प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • मानिसहरू आफ्नो पाप स्वीकार गर्छन्‌ (१-३८)

        • यहोवा, क्षमाशील परमेश्‍वर (१७)

नहेम्याह ९:१

मार्जिनल रेफरेन्स

  • +यहो ७:६; योना ३:५, ६

नहेम्याह ९:२

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:१, २; नहे १३:३
  • +लेवी २६:४०; एज्रा ९:६; भज १०६:६; दा ९:८

नहेम्याह ९:३

मार्जिनल रेफरेन्स

  • +नहे ८:३, ८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१३, पृ. २२

नहेम्याह ९:४

मार्जिनल रेफरेन्स

  • +नहे ८:७
  • +नहे ८:४

नहेम्याह ९:५

फुटनोट

  • *

    वा “युगौँयुगसम्म।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ३३:१०, ११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२४, पृ. ९-१०

    प्रहरीधरहरा,

    १०/१५/२०१३, पृ. २१, २३

नहेम्याह ९:६

फुटनोट

  • *

    यसले आकाशका ग्रह-नक्षत्रलाई पनि जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +व्य ६:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१३, पृ. २३

नहेम्याह ९:७

मार्जिनल रेफरेन्स

  • +उत्प १२:१, २
  • +उत्प ११:३१
  • +उत्प १७:५

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१३, पृ. २३-२४

नहेम्याह ९:८

मार्जिनल रेफरेन्स

  • +उत्प २२:१०-१२
  • +उत्प १५:१८

नहेम्याह ९:९

फुटनोट

  • *

    वा “इजिप्टमा।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २:२३-२५; ३:७

नहेम्याह ९:१०

फुटनोट

  • *

    मिश्रका राजाहरूको एउटा उपाधि।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:३; व्य ६:२२
  • +प्रस्थ ५:२
  • +प्रस्थ ९:१६

नहेम्याह ९:११

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १४:२१, २२
  • +प्रस्थ १५:१, ५, १०

नहेम्याह ९:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१; १४:१९, २०

नहेम्याह ९:१३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:११
  • +व्य ४:१०, ३६
  • +व्य ४:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१३, पृ. २४

नहेम्याह ९:१४

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२९; २०:८-११; व्य ५:१२-१४

नहेम्याह ९:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:४
  • +प्रस्थ १७:६

नहेम्याह ९:१६

मार्जिनल रेफरेन्स

  • +गन १४:४४
  • +व्य ९:६

नहेम्याह ९:१७

मार्जिनल रेफरेन्स

  • +गन १४:११, ४१
  • +गन १४:१, ४
  • +प्रस्थ ३४:६; गन १४:१८
  • +व्य ४:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    ब्यूँझनुहोस्‌!,

    सङ्‌ख्या १ २०२१ पृ. १४

नहेम्याह ९:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१, ४

नहेम्याह ९:१९

मार्जिनल रेफरेन्स

  • +गन १४:१९, २०
  • +प्रस्थ ४०:३८; गन ९:१५

नहेम्याह ९:२०

मार्जिनल रेफरेन्स

  • +गन ११:१७, २५
  • +प्रस्थ १६:१४, १५
  • +गन २०:८

नहेम्याह ९:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:३५; गन १४:३३; व्य २:७
  • +व्य २९:५

नहेम्याह ९:२२

मार्जिनल रेफरेन्स

  • +यहो ११:२३
  • +गन २१:२६
  • +गन २१:२३, २४; व्य २:३१
  • +गन २१:३३, ३५

नहेम्याह ९:२३

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१, ५
  • +उत्प १२:७; २६:३

नहेम्याह ९:२४

मार्जिनल रेफरेन्स

  • +गन १४:२९-३१; यहो २१:४३
  • +यहो १८:१

नहेम्याह ९:२५

मार्जिनल रेफरेन्स

  • +व्य ३:४, ५
  • +व्य ८:७-९
  • +यहो २४:१३

नहेम्याह ९:२६

मार्जिनल रेफरेन्स

  • +व्य ३१:२०; ३२:१५; न्याय २:१२
  • +२रा २१:११; भज १०६:३८

नहेम्याह ९:२७

मार्जिनल रेफरेन्स

  • +न्याय २:१४
  • +व्य ३१:१७
  • +न्याय २:१८; ३:९, १५; १स १२:११; २रा १३:४, ५

नहेम्याह ९:२८

फुटनोट

  • *

    वा “तिनीहरूलाई कुल्चीमिल्ची गर्थे।”

मार्जिनल रेफरेन्स

  • +न्याय २:१९
  • +न्याय ४:१, २; ६:१
  • +न्याय ६:६
  • +भज १०६:४३-४५

नहेम्याह ९:२९

मार्जिनल रेफरेन्स

  • +२रा १७:१३, १४; २इ २४:१९
  • +लेवी १८:५

नहेम्याह ९:३०

मार्जिनल रेफरेन्स

  • +रोमी १०:२१
  • +२इ ३६:१५, १६; यसै ४२:२४; यर्मि ४०:२, ३

नहेम्याह ९:३१

मार्जिनल रेफरेन्स

  • +इज १४:२२
  • +प्रस्थ ३४:६; व्य ४:३१

नहेम्याह ९:३२

मार्जिनल रेफरेन्स

  • +व्य ७:९; दा ९:४
  • +२रा १७:६
  • +२रा २४:१२, १४
  • +यर्मि ३४:१८-२०
  • +वि ४:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/२०१३, पृ. २२-२३

नहेम्याह ९:३३

मार्जिनल रेफरेन्स

  • +दा ९:५

नहेम्याह ९:३४

फुटनोट

  • *

    वा “चेतावनीहरू।”

नहेम्याह ९:३५

मार्जिनल रेफरेन्स

  • +व्य २८:४७; ३२:१५

नहेम्याह ९:३६

मार्जिनल रेफरेन्स

  • +व्य २८:४८; एज्रा ९:९

नहेम्याह ९:३७

मार्जिनल रेफरेन्स

  • +व्य २८:१५, ३३; नहे ५:४

नहेम्याह ९:३८

मार्जिनल रेफरेन्स

  • +२रा २३:३; २इ १५:१२; एज्रा १०:३
  • +नहे १०:२८, २९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१५/१९९८, पृ. २१

अरू

नहे. ९:१यहो ७:६; योना ३:५, ६
नहे. ९:२एज्रा ९:१, २; नहे १३:३
नहे. ९:२लेवी २६:४०; एज्रा ९:६; भज १०६:६; दा ९:८
नहे. ९:३नहे ८:३, ८
नहे. ९:४नहे ८:७
नहे. ९:४नहे ८:४
नहे. ९:५यर्मि ३३:१०, ११
नहे. ९:६व्य ६:४
नहे. ९:७उत्प १२:१, २
नहे. ९:७उत्प ११:३१
नहे. ९:७उत्प १७:५
नहे. ९:८उत्प २२:१०-१२
नहे. ९:८उत्प १५:१८
नहे. ९:९प्रस्थ २:२३-२५; ३:७
नहे. ९:१०प्रस्थ ७:३; व्य ६:२२
नहे. ९:१०प्रस्थ ५:२
नहे. ९:१०प्रस्थ ९:१६
नहे. ९:११प्रस्थ १४:२१, २२
नहे. ९:११प्रस्थ १५:१, ५, १०
नहे. ९:१२प्रस्थ १३:२१; १४:१९, २०
नहे. ९:१३प्रस्थ १९:११
नहे. ९:१३व्य ४:१०, ३६
नहे. ९:१३व्य ४:८
नहे. ९:१४प्रस्थ १६:२९; २०:८-११; व्य ५:१२-१४
नहे. ९:१५प्रस्थ १६:४
नहे. ९:१५प्रस्थ १७:६
नहे. ९:१६गन १४:४४
नहे. ९:१६व्य ९:६
नहे. ९:१७गन १४:११, ४१
नहे. ९:१७गन १४:१, ४
नहे. ९:१७प्रस्थ ३४:६; गन १४:१८
नहे. ९:१७व्य ४:३१
नहे. ९:१८प्रस्थ ३२:१, ४
नहे. ९:१९गन १४:१९, २०
नहे. ९:१९प्रस्थ ४०:३८; गन ९:१५
नहे. ९:२०गन ११:१७, २५
नहे. ९:२०प्रस्थ १६:१४, १५
नहे. ९:२०गन २०:८
नहे. ९:२१प्रस्थ १६:३५; गन १४:३३; व्य २:७
नहे. ९:२१व्य २९:५
नहे. ९:२२यहो ११:२३
नहे. ९:२२गन २१:२६
नहे. ९:२२गन २१:२३, २४; व्य २:३१
नहे. ९:२२गन २१:३३, ३५
नहे. ९:२३उत्प १५:१, ५
नहे. ९:२३उत्प १२:७; २६:३
नहे. ९:२४गन १४:२९-३१; यहो २१:४३
नहे. ९:२४यहो १८:१
नहे. ९:२५व्य ३:४, ५
नहे. ९:२५व्य ८:७-९
नहे. ९:२५यहो २४:१३
नहे. ९:२६व्य ३१:२०; ३२:१५; न्याय २:१२
नहे. ९:२६२रा २१:११; भज १०६:३८
नहे. ९:२७न्याय २:१४
नहे. ९:२७व्य ३१:१७
नहे. ९:२७न्याय २:१८; ३:९, १५; १स १२:११; २रा १३:४, ५
नहे. ९:२८न्याय २:१९
नहे. ९:२८न्याय ४:१, २; ६:१
नहे. ९:२८न्याय ६:६
नहे. ९:२८भज १०६:४३-४५
नहे. ९:२९२रा १७:१३, १४; २इ २४:१९
नहे. ९:२९लेवी १८:५
नहे. ९:३०रोमी १०:२१
नहे. ९:३०२इ ३६:१५, १६; यसै ४२:२४; यर्मि ४०:२, ३
नहे. ९:३१इज १४:२२
नहे. ९:३१प्रस्थ ३४:६; व्य ४:३१
नहे. ९:३२व्य ७:९; दा ९:४
नहे. ९:३२२रा १७:६
नहे. ९:३२२रा २४:१२, १४
नहे. ९:३२यर्मि ३४:१८-२०
नहे. ९:३२वि ४:१३, १४
नहे. ९:३३दा ९:५
नहे. ९:३५व्य २८:४७; ३२:१५
नहे. ९:३६व्य २८:४८; एज्रा ९:९
नहे. ९:३७व्य २८:१५, ३३; नहे ५:४
नहे. ९:३८२रा २३:३; २इ १५:१२; एज्रा १०:३
नहे. ९:३८नहे १०:२८, २९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह ९:१-३८

नहेम्याह

९ सातौँ महिनाको २४ औँ दिनमा इस्राएलीहरू एक ठाउँमा भेला भए। तिनीहरूले भाङ्‌ग्रा ओढे, शिरमा धुलो छरे र उपवास बसे।+ २ अनि इस्राएलको वंशका मानिसहरूले आफैलाई विदेशीहरूबाट अलग गरे।+ त्यसपछि तिनीहरू उठे अनि आफ्नो पाप र आफ्ना पुर्खाहरूको गल्ती स्विकारे।+ ३ तिनीहरू आ-आफ्नो ठाउँमा उभिरहे अनि तिनीहरूलाई बिहान तीन घण्टासम्म तिनीहरूका परमेश्‍वर यहोवाको व्यवस्थाको पुस्तक पढेर सुनाइयो।+ अनि अर्को तीन घण्टासम्म तिनीहरूले आफ्ना परमेश्‍वर यहोवासामु घोप्टो परेर आफ्नो पाप स्वीकार गरिरहे।

४ यसुआ, बानि, कादमिएल, सेबन्याह, बुन्‍नि, सेरेब्याह,+ बानि र केनन्या त्यो अग्लो मञ्चमा खडा भए, जुन लेवीहरूको लागि बनाइएको थियो+ अनि उनीहरूले यहोवा आफ्ना परमेश्‍वरलाई ठूलो स्वरमा पुकार्न थाले। ५ त्यसपछि लेवीहरू यसुआ, कादमिएल, बानि, हासबन्याह, सेरेब्याह, होदियाह, सेबन्याह र पथहियाहले यसो भने: “तिमीहरू सबै खडा होओ अनि आफ्ना परमेश्‍वर यहोवाको सदासर्वदा* प्रशंसा गर।+ हे परमेश्‍वर, तपाईँको नामको जति नै प्रशंसा गरिए पनि अनि जति नै जयजयकार गरिए पनि त्यो कमै हुनेछ। तैपनि यी मानिसहरूलाई तपाईँको महिमित नामको प्रशंसा गर्न दिनुहोस्‌।

६ “हे यहोवा! तपाईँजस्तो अरू को छ र?+ तपाईँले स्वर्ग र त्यहाँ भएका सबै स्वर्गदूत* बनाउनुभयो। पृथ्वी र त्यहाँ भएका सबै थोक अनि समुद्र र त्यसमा भएका सबै चिजबिज पनि तपाईँले नै बनाउनुभयो। तपाईँले नै उनीहरू सबैको रक्षा गर्नुहुन्छ। स्वर्गका सबै दूत तपाईँसामु झुक्छन्‌। ७ तपाईँ नै साँचो परमेश्‍वर यहोवा हुनुहुन्छ। तपाईँले अब्रामलाई रोज्नुभयो+ र तिनलाई कल्दियालीहरूको सहर उरबाट बाहिर ल्याउनुभयो।+ अनि तिनलाई अब्राहाम भन्‍ने नाम दिनुभयो।+ ८ तपाईँले तिनी हृदयदेखि नै विश्‍वासयोग्य भएको देख्नुभयो।+ त्यसैले तपाईँले तिनी र तिनको सन्तानलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबुसी र गिर्गासीहरूको देश दिने करार गर्नुभयो।+ अनि तपाईँले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो किनकि तपाईँ न्यायी हुनुहुन्छ।

९ “तपाईँले मिश्रमा* हाम्रा पितापुर्खाको दुःख देख्नुभयो+ अनि लाल समुद्रमा तिनीहरूको चीत्कार सुन्‍नुभयो। १० त्यसपछि तपाईँले फारो,* उनका सबै सेवक र उनको देशका सबै बासिन्दाको विरुद्धमा चिन्हहरू देखाउनुभयो र चमत्कारहरू गर्नुभयो।+ किनकि उनीहरूले हाम्रा पितापुर्खामाथि अत्याचार गरेको तपाईँले देख्नुभएको थियो।+ यसरी तपाईँले ठूलो नाम कमाउनुभयो, जुन आजसम्म पनि कायमै छ।+ ११ तपाईँले समुद्रलाई दुई फ्याक पारिदिनुभयो र तिनीहरूले सुक्खा जमिनमा हिँडेर समुद्र पार गरे।+ अनि छाल उर्लिरहेको समुद्रमा ढुङ्‌गा फ्याँकेझैँ तपाईँले तिनीहरूको पछिपछि आइरहेका शत्रुहरूलाई समुद्रको गहिराइमा हुर्ऱ्याइदिनुभयो।+ १२ तपाईँले हाम्रा पितापुर्खालाई दिनमा बादलको खामोले डोऱ्‍याउनुभयो अनि रातमा आगोको खामोले बाटो देखाउनुभयो।+ १३ तपाईँ तल सिनै डाँडामा ओर्लनुभयो+ र स्वर्गबाट तिनीहरूसित बोल्नुभयो।+ तपाईँले तिनीहरूलाई आफ्नो न्यायोचित स्तर, भरपर्दो ऐनकानुन, असल नीतिनियम र आज्ञाहरू दिनुभयो।+ १४ तपाईँले तिनीहरूलाई तपाईँको निम्ति पवित्र विश्रामदिन* मनाउन सिकाउनुभयो।+ तपाईँले आफ्ना सेवक मोसामार्फत तिनीहरूलाई आफ्ना आज्ञाहरू, नीतिनियम र ऐनकानुन दिनुभयो। १५ तपाईँले तिनीहरू भोकाएको बेला तिनीहरूलाई स्वर्गबाट खानेकुरा दिनुभयो+ अनि तिर्खाएको बेला चट्टानबाट पानी निकाल्नुभयो।+ तपाईँले तिनीहरूलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, त्यस देशमा प्रवेश गरेर त्यो देश अधिकार गर्ने आदेश तिनीहरूलाई दिनुभयो।

१६ “तर हाम्रा पितापुर्खा अहङ्‌कारी भए,+ तिनीहरू हठी भए।+ तिनीहरूले तपाईँका आज्ञाहरू सुन्दै सुनेनन्‌। १७ हो, तिनीहरूले तपाईँका आज्ञाहरू सुन्‍न इन्कार गरे।+ तपाईँले तिनीहरूमाझ गर्नुभएका अचम्मलाग्दा कामहरू तिनीहरूले भुसुक्कै बिर्से। तिनीहरू हठी भए र मिश्रको दासत्वमै फर्केर जान आफ्नो निम्ति अगुवा नियुक्‍त गरे।+ तर तपाईँ क्षमा दिन सधैँ तयार हुनुहुन्छ; तपाईँ दयालु र कृपालु परमेश्‍वर हुनुहुन्छ। तपाईँ हतपती रिसाउनुहुन्‍न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ त्यसैले तपाईँले तिनीहरूलाई त्याग्नुभएन।+ १८ तिनीहरूले आफ्नो निम्ति धातुबाट बाछोको मूर्ति बनाए र यसो भने: ‘तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका परमेश्‍वर यही नै हो!’+ तिनीहरूले साह्रै खराब कामहरू गरेर तपाईँको अपमान गरे। १९ तर तिनीहरूले त्यस्तो खराब काम गर्दा समेत तपाईँले अपार दया देखाइरहनुभयो। तपाईँले निर्जनभूमिमा तिनीहरूलाई त्याग्नुभएन।+ दिनमा तिनीहरूलाई डोऱ्‍याउने बादलको खामो तिनीहरूको सामनेबाट हटेन। अनि रातमा तिनीहरूलाई बाटो देखाउने आगोको खामो पनि तिनीहरूको सामनेबाट हटेन।+ २० तिनीहरूले समझ चलाउन सकून्‌ भनेर तपाईँले तिनीहरूलाई आफ्नो शक्‍ति दिनुभयो।+ तपाईँले तिनीहरूलाई मन्‍न दिइरहनुभयो+ अनि तिर्खाएको बेला तिनीहरूलाई पानी पनि दिनुभयो।+ २१ चालीस वर्षसम्म तपाईँले निर्जनभूमिमा तिनीहरूलाई खानेकुरा दिइरहनुभयो।+ तिनीहरूलाई कुनै कुराको अभाव भएन। तिनीहरूको लुगा फाटेन+ अनि खुट्टा पनि सुन्‍निएन।

२२ “तपाईँले राज्यहरू र मानिसहरूलाई इस्राएलीहरूको अधीनमा सुम्पिदिनुभयो अनि उनीहरूको जग्गाजमिन इस्राएलीहरूलाई बाँडिदिनुभयो।+ तिनीहरूले हेस्बोनका+ राजा सिहोनको देशमाथि+ अनि बासानका राजा ओगको देशमाथि+ अधिकार जमाए। २३ तपाईँले तिनीहरूका सन्तानलाई आकाशका तारासरह असङ्‌ख्य तुल्याइदिनुभयो।+ अनि तिनीहरूका पितापुर्खालाई जुन देश अधिकार गर्न दिने प्रतिज्ञा गर्नुभएको थियो, त्यस देशमा तिनीहरूलाई ल्याउनुभयो।+ २४ तिनीहरूका सन्तानले त्यो देश अधिकार गरे।+ तपाईँले त्यस देशका बासिन्दाहरू—कनानीहरूलाई तिनीहरूको अधीनमा सुम्पिदिनुभयो।+ तिनीहरूले त्यहाँका राजाहरू र मानिसहरूसित आफूले चाहेअनुसार व्यवहार गरून्‌ भनेर तपाईँले उनीहरू सबैलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। २५ अनि तिनीहरूले त्यहाँका पर्खालले घेरिएका सहरहरू+ र उर्वर भूमि कब्जा गरे।+ तिनीहरूले हरेक किसिमका असल-असल चिजले भरिपूर्ण घरहरू, पहिल्यै खनिएका इनारहरू, अङ्‌गुरका र जैतुनका बगानहरू+ अनि फलफूलका थुप्रै रूखलाई आफ्नो बनाए। तिनीहरू खाएर सन्तुष्ट र हृष्टपुष्ट भए। तपाईँको महान्‌ भलाइले गर्दा तिनीहरूको दिन सुखैसुखमा बित्न थाल्यो।

२६ “तर तिनीहरू अनाज्ञाकारी भए र तपाईँको विद्रोह गर्न थाले।+ तिनीहरूले तपाईँको व्यवस्थातर्फ पिठिउँ फर्काए। तिनीहरूलाई तपाईँकहाँ फर्काएर ल्याउन तिनीहरूलाई चेतावनी दिने तपाईँका भविष्यवक्‍ताहरूलाई तिनीहरूले मारे। यसरी तिनीहरूले साह्रै खराब कामहरू गरेर तपाईँको अपमान गरे।+ २७ त्यसैकारण तपाईँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पिदिनुभयो,+ जसले तिनीहरूलाई सताइरहे।+ तर दुःखमा परेपछि तिनीहरू तपाईँलाई पुकार्थे र तपाईँले स्वर्गबाट तिनीहरूको पुकारा सुन्‍नुहुन्थ्यो। अनि तपाईँले आफ्नो अपार दयाको कारण तिनीहरूलाई शत्रुहरूको हातबाट छुटाउन उद्धारकहरू पठाउनुहुन्थ्यो।+

२८ “तर चैनको सास फेर्न पाएको केही समय नबित्दै तिनीहरू फेरि तपाईँको नजरमा जे खराब छ, त्यही गर्थे।+ अनि तपाईँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पिदिनुहुन्थ्यो, जसले तिनीहरूमाथि दमन गर्थे।*+ त्यसपछि तिनीहरू तपाईँतर्फ फर्कन्थे अनि मदतको लागि तपाईँलाई पुकार्थे।+ तपाईँ स्वर्गबाट तिनीहरूको पुकारा सुन्‍नुहुन्थ्यो। आफ्नो अपार दयाको कारण तपाईँले बारम्बार तिनीहरूको उद्धार गर्नुभयो।+ २९ तिनीहरू तपाईँकहाँ फर्कून्‌ र तपाईँको व्यवस्था पालन गरून्‌ भनेर तपाईँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो। तैपनि तिनीहरू अहङ्‌कारी भए। तिनीहरूले तपाईँका आज्ञाहरू सुन्‍न इन्कार गरे+ अनि तपाईँका ती नीतिनियम पालन गरेनन्‌, जुन पालन गर्दा मानिसको जीवन जोगिन्छ।+ तर तिनीहरूले अहङ्‌कारी भएर तपाईँतर्फ पिठिउँ फर्काए; तिनीहरू हठी भए। तिनीहरूले तपाईँको कुरा सुन्दै सुनेनन्‌। ३० तर तपाईँले वर्षौँसम्म धैर्य गर्नुभयो।+ अनि आफ्ना भविष्यवक्‍ताहरूलाई आफ्नो शक्‍ति दिएर ती मानिसहरूकहाँ बारम्बार चेतावनी दिन पठाउनुभयो। तर तिनीहरूले ती भविष्यवक्‍ताहरूको कुरा सुन्दै सुनेनन्‌। अन्तमा तपाईँले तिनीहरूलाई वरपरका जातिहरूको हातमा सुम्पिदिनुभयो।+ ३१ तर आफ्नो अपार कृपाले गर्दा तपाईँले तिनीहरूलाई न नाश गर्नुभयो+ न त त्याग्नु नै भयो। किनकि तपाईँ कृपालु र दयालु परमेश्‍वर हुनुहुन्छ।+

३२ “हे हाम्रा परमेश्‍वर! तपाईँ महान्‌ र शक्‍तिशाली हुनुहुन्छ; तपाईँ भययोग्य र आश्‍चर्यजनक कामहरू गर्नुहुन्छ! तपाईँ आफ्नो करार पूरा गर्नुहुन्छ र अटल प्रेम देखाउनुहुन्छ।+ अब हे परमेश्‍वर! अस्सेरियाका राजाहरूको समयदेखि+ अहिलेसम्म हामी, हाम्रा राजाहरू, अगुवाहरू,+ पुजारीहरू,+ भविष्यवक्‍ताहरू,+ हाम्रा पितापुर्खा र तपाईँका सबै प्रजाले जे-जति दुःख भोगेका छन्‌, त्यसमा ध्यान दिनुहोस्‌; त्यसलाई हल्कासित नलिनुहोस्‌। ३३ तर हामीले जे-जति दुःख भोग्यौँ, हामी त्यसको लायक थियौँ। तपाईँले हामीमाथि कुनै अन्याय गर्नुभएको छैन। बरु तपाईँ सधैँ विश्‍वासयोग्य साबित हुनुभयो। दुष्ट काम गर्ने त हामी नै हौँ।+ ३४ हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू र हाम्रा पितापुर्खाले तपाईँको व्यवस्था पालन गरेनन्‌। तपाईँले तिनीहरूलाई जुन आज्ञाहरू दिनुभएको थियो र तिनीहरूलाई होसियार गराउन जे-जति सम्झौटाहरू* दिनुभएको थियो, त्यसमा तिनीहरूले ध्यान दिएनन्‌। ३५ तिनीहरू आफ्नै राज्यमा छँदा तिनीहरूले तपाईँले प्रशस्त मात्रामा दिनुभएको असल-असल कुराबाट आनन्द उठाइरहेका थिए अनि तपाईँले तिनीहरूलाई दिनुभएको देश विशाल र उर्वर थियो। तैपनि तिनीहरूले तपाईँको सेवा गरेनन्‌+ बरु खराब काम गरिरहे। ३६ त्यसैले आज हामी यहाँ दास हुनुपरेको छ।+ हाम्रा पितापुर्खाले यस देशको असल-असल उब्जनी उपभोग गरून्‌ भनेर तपाईँले यो देश तिनीहरूलाई दिनुभएको थियो। तर आज हामी यही देशमा दास भएर बस्नुपरेको छ। ३७ हाम्रा पापहरूले गर्दा यस देशको प्रशस्त उब्जनी ती राजाहरूले खाइरहेका छन्‌, जसलाई तपाईँले हामीमाथि अधिकार जमाउन दिनुभएको छ।+ तिनीहरू हामी र हाम्रा वस्तुभाउमाथि मनमानी गर्छन्‌। हामीले असाध्यै दुःख पाएका छौँ।

३८ “यी सब कारणले गर्दा आज हामी एउटा करार गर्दै छौँ+ र त्यो करार लेखेर पनि राख्नेछौँ अनि त्यसमा हाम्रा अगुवाहरू, लेवीहरू र पुजारीहरूको छाप लगाएर त्यसलाई पक्का गर्नेछौँ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने