प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • बिल्दद पहिलो पटक बोल्छन्‌ (१-२२)

        • अय्युबका छोराहरूले पाप गरेका थिए भन्‍ने छनक दिन्छन्‌ (४)

        • ‘तपाईँ निर्दोष भएको भए परमेश्‍वरले तपाईँको रक्षा गर्नुहुने थियो’ (६)

        • अय्युब परमेश्‍वरको डर मान्दैनन्‌ भन्‍ने छनक दिन्छन्‌ (१३)

अय्युब ८:१

मार्जिनल रेफरेन्स

  • +अय्यु १८:१; २५:१
  • +उत्प २५:१, २; अय्यु ४२:९

अय्युब ८:२

फुटनोट

  • *

    वा “तपाईँका कुराहरू हुरीबतासजस्तै छन्‌।”

मार्जिनल रेफरेन्स

  • +अय्यु ११:३

अय्युब ८:५

मार्जिनल रेफरेन्स

  • +अय्यु ५:८, ९; ११:१३; २२:२३

अय्युब ८:६

मार्जिनल रेफरेन्स

  • +अय्यु १:८

अय्युब ८:७

मार्जिनल रेफरेन्स

  • +अय्यु ११:१४, १७

अय्युब ८:८

मार्जिनल रेफरेन्स

  • +अय्यु १५:१७, १८

अय्युब ८:९

फुटनोट

  • *

    शा., “छायाजस्तै छ।”

अय्युब ८:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

अय्युब ८:१३

फुटनोट

  • *

    वा “धर्मत्यागीहरूको।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

अय्युब ८:१४

फुटनोट

  • *

    शा., “घरजस्तै।”

अय्युब ८:१६

मार्जिनल रेफरेन्स

  • +अय्यु ५:३

अय्युब ८:१८

मार्जिनल रेफरेन्स

  • +अय्यु २०:९

अय्युब ८:१९

मार्जिनल रेफरेन्स

  • +अय्यु २०:५

अरू

अय्यु. ८:१उत्प २५:१, २; अय्यु ४२:९
अय्यु. ८:१अय्यु १८:१; २५:१
अय्यु. ८:२अय्यु ११:३
अय्यु. ८:५अय्यु ५:८, ९; ११:१३; २२:२३
अय्यु. ८:६अय्यु १:८
अय्यु. ८:७अय्यु ११:१४, १७
अय्यु. ८:८अय्यु १५:१७, १८
अय्यु. ८:१६अय्यु ५:३
अय्यु. ८:१८अय्यु २०:९
अय्यु. ८:१९अय्यु २०:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब ८:१-२२

अय्युब

८ तब बिल्दद+ सुहीले+ यस्तो जवाफ दिए:

 २ “कहिलेसम्म तपाईँ यस्तो फोस्रो कुरा गरेर बस्नुहुन्छ?+

तपाईँ ठूलठूला कुरा मात्र गर्नुहुन्छ।*

 ३ परमेश्‍वरले अन्याय गर्नुहुन्छ र?

अथवा सही कुरालाई बङ्‌ग्याउनुहुन्छ र?

 ४ तपाईँका छोराछोरीले पाप गरे होलान्‌।

त्यसैले परमेश्‍वरले तिनीहरूलाई सजाय दिनुभयो।

 ५ अब परमेश्‍वरलाई खोज्नुहोस्‌+

अनि सर्वशक्‍तिमान्‌सित दयाको भीख माग्नुहोस्‌।

 ६ तपाईँ साँच्चै निर्दोष हुनुहुन्छ भने+

उहाँले तपाईँको बिन्ती सुन्‍नुहुनेछ

अनि तपाईँलाई पहिलेकै अवस्थामा पुऱ्‍याउनुहुनेछ।

 ७ अहिले तपाईँको बेहाल भए तापनि

भविष्य राम्रो हुनेछ।+

 ८ अघिअघिका पुस्तालाई सोध्नुहोस्‌;

तिनीहरूका पुर्खाले जे सिके, त्यसमा ध्यान दिनुहोस्‌।+

 ९ किनकि हामी त हिजो मात्र जन्मेका हौँ,

हामीलाई केही थाह छैन।

पृथ्वीमा हाम्रो जीवन निकै छोटो छ।*

१० तिनीहरूले तपाईँलाई सिकाउनेछन्‌

अनि आफूलाई थाह भएको कुरा बताउनेछन्‌।

११ पानी नजमेको ठाउँमा मालिङ्‌गो* लहलहाउँछ र?

सुक्खा ठाउँमा नर्कट अग्ला-अग्ला हुन्छन्‌ र?

१२ कलिलो छँदा नै त्यो ओइलाउनेछ,

अरू बिरुवाभन्दा पहिल्यै सुक्नेछ।

१३ परमेश्‍वरलाई बिर्सनेहरूको हालत पनि यस्तै हुन्छ।

उहाँको डर नमान्‍नेहरूको* आशा भताभुङ्‌ग हुन्छ।

१४ उसको भरोसा खोक्रो हुन्छ

अनि उसको आशाचाहिँ माकुराको जालोजस्तै* कमजोर।

१५ उसले आफ्नो घरमा आड लिन खोज्नेछ तर त्यो ढल्नेछ।

त्यसलाई बलियो गरी समात्नेछ तर त्यो टिक्नेछैन।

१६ ऊ घाम पाएको भरिलो बिरुवाजस्तै हुन्छ,

जसको हाँगाबिँगा झाँगिएको हुन्छ।+

१७ त्यसले ढुङ्‌गाको थुप्रोमा जरा फैलाउँछ

अनि त्यही ढुङ्‌गाहरूमा बास खोज्छ।

१८ तर जब त्यो जरैसमेत उखेलिन्छ,

तब त्यो उम्रेको जमिनले समेत त्यसलाई चिन्‍न इन्कार गर्नेछ

अनि यसो भन्‍नेछ, ‘मैले तिमीलाई देखेकै छैनँ।’+

१९ यसरी नै त्यो नाश हुनेछ+

अनि त्यसको ठाउँमा अरू बिरुवा उम्रनेछन्‌।

२० सत्यनिष्ठ मानिसलाई परमेश्‍वरले कहिल्यै त्याग्नुहुन्‍न

अनि दुष्ट मानिसलाई कहिल्यै साथ दिनुहुन्‍न।

२१ उहाँले तपाईँको ओठमा फेरि मुस्कान छर्नुहुनेछ

अनि तपाईँ खुसीले कराउनुहुनेछ।

२२ तपाईँलाई घृणा गर्नेहरू लज्जित हुनेछन्‌

अनि दुष्टहरूको पाल सधैँभरिको लागि नाश हुनेछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने