प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • सेबाकी महारानी सुलेमानलाई भेट्‌न आउँछिन्‌ (१-१२)

      • सुलेमानको धनसम्पत्ति (१३-२८)

      • सुलेमानको मृत्यु (२९-३१)

२ इतिहास ९:१

फुटनोट

  • *

    वा “गाउँखाने कथा।”

  • *

    कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

मार्जिनल रेफरेन्स

  • +मत्ति १२:४२; लुका ११:३१
  • +भज ७२:१५
  • +१रा १०:१-३

२ इतिहास ९:३

मार्जिनल रेफरेन्स

  • +१रा ३:२८; उप १२:९
  • +१रा १०:४-९

२ इतिहास ९:४

मार्जिनल रेफरेन्स

  • +१रा ४:२२, २३
  • +२इ ८:१२, १३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९९, पृ. २३

२ इतिहास ९:६

मार्जिनल रेफरेन्स

  • +लुका ११:३१
  • +उप १:१६
  • +१रा ४:३१, ३४; २इ १:११, १२

२ इतिहास ९:८

मार्जिनल रेफरेन्स

  • +२इ २:११

२ इतिहास ९:९

फुटनोट

  • *

    एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज ७२:१०
  • +१रा १०:१०

२ इतिहास ९:१०

मार्जिनल रेफरेन्स

  • +१रा ९:२७, २८; १०:२२; २इ ८:१८
  • +१रा १०:११, १२

२ इतिहास ९:११

मार्जिनल रेफरेन्स

  • +१रा ६:८
  • +१रा ७:१
  • +१इ २५:१; भज ९२:३

२ इतिहास ९:१२

फुटनोट

  • *

    वा सम्भवतः “त्यति नै उपहार राजाले उनलाई पनि दिए।”

मार्जिनल रेफरेन्स

  • +१रा १०:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९९, पृ. २०

२ इतिहास ९:१३

मार्जिनल रेफरेन्स

  • +१रा १०:१४, १५; २इ १:१५; भज ६८:२९; ७२:१५

२ इतिहास ९:१४

मार्जिनल रेफरेन्स

  • +भज ७२:१०

२ इतिहास ९:१५

फुटनोट

  • *

    एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ १२:९
  • +१रा १०:१६, १७

२ इतिहास ९:१६

फुटनोट

  • *

    प्रायजसो धनुर्धारीले बोक्ने ढाल।

  • *

    हिब्रू धर्मशास्त्रमा एक मीना भनेको ५७० ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा ७:२

२ इतिहास ९:१७

मार्जिनल रेफरेन्स

  • +१रा १०:१८-२०

२ इतिहास ९:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:९

२ इतिहास ९:१९

मार्जिनल रेफरेन्स

  • +गन २३:२४

२ इतिहास ९:२०

मार्जिनल रेफरेन्स

  • +१रा १०:२१, २२, २७

२ इतिहास ९:२१

मार्जिनल रेफरेन्स

  • +भज ७२:१०; योना १:३
  • +१रा ९:२७
  • +१रा १०:१८

२ इतिहास ९:२२

मार्जिनल रेफरेन्स

  • +१रा ३:१२, १३; ४:२९; १०:२३-२५

२ इतिहास ९:२३

मार्जिनल रेफरेन्स

  • +१रा ३:२८; ४:३४; २इ १:१२; हित २:६

२ इतिहास ९:२४

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:२९

२ इतिहास ९:२५

फुटनोट

  • *

    वा “घोडचढी।”

मार्जिनल रेफरेन्स

  • +व्य १७:१६; १रा ४:२६
  • +१रा १०:२६

२ इतिहास ९:२६

मार्जिनल रेफरेन्स

  • +१रा ४:२१

२ इतिहास ९:२७

मार्जिनल रेफरेन्स

  • +१रा १०:२७; १इ २७:२८

२ इतिहास ९:२८

मार्जिनल रेफरेन्स

  • +१रा १०:२८; २इ १:१६

२ इतिहास ९:२९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा ११:४१-४३
  • +२स ७:२; १२:१; १रा १:८; १इ २९:२९
  • +१रा ११:३०, ३१; १४:२, ६, १०
  • +२इ १२:१५; १३:२२
  • +१रा ११:२६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०१२, पृ. २५

२ इतिहास ९:३१

मार्जिनल रेफरेन्स

  • +२स ५:९; १रा २:१०
  • +१रा १४:२१

अरू

२ इति. ९:१मत्ति १२:४२; लुका ११:३१
२ इति. ९:१भज ७२:१५
२ इति. ९:११रा १०:१-३
२ इति. ९:३१रा ३:२८; उप १२:९
२ इति. ९:३१रा १०:४-९
२ इति. ९:४१रा ४:२२, २३
२ इति. ९:४२इ ८:१२, १३
२ इति. ९:६लुका ११:३१
२ इति. ९:६उप १:१६
२ इति. ९:६१रा ४:३१, ३४; २इ १:११, १२
२ इति. ९:८२इ २:११
२ इति. ९:९भज ७२:१०
२ इति. ९:९१रा १०:१०
२ इति. ९:१०१रा ९:२७, २८; १०:२२; २इ ८:१८
२ इति. ९:१०१रा १०:११, १२
२ इति. ९:१११रा ६:८
२ इति. ९:१११रा ७:१
२ इति. ९:१११इ २५:१; भज ९२:३
२ इति. ९:१२१रा १०:१३
२ इति. ९:१३१रा १०:१४, १५; २इ १:१५; भज ६८:२९; ७२:१५
२ इति. ९:१४भज ७२:१०
२ इति. ९:१५२इ १२:९
२ इति. ९:१५१रा १०:१६, १७
२ इति. ९:१६१रा ७:२
२ इति. ९:१७१रा १०:१८-२०
२ इति. ९:१८उत्प ४९:९
२ इति. ९:१९गन २३:२४
२ इति. ९:२०१रा १०:२१, २२, २७
२ इति. ९:२१भज ७२:१०; योना १:३
२ इति. ९:२११रा ९:२७
२ इति. ९:२११रा १०:१८
२ इति. ९:२२१रा ३:१२, १३; ४:२९; १०:२३-२५
२ इति. ९:२३१रा ३:२८; ४:३४; २इ १:१२; हित २:६
२ इति. ९:२४मत्ति ६:२९
२ इति. ९:२५व्य १७:१६; १रा ४:२६
२ इति. ९:२५१रा १०:२६
२ इति. ९:२६१रा ४:२१
२ इति. ९:२७१रा १०:२७; १इ २७:२८
२ इति. ९:२८१रा १०:२८; २इ १:१६
२ इति. ९:२९१रा ११:४१-४३
२ इति. ९:२९२स ७:२; १२:१; १रा १:८; १इ २९:२९
२ इति. ९:२९१रा ११:३०, ३१; १४:२, ६, १०
२ इति. ९:२९२इ १२:१५; १३:२२
२ इति. ९:२९१रा ११:२६
२ इति. ९:३१२स ५:९; १रा २:१०
२ इति. ९:३११रा १४:२१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ९:१-३१

दोस्रो इतिहास

९ सेबाकी महारानीले+ सुलेमानको ख्यातिबारे सुनिन्‌। त्यसैले उनी सुलेमानको परीक्षा लिन गाह्रा-गाह्रा प्रश्‍नहरू* लिएर यरुसलेम आइन्‌। उनी ठूलो लावालस्करसहित त्यहाँ आइपुगिन्‌। उनले उँटमा बाल्सम तेल* अनि प्रशस्त मात्रामा सुन+ र बहुमूल्य रत्न ल्याएकी थिइन्‌। उनी सुलेमानकहाँ हाजिर भइन्‌ र आफ्नो मनमा भएका सबै कुरा सुलेमानलाई सोधिन्‌।+ २ सुलेमानले उनका सबै प्रश्‍नको जवाफ दिए। उनले सोधेको कुनै पनि प्रश्‍नको जवाफ दिन सुलेमानलाई गाह्रो भएन।

३ सेबाकी महारानीले सुलेमानको बुद्धि,+ तिनले बनाएको राजमहल,+ ४ तिनको टेबुलको भोजन,+ तिनका सेवकहरूको आसन, खाना पस्कनेहरूले गरेको सेवासुसार र उनीहरूको विशेष पहिरन, तिनका मद्य टक्य्राउनेहरू र तिनीहरूको विशेष पहिरन अनि तिनले यहोवा परमेश्‍वरको भवनमा नियमित रूपमा चढाउने+ गरेको अग्निभेटी देखेपछि उनी चकित भइन्‌, केही बोल्नै सकिनन्‌। ५ त्यसैले उनले राजालाई भनिन्‌: “मैले आफ्नो देशमा तपाईँको सफलता र तपाईँको बुद्धिबारे सुनेको कुरा सत्य रहेछ। ६ यहीँ आएर आफ्नै आँखाले नदेखेसम्म मलाई पत्यारै लागेको थिएन।+ साँच्चै! मलाई त तपाईँको बुद्धिको महानताबारे+ आधा पनि बताइएको रहेनछ। मैले तपाईँबारे जे सुनेकी थिएँ, त्यो त केही पनि होइन रहेछ।+ ७ तपाईँसँगै रहेर सधैँ तपाईँको बुद्धिका कुरा सुन्‍न पाउने तपाईँका मानिसहरू र तपाईँका सेवकहरू धन्यका हुन्‌! ८ तपाईँसित प्रसन्‍न भएर तपाईँलाई आफ्नो सिंहासनमा बसाल्नुहुने र आफ्नो तर्फबाट शासन गर्न तपाईँलाई नियुक्‍त गर्नुहुने तपाईँका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌! यहोवा इस्राएललाई प्रेम गर्नुहुन्छ+ र यसलाई सधैँभरिको लागि स्थिर गर्न चाहनुहुन्छ। त्यसैले उहाँले तपाईँलाई इस्राएलमा न्याय र धार्मिकता कायम राख्न राजा नियुक्‍त गर्नुभएको छ।”

९ त्यसपछि उनले राजालाई १२० टालेन्ट* सुन+ अनि प्रशस्त बाल्सम तेल र बहुमूल्य रत्न दिइन्‌। सेबाकी महारानीले राजा सुलेमानको लागि जति बाल्सम तेल ल्याएकी थिइन्‌, त्यति धेरै त पछि कसैले पनि कहिल्यै ल्याएन।+

१० हिरामका सेवकहरू र सुलेमानका सेवकहरूले ओपिरबाट+ सुन ल्याउँथे। तिनीहरूले सुनका साथै बहुमूल्य रत्नहरू र चन्दनका काठहरू पनि ल्याउँथे।+ ११ राजा सुलेमानले ती चन्दनका काठहरूबाट यहोवा परमेश्‍वरको भवन+ र आफ्नो महलका+ लागि भऱ्‍याङहरू बनाए। तिनले त्यसबाट गायकहरूको लागि वीणा र तारे बाजा पनि बनाए।+ त्यस्ता काठहरू यहुदामा पहिला कहिल्यै देखिएको थिएन।

१२ राजा सुलेमानले सेबाकी महारानीलाई उनले चाहेको र मागेको सबै कुरा दिए। उनले राजाको लागि जति उपहार ल्याएकी थिइन्‌, त्योभन्दा धेरै उपहार राजाले उनलाई दिए।* त्यसपछि सेबाकी महारानी आफ्ना सेवकहरूलाई लिएर आफ्नो देश फर्किन्‌।+

१३ राजा सुलेमानकहाँ हरेक वर्ष ६६६ टालेन्ट सुन आउँथ्यो।+ १४ यसबाहेक व्यापारीहरू, व्यवसायीहरू, अरबका सबै राजा र देशका राज्यपालहरूले पनि सुलेमानकहाँ सुन र चाँदी ल्याउँथे।+

१५ राजा सुलेमानले सुनलाई अरू धातुसित मिसाएर २०० वटा ठूलठूला ढाल बनाए।+ (प्रत्येक ढाल बनाउन ६०० शेकेल* सुन लागेको थियो।)+ १६ तिनले त्यसरी नै ३०० वटा साना ढाल* पनि बनाए। (प्रत्येक सानो ढाल बनाउन तीन मीना* सुन लागेको थियो।) त्यसपछि तिनले ती हतियारहरू ‘लेबनानको वन-भवन’-मा राखे।+

१७ राजाले हस्तिदन्तको एउटा भव्य सिंहासन पनि बनाए र त्यसलाई निखुर सुनले मोहोरे।+ १८ सिंहासनमा जान छ वटा खुट्‌किला बनाइएको थियो। अनि सिंहासनसितै जोडेर एउटा पाउदान पनि बनाइएको थियो। सिंहासनको दुवैपट्टि हात बिसाउने बाहु थिए। अनि दुवै बाहुको छेउमा सिंहको एउटा-एउटा मूर्ति थियो।+ १९ ती छ वटा खुट्‌किलामा सिंहका १२ वटा मूर्ति थिए;+ प्रत्येक खुट्‌किलाको दुवै छेउमा सिंहको एउटा-एउटा मूर्ति थियो। अरू कुनै पनि देशमा यस्तो सिंहासन थिएन। २० राजा सुलेमानका सबै प्याला सुनका थिए अनि ‘लेबनानको वन-भवन’-का सबै भाँडाकुँडा पनि निखुर सुनकै थिए। कुनै पनि सामान चाँदीको थिएन किनकि राजा सुलेमानको पालामा चाँदीको केही मोल नै थिएन।+ २१ राजा सुलेमानसित तर्सिस+ जाने जहाजहरू पनि थिए र ती जहाजहरू हिरामका+ सेवकहरूले चलाउँथे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे।

२२ त्यतिबेलाका अरू सबै राजाभन्दा राजा सुलेमान महान्‌ थिए। तिनीजस्तो बुद्धिमान्‌+ र सम्पन्‍न राजा अरू कोही थिएन। २३ पृथ्वीका कुनाकुनाबाट राजाहरू सुलेमानको बुद्धिका कुराहरू सुन्‍न आउँथे, जुन बुद्धि तिनलाई साँचो परमेश्‍वरले दिनुभएको थियो।+ २४ सुलेमानकहाँ आउने सबैले उपहार ल्याउँथे। तिनीहरूले सुलेमानको लागि सुन र चाँदीका सरसामान अनि लुगाफाटा,+ हातहतियार, बाल्सम तेल, घोडा र खच्चरहरू लिएर आउँथे। हरेक वर्ष यस्तै हुन्थ्यो। २५ सुलेमानका रथहरू र घोडाहरू राख्न ४ हजार तबेला थिए र तिनका १२ हजार घोडा* थिए।+ अनि ती सबैलाई तिनले रथ राख्ने सहरहरूमा अनि आफूसितै यरुसलेममा राखे।+ २६ सुलेमानले युफ्रेटिस नदीदेखि पलिस्तियालीहरूको देश र मिश्रको सिमानासम्म भएका सबै राजामाथि शासन गरे।+ २७ राजा सुलेमानले यरुसलेममा यत्ति धेरै चाँदी जम्मा गरे कि ती ढुङ्‌गासरह प्रशस्त भए। अनि देवदारको काठचाहिँ सेफेलाहका+ खनिउँका रूखहरूसरह प्रशस्त भयो। २८ सुलेमानको लागि मिश्र र अरू देशहरूबाट घोडाहरू ल्याइन्थ्यो।+

२९ सुलेमानको जीवनकालका बाँकी घटनाहरू+ अर्थात्‌ सुरुदेखि अन्तसम्मको तिनको इतिहास भविष्यवक्‍ता नातानको+ लेखोटमा, सिलोमा बस्ने अहियाहको+ भविष्यवाणीको पुस्तकमा अनि दर्शी इद्दोको+ लेखोटमा पाइन्छ, जसमा नबातका छोरा यरोबामबारे+ इद्दोले देखेको दर्शन* लेखिएको छ। ३० सुलेमानले यरुसलेमबाट पूरै इस्राएलमाथि ४० वर्ष शासन गरे। ३१ त्यसपछि सुलेमान आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनका बुबाको सहर दाउदनगरमा गाडियो।+ तिनीपछि तिनका छोरा रहबाम राजा भए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने