पहिलो इतिहास
८ बिन्यामिनका+ छोराहरू यी थिए: जेठा बेला,+ माहिला अस्बेल,+ साहिँला आहाराह, २ काहिँला नोहा र कान्छा रफा। ३ बेलाका छोराहरू यी थिए: अद्दार, गेरा,+ अबिहुद, ४ अबिसु, नामान, अहोह, ५ गेरा, सेपुपाम र हुराम। ६ एहुदका छोराहरू गेबाका बासिन्दाहरूका बुबापट्टिका घरानाका नाइकेहरू थिए। गेबाका+ बासिन्दाहरूलाई मनहथमा बन्दी बनाएर लगिएको थियो। एहुदका छोराहरू यी थिए: ७ नामान, अहियाह र गेरा। गेराले नै गेबाका बासिन्दाहरूलाई बन्दी बनाएर लगेका थिए। तिनीबाट उज्जा र अहिहुद जन्मिए। ८ मोआबको इलाकामा साहरेमका छोराछोरी जन्मिए। त्यसअघि नै तिनले उनीहरूलाई त्यहाँबाट धपाइदिएका थिए। तिनका पत्नीहरू हुसिम र बारा थिए।* ९ अनि तिनकी अर्की पत्नी होदेसले तिनीबाट यी छोराहरू जन्माइन्: योबाब, जिब्या, मेसा, मल्काम, १० युस, साकिया र मिर्माह। यिनीहरू साहरेमका छोराहरू थिए र यिनीहरू नै आफ्नो बुबापट्टिका घरानाका नाइकेहरू थिए।
११ हुसिमबाट अबितुब र एल्पाल जन्मिए। १२ एल्पालका छोराहरू यी थिए: एबेर, मिसाम, सेमेद (सेमेदले ओनो+ अनि लोद+ र त्यसवरपरका सहरहरू बसालेका थिए), १३ बरियाह र सेमा। यिनीहरू ऐय्यालोनका+ बासिन्दाहरूका बुबापट्टिका घरानाका नाइकेहरू थिए। यिनीहरूले गाथका बासिन्दाहरूलाई धपाइदिएका थिए। १४ अनि अहियो, सासक, यरेमोथ, १५ जबदियाह, अराद, एदेर, १६ माइकल, इस्पाह र योहा बरियाहका सन्तान थिए। १७ जबदियाह, मेसुल्लाम, हिज्कि, हेबेर, १८ इस्मरै, इज्लियाह र योबाब एल्पालका सन्तान थिए। १९ याकिम, जिक्रि, जब्दै, २० एलिएनै, जिल्लथै, एलिएल, २१ आदायाह, बरायाह र सिम्राथ सिमिका सन्तान थिए। २२ इस्पान, एबेर, एलिएल, २३ अब्दोन, जिक्रि, हानान, २४ हानन्याह, एलाम, अन्तोतियाह, २५ इपदियाह र पेनुएल सासकका सन्तान थिए। २६ साम्सेरै, सेहर्याह, अथल्याह, २७ यारेस्याह, एलिया र जिक्रि यरोहामका सन्तान थिए। २८ तिनीहरूको वंशावलीअनुसार तिनीहरू सबै आ-आफ्ना बुबापट्टिका घरानाका नाइकेहरू थिए। ती नाइकेहरू यरुसलेममा बसोबास गर्थे।
२९ यइएल गिबोनमा+ बस्थे। तिनले नै त्यो सहर बसालेका थिए। तिनकी पत्नीको नाम माकाह थियो।+ ३० तिनका छोराहरू यी थिए: जेठा अब्दोन, त्यसपछि जुर, किस, बाआल, नादाब, ३१ गेदोर, अहियो र जकेर। ३२ मिक्लोथबाट सिमेह जन्मिए। तिनीहरू सबै यरुसलेममा आफ्ना दाजुभाइ बसेको इलाकानजिकै बस्थे। तिनीहरूका अरू दाजुभाइ पनि तिनीहरूकै वरपर बस्थे।
३३ नेरबाट+ किस जन्मिए। किसबाट साउल जन्मिए।+ साउलबाट जोनाथन,+ मल्कि-सुअ,+ अबिनादाब+ र एस्बाआल*+ जन्मिए। ३४ जोनाथनका छोरा मरिब-बाआल* थिए।+ मरिब-बाआलबाट मिका जन्मिए।+ ३५ मिकाका छोराहरू यी थिए: पिथोन, मलेक, तरे र आहाज। ३६ आहाजबाट यहोअदा जन्मिए। यहोअदाबाट अलेमेथ, अज्मावेथ र जिम्रि जन्मिए। जिम्रिबाट मोजा जन्मिए। ३७ मोजाबाट बिनिया जन्मिए। बिनियाबाट रफाह जन्मिए। रफाहबाट एलेसाह जन्मिए। एलेसाहबाट अजेल जन्मिए। ३८ अजेलका छ जना छोरा थिए—अज्रिकाम, बोकरु, इस्माएल, सेर्याह, ओबदियाह र हानान। यिनीहरू सबै अजेलका छोराहरू थिए। ३९ अजेलका भाइ एसेकका छोराहरू यी थिए: जेठा उलाम, माहिला यउस र कान्छा एलिपेलेत। ४० उलामका छोराहरू वीर योद्धाहरू थिए र तिनीहरू धनु चलाउन निपुण थिए। तिनीहरूका थुप्रै छोरा र नाति थिए—जम्मा १५० जना। तिनीहरू सबै बिन्यामिनका सन्तान थिए।