प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • साउल र तिनका छोराहरूको मृत्यु (१-१४)

१ इतिहास १०:१

मार्जिनल रेफरेन्स

  • +१स ३१:१-५; २स १:२१, २५

१ इतिहास १०:२

मार्जिनल रेफरेन्स

  • +१इ ८:३३

१ इतिहास १०:३

मार्जिनल रेफरेन्स

  • +१स २६:९, १०

१ इतिहास १०:४

मार्जिनल रेफरेन्स

  • +न्याय १६:२१, २३
  • +१इ १०:१३

१ इतिहास १०:६

मार्जिनल रेफरेन्स

  • +१स ३१:६, ७

१ इतिहास १०:८

मार्जिनल रेफरेन्स

  • +१स २८:४; ३१:८-१०

१ इतिहास १०:९

मार्जिनल रेफरेन्स

  • +न्याय १६:२३, २४

१ इतिहास १०:१०

मार्जिनल रेफरेन्स

  • +१स ५:२

१ इतिहास १०:११

मार्जिनल रेफरेन्स

  • +१स ११:१
  • +१स ३१:११-१३

१ इतिहास १०:१२

मार्जिनल रेफरेन्स

  • +२स २:५; २१:१२

१ इतिहास १०:१३

मार्जिनल रेफरेन्स

  • +१स १३:१३; १५:२२, २३
  • +लेवी २०:६; १स २८:७

१ इतिहास १०:१४

मार्जिनल रेफरेन्स

  • +रुथ ४:१७; १स १३:१४; १५:२७, २८; २स ५:३

अरू

१ इति. १०:११स ३१:१-५; २स १:२१, २५
१ इति. १०:२१इ ८:३३
१ इति. १०:३१स २६:९, १०
१ इति. १०:४न्याय १६:२१, २३
१ इति. १०:४१इ १०:१३
१ इति. १०:६१स ३१:६, ७
१ इति. १०:८१स २८:४; ३१:८-१०
१ इति. १०:९न्याय १६:२३, २४
१ इति. १०:१०१स ५:२
१ इति. १०:१११स ११:१
१ इति. १०:१११स ३१:११-१३
१ इति. १०:१२२स २:५; २१:१२
१ इति. १०:१३१स १३:१३; १५:२२, २३
१ इति. १०:१३लेवी २०:६; १स २८:७
१ इति. १०:१४रुथ ४:१७; १स १३:१४; १५:२७, २८; २स ५:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास १०:१-१४

पहिलो इतिहास

१० पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गरिरहेका थिए। इस्राएलीहरू पलिस्तियालीहरूसित हारेर भागे अनि धेरै जना गिल्बो डाँडामा मारिए।+ २ पलिस्तियालीहरू साउल र तिनका छोराहरूलाई खेद्‌दै तिनीहरूको नजिकै पुगे। अनि पलिस्तियालीहरूले साउलका छोराहरू जोनाथन, अबिनादाब र मल्कि-सुअलाई मारे।+ ३ पलिस्तियालीहरूले साउलसित घमासान लडाइँ गरे। धनुर्धारीहरूले साउललाई भेट्टाए र तिनलाई घाइते बनाइदिए।+ ४ तब साउलले आफ्नो हतियार बोक्ने सिपाहीलाई भने: “तिम्रो तरबार थुतेर मलाई घोप। नत्र त यी बेखतनेहरू आएर मलाई क्रूरतापूर्वक मार्नेछन्‌।”+ तर हतियार बोक्ने त्यो सिपाहीले त्यसो गर्ने आँटै गरेन। त्यसैले साउलले तरबार थुते र आफैलाई रोपे।+ ५ साउल मरेको देखेपछि तिनको हतियार बोक्ने त्यो सिपाहीले पनि आफ्नो तरबारले आफैलाई रोप्यो र मऱ्‍यो। ६ यसरी साउल र तिनका तीन जना छोरा मरे अनि तिनीहरूसँगै तिनको घरानाका सबै जना मरे।+ ७ बेँसीमा भएका इस्राएलीहरूले सबै इस्राएली सिपाही भागेको अनि साउल र तिनका छोराहरू मरिसकेको देखे। यो देखेपछि तिनीहरू पनि आफ्ना सहरहरूबाट भाग्न थाले। त्यसपछि पलिस्तियालीहरू आएर ती सहरहरूमा बसोबास गरे।

८ भोलिपल्ट पलिस्तियालीहरू मारिएका सिपाहीहरूको पोसाक र हातहतियार लुट्‌न आउँदा तिनीहरूले गिल्बो डाँडामा साउल र तिनका तीन जना छोराहरूको लास देखे।+ ९ तिनीहरूले साउलको पोसाक लिए अनि तिनको शिर काटे र हातहतियार पनि लगे। त्यसपछि तिनीहरूले आफ्नो देशभरि भएका देवताहरूको मन्दिरमा+ र सबै मानिसकहाँ यो खबर पठाए। १० तिनीहरूले साउलका हातहतियार आफ्नो देवताको मन्दिरमा राखे र तिनको टाउकोलाई चाहिँ दागोनको मन्दिरमा किला ठोकेर झुन्ड्‌याइदिए।+

११ पलिस्तियालीहरूले साउललाई जे-जे गरे, त्यसबारे गिलादको याबेसका बासिन्दाहरूले+ सुनेपछि+ १२ त्यहाँका सबै योद्धा निस्किए र तिनीहरूले साउल अनि तिनका छोराहरूको लास याबेसमा ल्याए। त्यसपछि तिनीहरूले याबेसमा एउटा ठूलो रूखमुनि उनीहरूका हड्डीहरू गाडे।+ अनि तिनीहरू सात दिनसम्म उपवास बसे।

१३ यसरी साउलको मृत्यु भयो किनकि तिनी यहोवा परमेश्‍वरप्रति वफादार रहेनन्‌। तिनले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनन्‌।+ साथै तिनले भूतप्रेत खेलाउने स्त्रीसित सल्लाह मागे;+ १४ तिनले यहोवा परमेश्‍वरसित सल्लाह मागेनन्‌। त्यसैले उहाँले तिनलाई नाश गर्नुभयो र तिनको राज्य यिसैका छोरा दाउदलाई दिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने