प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • दाउद पुजारीहरूको २४ वटा दल बनाउँछन्‌ (१-१९)

      • लेवीहरूको अन्य जिम्मेवारी (२०-३१)

१ इतिहास २४:१

मार्जिनल रेफरेन्स

  • +लेवी १०:१
  • +प्रस्थ ६:२३; २८:१

१ इतिहास २४:२

मार्जिनल रेफरेन्स

  • +गन २६:६१
  • +गन १६:३९, ४०

१ इतिहास २४:३

मार्जिनल रेफरेन्स

  • +२स ८:१७

१ इतिहास २४:५

मार्जिनल रेफरेन्स

  • +हित १६:३३

१ इतिहास २४:६

मार्जिनल रेफरेन्स

  • +१रा २:३५
  • +२स १९:११; १रा १:५, ७
  • +२स ८:१७

१ इतिहास २४:१०

मार्जिनल रेफरेन्स

  • +लुका १:५

१ इतिहास २४:१९

मार्जिनल रेफरेन्स

  • +२रा ११:९; लुका १:८, २३

१ इतिहास २४:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:१८
  • +१इ २३:१६; २६:२४

१ इतिहास २४:२१

मार्जिनल रेफरेन्स

  • +१इ २३:१७

१ इतिहास २४:२२

मार्जिनल रेफरेन्स

  • +१इ २३:१८

१ इतिहास २४:२३

मार्जिनल रेफरेन्स

  • +१इ २६:३१

१ इतिहास २४:२६

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:११

१ इतिहास २४:२८

मार्जिनल रेफरेन्स

  • +१इ २३:२२

१ इतिहास २४:३१

मार्जिनल रेफरेन्स

  • +हित १६:३३

अरू

१ इति. २४:१लेवी १०:१
१ इति. २४:१प्रस्थ ६:२३; २८:१
१ इति. २४:२गन २६:६१
१ इति. २४:२गन १६:३९, ४०
१ इति. २४:३२स ८:१७
१ इति. २४:५हित १६:३३
१ इति. २४:६१रा २:३५
१ इति. २४:६२स १९:११; १रा १:५, ७
१ इति. २४:६२स ८:१७
१ इति. २४:१०लुका १:५
१ इति. २४:१९२रा ११:९; लुका १:८, २३
१ इति. २४:२०प्रस्थ ६:१८
१ इति. २४:२०१इ २३:१६; २६:२४
१ इति. २४:२११इ २३:१७
१ इति. २४:२२१इ २३:१८
१ इति. २४:२३१इ २६:३१
१ इति. २४:२६उत्प ४६:११
१ इति. २४:२८१इ २३:२२
१ इति. २४:३१हित १६:३३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास २४:१-३१

पहिलो इतिहास

२४ हारुनका सन्तानलाई यी दलहरूमा बाँडिएको थियो: हारुनका छोराहरू नादाब, अबिहु,+ एलियाजार र इथामार+ थिए। २ नादाब र अबिहु आफ्नो बुबाभन्दा अघि नै मरे;+ तिनीहरूका कुनै छोरा थिएनन्‌। तर एलियाजार+ र इथामारले भने पुजारीको रूपमा सेवा गरिरहे। ३ दाउदले एलियाजारका सन्तानमध्ये सादोक+ र इथामारका सन्तानमध्ये अहिमेलेकसित मिलेर हारुनका सन्तानलाई परमेश्‍वरको सेवासित सम्बन्धित काम गर्न विभिन्‍न दलमा बाँडे। ४ इथामारका सन्तानमा भन्दा एलियाजारका सन्तानमा धेरै नाइकेहरू भएकाले तिनीहरूले त्यसैअनुसार उनीहरूलाई दल-दलमा बाँडे। एलियाजारका सन्तानमा आ-आफ्नो बुबापट्टिको घरानाका १६ जना नाइके थिए भने इथामारका सन्तानमा आ-आफ्नो बुबापट्टिको घरानाका आठ जना नाइके थिए।

५ त्यसबाहेक तिनीहरूले ती दुई समूहलाई गोला हालेर अलग-अलग दलमा बाँडे।+ किनकि एलियाजार र इथामार दुवैका सन्तानमा पवित्र ठाउँका नाइकेहरू र साँचो परमेश्‍वरको सेवा गर्ने नाइकेहरू थिए। ६ त्यसपछि लेवीहरूका सचिव, नेथनेलका छोरा सेमायाहले राजा, मानिसहरूका नाइकेहरू, पुजारी सादोक,+ अबियातारका+ छोरा अहिमेलेक+ अनि पुजारीहरूको र लेवीहरूको बुबापट्टिको घरानाका नाइकेहरूसामु उनीहरूको नाम लेखे। एलियाजारका सन्तानबाट एउटा घराना र इथामारका सन्तानबाट एउटा घराना पालैपालो गोला हालेर छानियो।

७ पहिलो गोला यहोयारिबको नाममा पऱ्‍यो। दोस्रो यदायाहको, ८ तेस्रो हारिमको, चौथो सिरिमको, ९ पाँचौँ मल्कियाहको, छैटौँ मियामिनको, १० सातौँ हाक्कोसको, आठौँ अबियाहको,+ ११ नवौँ यसुआको, दसौँ सेकन्याहको, १२ एघारौँ एलियासिबको, बाह्रौँ याकिमको, १३ तेह्रौँ हुप्पाको, चौधौँ यसेबाबको, १४ पन्ध्रौँ बिल्गाको, सोह्रौँ इम्मेरको, १५ सत्रौँ हेजिरको, अठारौँ हाप्पिसेसको, १६ उन्‍नाइसौँ पथहियाहको, बिसौँ यहेजकेलको, १७ एक्काइसौँ याकिनको, बाइसौँ गामुलको, १८ तेइसौँ दलायाहको र चौबिसौँ माज्याहको नाममा पऱ्‍यो।

१९ ती लेवीहरूको लागि मिलाइएको प्रबन्ध यही थियो र उनीहरू यही प्रबन्धअनुरूप यहोवा परमेश्‍वरको भवनमा आउँथे।+ उनीहरूका पुर्खा हारुनले इस्राएलका परमेश्‍वर यहोवाको आज्ञाअनुसारै जुन विधि तोकेका थिए, उनीहरू त्यही विधिबमोजिम सेवा गर्थे।

२० बाँकी लेवीहरू यी थिए: अम्रामका+ छोराहरूबाट सुबाएल;+ सुबाएलका छोराहरूबाट यहदियाह; २१ रहब्याहका+ छोराहरूबाट इसिया, जो प्रमुख थिए; २२ इजहारका सन्तानबाट सेलोमोथ;+ सेलोमोथका छोराहरूबाट याहथ; २३ हेब्रोनका छोराहरूबाट प्रमुख यरिया,+ दोस्रा अमर्याह, तेस्रा याहजिएल र चौथा यकमाम; २४ उज्जिएलका छोराहरूबाट मिका; मिकाका छोराहरूबाट सामिर; २५ मिकाका भाइ इसिया थिए र इसियाका छोराहरूबाट जकरिया।

२६ मरारिका+ छोराहरू महलि र मुसि थिए; याजियाहका छोराहरूबाट बेनो। २७ मरारिका सन्तानबाट: याजियाहका छोराहरू बेनो, सोहम, जक्कुर र इब्रि; २८ महलिका सन्तानबाट एलियाजार, जसका कुनै छोरा थिएनन्‌;+ २९ किसका छोराहरूबाट यरहमेल; ३० मुसिका छोराहरू महलि, एदेर र यरिमोथ थिए।

आ-आफ्नो बुबापट्टिको घरानाअनुसार लेविका सन्तान यिनीहरू नै थिए। ३१ यिनीहरूले पनि आफ्ना दाजुभाइ अर्थात्‌ हारुनका सन्तानले जस्तै राजा दाउद, सादोक, अहिमेलेक अनि पुजारीहरूको र लेवीहरूको बुबापट्टिको घरानाका नाइकेहरूसामु गोला हाले।+ यिनीहरूका आ-आफ्ना बुबापट्टिको घरानामा सबैलाई बराबर मानियो, चाहे ठूला हुन्‌ या साना।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने