प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • श्रेष्ठगीत ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

श्रेष्ठगीत विषयवस्तु

    • राजा सुलेमानको छाउनीमा सुलम्मेनी युवती (१:१–३:५)

    • सुलम्मेनी युवती यरुसलेममा (३:६–८:४)

        • सियोनका छोरीहरू (६-११)

          • सुलेमानको सवारीको वर्णन

श्रेष्ठगीत ३:१

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ १:७
  • +श्रेष्ठ ५:६

श्रेष्ठगीत ३:३

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ५:७

श्रेष्ठगीत ३:४

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ८:२

श्रेष्ठगीत ३:५

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ २:७; ८:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. ३१

    १२/१/२००६, पृ. ४-५

श्रेष्ठगीत ३:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:२३, २४, ३४

श्रेष्ठगीत ३:७

मार्जिनल रेफरेन्स

  • +१रा ९:२२

श्रेष्ठगीत ३:९

मार्जिनल रेफरेन्स

  • +१रा ५:८, ९

श्रेष्ठगीत ३:१०

फुटनोट

  • *

    वा “बैजनी रङ्‌गको ऊनबाट बनाइएको थियो।”

  • *

    वा “पाल्कीको भित्री भागलाई।”

श्रेष्ठगीत ३:११

मार्जिनल रेफरेन्स

  • +२स १२:२४; हित ४:३

अरू

श्रेष्ठ. ३:१श्रेष्ठ १:७
श्रेष्ठ. ३:१श्रेष्ठ ५:६
श्रेष्ठ. ३:३श्रेष्ठ ५:७
श्रेष्ठ. ३:४श्रेष्ठ ८:२
श्रेष्ठ. ३:५श्रेष्ठ २:७; ८:४
श्रेष्ठ. ३:६प्रस्थ ३०:२३, २४, ३४
श्रेष्ठ. ३:७१रा ९:२२
श्रेष्ठ. ३:९१रा ५:८, ९
श्रेष्ठ. ३:११२स १२:२४; हित ४:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
पवित्र बाइबल नयाँ संसार अनुवाद
श्रेष्ठगीत ३:१-११

श्रेष्ठगीत

३ “रातैपिच्छे ओछ्यानमा ढल्कँदा

म आफ्नो प्रेमीलाई सम्झेर छटपटाएँ।+

मैले उसलाई खोजेँ तर फेला पार्न सकिनँ।+

 २ म उठेर उसलाई सहरमा खोज्न निस्कनेछु;

गल्ली-गल्ली र चोकहरूमा,

म आफ्नो प्रेमीलाई खोज्नेछु।

मैले उसलाई खोजेँ तर फेला पारिनँ।

 ३ सहरमा गस्ती गरिरहेका पहरेदारहरूले मलाई भेट्टाए+

अनि मैले सोधेँ, ‘मेरो प्रेमीलाई कतै देख्नुभयो कि?’

 ४ तर म अलि पर मात्र के पुगेकी थिएँ,

मैले मेरो प्रियलाई फेला पारेँ।

मैले उसलाई च्याप्प समातेँ

र उसलाई मेरी आमाको घरमा,

मलाई जन्म दिने आमाको कोठामा नल्याएसम्म छोड्‌दै छोडिनँ।+

 ५ हे यरुसलेमका छोरीहरू हो, म तिमीहरूलाई

मृग र मुडुली मृगको नाममा कसम खान लगाउँछु:

मैले नचाहेसम्म ममा प्रेमराग जगाउने कोसिस नगर।”+

 ६ “निर्जनभूमिबाट धुवाँको मुस्लोजस्तो केही उठिरहेको छ,

व्यापारीले ल्याएको मर्र* र सेतो धूपजस्तो,*

थरिथरिका सुगन्धित जडीबुटीको बास्ना आइरहेको छ।”+

 ७ “हेर! सुलेमानको पाल्की आउँदै छ,

इस्राएलका साठी जना वीर पुरुषले

त्यसलाई चारैतिरबाट घेरेका छन्‌।+

 ८ तिनीहरू सबैले तरबार भिरेका छन्‌,

तिनीहरू लडाइँ गर्नमा पोख्त छन्‌,

रातमा हर खतरासित जुझ्न

तिनीहरूले कम्मरमा तरबार भिरेका छन्‌।”

 ९ “त्यो पाल्की राजा सुलेमानको हो।

लेबनानको काठबाट तिनी आफैले त्यो बनाउन लगाएका हुन्‌।+

१० त्यसका डन्डीहरू चाँदीको,

त्यसको आसन सुनको हो।

त्यसको गद्दा बैजनी रङ्‌गको छ;*

यरुसलेमका छोरीहरूले मन लगाएर

त्यसलाई* सजाएका छन्‌।”

११ “हे सियोनका छोरीहरू हो, बाहिर निस्क,

शिरमा फूलको पगरी लगाएका राजा सुलेमानलाई हेर,

तिनकी आमाले गुथेको त्यो पगरी विवाहको दिन तिनको शिरमा सजिएको थियो,+

त्यस दिन तिनको हृदय खुसी नै खुसीले भरिएको थियो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने