प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • टायरको डुब्न लागेको जहाजबारे शोकगीत (१-३६)

इजकिएल २७:२

मार्जिनल रेफरेन्स

  • +इज २६:१७

इजकिएल २७:३

मार्जिनल रेफरेन्स

  • +यसै २३:९; इज २८:२, १२

इजकिएल २७:५

मार्जिनल रेफरेन्स

  • +व्य ३:८, ९; १इ ५:२३

इजकिएल २७:६

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२, ४

इजकिएल २७:७

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२, ४

इजकिएल २७:८

मार्जिनल रेफरेन्स

  • +उत्प १०:१५, १८
  • +१रा ९:२७

इजकिएल २७:९

फुटनोट

  • *

    शा., “वृद्ध पुरुषहरू।”

मार्जिनल रेफरेन्स

  • +इज २७:२७
  • +यहो १३:२, ५

इजकिएल २७:१०

मार्जिनल रेफरेन्स

  • +उत्प १०:६; यर्मि ४६:९

इजकिएल २७:१२

मार्जिनल रेफरेन्स

  • +२इ ९:२१
  • +उत्प १०:२, ४; योना १:३
  • +यर्मि १०:९

इजकिएल २७:१३

मार्जिनल रेफरेन्स

  • +यसै ६६:१९
  • +उत्प १०:२
  • +योए ३:६

इजकिएल २७:१४

मार्जिनल रेफरेन्स

  • +उत्प १०:२, ३; इज ३८:६

इजकिएल २७:१५

फुटनोट

  • *

    वा “आबनूस।”

मार्जिनल रेफरेन्स

  • +उत्प १०:७
  • +१रा १०:२२

इजकिएल २७:१७

फुटनोट

  • *

    कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

मार्जिनल रेफरेन्स

  • +१रा ५:९; एज्रा ३:७; प्रे १२:२०
  • +न्याय ११:१२, ३३
  • +उत्प ४३:११
  • +यर्मि ८:२२

इजकिएल २७:१८

फुटनोट

  • *

    वा “रातो र खरानी रङ्‌ग मिसिएको ऊन।”

मार्जिनल रेफरेन्स

  • +यसै ७:८

इजकिएल २७:१९

फुटनोट

  • *

    दालचिनीजस्तै एक प्रकारको रूख वा त्यसको उत्पादन।

  • *

    एक किसिमको बास्नादार नर्कट।

इजकिएल २७:२०

फुटनोट

  • *

    वा “बुनेर तयार पारिएको कपडाको।”

मार्जिनल रेफरेन्स

  • +उत्प २५:३

इजकिएल २७:२१

मार्जिनल रेफरेन्स

  • +उत्प २५:१३
  • +२इ १७:११; यसै ६०:७

इजकिएल २७:२२

मार्जिनल रेफरेन्स

  • +उत्प १०:७
  • +१रा १०:१, २; यसै ६०:६

इजकिएल २७:२३

मार्जिनल रेफरेन्स

  • +उत्प ११:३१
  • +२रा १९:१२; आमो १:५
  • +उत्प २५:३; अय्यु ६:१९
  • +उत्प १०:२२

इजकिएल २७:२४

फुटनोट

  • *

    गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

इजकिएल २७:२५

फुटनोट

  • *

    वा सम्भवतः “मालसमानले झकिझकाउ हुन्थिस्‌।”

मार्जिनल रेफरेन्स

  • +१रा १०:२२; यसै २३:१४

इजकिएल २७:२७

फुटनोट

  • *

    शा., “तेरो समुदाय।”

मार्जिनल रेफरेन्स

  • +इज २७:८, ९
  • +इज २७:१०, ११
  • +इज २६:१४

इजकिएल २७:३०

मार्जिनल रेफरेन्स

  • +यसै २३:१; इज २६:१७

इजकिएल २७:३२

मार्जिनल रेफरेन्स

  • +इज २६:५

इजकिएल २७:३३

मार्जिनल रेफरेन्स

  • +इज २७:१४, १६
  • +जक ९:३

इजकिएल २७:३४

मार्जिनल रेफरेन्स

  • +इज २६:१९
  • +इज २७:२७

इजकिएल २७:३५

मार्जिनल रेफरेन्स

  • +इज २६:१५
  • +इज २८:१७

इजकिएल २७:३६

मार्जिनल रेफरेन्स

  • +भज ३७:१०

अरू

इज. २७:२इज २६:१७
इज. २७:३यसै २३:९; इज २८:२, १२
इज. २७:५व्य ३:८, ९; १इ ५:२३
इज. २७:६उत्प १०:२, ४
इज. २७:७उत्प १०:२, ४
इज. २७:८उत्प १०:१५, १८
इज. २७:८१रा ९:२७
इज. २७:९इज २७:२७
इज. २७:९यहो १३:२, ५
इज. २७:१०उत्प १०:६; यर्मि ४६:९
इज. २७:१२२इ ९:२१
इज. २७:१२उत्प १०:२, ४; योना १:३
इज. २७:१२यर्मि १०:९
इज. २७:१३यसै ६६:१९
इज. २७:१३उत्प १०:२
इज. २७:१३योए ३:६
इज. २७:१४उत्प १०:२, ३; इज ३८:६
इज. २७:१५उत्प १०:७
इज. २७:१५१रा १०:२२
इज. २७:१७१रा ५:९; एज्रा ३:७; प्रे १२:२०
इज. २७:१७न्याय ११:१२, ३३
इज. २७:१७उत्प ४३:११
इज. २७:१७यर्मि ८:२२
इज. २७:१८यसै ७:८
इज. २७:२०उत्प २५:३
इज. २७:२१उत्प २५:१३
इज. २७:२१२इ १७:११; यसै ६०:७
इज. २७:२२उत्प १०:७
इज. २७:२२१रा १०:१, २; यसै ६०:६
इज. २७:२३उत्प ११:३१
इज. २७:२३२रा १९:१२; आमो १:५
इज. २७:२३उत्प २५:३; अय्यु ६:१९
इज. २७:२३उत्प १०:२२
इज. २७:२५१रा १०:२२; यसै २३:१४
इज. २७:२७इज २७:८, ९
इज. २७:२७इज २७:१०, ११
इज. २७:२७इज २६:१४
इज. २७:३०यसै २३:१; इज २६:१७
इज. २७:३२इज २६:५
इज. २७:३३इज २७:१४, १६
इज. २७:३३जक ९:३
इज. २७:३४इज २६:१९
इज. २७:३४इज २७:२७
इज. २७:३५इज २६:१५
इज. २७:३५इज २८:१७
इज. २७:३६भज ३७:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल २७:१-३६

इजकिएल

२७ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “तिमीचाहिँ हे मानिसको छोरा, टायरबारे एउटा शोकगीत गाऊ+ ३ र टायरलाई यसो भन:

‘तँ समुद्रको मुखैमा बस्छेस्‌

र थुप्रै टापुसित व्यापार गर्छेस्‌।

तँलाई ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“हे टायर, तैँले ‘मेरो सौन्दर्यमा कुनै खोट छैन’ भनेकी थिइस्‌।+

 ४ तँ समुद्रको बीचमा छेस्‌

अनि तँलाई बनाउनेहरूले तेरो सौन्दर्यलाई अझै निखारेका छन्‌।

 ५ तिनीहरूले तेरा सबै फल्याक सेनिरको+ सल्लाको रूखबाट बनाए;

तिनीहरूले तेरा मस्तुल लेबनानको देवदारको रूखबाट बनाए।

 ६ तिनीहरूले तेरा पतवार बासानको फलाँटको रूखबाट बनाए,

तिनीहरूले जहाजको अगाडिको भाग राइसल्लाको रूखबाट बनाए र त्यसलाई कित्तिम टापुको+ हस्तिदन्तले मोहोरे।

 ७ तिनीहरूले तेरो जहाजको पाल मिश्र देशको रङ्‌गीन कपडाबाट बनाए;

तिनीहरूले तेरो जहाजको त्रिपाल एलिसाह टापुको+ निलो धागो र बैजनी रङ्‌गको ऊनबाट बनाए।

 ८ सिदोन र अर्वादका+ मानिसहरूले तँलाई खियाउँथे

अनि हे टायर, तेरा नाविकहरू तेरा निपुण मानिसहरू नै थिए।+

 ९ तेरो जहाज मर्मत गर्नेहरू+ गेबालका+ अनुभवी* र सिपालु मानिसहरू थिए;

समुद्रका सबै जहाज र तिनीहरूका नाविकहरू तँसित व्यापार गर्न आउँथे।

१० तेरो सेनामा फारस, लुदिम र पतका+ योद्धाहरू थिए;

तिनीहरूले आफ्ना ढालहरू र टोपहरू टाँगेर तेरो सौन्दर्य बढाउँथे।

११ तेरो सेनामा भएका अर्वादका सिपाहीहरू तेरो पर्खालमा तैनाथ हुन्थे

अनि वीर पुरुषहरूले तेरा धरहराहरूमा उभिएर पहरा दिन्थे।

तिनीहरूले आफ्ना गोला ढालहरू तेरा पर्खालमा झुन्ड्‌याउँथे;

यसरी तिनीहरूले तेरो सौन्दर्य अझ बढाएका थिए।

१२ “‘“तँसँग प्रशस्त धनसम्पत्ति भएकोले+ तर्सिस+ तँसित व्यापार गर्न आउँथ्यो। तिनीहरूले तेरा मालसामानसित आफ्ना चाँदी, फलाम, टिन र सिसा साट्‌थे।+ १३ याबान, तुबल+ र मेसेक+ तँसित व्यापार गर्थे। तिनीहरूले तेरा मालसामानसित आफ्ना दासदासी+ र तामाका सामान साट्‌थे। १४ तोगार्माको घरानाले+ तेरा मालसामान घोडा र खच्चरहरूसित सट्टापट्टा गर्थे। १५ ददानका मानिसहरू+ तँसित व्यापार गर्थे; तैँले थुप्रै टापुका व्यापारीहरूलाई काम दिइस्‌ र तिनीहरूले तँलाई हस्तिदन्त+ र दामी कालीकाठ* सौगातस्वरूप दिए। १६ तँसँग मालसामानको छेलोखेलो भएकोले एदोम तँसित व्यापार गर्न आउँथ्यो। ती मालसामानको सट्टामा तिनीहरूले तँलाई फिरोजा, बैजनी रङ्‌गको ऊन, रङ्‌गीन बुट्टा भरेको कपडा, मलमल कपडा, मुगा र माणिक दिन्थे।

१७ “‘“यहुदा र इस्राएल राष्ट्रले तँसित व्यापार गर्थे। तेरा मालसामानका सट्टामा+ तिनीहरूले तँलाई मिन्‍निथको गहुँ,+ असल-असल खानेकुरा, मह,+ तेल र बाल्सम*+ दिन्थे।

१८ “‘“तँसँग धनसम्पत्ति र मालसामान प्रशस्त भएकोले दमिसक+ तँसित व्यापार गर्न आउँथ्यो। तिनीहरूले तेरा मालसामानसित हेल्बोनको मद्य र जाहारको ऊन* सट्टापट्टा गर्थे। १९ उजालका वेदान र याबानले तेरा मालसामानसित फलाम, क्यासिया* र बोझो* साटे। २० ददानले+ तँसित जिनपोसको* व्यापार गर्थ्यो। २१ तैँले अरबीहरूलाई र केदारका सबै कुलनायकलाई+ काममा लगाएको थिइस्‌, जसले भेडा, थुमा र बाख्राका व्यापार गर्थे।+ २२ सेबा र रामाहका व्यापारीहरूले+ तँसित व्यापार गर्थे। तिनीहरूले सबैभन्दा असल अत्तर, बहुमूल्य रत्न र सुनसित तेरा मालसामान साट्‌थे।+ २३ हारान,+ कान्‍नेह, अदन+ अनि सेबा,+ अस्सुर+ र किल्मदका व्यापारीहरूले तँसित व्यापार गर्थे। २४ तिनीहरूले सुन्दर-सुन्दर पोसाक, निलो धागोले बनाइएका र रङ्‌गीचङ्‌गी बुट्टा भरिएका अलखा* अनि रङ्‌गीबिरङ्‌गी गलैँचा तेरो बजारमा व्यापार गर्न ल्याउँथे। तिनीहरू ती सबै सामान डोरीले राम्ररी कसेर ल्याउँथे।

२५ तर्सिसका जहाजहरूले+ तेरा मालसामान ओसारपसार गर्थे।

त्यसैले समुद्रको बीचमा तँ सधैँ मालसामानले भरिभराउ हुन्थिस्‌।*

२६ तेरा नाविकहरूले तँलाई समुद्रको बीचमा लगे;

पूर्वीय बतासले तँलाई समुद्रकै बीचमा ध्वस्त पाऱ्‍यो।

२७ तेरो धनसम्पत्ति, मालसामान, तेरा मल्लाहहरू र तेरा नाविकहरू,

जहाज मर्मत गर्नेहरू, तँसित व्यापार गर्नेहरू+ र तेरा सबै योद्धा;+

हो, तेरा सबै मानिस*

तेरो पतन हुँदा तँसँगसँगै बीच समुद्रमा डुब्नेछन्‌।+

२८ तेरा नाविकहरूको चीत्कार सुनेर समुद्रका किनार थरथर काँप्नेछन्‌।

२९ समुद्रमा जहाज खियाउनेहरू, मल्लाहहरू र नाविकहरू सबै

आ-आफ्नो जहाजबाट उत्रनेछन्‌ र किनारामा उभिनेछन्‌।

३० तँलाई देखेर तिनीहरू टाउकोमा धुलो छर्दै

र खरानीमा लडीबुडी गर्दै डाँको छोडेर रुनेछन्‌।+

३१ तिनीहरूले कपाल खौरनेछन्‌ र भाङ्‌ग्रा ओढ्‌नेछन्‌;

तिनीहरू तेरो लागि अलापविलाप गरेर रुनेछन्‌।

३२ विलाप गर्दै तिनीहरूले शोकगीत गाउनेछन्‌:

‘टायरजस्तो अरू को थियो र? त्यो त अहिले समुद्रको बीचमा बिलाएको छ।+

३३ समुद्रबाट तेरा मालसामान आउँदा तैँले धेरैलाई सन्तुष्ट पार्थिस्‌।+

पृथ्वीका राजाहरू तेरो प्रशस्त धनसम्पत्ति र तेरो मालसामानले गर्दा मालामाल हुन्थे।+

३४ तर तँ अहिले समुद्रबीच नष्ट भएकी छेस्‌+

अनि तँसँगसँगै तेरा मालसामान र तेरा सबै मानिस डुबेका छन्‌।+

३५ टापुका सबै बासिन्दाले अक्क न बक्क भएर तँलाई हेर्नेछन्‌+

अनि तिनीहरूका राजाहरू डरले थरथर काँप्नेछन्‌;+

तिनीहरूको अनुहार नीलोकालो हुनेछ।

३६ जातिजातिका व्यापारीहरू तेरो अवस्था देखेर जिल्ल पर्नेछन्‌।

तेरो विनाश अचानक, डरलाग्दो तरिकाले हुनेछ।

तँ बिलाएर जानेछेस्‌, फेरि कहिल्यै देखा पर्नेछैनस्‌।’”’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने