प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • दाउदको शासनका समर्थकहरू (१-४०)

१ इतिहास १२:१

मार्जिनल रेफरेन्स

  • +१स २७:५, ६; २स १:१
  • +१स २७:१
  • +१इ ११:१०

१ इतिहास १२:२

मार्जिनल रेफरेन्स

  • +न्याय ३:१५; २०:१५, १६
  • +१स १७:४९
  • +उत्प ४९:२७

१ इतिहास १२:३

मार्जिनल रेफरेन्स

  • +१स ११:४
  • +१इ ११:२६, ३३

१ इतिहास १२:४

मार्जिनल रेफरेन्स

  • +यहो ९:३
  • +१इ ११:१५

१ इतिहास १२:६

मार्जिनल रेफरेन्स

  • +गन २६:१०, ११

१ इतिहास १२:८

मार्जिनल रेफरेन्स

  • +१स २३:१४, २९; २४:२२; १इ ११:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. १०

१ इतिहास १२:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१९; व्य ३३:२०
  • +लेवी २६:८

१ इतिहास १२:१६

मार्जिनल रेफरेन्स

  • +१स २२:१; २३:१४; २४:२२

१ इतिहास १२:१७

मार्जिनल रेफरेन्स

  • +१स २४:१२, १५; २६:२३; भज ७:६

१ इतिहास १२:१८

मार्जिनल रेफरेन्स

  • +न्याय ६:३४; १३:२४, २५
  • +२स १५:२१
  • +भज ५४:४

१ इतिहास १२:१९

मार्जिनल रेफरेन्स

  • +न्याय ३:१, ३
  • +१स २९:२-४

१ इतिहास १२:२०

मार्जिनल रेफरेन्स

  • +१स ३०:१
  • +व्य ३३:१७

१ इतिहास १२:२१

मार्जिनल रेफरेन्स

  • +१इ ५:२३, २४; ११:१०

१ इतिहास १२:२२

मार्जिनल रेफरेन्स

  • +२स २:३
  • +२स ३:१

१ इतिहास १२:२३

मार्जिनल रेफरेन्स

  • +१स १६:१, १३; १इ ११:१०
  • +२स २:१; ५:१

१ इतिहास १२:२७

मार्जिनल रेफरेन्स

  • +१इ ६:४९
  • +१इ २७:१, ५

१ इतिहास १२:२८

मार्जिनल रेफरेन्स

  • +२स ८:१७; १रा १:८; २:३५; १इ ६:१, ८; २७:१६, १७

१ इतिहास १२:२९

मार्जिनल रेफरेन्स

  • +१इ ८:१, ३३; १२:१, २

१ इतिहास १२:३७

मार्जिनल रेफरेन्स

  • +गन ३२:३३; यहो १३:८

१ इतिहास १२:३८

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:८, १०; १इ ११:१०

१ इतिहास १२:४०

फुटनोट

  • *

    यसले सुकाएको अन्जिरलाई थिचेर बनाइएको रोटीलाई जनाउँछ।

  • *

    यसले किसमिसलाई थिचेर बनाइएको रोटीलाई जनाउँछ।

अरू

१ इति. १२:११स २७:५, ६; २स १:१
१ इति. १२:११स २७:१
१ इति. १२:११इ ११:१०
१ इति. १२:२न्याय ३:१५; २०:१५, १६
१ इति. १२:२१स १७:४९
१ इति. १२:२उत्प ४९:२७
१ इति. १२:३१स ११:४
१ इति. १२:३१इ ११:२६, ३३
१ इति. १२:४यहो ९:३
१ इति. १२:४१इ ११:१५
१ इति. १२:६गन २६:१०, ११
१ इति. १२:८१स २३:१४, २९; २४:२२; १इ ११:१६
१ इति. १२:१४उत्प ४९:१९; व्य ३३:२०
१ इति. १२:१४लेवी २६:८
१ इति. १२:१६१स २२:१; २३:१४; २४:२२
१ इति. १२:१७१स २४:१२, १५; २६:२३; भज ७:६
१ इति. १२:१८न्याय ६:३४; १३:२४, २५
१ इति. १२:१८२स १५:२१
१ इति. १२:१८भज ५४:४
१ इति. १२:१९न्याय ३:१, ३
१ इति. १२:१९१स २९:२-४
१ इति. १२:२०१स ३०:१
१ इति. १२:२०व्य ३३:१७
१ इति. १२:२११इ ५:२३, २४; ११:१०
१ इति. १२:२२२स २:३
१ इति. १२:२२२स ३:१
१ इति. १२:२३१स १६:१, १३; १इ ११:१०
१ इति. १२:२३२स २:१; ५:१
१ इति. १२:२७१इ ६:४९
१ इति. १२:२७१इ २७:१, ५
१ इति. १२:२८२स ८:१७; १रा १:८; २:३५; १इ ६:१, ८; २७:१६, १७
१ इति. १२:२९१इ ८:१, ३३; १२:१, २
१ इति. १२:३७गन ३२:३३; यहो १३:८
१ इति. १२:३८उत्प ४९:८, १०; १इ ११:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास १२:१-४०

पहिलो इतिहास

१२ दाउद जिक्लगमा छँदा तिनलाई भेट्‌न आएका मानिसहरू यी नै थिए।+ किसका छोरा साउलले गर्दा त्यसबेला तिनी खुलेआम हिँडडुल गर्न सक्दैनथे।+ दाउदलाई भेट्‌न आएका मानिसहरू वीर योद्धा थिए र तिनीहरूले तिनलाई युद्धमा साथ दिए।+ २ तिनीहरूले धनु भिरेका थिए अनि तिनीहरू दाहिने-देब्रे दुवै हातले+ घुयेँत्रो हान्‍न+ वा धनु चलाउन सक्थे। तिनीहरू साउलका दाजुभाइ, बिन्यामिनको कुलका थिए।+ ३ तिनीहरूका कप्तान अहिएजेर थिए र तिनको साथमा योआस थिए। तिनीहरू दुवै गिबाहमा+ बस्ने सेमाहका छोराहरू थिए। साथै अज्मावेथका+ छोराहरू यजिएल र पेलेत, बराकाह, अनातोतमा बस्ने येहु, ४ गिबोनी इस्मायाह,+ जो सेनाका तीस जना नाइकेमध्ये एक थिए+ र ती तीस जनाका प्रमुख पनि थिए; यर्मिया, याहजिएल, योहानान, गेदेराहमा बस्ने योजाबाद, ५ एलुजै, यरिमोथ, बेल्याह, सेमर्याह, हारिपी सेपत्याह; ६ कोरहका सन्तान एल्काना, इसिया, अज्रेल, योएजेर र यासोबाम+ ७ अनि गेदोरमा बस्ने यरोहामका छोराहरू योएलह र जबदियाह।

८ केही गादीहरू दाउदको पक्षमा लागे र तिनीहरू निर्जनभूमिमा तिनी लुकेको ठाउँमा आए।+ तिनीहरू वीर योद्धा थिए, तालिमप्राप्त सैनिक थिए। तिनीहरू सधैँ ठूलो ढाल र भाला बोकेर तयार रहन्थे। तिनीहरूको अनुहार सिंहको जस्तै थियो र तिनीहरू पहाडहरू हुँदो कुद्‌ने मृगजस्तै छिटो दौडन सक्थे। ९ तिनीहरूका कप्तान एजेर थिए। दोस्रो दर्जामा ओबदियाह, तेस्रोमा एलिआब, १० चौथोमा मिस्मन्‍नाह, पाँचौँमा यर्मिया, ११ छैटौँमा अत्तै, सातौँमा एलिएल, १२ आठौँमा योहानान, नवौँमा एल्जाबाद, १३ दसौँमा यर्मिया र एघारौँमा माकबन्‍ने थिए। १४ तिनीहरू गादीहरू थिए+ र सेनाका प्रमुख थिए। तिनीहरूमध्ये सबैभन्दा सानोचाहिँ १०० जनाबराबर थियो भने सबैभन्दा ठूलोचाहिँ १,००० जनाबराबर थियो।+ १५ तिनीहरूले नै पहिलो महिनामा यर्दन नदी तरेका थिए, जतिखेर नदीको पानी किनारासम्मै उर्लेर आएको थियो। तिनीहरूले बेँसीमा बसोबास गर्ने सबैलाई पूर्वतिर र पश्‍चिमतिर धपाइदिए।

१६ बिन्यामिनको र यहुदाको कुलबाट पनि केही मानिस दाउदलाई भेट्‌न तिनको लुक्ने ठाउँमा आए।+ १७ तब दाउद तिनीहरूलाई भेट्‌न बाहिर निस्के र यसो भने: “यदि तिमीहरू असल मनसायले आएका हौ र मलाई मदत गर्न चाहन्छौ भने म तिमीहरूलाई मित्रको रूपमा स्वागत गर्छु। तर यदि तिमीहरू मलाई धोका दिएर शत्रुहरूको हातमा सुम्पन आएका हौ भने हाम्रा पितापुर्खाका परमेश्‍वरले देखून्‌ र इन्साफ गरून्‌। किनकि मैले कुनै गल्ती गरेको छैनँ।”+ १८ तब परमेश्‍वरको शक्‍ति अमासैमाथि आयो,+ जो तीस जनाका प्रमुख थिए। उनले भने:

“हे दाउद! हामी तपाईँकै हौँ। हे यिसैका छोरा! हामी तपाईँकै साथमा छौँ।+

तपाईँलाई शान्ति होस्‌, शान्ति! तपाईँलाई साथ दिनेहरूलाई पनि शान्ति होस्‌!

किनकि तपाईँका परमेश्‍वरले तपाईँलाई मदत गरिरहनुभएको छ।”+

त्यसैले दाउदले तिनीहरूलाई स्वागत गरे र सैन्य दलहरूका प्रमुख बनाए।

१९ जब दाउद पलिस्तियालीहरूसित मिलेर साउलसित लड्‌न गएका थिए, तब मनस्सेको कुलका केही मानिसहरू पनि साउललाई छोडेर दाउदको पछि लागे। तर त्यसबेला दाउदले पलिस्तियालीहरूलाई मदत गरेनन्‌ किनकि पलिस्तियालीहरूका शासकहरूले+ आपसमा सरसल्लाह गरेर तिनलाई फिर्ता पठाइदिए। तिनीहरूले भने: “यसले हामीलाई छोडेर आफ्नो मालिक साउलको पक्ष लिनेछ अनि हामीले आफ्नो ज्यान गुमाउनुपर्नेछ।”+ २० दाउद जिक्लग गएपछि+ मनस्सेको कुलका यी मानिसहरू तिनीकहाँ आए: अद्‌नाह, योजाबाद, यदिएल, माइकल, योजाबाद, एलिहु र जिल्लथै। तिनीहरू सबै मनस्सेको कुलको सेनामा हजार-हजारका कप्तान थिए।+ २१ तिनीहरूले दाउदलाई लुटेराहरूको दलसित लड्‌न मदत गरे किनकि तिनीहरू सबै वीर र साहसी पुरुष थिए।+ तिनीहरू दाउदका सेनापति भए। २२ दाउदलाई मदत गर्न मानिसहरू दिनदिनै तिनीकहाँ आउन थाले+ र दाउदको सेना परमेश्‍वरको सेनाजत्रै विशाल भयो।+

२३ यहोवा परमेश्‍वरको आदेशअनुसारै दाउदलाई साउलको राज्य सुम्पन+ हेब्रोनमा दाउदकहाँ आएका सशस्त्र सेनाका कप्तानहरूको सङ्‌ख्या यही हो:+ २४ यहुदाको कुलबाट ६ हजार ८ सय, जो ठूलो ढाल र भाला लिएर युद्धको लागि तयार रहन्थे। २५ सिमियोनको कुलबाट ७ हजार १ सय, जो वीर र साहसी योद्धाहरू थिए।

२६ लेविको कुलबाट ४ हजार ६ सय। २७ हारुनको सन्तानका+ अगुवा यहोयादा थिए+ र तिनीसँग ३ हजार ७ सय जना थिए। २८ सादोक+ पनि आफ्नो बुबापट्टिको घरानाका २२ जना नाइके लिएर आए। उनी वीर र साहसी जवान थिए।

२९ बिन्यामिनको कुल अर्थात्‌ साउलका दाजुभाइबाट+ ३ हजार। यिनीहरूमध्ये धेरैजसोले पहिला साउलको घरानाको विभिन्‍न कामकुराको निगरानी गर्थे। ३० एप्रैमको कुलबाट २० हजार ८ सय, जो आफ्नो बुबापट्टिको घरानामा नाम चलेका वीर र साहसी पुरुषहरू थिए।

३१ मनस्सेको आधा कुलबाट १८ हजार। दाउदलाई राजा बनाउन तिनीहरूलाई नामै तोकेर बोलाइएको थियो। ३२ इस्साकारको कुलबाट तिनीहरूका २ सय जना नाइके। तिनीहरूले त्यसबेलाको परिस्थिति राम्ररी बुझेका थिए र इस्राएलले अब के गर्नुपर्छ भनी तिनीहरूलाई थाह थियो। तिनीहरूका सबै दाजुभाइ तिनीहरूको अधीनमा थिए। ३३ जबुलुनको कुलबाट सेनामा भर्ती हुन सक्ने ५० हजार पुरुष। तिनीहरू हरेक किसिमका हातहतियारले सुसज्जित थिए र दल बनाएर युद्धमा जान तयार थिए। तिनीहरू सबै दाउदको पछि लागे; तिनीहरू दाउदप्रति पूरै वफादार थिए। ३४ नप्तालिको कुलबाट १ हजार नाइके। तिनीहरूसँग ३७ हजार पुरुष थिए, जसले ठूलो ढाल र भाला भिर्थे। ३५ दानको कुलबाट २८ हजार ६ सय, जो दल बनाएर युद्धमा जान तयार थिए। ३६ असेरको कुलबाट ४० हजार, जो सेनामा भर्ती हुन योग्य थिए र दल बनाएर युद्धमा जान तयार थिए।

३७ यर्दनपारि बस्ने+ रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलबाट १ लाख २० हजार योद्धा, जो हरेक किसिमका हातहतियारले सुसज्जित थिए। ३८ तिनीहरू सबै दल बनाएर युद्धमा जान तयार योद्धाहरू थिए। तिनीहरू हेब्रोन आए किनकि तिनीहरू मनैदेखि दाउदलाई सारा इस्राएलको राजा बनाउन चाहन्थे। बाँकी सबै इस्राएली पनि दाउदलाई राजा बनाउन तिनीहरूसित एक भए।+ ३९ तिनीहरू त्यहाँ तीन दिनसम्म दाउदसँग खाँदै र पिउँदै बसे किनकि तिनीहरूका भाइबन्धुले तिनीहरूको निम्ति खानपानको प्रबन्ध मिलाएका थिए। ४० साथै नजिकैको इलाकामा बस्नेहरूले अनि टाढा-टाढा बस्ने इस्साकार, जबुलुन र नप्तालिको कुलका मानिसहरूले समेत तिनीहरूको निम्ति खानेकुरा ल्याए। उनीहरूले गधा, उँट, खच्चर र गाईवस्तुलाई प्रशस्त मात्रामा पीठो, अन्जिरको रोटी,* किसमिसको रोटी,* मद्य अनि तेल बोकाएर ल्याए। अनि उनीहरूले थुप्रै गाईवस्तु र भेडा पनि ल्याए। किनकि त्यसबेला इस्राएलमा खुसीयाली छाएको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने