प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ समुएल विषयवस्तु

      • दाउद सारा इस्राएलका राजा हुन्छन्‌ (१-५)

      • यरुसलेमलाई कब्जा गरिन्छ (६-१६)

        • सियोन, दाउदनगर (७)

      • दाउद पलिस्तियालीहरूलाई हराउँछन्‌ (१७-२५)

२ समुएल ५:१

फुटनोट

  • *

    शा., “हामी तपाईँकै हाड र मासु हौँ।”

मार्जिनल रेफरेन्स

  • +२स २:१, ११; १इ १२:२३
  • +१इ ११:१-३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१५/२००५, पृ. १७

२ समुएल ५:२

मार्जिनल रेफरेन्स

  • +१स १८:१३; २५:२८
  • +उत्प ४९:१०; १स १६:१; २५:३०; २स ६:२१; ७:८; १इ २८:४; भज ७८:७१

२ समुएल ५:३

मार्जिनल रेफरेन्स

  • +२रा ११:१७
  • +१स १६:१३; २स २:४; प्रे १३:२२

२ समुएल ५:४

मार्जिनल रेफरेन्स

  • +१इ २९:२६, २७

२ समुएल ५:५

मार्जिनल रेफरेन्स

  • +उत्प १४:१८

२ समुएल ५:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २३:२३; यहो १५:६३; न्याय १:८, २१
  • +१इ ११:४-६

२ समुएल ५:७

मार्जिनल रेफरेन्स

  • +१रा २:१०; नहे १२:३७

२ समुएल ५:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ६/१५/१९९७, पृ. ९-१०

२ समुएल ५:९

फुटनोट

  • *

    वा सम्भवतः “तिनले त्यसलाई दाउदनगर भन्‍ने नाम दिए।”

  • *

    वा “मिलोमा।” यो हिब्रू शब्दको अर्थ हो, “भर्नु।”

मार्जिनल रेफरेन्स

  • +१रा ९:१५, २४; ११:२७; २इ ३२:५
  • +१इ ११:७-९

२ समुएल ५:१०

मार्जिनल रेफरेन्स

  • +१स १६:१३; २स ३:१
  • +१स १७:४५

२ समुएल ५:११

मार्जिनल रेफरेन्स

  • +१रा ५:१, ८
  • +२इ २:३
  • +२स ७:२; १इ १४:१, २

२ समुएल ५:१२

मार्जिनल रेफरेन्स

  • +२स ७:१६; भज ४१:११; ८९:२१
  • +१रा १०:९; २इ २:११
  • +भज ८९:२७

२ समुएल ५:१३

मार्जिनल रेफरेन्स

  • +२स १५:१६
  • +१इ ३:५-९; १४:३-७

२ समुएल ५:१४

मार्जिनल रेफरेन्स

  • +लुका ३:२३, ३१
  • +२स १२:२४

२ समुएल ५:१७

मार्जिनल रेफरेन्स

  • +२स ५:३
  • +भज २:२
  • +१स २२:१, ५; २४:२२; २स २३:१४; १इ १४:८

२ समुएल ५:१८

मार्जिनल रेफरेन्स

  • +यहो १५:८, १२; १इ ११:१५; १४:९

२ समुएल ५:१९

मार्जिनल रेफरेन्स

  • +गन २७:२१
  • +१इ १४:१०-१२

२ समुएल ५:२०

फुटनोट

  • *

    यसको अर्थ हो, “तहसनहस पार्ने मालिक।”

मार्जिनल रेफरेन्स

  • +२स २२:४१
  • +यसै २८:२१

२ समुएल ५:२२

मार्जिनल रेफरेन्स

  • +यहो १५:८, १२; १इ ११:१५; १४:१३-१७

२ समुएल ५:२३

फुटनोट

  • *

    शा., “बाका झाडीको।”

२ समुएल ५:२५

मार्जिनल रेफरेन्स

  • +यहो १८:२१, २४
  • +यहो १६:१०
  • +लेवी २६:७

अरू

२ समु. ५:१२स २:१, ११; १इ १२:२३
२ समु. ५:११इ ११:१-३
२ समु. ५:२१स १८:१३; २५:२८
२ समु. ५:२उत्प ४९:१०; १स १६:१; २५:३०; २स ६:२१; ७:८; १इ २८:४; भज ७८:७१
२ समु. ५:३२रा ११:१७
२ समु. ५:३१स १६:१३; २स २:४; प्रे १३:२२
२ समु. ५:४१इ २९:२६, २७
२ समु. ५:५उत्प १४:१८
२ समु. ५:६प्रस्थ २३:२३; यहो १५:६३; न्याय १:८, २१
२ समु. ५:६१इ ११:४-६
२ समु. ५:७१रा २:१०; नहे १२:३७
२ समु. ५:९१रा ९:१५, २४; ११:२७; २इ ३२:५
२ समु. ५:९१इ ११:७-९
२ समु. ५:१०१स १६:१३; २स ३:१
२ समु. ५:१०१स १७:४५
२ समु. ५:१११रा ५:१, ८
२ समु. ५:११२इ २:३
२ समु. ५:११२स ७:२; १इ १४:१, २
२ समु. ५:१२२स ७:१६; भज ४१:११; ८९:२१
२ समु. ५:१२१रा १०:९; २इ २:११
२ समु. ५:१२भज ८९:२७
२ समु. ५:१३२स १५:१६
२ समु. ५:१३१इ ३:५-९; १४:३-७
२ समु. ५:१४लुका ३:२३, ३१
२ समु. ५:१४२स १२:२४
२ समु. ५:१७२स ५:३
२ समु. ५:१७भज २:२
२ समु. ५:१७१स २२:१, ५; २४:२२; २स २३:१४; १इ १४:८
२ समु. ५:१८यहो १५:८, १२; १इ ११:१५; १४:९
२ समु. ५:१९गन २७:२१
२ समु. ५:१९१इ १४:१०-१२
२ समु. ५:२०२स २२:४१
२ समु. ५:२०यसै २८:२१
२ समु. ५:२२यहो १५:८, १२; १इ ११:१५; १४:१३-१७
२ समु. ५:२५यहो १८:२१, २४
२ समु. ५:२५यहो १६:१०
२ समु. ५:२५लेवी २६:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ समुएल ५:१-२५

दोस्रो समुएल

५ केही समयपछि इस्राएलका सबै कुल हेब्रोनमा दाउदकहाँ आए+ र भने: “हेर्नुहोस्‌! तपाईँ र हामीबीच रगतको नाता छ।*+ २ पहिला साउल हाम्रा राजा हुँदा तपाईँले नै लडाइँमा इस्राएलीहरूको नेतृत्व लिनुहुन्थ्यो।+ अनि यहोवा परमेश्‍वरले तपाईँलाई भन्‍नुभएको थियो: ‘तिमी मेरा प्रजा इस्राएलीहरूको गोठालो हुनेछौ, तिमी तिनीहरूको अगुवा हुनेछौ।’”+ ३ त्यसैले इस्राएलका सबै नाइके हेब्रोनमा राजा दाउदकहाँ आए र त्यहाँ राजाले तिनीहरूसित यहोवा परमेश्‍वरसामु करार गरे।+ त्यसपछि तिनीहरूले दाउदलाई इस्राएलको राजा अभिषेक गरे।+

४ दाउद ३० वर्षको उमेरमा राजा भए र तिनले ४० वर्ष शासन गरे।+ ५ तिनले हेब्रोनबाट यहुदामाथि साढे सात वर्ष शासन गरे अनि यरुसलेमबाट+ सारा इस्राएल र यहुदामाथि ३३ वर्ष शासन गरे। ६ एकचोटि राजा दाउद र तिनका मानिसहरू यरुसलेममा बसोबास गरिरहेका यबुसीहरूलाई आक्रमण गर्न निस्के।+ ती यबुसीहरूले दाउदको खिल्ली उडाउँदै यसो भने: “तिमी यहाँ कहिल्यै छिर्न सक्नेछैनौ! यहाँका अन्धा र लङ्‌गडाहरूले नै तिमीलाई यहाँबाट लखेट्‌नेछन्‌।” तिनीहरूले दाउद तिनीहरूको इलाकामा कहिल्यै छिर्न सक्नेछैनन्‌ भन्ठानेका थिए।+ ७ तर दाउदले सियोनको गढी कब्जा गरे, जुन अहिले दाउदनगर भनेर चिनिन्छ।+ ८ त्यो दिन दाउदले भने: “यबुसीहरूलाई आक्रमण गर्नेहरू पानीको सुरुङ भएर जानुपर्नेछ अनि तिनीहरूले ‘अन्धा र लङ्‌गडाहरू’-लाई मार्नुपर्नेछ, जसलाई दाउद घृणा गर्छन्‌।” त्यसैले यस्तो भनाइ चल्न थाल्यो: “अन्धा र लङ्‌गडाहरू यस ठाउँमा कहिल्यै छिर्नेछैनन्‌।” ९ त्यसपछि दाउद त्यस गढीमा बस्न थाले र त्यसलाई दाउदनगर भनियो।* अनि दाउदले ‘ढिस्को’-मा*+ र सहरका अरू ठाउँहरूमा पर्खालहरू र घरहरू बनाउन थाले।+ १० यसरी दाउद झन्‌झन्‌ शक्‍तिशाली हुँदै गए।+ सेनाहरूका परमेश्‍वर यहोवाले तिनलाई साथ दिइरहनुभयो।+

११ टायरका राजा हिरामले+ दाउदकहाँ सन्देशवाहकहरू पठाए। तिनले उनीहरूको साथमा देवदारका काठहरू, सिकर्मीहरू अनि पर्खाल बनाउन डकर्मीहरू पनि पठाए।+ अनि ती कामदारहरूले दाउदको लागि महल बनाउन थाले।+ १२ यहोवा परमेश्‍वरले इस्राएलमाथि तिनको शासन स्थिर गराउनुभएको छ+ र आफ्ना प्रजा इस्राएलीहरूको खातिर+ तिनको राज्यलाई उच्च पार्नुभएको छ+ भनेर दाउदलाई थाह भयो।

१३ दाउद हेब्रोनबाट यरुसलेम सरेपछि तिनले अझ धेरै पत्नी र उपपत्नीहरू ल्याए।+ अनि तिनका अरू छोराछोरी पनि जन्मिए।+ १४ यरुसलेममा जन्मिएका तिनका छोराहरू यी नै हुन्‌: साम्मुअ, सोबाब, नातान,+ सुलेमान,+ १५ इभार, एलिसु, नेपेग, यापि, १६ एलिसामा, एलियादा र एलिपेलेत।

१७ दाउद इस्राएलका राजा अभिषेक भएका छन्‌+ भनेर सुनेपछि सबै पलिस्तियाली तिनलाई खोज्न निस्के।+ यो कुरा थाह पाएपछि दाउद सुरक्षित ठाउँमा गए।+ १८ तब पलिस्तियालीहरू रेफाई बेँसीमा आए र चारैतिर फैलिएर बसे।+ १९ दाउदले यहोवा परमेश्‍वरलाई सोधे:+ “के म पलिस्तियालीहरूसित लड्‌न जाऊँ? के तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” तब यहोवा परमेश्‍वरले दाउदलाई जवाफ दिनुभयो: “जाऊ, म पलिस्तियालीहरूलाई तिम्रो हातमा पक्कै सुम्पिनेछु।”+ २० अनि दाउद बाआल-पेराजिम गए र त्यहाँ तिनले पलिस्तियालीहरूलाई मारे। तब तिनले भने: “पानीको भलले पर्खाल भत्काएझैँ यहोवा परमेश्‍वरले मेरै सामने मेरा शत्रुहरूलाई परास्त गर्नुभएको छ।”+ त्यसकारण तिनले त्यस ठाउँको नाम बाआल-पेराजिम* राखे।+ २१ पलिस्तियालीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोडेर गए अनि दाउद र तिनका मानिसहरूले ती लगेर नाश गरे।

२२ पछि पलिस्तियालीहरू रेफाई बेँसीमा फेरि आए र चारैतिर फैलिएर बसे।+ २३ तब दाउदले यहोवा परमेश्‍वरसित सल्लाह मागे अनि उहाँले भन्‍नुभयो: “उनीहरूलाई सीधै आक्रमण नगर्नू। बरु उनीहरूको पछिल्तिर जानू अनि झाडीको* अगाडिबाट उनीहरूलाई आक्रमण गर्नू। २४ झाडीको मास्तिर सिपाहीहरू हिँडिरहेको जस्तो आवाज सुन्‍नेबित्तिकै तिमीहरूले कदम चाल्नू किनकि ती पलिस्तियाली सेनालाई नाश गर्न यहोवा परमेश्‍वर तिमीहरूको अघिअघि गइसक्नुभएको हुनेछ।” २५ दाउदले यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ गरे। पलिस्तियालीहरूलाई मार्दै तिनी गेबादेखि+ गेजेरसम्मै+ पुगे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने