प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • दाउद गणना लिएर आज्ञा तोड्‌छन्‌ (१-६)

      • यहोवा सजाय दिनुहुन्छ (७-१७)

      • दाउद वेदी बनाउँछन्‌ (१८-३०)

१ इतिहास २१:१

फुटनोट

  • *

    वा सम्भवतः “एक जना विरोधी।”

मार्जिनल रेफरेन्स

  • +२स २४:१-३

१ इतिहास २१:२

मार्जिनल रेफरेन्स

  • +२स ८:१६
  • +न्याय १८:२९; २स १७:११

१ इतिहास २१:४

मार्जिनल रेफरेन्स

  • +२स २४:४, ८

१ इतिहास २१:५

मार्जिनल रेफरेन्स

  • +२स २४:९

१ इतिहास २१:६

मार्जिनल रेफरेन्स

  • +गन १:४७
  • +१इ २७:२३, २४

१ इतिहास २१:८

मार्जिनल रेफरेन्स

  • +२स १२:१३
  • +भज २५:११; ५१:१
  • +२स २४:१०-१४

१ इतिहास २१:९

फुटनोट

  • *

    वा “दर्शन देख्ने व्यक्‍ति।”

मार्जिनल रेफरेन्स

  • +१इ २९:२९

१ इतिहास २१:१२

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२६
  • +लेवी २६:१४, १७
  • +लेवी २६:२५
  • +२रा १९:३५

१ इतिहास २१:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:६; भज ५१:१; यसै ५५:७; वि ३:२२
  • +२इ २८:९

१ इतिहास २१:१४

मार्जिनल रेफरेन्स

  • +गन १६:४६
  • +२स २४:१५, १६

१ इतिहास २१:१५

फुटनोट

  • *

    वा “दुःखित हुनुभयो।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१४; व्य ३२:३६
  • +भज ९०:१३
  • +२स ५:६
  • +२इ ३:१

१ इतिहास २१:१६

मार्जिनल रेफरेन्स

  • +गन २२:३१; यहो ५:१३
  • +२रा १९:१
  • +२स २४:१७

१ इतिहास २१:१७

फुटनोट

  • *

    शा., “भेडाहरूको।”

मार्जिनल रेफरेन्स

  • +भज ५१:४
  • +प्रस्थ ३२:१२; गन १६:२२

१ इतिहास २१:१८

मार्जिनल रेफरेन्स

  • +२स २४:११
  • +२स २४:१८-२३; २इ ३:१

१ इतिहास २१:२२

फुटनोट

  • *

    शा., “देऊ।”

मार्जिनल रेफरेन्स

  • +गन २५:८

१ इतिहास २१:२३

मार्जिनल रेफरेन्स

  • +यसै २८:२७

१ इतिहास २१:२४

मार्जिनल रेफरेन्स

  • +२स २४:२४, २५

१ इतिहास २१:२५

फुटनोट

  • *

    एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

१ इतिहास २१:२६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:२५
  • +लेवी ९:२३, २४; १रा १८:३८; २इ ७:१

१ इतिहास २१:२७

मार्जिनल रेफरेन्स

  • +२स २४:१६; भज १०३:२०

१ इतिहास २१:२९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा ३:४; १इ १६:३९; २इ १:३

अरू

१ इति. २१:१२स २४:१-३
१ इति. २१:२२स ८:१६
१ इति. २१:२न्याय १८:२९; २स १७:११
१ इति. २१:४२स २४:४, ८
१ इति. २१:५२स २४:९
१ इति. २१:६गन १:४७
१ इति. २१:६१इ २७:२३, २४
१ इति. २१:८२स १२:१३
१ इति. २१:८भज २५:११; ५१:१
१ इति. २१:८२स २४:१०-१४
१ इति. २१:९१इ २९:२९
१ इति. २१:१२लेवी २६:२६
१ इति. २१:१२लेवी २६:१४, १७
१ इति. २१:१२लेवी २६:२५
१ इति. २१:१२२रा १९:३५
१ इति. २१:१३प्रस्थ ३४:६; भज ५१:१; यसै ५५:७; वि ३:२२
१ इति. २१:१३२इ २८:९
१ इति. २१:१४गन १६:४६
१ इति. २१:१४२स २४:१५, १६
१ इति. २१:१५प्रस्थ ३२:१४; व्य ३२:३६
१ इति. २१:१५भज ९०:१३
१ इति. २१:१५२स ५:६
१ इति. २१:१५२इ ३:१
१ इति. २१:१६गन २२:३१; यहो ५:१३
१ इति. २१:१६२रा १९:१
१ इति. २१:१६२स २४:१७
१ इति. २१:१७भज ५१:४
१ इति. २१:१७प्रस्थ ३२:१२; गन १६:२२
१ इति. २१:१८२स २४:११
१ इति. २१:१८२स २४:१८-२३; २इ ३:१
१ इति. २१:२२गन २५:८
१ इति. २१:२३यसै २८:२७
१ इति. २१:२४२स २४:२४, २५
१ इति. २१:२६प्रस्थ २०:२५
१ इति. २१:२६लेवी ९:२३, २४; १रा १८:३८; २इ ७:१
१ इति. २१:२७२स २४:१६; भज १०३:२०
१ इति. २१:२९१रा ३:४; १इ १६:३९; २इ १:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास २१:१-३०

पहिलो इतिहास

२१ त्यसपछि सैतान* इस्राएलविरुद्ध खडा भयो र त्यसले दाउदलाई इस्राएलीहरूको गन्ती गर्न उक्सायो।+ २ त्यसैले दाउदले योआबलाई+ र मानिसहरूका मुखियाहरूलाई यस्तो हुकुम गरे: “जाओ, बेर्सेबादेखि दानसम्म+ इस्राएलीहरूको गन्ती गर। अनि आएर मलाई बताओ; म इस्राएलीहरूको सङ्‌ख्या जान्‍न चाहन्छु।” ३ तर योआबले भने: “यहोवा परमेश्‍वरले आफ्नो प्रजाको सङ्‌ख्या १०० गुणा बढाइदेऊन्‌! हे मेरा प्रभु, मेरा महाराज! के तिनीहरू सबै हजुरकै सेवक होइनन्‌ र? मेरा प्रभु किन यसो गर्न चाहनुहुन्छ? किन इस्राएलमाथि दोष लाग्ने कारण बन्‍न चाहनुहुन्छ?”

४ तर राजाले योआबको कुरा सुनेनन्‌ अनि राजाको वचनसामु योआबको केही सीप लागेन। त्यसैले योआब त्यहाँबाट निस्के अनि इस्राएलको एक फन्को लगाए। त्यसपछि उनी यरुसलेम फर्किए।+ ५ उनले दाउदलाई नाम दर्ता गरिएका मानिसहरूको सङ्‌ख्या बताइदिए। पूरै इस्राएलमा तरबार भिरेका ११ लाख मानिस थिए र यहुदामा तरबार भिरेका ४ लाख ७० हजार मानिस थिए।+ ६ तर उनले लेविको र बिन्यामिनको कुलका मानिसहरूको नामचाहिँ दर्ता गरेनन्‌+ किनकि योआबको नजरमा राजाले भनेको कुरा घिनलाग्दो थियो।+

७ दाउदले गरेको यस कामले गर्दा साँचो परमेश्‍वर क्रोधित हुनुभयो। त्यसैले उहाँले इस्राएललाई सजाय दिनुभयो। ८ तब दाउदले साँचो परमेश्‍वरलाई यसो भने: “मैले यो काम गरेर असाध्यै ठूलो पाप गरेँ।+ त्यसैले बिन्ती छ, आफ्नो सेवकलाई क्षमा दिनुहोस्‌।+ मैले साह्रै मूर्ख काम गरेँ।”+ ९ त्यसपछि यहोवा परमेश्‍वरले दाउदका दर्शी* गादलाई+ यसो भन्‍नुभयो: १० “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्‍नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’” ११ त्यसैले गाद दाउदकहाँ आएर भने: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यी तीनमध्ये एउटा छान: १२ तिमी के चाहन्छौ? तीन वर्षसम्म अनिकाल परोस्‌?+ अथवा तीन महिनासम्म तिम्रा शत्रुहरूको तरबार तिमीविरुद्ध चलिरहोस्‌ अनि तिमी तिनीहरूसित हार्नुपरोस्‌?+ अथवा देशमा तीन दिनसम्म यहोवाको तरबार चलोस्‌, अर्थात्‌ देशमा महामारी फैलियोस्‌+ अनि यहोवाका स्वर्गदूतले इस्राएलको सम्पूर्ण इलाकामा विध्वंस मच्चाऊन्‌?’+ अब राम्ररी सोचविचार गर्नुहोस्‌ र जसले मलाई पठाउनुभयो, उहाँलाई म के जवाफ दिऊँ, त्यो बताउनुहोस्‌।” १३ तब दाउदले गादलाई भने: “म त साह्रै सङ्‌कटमा परेँ। बिन्ती छ, मलाई यहोवा परमेश्‍वरकै हातमा पर्न दिनुहोस्‌ किनकि उहाँ असाध्यै कृपालु हुनुहुन्छ।+ तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्‌।”+

१४ त्यसपछि यहोवा परमेश्‍वरले इस्राएलमा महामारी पठाउनुभयो+ र त्यसले गर्दा ७० हजार मानिस मरे।+ १५ साथै साँचो परमेश्‍वरले यरुसलेमका मानिसहरूलाई नाश गर्न स्वर्गदूत पठाउनुभयो। तर जब यहोवा परमेश्‍वरले ती स्वर्गदूतले विपत्ति ल्याउन थालेको देख्नुभयो, तब उहाँ त्यो विपत्ति पठाएकोमा पछुताउनुभयो।*+ उहाँले नाश गर्ने त्यस स्वर्गदूतलाई भन्‍नुभयो: “बस्‌ भयो!+ अब आफ्नो हात बिसाऊ।” त्यसबेला यहोवा परमेश्‍वरका स्वर्गदूत यबुसी+ ओर्नानको खलानजिकै+ उभिरहेका थिए।

१६ दाउदले आफ्नो आँखा उठाएर हेर्दा यहोवा परमेश्‍वरको स्वर्गदूतलाई पृथ्वी र स्वर्गको बीचमा उभिरहेको देखे। ती स्वर्गदूतको हातमा तरबार थियो+ र उनले त्यो तरबार यरुसलेमतर्फ पसारेका थिए। तब दाउद र नाइकेहरू, जसले भाङ्‌ग्रा ओढेका थिए,+ तिनीहरू तुरुन्तै भुईँमा घोप्टो परे।+ १७ दाउदले साँचो परमेश्‍वरलाई भने: “मानिसहरूको गन्ती गर्न लगाउने म हुँ, होइन र? पाप गर्ने त म हुँ, मैले पो गल्ती गरेको थिएँ।+ बिचरा यी मानिसहरूको* के दोष छ र? हे यहोवा, मेरा परमेश्‍वर, बिन्ती छ, तपाईँको हात म र मेरो बुबाको घरानामाथि नै परोस्‌। तर तपाईँको प्रजामाथि यस्तो विपत्ति नल्याउनुहोस्‌।”+

१८ त्यसपछि यहोवा परमेश्‍वरका स्वर्गदूतले गादलाई भने:+ “दाउदलाई यसो भन, ‘जानुहोस्‌, यबुसी ओर्नानको खलामा यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाउनुहोस्‌।’”+ १९ तब यहोवा परमेश्‍वरको नाममा गादले भनेको कुरा मान्दै दाउद त्यहाँ उक्लिए। २० त्यसबेला ओर्नानचाहिँ गहुँ दाइँ गरिरहेका थिए। तिनले फर्केर हेर्दा स्वर्गदूतलाई देखे र तिनीसँगै भएका तिनका चार जना छोरा गएर लुके। २१ जब दाउद तिनीकहाँ गए, तब दाउदलाई देख्नेबित्तिकै तिनी खलाबाट बाहिर निस्के र भुईँमा घोप्टो परेर तिनलाई दण्डवत्‌ गरे। २२ दाउदले ओर्नानलाई भने: “मलाई तिम्रो खला भएको जमिन बेच* किनकि म त्यहाँ यहोवा परमेश्‍वरको निम्ति वेदी बनाउन चाहन्छु। मलाई यो जमिन यसको पूरै दाममा बेच र मानिसहरूमाथि आइपरेको विपत्ति रोकियोस्‌।”+ २३ तर ओर्नानले दाउदलाई भने: “हे मेरा प्रभु, मेरा महाराज! यो जमिन आफ्नै सम्झेर लिनुहोस्‌ र हजुरलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्‌। म सबथोक हजुरलाई दिन्छु—अग्निभेटी चढाउन गाईवस्तु, अन्‍नभेटी चढाउन गहुँ अनि दाइँ गर्ने दाँदे,+ जसलाई तपाईँले दाउराको रूपमा चलाउन सक्नुहुन्छ।”

२४ तर राजा दाउदले ओर्नानलाई भने: “होइन, म पूरै दाम तिरेर यी कुराहरू किन्‍नेछु। किनकि जे तिम्रो हो, त्यो लिएर म यहोवा परमेश्‍वरलाई अर्पण गर्न चाहन्‍नँ अथवा सित्तैँमा पाएको कुराको अग्निभेटी चढाउन चाहन्‍नँ।”+ २५ त्यसैले दाउदले ओर्नानलाई त्यस जमिनको दामस्वरूप ६०० शेकेल* सुन जोखेर दिए। २६ तब दाउदले त्यहाँ यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाए+ अनि अग्निभेटी र मेलबलि चढाए। तिनले यहोवा परमेश्‍वरलाई पुकारे र उहाँले आकाशबाट अग्निभेटीको वेदीमा आगो पठाएर तिनलाई जवाफ दिनुभयो।+ २७ त्यसपछि यहोवा परमेश्‍वरले स्वर्गदूतलाई आफ्नो तरबार म्यानमा राख्न आदेश दिनुभयो।+ २८ त्यसबेला यहोवा परमेश्‍वरले यबुसी ओर्नानको खलामा जवाफ दिनुभएकोले दाउदले त्यही ठाउँमा बलि चढाउन थाले। २९ तर मोसाले निर्जनभूमिमा बनाएको यहोवा परमेश्‍वरको वासस्थान* र अग्निभेटीको वेदी त्यसबेला गिबोनमा उपासनाको लागि बनाइएको अग्लो थानमा* थियो।+ ३० दाउद परमेश्‍वरको सल्लाह माग्न त्यहाँ जान सकेका थिएनन्‌ किनकि तिनी यहोवा परमेश्‍वरको स्वर्गदूतको तरबारदेखि डराएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने