प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • किर्यथ-येरिमबाट सन्दुक ल्याइन्छ (१-१४)

        • उज्जाह मारिन्छन्‌ (९, १०)

१ इतिहास १३:१

मार्जिनल रेफरेन्स

  • +१इ १५:२५

१ इतिहास १३:२

मार्जिनल रेफरेन्स

  • +गन ३५:२

१ इतिहास १३:३

फुटनोट

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१स ७:२
  • +१स १४:१८

१ इतिहास १३:५

फुटनोट

  • *

    वा “इजिप्टको।”

  • *

    वा “सिहोरदेखि।”

  • *

    वा “हमाथ छिर्ने ठाउँसम्मका।”

मार्जिनल रेफरेन्स

  • +१स ६:२१-७:१; २स ६:१, २; १इ १५:३
  • +गन ३४:२, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. १०

१ इतिहास १३:६

फुटनोट

  • *

    वा सम्भवतः “करूबहरूको बीचमा।”

मार्जिनल रेफरेन्स

  • +यहो १५:९, १२
  • +प्रस्थ २५:२२; गन ७:८९; १स ४:४; २स ६:२

१ इतिहास १३:७

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३७:५
  • +२स ६:३-८

१ इतिहास १३:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:२०
  • +१इ २५:१
  • +२इ ५:१३

१ इतिहास १३:१०

मार्जिनल रेफरेन्स

  • +गन ४:१५
  • +लेवी १०:१, २

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००५, पृ. २६-२७

१ इतिहास १३:११

फुटनोट

  • *

    यसको अर्थ हो, “उज्जाहमाथि दन्केको क्रोध।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००५, पृ. ११

१ इतिहास १३:१२

मार्जिनल रेफरेन्स

  • +२स ६:९-११

१ इतिहास १३:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:२७; ३९:५

अरू

१ इति. १३:११इ १५:२५
१ इति. १३:२गन ३५:२
१ इति. १३:३१स ७:२
१ इति. १३:३१स १४:१८
१ इति. १३:५१स ६:२१-७:१; २स ६:१, २; १इ १५:३
१ इति. १३:५गन ३४:२, ८
१ इति. १३:६यहो १५:९, १२
१ इति. १३:६प्रस्थ २५:२२; गन ७:८९; १स ४:४; २स ६:२
१ इति. १३:७प्रस्थ ३७:५
१ इति. १३:७२स ६:३-८
१ इति. १३:८प्रस्थ १५:२०
१ इति. १३:८१इ २५:१
१ इति. १३:८२इ ५:१३
१ इति. १३:१०गन ४:१५
१ इति. १३:१०लेवी १०:१, २
१ इति. १३:१२२स ६:९-११
१ इति. १३:१४उत्प ३०:२७; ३९:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास १३:१-१४

पहिलो इतिहास

१३ दाउदले हजार-हजारका र सय-सयका नाइकेहरूसित र अरू सबै अगुवासँग सरसल्लाह गरे।+ २ त्यसपछि तिनले इस्राएलको पूरै समुदायलाई भने: “यदि तपाईँहरू सबैलाई ठीक लाग्छ र यहोवा हाम्रा परमेश्‍वरको पनि मन्जुरी भयो भने इस्राएलको सबै इलाकामा बस्ने हाम्रा बाँकी भाइबन्धुलाई र चरन भएका सहरहरूमा बसोबास गर्ने पुजारीहरू तथा लेवीहरूलाई+ यहाँ बोलाऔँ र हामी सबै मिलेर ३ हाम्रा परमेश्‍वरको सन्दुक* यहाँ फिर्ता ल्याऔँ।”+ किनकि साउलको शासनकालमा उनीहरूले त्यस सन्दुकको वास्तै गरेका थिएनन्‌।+ ४ पूरै समुदाय त्यसो गर्न राजी भयो किनकि तिनीहरूलाई त्यो कुरा उचित लाग्यो। ५ तब दाउदले किर्यथ-येरिमबाट साँचो परमेश्‍वरको सन्दुक ल्याउन+ मिश्रको* नदीदेखि* लेबो-हमाथसम्मका* सबै इस्राएलीलाई एक ठाउँमा भेला गरे।+

६ दाउद र सबै इस्राएली साँचो परमेश्‍वर यहोवाको सन्दुक ल्याउन यहुदाको बालाह+ अर्थात्‌ किर्यथ-येरिम गए। यही सन्दुकअगाडि मानिसहरू परमेश्‍वरको नाम पुकार्छन्‌, जो करूबहरूभन्दा माथि*+ विराजमान हुनुहुन्छ। ७ तर तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक नयाँ गाडामा राखे+ अनि त्यसलाई अबिनादाबको घरबाट ल्याए। त्यो गाडा उज्जाह र अहियोले हाँकिरहेका थिए।+ ८ दाउद र सबै इस्राएलीले वीणा, किसिम-किसिमका तारे बाजा, खैँजडी,+ झ्याली+ र बिगुल बजाउँदै+ अनि गाउँदै पूरा जोसका साथ साँचो परमेश्‍वरसामु खुसीयाली मनाइरहेका थिए। ९ तर तिनीहरू किदोनको खलामा आइपुग्दा बयलगाडा पल्टनै लाग्यो। त्यसैले उज्जाहले तुरुन्तै आफ्नो हात अगाडि बढाएर सन्दुकलाई थामे। १० तब यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्क्यो र उहाँले तिनलाई त्यहीँ मार्नुभयो। किनकि तिनले आफ्नो हात अगाडि बढाएर सन्दुकलाई समातेका थिए।+ यसरी उज्जाह परमेश्‍वरसामु त्यहीँ मरे।+ ११ तर यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्केको देखेर दाउद रिसाए। यस घटनाले गर्दा त्यस ठाउँलाई आजसम्म पनि पेरेज-उज्जाह* भनिन्छ।

१२ त्यसैले दाउद त्यस दिन साँचो परमेश्‍वरसित डराए र तिनले भने: “अब साँचो परमेश्‍वरको सन्दुकलाई म कसरी आफ्नो सहरमा लैजान सक्छु र?”+ १३ दाउदले त्यो सन्दुक आफ्नो सहर अर्थात्‌ दाउदनगरमा ल्याएनन्‌। बरु तिनले त्यो सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा पठाइदिए। १४ साँचो परमेश्‍वरको सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा उनको घरानासितै तीन महिनासम्म रह्‍यो। यहोवा परमेश्‍वरले ओबेद-एदोमको घरानालाई र उनीसित भएका सबै कुरालाई आशिष्‌ दिइरहनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने