+ यसो भने: “बिन्ती छ! आफ्ना सेवकहरूसित अरामी* भाषामा+ कुरा गर्नुहोस्‌। हामी त्यो भाषा बुझ्छौँ। हामीसित यहुदीहरूको भाषामा कुरा नगर्नुहोस्‌ किनकि पर्खालमा भएका मानिसहरूले सुनिरहेका छन्‌।”+ २७ तर रबसाकेले उनीहरूलाई यसो भने: “के मेरा मालिकले तिमीहरू अनि तिमीहरूको मालिकलाई मात्र यो कुरा भन्‍न मलाई पठाउनुभएको हो? यो कुरा पर्खालमा भएका मानिसहरूले पनि सुन्‍नुपर्छ किनकि तिनीहरूले पनि तिमीहरूसँगै आफ्नो दिसा-पिसाब खानुपर्नेछ।”

२८ त्यसपछि रबसाके उठे र यहुदीहरूको भाषामा ठूलो स्वरले यसो भने: “अस्सेरियाका महाराजाधिराजको सन्देश सुन।+ २९ राजा यसो भन्‍नुहुन्छ, ‘हिजकियाहले तिमीहरूलाई बहकाउन नपाओस्‌, उसले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्दैन।+ ३० अनि हिजकियाहको यो कुरा पत्याएर तिमीहरू यहोवामा भर नपर: “यहोवाले हामीलाई पक्कै बचाउनुहुनेछ। उहाँले यस सहरलाई अस्सेरियाका राजाको हातमा पर्न दिनुहुनेछैन।”+ ३१ हिजकियाहको कुरा नसुन किनकि अस्सेरियाका राजा यसो भन्‍नुहुन्छ: “आत्मसमर्पण गर र मसित मिलाप गर। त्यसो गऱ्‍यौ भने तिमीहरू हरेकले आफ्नै अङ्‌गुर बगानबाट र आफ्नै अन्जिरको बोटबाट फल खान पाउनेछौ अनि आफ्नै कुवाको पानी पिउन पाउनेछौ। ३२ अनि म आएर तिमीहरूलाई प्रशस्त अन्‍न, नयाँ मद्य, रोटी, अङ्‌गुर बगान, जैतुनको रूख र मह भएको तिमीहरूको जस्तै देशमा लैजानेछु।+ तब तिमीहरूको ज्यान जोगिनेछ र तिमीहरू मर्नुपर्ने छैन। हिजकियाहको कुरा नसुन किनकि उसले यसो भनेर तिमीहरूलाई भ्रममा पार्दै छ, ‘यहोवाले हामीलाई बचाउनुहुनेछ।’ ३३ के अहिलेसम्म कुनै जातिका ईश्‍वरले अस्सेरियाका राजाको हातबाट आफ्नो देशलाई बचाउन सकेको छ? ३४ हमाथ+ र अर्पादका देवताहरू कहाँ गए? सेफर्बेम,+ हेना र इव्वाहका देवताहरू कहाँ छन्‌? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाउन सके?+ ३५ यीमध्ये कुनै पनि जातिका ईश्‍वरले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेनन्‌ भने के यहोवाले चाहिँ यरुसलेमलाई मेरो हातबाट बचाउन सक्ला?”’”+

३६ तर मानिसहरू चुपचाप बसे र एक शब्द बोलेनन्‌। किनकि राजा हिजकियाहले यस्तो आज्ञा दिएका थिए, “तिमीहरूले तिनलाई केही जवाफ नदिनू।”+ ३७ तर हिल्कियाहका छोरा एलियाकिम, जसले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सचिव सेब्नाह अनि आसापका छोरा योआ, जो लेखनदास थिए, तिनीहरूले आ-आफ्नो लुगा च्याते र हिजकियाहकहाँ गएर रबसाकेले भनेका कुरा तिनलाई सुनाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने