प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • इस्राएलका कुलनायकहरूको लागि शोकगीत (१-१४)

इजकिएल १९:३

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१

इजकिएल १९:४

मार्जिनल रेफरेन्स

  • +२रा २३:३१-३४; २इ ३६:४; यर्मि २२:११, १२

इजकिएल १९:६

मार्जिनल रेफरेन्स

  • +यर्मि २२:१७

इजकिएल १९:७

मार्जिनल रेफरेन्स

  • +हित २८:१५

इजकिएल १९:१०

फुटनोट

  • *

    शा., “तिम्रो रगतमा भएको अङ्‌गुरको बोटजस्तै।”

मार्जिनल रेफरेन्स

  • +भज ८०:८; यसै ५:७

इजकिएल १९:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५:५; इज १५:६
  • +२रा २३:३४; २४:६; २५:५-७
  • +व्य ३२:२२; इज १५:४

इजकिएल १९:१३

मार्जिनल रेफरेन्स

  • +व्य २८:४८; यर्मि १७:५, ६; ५२:२७

इजकिएल १९:१४

मार्जिनल रेफरेन्स

  • +इज १७:१६, १८

अरू

इज. १९:३२इ ३६:१
इज. १९:४२रा २३:३१-३४; २इ ३६:४; यर्मि २२:११, १२
इज. १९:६यर्मि २२:१७
इज. १९:७हित २८:१५
इज. १९:१०भज ८०:८; यसै ५:७
इज. १९:१२यसै ५:५; इज १५:६
इज. १९:१२२रा २३:३४; २४:६; २५:५-७
इज. १९:१२व्य ३२:२२; इज १५:४
इज. १९:१३व्य २८:४८; यर्मि १७:५, ६; ५२:२७
इज. १९:१४इज १७:१६, १८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल १९:१-१४

इजकिएल

१९ “इस्राएलका कुलनायकहरूबारे एउटा शोकगीत गाऊ। २ यसो भन,

‘ओहो! तिम्री आमा, सिंहहरूसँगसँगै हिँड्‌ने सिंहनी!

जवान सिंहहरूबीच ढल्कने र डमरुहरू हुर्काउने सिंहनी!

 ३ सिहंनीले डमरुहरूमध्ये एउटालाई हुर्काई अनि त्यो डमरु बलियो जवान सिंह भयो।+

त्यसले सिकार गर्न सिक्यो,

मानिसहरूलाई समेत फहराउन थाल्यो।

 ४ जातिजातिका मानिसहरूले त्यसबारे सुने र त्यसलाई खाल्टोमा पासो थापेर पक्रे

अनि त्यसको नाकमा अङ्‌कुस लगाएर मिश्र देशमा ल्याए।+

 ५ सिंहनीले आफ्नो डमरु फर्केला कि भनेर पर्खिई तर त्यो फर्केन र सिंहनीको आशा मऱ्‍यो।

त्यसैकारण त्यसले अर्को डमरुलाई हुर्काउन थाली र त्यसलाई पनि बलियो जवान सिंह बनाई।

 ६ त्यो पनि अरू सिंहसँगसँगै हिँड्‌न थाल्यो र बलियो जवान सिंह भयो।

त्यसले पनि सिकार गर्न सिक्यो र मानिसहरूलाई समेत फहराउन थाल्यो।+

 ७ मानिसहरूका बलिया किल्लाहरूमा त्यो चाल मारेर पस्यो र सहरहरू तहसनहस पाऱ्‍यो।

त्यसको गर्जन उजाड देशभरि सुनियो।+

 ८ त्यसलाई पक्रन चारैतिरबाट जातिजातिका मानिसहरू आए।

तिनीहरूले जाल बिछ्याए र त्यो खाल्टोमा पऱ्‍यो।

 ९ तिनीहरूले त्यसलाई अङ्‌कुसले तानेर खोरमा हाले र बेबिलोनका राजाकहाँ लगे।

अनि इस्राएलका डाँडाहरूमा त्यसको गर्जन फेरि कहिल्यै नसुनियोस्‌ भनेर तिनीहरूले त्यसलाई थुने।

१० तिम्री आमा खोलाको छेउमा रोपेको अङ्‌गुरको बोटजस्तै* थिई।+

प्रशस्त पानी भएकोले त्यसले फल फलायो र त्यसका हाँगाबिँगा फैलिए।

११ राजदण्ड नै बनाउन मिल्नेगरि त्यसका हाँगाहरू बलिया भए।

अङ्‌गुरको बोट बढ्‌यो र बढ्‌दै गएर त्यो अरू रूखभन्दा अग्लो भयो,

अग्लो भएकोले र झ्याम्म परेकोले टाढैबाट त्यो छर्लङ्‌गै देखिन्थ्यो।

१२ तर रिसको झोँकमा त्यसलाई उखेलियो+ र जमिनमा फ्याँकियो,

पूर्वीय बतासले गर्दा त्यसको फल सुक्यो।

त्यसका बलिया हाँगाहरू भाँचिए र सुके+ अनि आगोले ती खरानी भए।+

१३ त्यसलाई फेरि उजाड भूमिमा रोपियो,

पानी नभएको सुक्खा ठाउँमा त्यो रोपियो।+

१४ त्यसका हाँगाहरूबाट आगो फैलियो र त्यसका कलिला हाँगाहरू अनि फलहरू खरानी भए।

त्यसका बलिया हाँगाहरू एउटै बाँकी रहेन, शासकको राजदण्ड बनाउन लायकको हाँगासमेत बाँकी रहेन।+

“‘यो शोकगीत हो र शोकगीत नै रहिरहनेछ।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने