अय्युब
११ जोपर+ नामातीले यस्तो जवाफ दिए:
२ “तपाईँलाई के लाग्छ, तपाईँलाई कसैले जवाफ फर्काउन सक्दैन?
धेरै फलाक्दैमा* कोही सही ठहरिन्छ र?
३ तपाईँका फोस्रा कुराले कतिलाई चुप लगाउन सक्छ?
तपाईँले खिसी गरिरहँदा बाँकी सबैले चाहिँ सुनेर बस्ने?+
५ तर परमेश्वरले आफ्नो मुख खोलेर
तपाईँसित कुरा गर्नुभएको भए+
६ उहाँले तपाईँलाई बुद्धिमान् तुल्याउने रहस्यका कुराहरू बताउनुहुने थियो।
किनकि बुद्धिमान् मानिसले थुप्रै कुरा बुझ्न सक्छ।
त्यसपछि बल्ल तपाईँले यो कुरा बुझ्नुहुने थियो:
परमेश्वरले तपाईँका कतिपय गल्तीको सजाय त दिनुभएकै छैन।
७ के तपाईँ परमेश्वरको बुद्धिको गहिराइ नाप्न सक्छु भन्ठान्नुहुन्छ?
उहाँबारे सबै कुरा जान्न सक्छु जस्तो तपाईँलाई लाग्छ?
८ उहाँको बुद्धि आकाशभन्दा अग्लो छ, त्यसलाई भेट्टाउन सक्नुहुन्छ?
उहाँको बुद्धि चिहानभन्दा* गहिरो छ, त्यहाँ पुग्न सक्नुहुन्छ?
९ त्यो त पृथ्वीभन्दा ठूलो
अनि समुद्रभन्दा फराकिलो छ।
१० उहाँले कसैलाई पक्रेर अदालतमा हाजिर गराउनुभयो भने
कसले उहाँलाई रोक्न सक्छ?
११ मानिसको छल उहाँबाट लुक्न सक्दैन।
उहाँ दुष्टको काम देखेर पनि नदेखेझैँ कहिल्यै गर्नुहुन्न।
१२ तर दिमाग नहुने मानिसले यो कुरा बुझ्नु
र जङ्गली गधाले मान्छे जन्माउनु* एउटै कुरा हो।
१३ आफ्नो हृदय शुद्ध* पार्नुहोस्
र हात फैलाएर उहाँलाई पुकार्नुहोस्।
१४ खराब काम गर्न छोड्नुहोस्
र परमेश्वरलाई मन नपर्ने कुनै पनि काम तपाईँको पालभित्र नहोस्।
१५ अनि तपाईँले शिर ठाडो पार्न सक्नुहुनेछ
र निडर भएर उभिन सक्नुहुनेछ।
१६ तब तपाईँले आफ्नो सबै पीर-बेथा बिर्सनुहुनेछ।
ती तपाईँको लागि बगेर गएको खोलासरि हुनेछन्।
१७ तपाईँको जीवन मध्यदिनभन्दा पनि उज्यालो हुनेछ
र अन्धकारसमेत बिहानीको उषाझैँ हुनेछ।
१८ आशा पाएकोले तपाईँ निर्धक्क हुनुहुनेछ।
आफ्नो सबै थोक ठीकठाक देखेर तपाईँ ढुक्कले निदाउनुहुनेछ।
१९ डरधम्की देखाउने कोही नभएकोले तपाईँ चैनसित पल्टनुहुनेछ।
तपाईँको निगाह पाउन चाहनेहरूको ताँती लाग्नेछ।
२० तर दुष्टका आँखा भने धमिला हुनेछन्।
तिनीहरूले उम्कने बाटो पटक्कै पाउनेछैनन्।
मृत्युलाई अङ्गाल्नुसिवाय तिनीहरूसित अरू कुनै उपाय हुनेछैन।”+