भजनसङ्ग्रह
निर्देशकलाई। “नाश हुन नदिनुहोस्”-अनुसार। आसापको रचना।+ एउटा गीत।
७५ हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, हे परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ;
तपाईँको नाम नजिकै छ+
अनि मानिसहरू तपाईँका आश्चर्यजनक कामहरूको घोषणा गर्छन्।
२ तपाईँ भन्नुहुन्छ: “जब म समय ठहराउँछु,
तब म निष्पक्ष भई न्याय गर्छु।
३ जब धर्ती र यसका बासिन्दाहरू डरले पग्लिए,
तब मैले नै यसका खम्बाहरूलाई स्थिर राखेँ।” (सेला)
४ घमन्डीहरूलाई म भन्दछु, “घमन्ड नगर।”
अनि दुष्टहरूलाई भन्दछु, “आफ्नो बलको* धक्कु नलगाओ।
६ किनकि सम्मान न पूर्वबाट
न पश्चिमबाट न त दक्षिणबाट नै आउँछ।
८ यहोवाको हातमा एउटा कचौरा छ,+
जसमा फीँज उठेको कडा मद्य छ।
उहाँले त्यो पक्कै खन्याउनुहुनेछ
अनि पृथ्वीका सबै दुष्टले त्यो पिउनेछन्, त्यसको थेग्रोसमेत पिउनेछन्।”+
९ तर म भने सदासर्वदा यसको घोषणा गर्नेछु;
याकुबका परमेश्वरको स्तुति गाउनेछु।*