प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • पुनर्निर्माण गर्ने काममा विरोध आउन बन्द हुँदैन (१-१४)

      • पर्खाल बनाउने काम ५२ दिनमा सिद्धिन्छ (१५-१९)

नहेम्याह ६:१

मार्जिनल रेफरेन्स

  • +नहे २:१०; ४:३
  • +नहे २:१९; ४:७
  • +दा ९:२५
  • +नहे ३:१, ३

नहेम्याह ६:२

मार्जिनल रेफरेन्स

  • +१इ ८:१२; नहे ११:३१, ३५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. ३०

नहेम्याह ६:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. ३०

    २/१/२००६, पृ. ९

नहेम्याह ६:६

मार्जिनल रेफरेन्स

  • +एज्रा ४:१४, १५
  • +नहे २:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. ३०

नहेम्याह ६:९

मार्जिनल रेफरेन्स

  • +एज्रा ४:४
  • +भज ६८:३५; १३८:३; यसै ४१:१०

नहेम्याह ६:१०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. ३०

नहेम्याह ६:११

मार्जिनल रेफरेन्स

  • +गन १:५१; १८:७; २इ २६:१८, १९

नहेम्याह ६:१२

मार्जिनल रेफरेन्स

  • +नहे २:१०

नहेम्याह ६:१४

मार्जिनल रेफरेन्स

  • +नहे ४:३, ४

नहेम्याह ६:१५

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    नयाँ संसार अनुवाद, पृ. २४५४-२४५५, २५६४

नहेम्याह ६:१६

मार्जिनल रेफरेन्स

  • +नहे ४:७; भज १२९:५

नहेम्याह ६:१७

मार्जिनल रेफरेन्स

  • +नहे ५:७

नहेम्याह ६:१८

मार्जिनल रेफरेन्स

  • +एज्रा २:१, ५
  • +नहे ३:४

नहेम्याह ६:१९

मार्जिनल रेफरेन्स

  • +नहे ६:९, १०, १३

अरू

नहे. ६:१नहे २:१०; ४:३
नहे. ६:१नहे २:१९; ४:७
नहे. ६:१दा ९:२५
नहे. ६:१नहे ३:१, ३
नहे. ६:२१इ ८:१२; नहे ११:३१, ३५
नहे. ६:६एज्रा ४:१४, १५
नहे. ६:६नहे २:१९
नहे. ६:९एज्रा ४:४
नहे. ६:९भज ६८:३५; १३८:३; यसै ४१:१०
नहे. ६:११गन १:५१; १८:७; २इ २६:१८, १९
नहे. ६:१२नहे २:१०
नहे. ६:१४नहे ४:३, ४
नहे. ६:१६नहे ४:७; भज १२९:५
नहे. ६:१७नहे ५:७
नहे. ६:१८एज्रा २:१, ५
नहे. ६:१८नहे ३:४
नहे. ६:१९नहे ६:९, १०, १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह ६:१-१९

नहेम्याह

६ मैले पर्खाल पुनर्निर्माण गरिसकेँ र पर्खालको भत्केका भागहरू पनि सबै मर्मत गरिसकेँ भनेर जब सन्बलत, तोबिया,+ अरबी गेसेम+ अनि हाम्रा बाँकी शत्रुहरूले थाह पाए,+ (तर मैले त्यतिन्जेल मूलढोकाहरूमा खापाहरू हालिसकेको थिइनँ)+ २ तब सन्बलत र गेसेमले मलाई तुरुन्तै यस्तो सन्देश पठाए: “आउनुहोस्‌, हामी एउटा समय तोकेर ओनो बेँसीको+ एउटा गाउँमा भेटौँ।” तर वास्तवमा तिनीहरूले मलाई हानि पुऱ्‍याउने चाल चलिरहेका थिए। ३ त्यसैले मैले आफ्ना सन्देशवाहकहरूमार्फत उनीहरूलाई यस्तो सन्देश पठाएँ: “अहिले म असाध्यै महत्त्वपूर्ण काम गर्दै छु। त्यसैले म तपाईँहरूकहाँ आउन सक्दिनँ। यदि म त्यहाँ आएँ भने यो काम रोकिनेछ।” ४ उनीहरूले मलाई चार-चार पटक एउटै सन्देश पठाए र मैले पनि चारै पटक उनीहरूलाई एउटै जवाफ दिएँ।

५ सन्बलतले पाँचौँ पटक पनि मलाई त्यही सन्देश दिन आफ्नो सेवकलाई पठाए। उसको हातमा सिलबन्दी नगरिएको एउटा पत्र थियो। ६ पत्रमा यस्तो लेखिएको थियो: “तपाईँ र यहुदीहरू राजद्रोह गर्न खोज्दै हुनुहुन्छ भन्‍ने हल्ला राष्ट्रहरूमा फैलिएको छ+ अनि गेसेमले+ पनि त्यही भन्दै हुनुहुन्छ। तपाईँहरू त्यही उद्देश्‍यले पर्खाल पुनर्निर्माण गर्दै हुनुहुन्छ। हामीले पाएको जानकारीअनुसार तपाईँ तिनीहरूको राजा बन्‍न लाग्नुभएको छ अरे! ७ ‘यहुदामा एक जना राजा आउनुभएको छ’ भनेर तपाईँको विषयमा सारा यरुसलेममा घोषणा गर्न तपाईँले भविष्यवक्‍ताहरू पनि नियुक्‍त गर्नुभएको छ। अब यी सबै कुरा राजालाई बताइनेछ। त्यसैले आउनुहोस्‌, यसबारे सँगै बसेर छलफल गरौँ।”

८ तर मैले तिनलाई यस्तो जवाफ पठाएँ: “तपाईँले जे-जे भन्‍नुभयो, त्यो सरासर झूट हो। यो सब तपाईँको मनगढन्ते कुरा हो।” ९ वास्तवमा उनीहरूले हामीलाई तर्साउन यी सब गरिरहेका थिए। उनीहरूले यस्तो सोचिरहेका थिए: “तिनीहरूका हात कमजोर भए भने यो काम रोकिनेछ!”+ तर मैले यसरी प्रार्थना गरेँ: “हे परमेश्‍वर, मेरो हात बलियो पार्नुहोस्‌।”+

१० त्यसपछि म मेहेताबेलको नाति, दलायाहको छोरा सेमायाहको घरमा गएँ। ऊ त्यहाँ लुकेर बसिरहेको थियो। उसले मलाई भन्यो: “हामी एउटा समय तोकौँ अनि साँचो परमेश्‍वरको भवनमा, मन्दिरभित्र भेटौँ। अनि मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरू तपाईँलाई मार्न आउँदै छन्‌। तिनीहरू तपाईँलाई मार्न आज राती नै आउँदै छन्‌।” ११ तर मैले भनेँ: “म राज्यपालजस्तो मान्छे त्यसरी लुक्न सुहाउँछ र? अनि के मजस्तो साधारण मान्छे मन्दिरभित्र छिरेँ भने जिउँदै रहन्छु होला र?+ अहँ, म त्यहाँ जाँदै जान्‍नँ!” १२ तब मैले परमेश्‍वरले उसलाई पठाउनुभएको होइन रहेछ बरु तोबिया र सन्बलतले+ उसलाई मेरो विरुद्धमा यस्तो भविष्यवाणी गर्न पैसा दिएका रहेछन्‌ भनेर बुझेँ। १३ मलाई डर देखाउन अनि मलाई पाप गर्न लगाउन उनीहरूले उसलाई घुस दिएका रहेछन्‌। मेरो प्रतिष्ठामा आँच पुऱ्‍याउन र मलाई दोषी ठहराउन उनीहरूले त्यसो गरेका थिए।

१४ अब हे परमेश्‍वर, तोबिया+ र सन्बलतलाई अनि उनीहरूले गरेका यस्ता खराब कामहरूलाई नबिर्सनुहोस्‌। अनि नोअदियाह नाम गरेकी भविष्यवक्‍ता र बाँकी भविष्यवक्‍ताहरूलाई पनि नभुल्नुहोस्‌। तिनीहरूले मलाई बारम्बार तर्साउन खोजेका थिए।

१५ एलूल* महिनाको २५ औँ दिनमा पर्खाल बनाउने काम सिद्धियो। पर्खाल बनाउन जम्मा ५२ दिन लाग्यो।

१६ जब हाम्रा सबै शत्रुले यो कुरा सुने र वरपरका सबै राष्ट्रले हामीले पर्खाल बनाएर सिद्‌ध्याएको देखे, तब तिनीहरू असाध्यै लज्जित भए।+ हाम्रा परमेश्‍वरको मदतले गर्दा नै यो काम सम्भव भएको हो भनेर तिनीहरूले थाह पाए। १७ त्यस समयमा यहुदाका गण्यमान्य मानिसहरूले+ तोबियालाई थुप्रै पत्र पठाउने गर्थे अनि तोबियाले पनि तिनीहरूलाई जवाफ दिने गर्थे। १८ यहुदाका थुप्रै मानिसले तिनलाई साथ दिने कसम खाएका थिए। किनकि तिनी अराहका+ छोरा सेकन्याहका ज्वाइँ थिए। अनि तिनका छोरा यहोहानानले बरक्याहका छोरा मेसुल्लामकी+ छोरीसित विवाह गरेका थिए। १९ ती मानिसहरू मकहाँ आएर तोबियाको विषयमा राम्रा-राम्रा कुरा गर्ने गर्थे अनि मैले तिनको विषयमा भनेका कुराहरू गएर तिनलाई सुनाउँथे। त्यसपछि तोबियाले मलाई तर्साउन पत्रहरू पठाउने गर्थे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने