प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • म्यानबाट थुतिएको परमेश्‍वरको न्यायको तरबार (१-१७)

      • बेबिलोनका राजाले यरुसलेमलाई आक्रमण गर्नेछन्‌ (१८-२४)

      • इस्राएलको दुष्ट कुलनायकलाई हटाइनेछ (२५-२७)

        • “मुकुट उतार!” (२६)

        • ‘जसको त्यस मुकुटमाथि अधिकार छ, ऊ नआउन्जेल’ (२७)

      • अम्मोनीहरूविरुद्ध तरबार (२८-३२)

इजकिएल २१:२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ५३

इजकिएल २१:३

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ५३

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १४

इजकिएल २१:५

मार्जिनल रेफरेन्स

  • +यर्मि २३:२०

इजकिएल २१:६

फुटनोट

  • *

    शा., “तिम्रो कम्मर डरले कपाउँदै।”

मार्जिनल रेफरेन्स

  • +यसै २२:४; यर्मि ४:१९; इज ९:८

इजकिएल २१:७

फुटनोट

  • *

    अर्थात्‌, डरले गर्दा पिसाब चुहिएकोले भिज्नेछन्‌।

मार्जिनल रेफरेन्स

  • +इज ७:१५-१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९७, पृ. २२

इजकिएल २१:९

मार्जिनल रेफरेन्स

  • +यसै ६६:१६; यर्मि १२:१२; आमो ९:४

इजकिएल २१:१०

फुटनोट

  • *

    अर्थात्‌, यहोवाको तरबारले।

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१०; २स ७:१२, १४

इजकिएल २१:११

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:९; ५१:२०

इजकिएल २१:१२

मार्जिनल रेफरेन्स

  • +इज ९:८; मिका १:८
  • +इज १९:१

इजकिएल २१:१३

फुटनोट

  • *

    वा “राजदण्डको।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:२७
  • +२रा २५:७; इज १९:१४; २१:२६

इजकिएल २१:१४

मार्जिनल रेफरेन्स

  • +२रा २५:१, २

इजकिएल २१:१५

मार्जिनल रेफरेन्स

  • +इज २१:७

इजकिएल २१:१७

मार्जिनल रेफरेन्स

  • +यसै १:२४; इज ५:१३; १६:४२

इजकिएल २१:२०

मार्जिनल रेफरेन्स

  • +यर्मि ४९:२; इज २५:५; आमो १:१४
  • +२स ५:९; २इ २६:९; ३२:२, ५; ३३:१, १४

इजकिएल २१:२१

फुटनोट

  • *

    हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्‌।

  • *

    जोखाना हेर्ने एउटा तरिका।

इजकिएल २१:२२

फुटनोट

  • *

    शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

मार्जिनल रेफरेन्स

  • +यर्मि ३२:२४; ५२:४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. १४

इजकिएल २१:२३

फुटनोट

  • *

    यसले बेबिलोनीहरूलाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +२इ ३६:११, १३; इज १७:१३
  • +२रा २५:६, ७

इजकिएल २१:२५

मार्जिनल रेफरेन्स

  • +२इ ३६:११, १३; यर्मि २४:८; ५२:१, २; इज १७:१९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८०

इजकिएल २१:२६

मार्जिनल रेफरेन्स

  • +२रा २५:५-७; यर्मि ५२:८, ११; इज १२:१२, १३
  • +इज २१:१३
  • +भज ७५:७; दा ४:१७
  • +दा ४:३७; लुका २१:२४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८९

इजकिएल २१:२७

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:१०; भज ८९:३, ४; ११०:१; यसै ९:६; ११:१०; लुका १:३२, ३३; प्रका ५:५
  • +भज २:६, ८; दा ७:१३, १४; लुका २२:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ८८, ८९-९०

    प्रहरीधरहरा,

    ८/१/२००७, पृ. ११

    प्रकाशको चरमोत्कर्ष, पृ. ५९-६०

इजकिएल २१:२९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

इजकिएल २१:३१

मार्जिनल रेफरेन्स

  • +इज २५:५

इजकिएल २१:३२

मार्जिनल रेफरेन्स

  • +यर्मि ४९:२, ३

अरू

इज. २१:३लेवी २६:३३
इज. २१:५यर्मि २३:२०
इज. २१:६यसै २२:४; यर्मि ४:१९; इज ९:८
इज. २१:७इज ७:१५-१७
इज. २१:९यसै ६६:१६; यर्मि १२:१२; आमो ९:४
इज. २१:१०उत्प ४९:१०; २स ७:१२, १४
इज. २१:११यर्मि २५:९; ५१:२०
इज. २१:१२इज ९:८; मिका १:८
इज. २१:१२इज १९:१
इज. २१:१३यर्मि ६:२७
इज. २१:१३२रा २५:७; इज १९:१४; २१:२६
इज. २१:१४२रा २५:१, २
इज. २१:१५इज २१:७
इज. २१:१७यसै १:२४; इज ५:१३; १६:४२
इज. २१:२०यर्मि ४९:२; इज २५:५; आमो १:१४
इज. २१:२०२स ५:९; २इ २६:९; ३२:२, ५; ३३:१, १४
इज. २१:२२यर्मि ३२:२४; ५२:४
इज. २१:२३२इ ३६:११, १३; इज १७:१३
इज. २१:२३२रा २५:६, ७
इज. २१:२५२इ ३६:११, १३; यर्मि २४:८; ५२:१, २; इज १७:१९
इज. २१:२६२रा २५:५-७; यर्मि ५२:८, ११; इज १२:१२, १३
इज. २१:२६इज २१:१३
इज. २१:२६भज ७५:७; दा ४:१७
इज. २१:२६दा ४:३७; लुका २१:२४
इज. २१:२७उत्प ४९:१०; भज ८९:३, ४; ११०:१; यसै ९:६; ११:१०; लुका १:३२, ३३; प्रका ५:५
इज. २१:२७भज २:६, ८; दा ७:१३, १४; लुका २२:२९
इज. २१:३१इज २५:५
इज. २१:३२यर्मि ४९:२, ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल २१:१-३२

इजकिएल

२१ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, यरुसलेमतिर फर्क र त्यसका पवित्र ठाउँहरूविरुद्ध घोषणा गर। इस्राएलविरुद्ध भविष्यवाणी गर। ३ इस्राएललाई भन, ‘यहोवा यसो भन्‍नुहुन्छ: “म तिमीविरुद्ध खडा भएको छु। म आफ्नो म्यानबाट तरबार थुत्नेछु+ र धर्मी अनि दुष्ट दुवैलाई नाश गर्नेछु। ४ धर्मी र दुष्ट दुवैलाई नाश गर्नकै लागि म आफ्नो तरबार म्यानबाट थुत्नेछु र दक्षिणदेखि उत्तरसम्म सबै मानिसलाई नाश गर्नेछु। ५ तब म्यानबाट तरबार थुत्ने म यहोवा नै हुँ भनेर सबैले जान्‍नेछन्‌। मेरो तरबार म्यानमा त्यसै फिर्ता जानेछैन।”’+

६ “हे मानिसको छोरा, तिमीचाहिँ डरले काँप्दै* सुस्केरा हाल। तिनीहरूसामु जोडले सुस्केरा हाल।+ ७ ‘तिमी किन सुस्केरा हाल्दै छौ’ भनेर तिनीहरूले सोधे भने ‘नराम्रो खबर सुनेकोले’ भन्‍नू। हो, विनाश पक्कै आउनेछ। तिनीहरू प्रत्येकको हृदय त्रासले भरिनेछ, तिनीहरूका हात लुला हुनेछन्‌, तिनीहरू सबै हताश हुनेछन्‌ र तिनीहरूका घुँडा भिज्नेछन्‌।*+ ‘यो कुरा पूरा हुनेछ, पक्कै पूरा हुनेछ,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

८ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: ९ “हे मानिसको छोरा, यस्तो भविष्यवाणी गर, ‘यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीले यसो भन्‍नू, ‘तरबार! सान लगाइएको र टल्काइएको तरबार!’+ १० ठूलो संहार गर्न त्यसमा सान लगाइएको छ र बिजुली चम्किएझैँ चम्किनेगरि त्यसलाई टल्काइएको छ।”’”

तब मानिसहरूले सोधे, “त्यसोभए हामीसित रमाउने कुनै कारणै छैन त?”

तर परमेश्‍वरले भन्‍नुभयो, “‘रूखलाई काटेझैँ के त्यो तरबारले* मेरो आफ्नै छोराको राजदण्डलाई पनि काट्‌नेछैन र?+

११ “‘त्यो तरबार टल्काउन सान लगाउनेको हातमा दिइयो। संहार गर्नेको हातमा सुम्पिन त्यो तरबार टल्काइयो र त्यसमा सान लगाइयो।+

१२ “‘हे मानिसको छोरा, चिच्याऊ र विलाप गर।+ किनभने त्यो तरबार मेरा मानिसहरू र इस्राएलका सबै कुलनायकविरुद्ध आउँदै छ।+ मेरा मानिसहरूसँगसँगै ती कुलनायकहरू पनि तरबारले नाश हुनेछन्‌। त्यसैले शोक गर्दै तिघ्रा ठटाऊ। १३ तरबारको जाँच गरिएको छ।+ तरबारले राजदण्डलाई तिरस्कार गऱ्‍यो भने के हुन्छ? त्यसको* अस्तित्व रहँदैन,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

१४ “हे मानिसको छोरा, भविष्यवाणी गर, थपडी मार र ठूलो स्वरमा तीन पटक ‘तरबार!’ भन। त्यो तरबारले मानिसहरूको ज्यान लिनेछ र ठूलो संहार गर्नेछ।+ १५ तिनीहरू डरले थरथराउनेछन्‌+ र मूलढोकामा मुर्छा परेर ढल्नेछन्‌। म तरबारले विध्वंस मच्चाउनेछु! संहार गर्न त्यसमा सान लगाइएको छ र बिजुली चम्किएझैँ चम्किनेगरि त्यसलाई टल्काइएको छ। १६ तरबारले दायाँतिर हान! अनि तरबारलाई फनक्क घुमाएर बायाँतिर हान! तिमीलाई जता जान भनिन्छ, त्यतै गएर हान! १७ म पनि थपडी मार्नेछु र रिस शान्त पार्नेछु।+ म यहोवाले नै यसो भनेको हुँ।”

१८ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: १९ “तिमीले चाहिँ हे मानिसको छोरा, बेबिलोनका राजाको तरबारको लागि एउटा बाटोको नक्सा कोर। मूलबाटोबाट दुई वटा हाँगा छुट्टिएर फरक-फरक सहरतिर जाने बाटोको नक्सा कोर। त्यहीँ दोबाटोमा एउटा सङ्‌केतपाटी राख। २० अनि कुनचाहिँ बाटो अम्मोनीहरूको राब्बाहतिर+ जान्छ र कुनचाहिँ बाटो यहुदाको मजबुत सहर यरुसलेमतिर+ जान्छ, सङ्‌केतपाटीमा देखाऊ। २१ दोबाटोमा पुगेपछि बेबिलोनका राजाले जोखना हेर्नेछन्‌। तिनले काँड छान्‍न ठोक्रो हल्लाउनेछन्‌, आफ्ना देवताहरूसित* सोधपुछ गर्नेछन्‌ र कलेजोमा हेर्नेछन्‌।* २२ जोखना हेर्दा तिनको दायाँ हातले यरुसलेमतिर जाने सङ्‌केत दिनेछ। त्यसपछि बख्तरबन्द गाडीहरू तयार पार्न, मृत्युको घोषणा गर्न, युद्धको बिगुल फुक्न, मूलढोकाहरू भत्काउनको लागि बख्तरबन्द गाडी तयार पार्न, घेरा-मचान* बनाउन र यरुसलेमलाई घेरा हाल्न तिनी अघि बढ्‌नेछन्‌।+ २३ तर उनीहरूसित* शपथ खाएका यरुसलेमका बासिन्दाहरूले तिनले हेरेको जोखनामा विश्‍वास गर्नेछैनन्‌।+ तर तिनले भने यरुसलेमका बासिन्दाहरूको दोष सम्झनेछन्‌ र तिनीहरूलाई कैद गर्नेछन्‌।+

२४ “त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘तिमीहरू आफैले आफ्नो पाप उदाङ्‌ग पारेका छौ। तिमीहरूले गरेका सबै काममा तिमीहरूको पाप छर्लङ्‌गै देखिएको छ। तिमीहरूको कुकर्म याद गरिएको छ। हो, तिमीहरूका अपराध याद गरिएकोले नै तिमीहरू जबरजस्ती कैदमा लगिनेछौ।’

२५ “मरणासन्‍न हुनेगरि घाइते भएको हे इस्राएलको दुष्ट कुलनायक,+ तिमीले दण्ड पाउने दिन आएको छ। २६ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘पगरी उतार! मुकुट उतार!+ त्यो जस्ताको तस्तै रहनेछैन।+ तल खसालिएकोलाई उच्च पार+ र उच्च पारिएकोलाई तल खसाल।+ २७ बेकम्मा! बेकम्मा! म त्यसलाई बेकम्मा तुल्याइदिनेछु। जसको त्यस मुकुटमाथि अधिकार छ,+ उसैलाई मात्र म त्यो दिनेछु।+ ऊ नआउन्जेल त्यो कसैको हुनेछैन।’

२८ “अनि तिमीचाहिँ हे मानिसको छोरा, यसो भनेर भविष्यवाणी गर: ‘अम्मोनीहरू र तिनीहरूले गरेको अपमानबारे ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ, “तरबार! संहार गर्न एउटा तरबार थुतिएको छ। सबैलाई सखाप पार्न त्यसमा सान लगाइएको छ र बिजुली चम्किएझैँ चम्किनेगरि त्यसलाई टल्काइएको छ। २९ तिमीहरूबारे झूटो दर्शन* देखिएको छ र झूटो जोखना हेरिएको छ। तैपनि तिमीहरूलाई तरबारले मारिएका मानिसहरूको लासमाथि थुपारिनेछ, ती दुष्टहरूको लासमाथि, जसको विनाशको दिन आइसकेको छ। त्यो समय आइसकेको छ, जब तिनीहरूलाई सजाय दिएर तिनीहरूको नामोनिसान मेटिनेछ। ३० म्यानबाट थुतेको तरबार फेरि म्यानमै राख। तिमीहरूको जन्म भएको ठाउँमै, तिमीहरूको सुरुवात भएको ठाउँमै म तिमीहरूको न्याय गर्नेछु। ३१ म तिमीहरूमाथि आफ्नो रिस पोख्नेछु। मेरो क्रोधको आगो म तिमीहरूमाथि दन्काउनेछु। काटमार गर्न सिपालु र निर्दयी मानिसहरूको हातमा म तिमीहरूलाई सुम्पिनेछु।+ ३२ तिमीहरू आगोमा हालिने दाउराझैँ हुनेछौ।+ तिमीहरूको आफ्नै भूमिमा तिमीहरूको रगत बगाइनेछ। तिमीहरूको फेरि कहिल्यै सम्झना हुनेछैन किनकि म यहोवाले नै यसो भनेको हुँ।”’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने