प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • रुबेनका सन्तान (१-१०)

      • गादका सन्तान (११-१७)

      • हगारीहरू परास्त हुन्छन्‌ (१८-२२)

      • मनस्सेको आधा कुल (२३-२६)

१ इतिहास ५:१

मार्जिनल रेफरेन्स

  • +उत्प २९:३२; ४९:३, ४
  • +उत्प ३५:२२
  • +उत्प ४९:२२, २६; यहो १४:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. ९

१ इतिहास ५:२

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:८, १०; गन २:३; १०:१४; न्याय १:१, २; भज ६०:७
  • +मत्ति २:६; हिब्रू ७:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. ९

१ इतिहास ५:३

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:९; प्रस्थ ६:१४

१ इतिहास ५:६

मार्जिनल रेफरेन्स

  • +२रा १६:७

१ इतिहास ५:८

मार्जिनल रेफरेन्स

  • +व्य २:३६
  • +गन ३२:३४, ३८; यहो १३:१५, १७; इज २५:९, १०

१ इतिहास ५:९

मार्जिनल रेफरेन्स

  • +यहो २२:९
  • +उत्प १५:१८; व्य १:७; यहो १:४; २स ८:३

१ इतिहास ५:११

मार्जिनल रेफरेन्स

  • +व्य ३:८, १०; यहो १२:४, ५

१ इतिहास ५:१६

मार्जिनल रेफरेन्स

  • +गन ३२:१
  • +व्य ३:३, १३; ३२:१४

१ इतिहास ५:१७

फुटनोट

  • *

    अर्थात्‌, यरोबाम द्वितीय।

मार्जिनल रेफरेन्स

  • +२रा १५:३२; २इ २७:१; यसै १:१; होसे १:१; मिका १:१
  • +२रा १४:१६, २८

१ इतिहास ५:१९

मार्जिनल रेफरेन्स

  • +१इ ५:१०
  • +उत्प २५:१३, १५; १इ १:३१

१ इतिहास ५:२०

मार्जिनल रेफरेन्स

  • +भज २०:७; २२:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. ९

१ इतिहास ५:२२

मार्जिनल रेफरेन्स

  • +यहो १०:४२; १स १७:४५, ४७; २इ २०:१५
  • +२रा १५:२९; १७:६

१ इतिहास ५:२३

मार्जिनल रेफरेन्स

  • +यहो १३:२९, ३०
  • +व्य ४:४७, ४८

१ इतिहास ५:२५

फुटनोट

  • *

    वा “देवीदेवतालाई पुज्न थाले।”

मार्जिनल रेफरेन्स

  • +व्य ५:७-९; न्याय २:१७; ८:३३; २रा १७:१०, ११

१ इतिहास ५:२६

मार्जिनल रेफरेन्स

  • +२रा १५:१९, २९
  • +एज्रा १:१; हित २१:१
  • +२रा १७:६; १८:११

अरू

१ इति. ५:१उत्प २९:३२; ४९:३, ४
१ इति. ५:१उत्प ३५:२२
१ इति. ५:१उत्प ४९:२२, २६; यहो १४:४
१ इति. ५:२उत्प ४९:८, १०; गन २:३; १०:१४; न्याय १:१, २; भज ६०:७
१ इति. ५:२मत्ति २:६; हिब्रू ७:१४
१ इति. ५:३उत्प ४६:९; प्रस्थ ६:१४
१ इति. ५:६२रा १६:७
१ इति. ५:८व्य २:३६
१ इति. ५:८गन ३२:३४, ३८; यहो १३:१५, १७; इज २५:९, १०
१ इति. ५:९यहो २२:९
१ इति. ५:९उत्प १५:१८; व्य १:७; यहो १:४; २स ८:३
१ इति. ५:११व्य ३:८, १०; यहो १२:४, ५
१ इति. ५:१६गन ३२:१
१ इति. ५:१६व्य ३:३, १३; ३२:१४
१ इति. ५:१७२रा १५:३२; २इ २७:१; यसै १:१; होसे १:१; मिका १:१
१ इति. ५:१७२रा १४:१६, २८
१ इति. ५:१९१इ ५:१०
१ इति. ५:१९उत्प २५:१३, १५; १इ १:३१
१ इति. ५:२०भज २०:७; २२:४
१ इति. ५:२२यहो १०:४२; १स १७:४५, ४७; २इ २०:१५
१ इति. ५:२२२रा १५:२९; १७:६
१ इति. ५:२३यहो १३:२९, ३०
१ इति. ५:२३व्य ४:४७, ४८
१ इति. ५:२५व्य ५:७-९; न्याय २:१७; ८:३३; २रा १७:१०, ११
१ इति. ५:२६२रा १५:१९, २९
१ इति. ५:२६एज्रा १:१; हित २१:१
१ इति. ५:२६२रा १७:६; १८:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास ५:१-२६

पहिलो इतिहास

५ इस्राएलका पहिलो सन्तान रुबेनका+ छोराहरू यी थिए। रुबेन पहिलो सन्तान थिए तर तिनले आफ्नो बुबाको ओछ्यान बिटुलो पारेकोले+ तिनको ज्येष्ठ-अधिकार इस्राएलका अर्का छोरा युसुफका छोराहरूलाई दिइयो।+ त्यसैले तिनीहरूको परिवारको वंशावलीमा रुबेनको नाम पहिलो सन्तानको रूपमा लेखिएन। २ हुनत यहुदा+ आफ्ना दाजुभाइभन्दा महान्‌ थिए र तिनकै वंशबाट एक जना शासक आउने थिए+ तैपनि ज्येष्ठ-अधिकार भने युसुफलाई नै दिइयो। ३ इस्राएलका पहिलो सन्तान रुबेनका छोराहरू यी थिए: हानोक, पल्लु, हेस्रोन र कर्मि।+ ४ योएलका सन्तान यी थिए: तिनका छोरा सेमायाह, सेमायाहका छोरा गोग, गोगका छोरा सिमि, ५ सिमिका छोरा मिका, मिकाका छोरा रायाह, रायाहका छोरा बाआल ६ र बाआलका छोरा बिराह। बिराहलाई अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरले+ बन्दी बनाएर लगेका थिए। बिराह रुबेनको कुलका कुलनायक थिए। ७ तिनीहरूको घरानाको वंशावलीअनुसार बिराहका दाजुभाइ यी थिए: यइएल, जो मुखिया थिए, जकरिया ८ र बेला। बेला अजाजका छोरा सेमाका नाति र योएलका पनाति थिए। बेलाको घराना अरोएरमा+ बसोबास गर्थ्यो अनि उनीहरूको बस्ती नेबो र बाआल-मोनसम्मै+ फैलिएको थियो। ९ गिलादको इलाकामा उनीहरूको गाईवस्तुको सङ्‌ख्या निकै बढेको थियो।+ त्यसैले उनीहरूले पूर्वपट्टि निर्जनभूमि सुरु हुने ठाउँसम्मको इलाका ओगटेका थिए। यो निर्जनभूमि युफ्रेटिस नदीसम्मै फैलिएको थियो।+ १० साउलको शासनकालमा उनीहरूले हगारीहरूसित युद्ध लडे र तिनीहरूलाई हराए। त्यसपछि उनीहरू गिलादको पूर्वपट्टिको पूरै इलाकामा हगारीहरूका पालहरूमा बसोबास गर्न थाले।

११ रुबेनका सन्तानको इलाकासँगै गादका सन्तानको इलाका थियो। गादका सन्तानको इलाका बासानमा र सालेकाहसम्मै फैलिएको थियो।+ १२ बासानमा योएल मुखिया थिए, दोस्रो दर्जामा सापाम थिए अनि यानै र सापात पनि अगुवा नै थिए। १३ तिनीहरूको बुबापट्टिको घरानाका दाजुभाइ यी थिए: माइकल, मेसुल्लाम, सेबा, योरै, याकान, जिआ र एबेर। तिनीहरू जम्मा सात जना थिए। १४ तिनीहरू अबिहेलका छोराहरू थिए। अबिहेल हुरिका छोरा थिए। हुरि यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद माइकलका छोरा थिए। माइकल यसिसैका छोरा थिए। यसिसै याहदोका छोरा थिए र याहदो बुजका छोरा थिए। १५ गुनिका नाति, अब्दिएलका छोरा अहि तिनीहरूको बुबापट्टिको घरानाका नाइके थिए। १६ तिनीहरू गिलाद,+ बासान+ र त्यसवरिपरिका सहरहरूमा बसोबास गर्थे। तिनीहरूको बस्ती सारोनका सबै चरनसम्म फैलिएको थियो। १७ तिनीहरूको वंशावली यहुदाका राजा योताम+ र इस्राएलका राजा यरोबामको*+ शासनकालमा लेखिएको थियो।

१८ रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलको सेनामा ४४ हजार ७ सय ६० जना वीर योद्धा थिए, जसले ढाल, तरबार अनि धनु बोक्थे। तिनीहरू तालिमप्राप्त सिपाही थिए। १९ तिनीहरूले हगारीहरूसित+ अनि यतुर, नपिस+ र नोदाबका सन्तानसित युद्ध गरे। २० परमेश्‍वरले तिनीहरूलाई युद्ध लड्‌न मदत गर्नुभयो। उहाँले हगारीहरू र उनीहरूलाई साथ दिने सबैलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो किनभने तिनीहरूले युद्ध लड्‌न परमेश्‍वरसित मदत मागेका थिए। परमेश्‍वरले तिनीहरूको पुकारा सुन्‍नुभयो किनकि तिनीहरूले उहाँमाथि भरोसा राखेका थिए।+ २१ तिनीहरूले उनीहरूको ५० हजार उँट, २ लाख ५० हजार भेडा र २ हजार गधा लुटे अनि १ लाख मानिसलाई बन्दी बनाए। २२ युद्धमा थुप्रै शत्रु मारिए किनभने साँचो परमेश्‍वरले नै त्यो युद्ध लड्‌नुभएको थियो।+ तिनीहरूलाई निर्वासनमा नलगिएसम्म तिनीहरू उनीहरूको इलाकाहरूमा बसोबास गरे।+

२३ मनस्सेको आधा कुलका सन्तान+ बासानदेखि बाआल-हर्मोनसम्मको इलाकामा, सेनिरमा र हर्मोन डाँडाको इलाकामा बसोबास गर्थे।+ तिनीहरू असङ्‌ख्य थिए। २४ तिनीहरूको बुबापट्टिका घरानाका नाइकेहरू यी थिए: एपेर, इसि, एलिएल, अज्रिएल, यर्मिया, होदबियाह र याहदिएल। यिनीहरू वीर योद्धा र नाम चलेका पुरुषहरू थिए अनि आफ्ना बुबापट्टिका घरानाका नाइकेहरू थिए। २५ तर यिनीहरूले आफ्ना पितापुर्खाका परमेश्‍वरसित विश्‍वासघात गरे। जुन जातिहरूलाई परमेश्‍वरले तिनीहरूको सामने नाश गर्नुभएको थियो, तिनीहरूले त्यही जातिहरूको देवीदेवतासित वेश्‍यावृत्ति गर्न थाले।*+ २६ त्यसैले इस्राएलका परमेश्‍वरले अस्सेरियाका राजा पुलको (अर्थात्‌ अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरको)+ मनलाई उक्साउनुभयो।+ उनले रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरूलाई बन्दी बनाए। अनि तिनीहरूलाई हलह, हबोर र हारामा अनि गोजान नदीमा लगे।+ तिनीहरू आजसम्म त्यहीँ छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने