प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • पश्‍चात्ताप गरेमा आशिष्‌ पाइन्छ (१-४)

      • विपत्ति उत्तरबाट आउनेछ (५-१८)

      • आउन लागेको विपत्तिले गर्दा यर्मिया बेचैन हुन्छन्‌ (१९-३१)

यर्मिया ४:१

मार्जिनल रेफरेन्स

  • +यर्मि ३:२२; योए २:१२, १३

यर्मिया ४:२

मार्जिनल रेफरेन्स

  • +यसै ६५:१६

यर्मिया ४:३

मार्जिनल रेफरेन्स

  • +होसे १०:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ९

यर्मिया ४:४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यर्मि ९:२५, २६
  • +वि ४:११

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१५/२०१३, पृ. ९-१०

    ४/१/२००७, पृ. ९

यर्मिया ४:५

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:१
  • +यर्मि ३५:११

यर्मिया ४:६

मार्जिनल रेफरेन्स

  • +यर्मि १:१४; २१:७; २५:९

यर्मिया ४:७

मार्जिनल रेफरेन्स

  • +२रा २४:१; २५:१; यर्मि ५:६; ५०:१७
  • +इज २६:७
  • +यसै ५:९; ६:११; यर्मि २:१५; ९:११

यर्मिया ४:८

फुटनोट

  • *

    वा “छाती पिट।”

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:२६

यर्मिया ४:९

मार्जिनल रेफरेन्स

  • +२रा २५:५
  • +यसै २९:९, १०

यर्मिया ४:१०

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:१३, १४; १४:१३; २३:१६, १७
  • +इज १४:९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ९

यर्मिया ४:११

फुटनोट

  • *

    यहाँ मानिसहरूलाई कवितात्मक शैलीमा “मानिसहरूकी छोरी” भनेर सम्बोधन गरिएको छ। सायद दया वा सहानुभूति देखाउन यसो गरिएको हुन सक्छ।

यर्मिया ४:१३

मार्जिनल रेफरेन्स

  • +यसै ५:२६, २८
  • +व्य २८:४९, ५०; वि ४:१९; हब १:८

यर्मिया ४:१४

मार्जिनल रेफरेन्स

  • +यसै १:१६; इज १८:३१

यर्मिया ४:१५

मार्जिनल रेफरेन्स

  • +यर्मि ८:१६

यर्मिया ४:१६

फुटनोट

  • *

    शा., “हेर्नेहरू।” अर्थात्‌, कहिले आक्रमण गर्ने भनेर सहरमा नजर राख्नेहरू।

यर्मिया ४:१७

मार्जिनल रेफरेन्स

  • +२रा २५:१, २
  • +यसै ६३:१०; इज २:३

यर्मिया ४:१८

मार्जिनल रेफरेन्स

  • +भज १०७:१७

यर्मिया ४:१९

फुटनोट

  • *

    शा., “मेरो आन्द्रा।”

  • *

    वा सम्भवतः “सिपाहीहरू कराएको आवाज।”

मार्जिनल रेफरेन्स

  • +सप १:१५, १६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ११/१/१९९४, पृ. ६

यर्मिया ४:२०

मार्जिनल रेफरेन्स

  • +यर्मि १०:२०

यर्मिया ४:२१

मार्जिनल रेफरेन्स

  • +यर्मि ६:१

यर्मिया ४:२२

मार्जिनल रेफरेन्स

  • +व्य ३२:६; यर्मि ५:२१

यर्मिया ४:२३

मार्जिनल रेफरेन्स

  • +यर्मि ९:१०
  • +यसै ५:३०; योए २:३१

यर्मिया ४:२४

मार्जिनल रेफरेन्स

  • +यसै ५:२५

यर्मिया ४:२५

मार्जिनल रेफरेन्स

  • +सप १:३

यर्मिया ४:२६

मार्जिनल रेफरेन्स

  • +व्य २९:२२, २३

यर्मिया ४:२७

मार्जिनल रेफरेन्स

  • +लेवी २६:३२; २इ ३६:२०, २१; यसै ६:११; यर्मि १०:२२; इज ३३:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १०९

यर्मिया ४:२८

मार्जिनल रेफरेन्स

  • +यसै २४:४; योए १:१०
  • +यसै ५:३०; योए २:३०, ३१
  • +२रा २३:२६; इज २४:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रकाशको चरमोत्कर्ष, पृ. १०९

यर्मिया ४:२९

मार्जिनल रेफरेन्स

  • +२रा २५:४
  • +यसै २:१९

यर्मिया ४:३०

मार्जिनल रेफरेन्स

  • +इज २३:२२, २६
  • +वि १:२

यर्मिया ४:३१

फुटनोट

  • *

    “सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

मार्जिनल रेफरेन्स

  • +वि १:१७

अरू

यर्मि. ४:१यर्मि ३:२२; योए २:१२, १३
यर्मि. ४:२यसै ६५:१६
यर्मि. ४:३होसे १०:१२
यर्मि. ४:४यर्मि ९:२५, २६
यर्मि. ४:४वि ४:११
यर्मि. ४:५यर्मि ६:१
यर्मि. ४:५यर्मि ३५:११
यर्मि. ४:६यर्मि १:१४; २१:७; २५:९
यर्मि. ४:७२रा २४:१; २५:१; यर्मि ५:६; ५०:१७
यर्मि. ४:७इज २६:७
यर्मि. ४:७यसै ५:९; ६:११; यर्मि २:१५; ९:११
यर्मि. ४:८यर्मि ६:२६
यर्मि. ४:९२रा २५:५
यर्मि. ४:९यसै २९:९, १०
यर्मि. ४:१०यर्मि ६:१३, १४; १४:१३; २३:१६, १७
यर्मि. ४:१०इज १४:९
यर्मि. ४:१३यसै ५:२६, २८
यर्मि. ४:१३व्य २८:४९, ५०; वि ४:१९; हब १:८
यर्मि. ४:१४यसै १:१६; इज १८:३१
यर्मि. ४:१५यर्मि ८:१६
यर्मि. ४:१७२रा २५:१, २
यर्मि. ४:१७यसै ६३:१०; इज २:३
यर्मि. ४:१८भज १०७:१७
यर्मि. ४:१९सप १:१५, १६
यर्मि. ४:२०यर्मि १०:२०
यर्मि. ४:२१यर्मि ६:१
यर्मि. ४:२२व्य ३२:६; यर्मि ५:२१
यर्मि. ४:२३यर्मि ९:१०
यर्मि. ४:२३यसै ५:३०; योए २:३१
यर्मि. ४:२४यसै ५:२५
यर्मि. ४:२५सप १:३
यर्मि. ४:२६व्य २९:२२, २३
यर्मि. ४:२७लेवी २६:३२; २इ ३६:२०, २१; यसै ६:११; यर्मि १०:२२; इज ३३:२८
यर्मि. ४:२८यसै २४:४; योए १:१०
यर्मि. ४:२८यसै ५:३०; योए २:३०, ३१
यर्मि. ४:२८२रा २३:२६; इज २४:१४
यर्मि. ४:२९२रा २५:४
यर्मि. ४:२९यसै २:१९
यर्मि. ४:३०इज २३:२२, २६
यर्मि. ४:३०वि १:२
यर्मि. ४:३१वि १:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ४:१-३१

यर्मिया

४ “ए इस्राएलका बासिन्दाहरू हो,” यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मकहाँ फर्क्यौ भने,

तिमीहरू साँच्चै फर्क्यौ

अनि घिनलाग्दा मूर्तिहरूलाई मेरो नजरबाट हटायौ भने

तिमीहरूले भगुवा जीवन बिताउनुपर्ने छैन।+

 २ अनि ‘जीवित परमेश्‍वर यहोवाको कसम’ भन्दै

सत्य, न्याय र धार्मिकतामा शपथ खायौ भने

जातिजातिका मानिसहरूले उहाँबाट आशिष्‌ पाउनेछन्‌

अनि उहाँमै तिनीहरूले गर्व गर्नेछन्‌।”+

३ किनभने यहोवा यहुदा र यरुसलेमका मानिसहरूलाई यसो भन्‍नुहुन्छ:

“खेतीयोग्य जमिनमा हलो जोत,

काँडाहरूको बीचमा बिउ नछर।+

 ४ ए यहुदा र यरुसलेमका बासिन्दाहरू हो,

शरीरको खतना* गरेर पवित्र भएजस्तै

हृदयको खतना गरेर यहोवासामु पवित्र होओ,+

नत्र त तिमीहरूको दुष्ट्‌याइँको कारण

तिमीहरूमाथि मेरो रिस दन्कनेछ

र त्यसलाई कसैले पनि निभाउन सक्नेछैन।”+

 ५ यो कुरा यहुदामा प्रचार गर अनि यरुसलेममा घोषणा गर।

चारैतिर सुनिनेगरि ठूलो स्वरले कराओ अनि चर्को स्वरले सिङ फुक।+

जोडले यसो भन: “एकै ठाउँमा भेला होऔँ

अनि किल्लाहरू भएका सहरहरूमा भागेर जाऔँ।+

 ६ सियोनको बाटो देखाउन एउटा झन्डा ठड्‌याओ।

सुरक्षाको निम्ति शरण खोज, एकै ठाउँमा ठिङ्‌ग नउभिओ”

किनभने म उत्तरबाट ठूलो विपत्ति,+ महाविनाश ल्याउँदै छु।

 ७ तिमीहरूको शत्रु झाडीबाट सिंह निस्केझैँ निस्केको छ;+

जातिजातिका मानिसहरूलाई नाश गर्ने शत्रु तयार भएको छ।+

त्यसले तिमीहरूको देशको हालत यस्तो बनाइदिनेछ, त्यो देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।

तिमीहरूका सहरहरू तहसनहस हुनेछन्‌, त्यहाँ कोही पनि बस्नेछैन।+

 ८ त्यसकारण भाङ्‌ग्रा लगाओ,+

रोओ,* कराओ

किनभने यहोवाको बल्दो रिस हामीबाट हटेको छैन।

 ९ यहोवा घोषणा गर्नुहुन्छ, “त्यस दिन शासकको मुटु काँप्नेछ,+

भारदारहरूको मुटु पनि थरथराउनेछ;

पुजारीहरू डराउनेछन्‌ र भविष्यवक्‍ताहरू पनि जिल्ल पर्नेछन्‌।”+

१० त्यसपछि मैले भनेँ, “हे ब्रह्‍माण्डका मालिक यहोवा! तरबार हाम्रो गर्दनमै तेर्सिँदा पनि ‘तिमीहरूलाई शान्ति हुनेछ’ भनेर+ तपाईँले यी मानिसहरूलाई+ र यरुसलेमलाई झुक्क्याउनुभएको छ।”

११ त्यतिबेला यी मानिसहरू र यरुसलेमलाई यसो भनिनेछ:

“मरुभूमिका नाङ्‌गा डाँडाहरूबाट भतभती पोल्ने हावा बहनेछ

र त्यो मेरा मानिसहरूकी छोरीतर्फ* आउनेछ;

त्यो हावा न बत्ताउनलाई न त निफन्‍नलाई नै आउनेछ।

१२ त्यो ठूलो बतास मेरै आदेशले आउनेछ।

अब म तिनीहरूविरुद्ध न्यायदण्डको घोषणा गर्नेछु।

१३ हेर, तिमीहरूका शत्रुहरू कालो बादलसरी आउनेछन्‌,

उनीहरूका रथहरू आँधीबेहरीझैँ आउनेछन्‌।+

उनीहरूका घोडाहरू चीलभन्दा तेज छन्‌।+

धिक्कार हामीलाई! किनभने हामी नाश हुने भयौँ।

१४ ए यरुसलेमका बासिन्दाहरू हो, आफ्नो हृदयबाट दुष्टता पखालिदेओ र तिमीहरू बाँच्नेछौ।+

तिमीहरू कतिन्जेल दुष्ट विचार पालिराख्छौ?

१५ किनभने एप्रैमका डाँडाहरूबाट विनाश आउँदै छ भनेर

दानबाट एउटा घोषणा गरिँदै छ।+

१६ जातिजातिका मानिसहरूलाई खबर गर;

यरुसलेमलाई चेतावनी देऊ।”

“टाढाको देशबाट जासुसहरू* आउँदै छन्‌

अनि तिनीहरू यहुदाका सहरहरूविरुद्ध चर्को स्वरले कराउनेछन्‌।

१७ खेतबारीमा पहरा दिने पहरेदारहरूले जस्तै तिनीहरूले यरुसलेमलाई चारैतिरबाट घेरेका छन्‌+

किनभने त्यस सहरले मेरो विद्रोह गरेको छ,”+ यहोवा घोषणा गर्नुहुन्छ।

१८ “तिमीहरूको आफ्नै कुकर्मले गर्दा तिमीहरूमाथि विपत्ति आइपर्नेछ।+

त्यो साह्रै कठोर हुनेछ

किनकि तिमीहरूको हृदय विद्रोहले भरिएको छ।”

१९ हाय! मेरो हृदय!* मेरो हृदय बेचैन छ!

मेरो हृदय पीडाले छटपटाइरहेको छ।

मुटुको धड्‌कन झन्‌झन्‌ बढ्‌दै छ।

म चुप लाग्न सक्दिनँ

किनभने मैले सिङ फुकेको आवाज सुनेको छु,

युद्धको बिगुल फुकेको आवाज* सुनेको छु।+

२० एकपछि अर्को विनाशको खबर आएको छ;

पूरै देश उजाड पारिएको छ।

मेरो आफ्नै पाल एक्कासि च्यातचुत पारिएको छ,

क्षणभरमै मेरा पालका पर्दाहरू धुजाधुजा भएका छन्‌।+

२१ सियोनको बाटो देखाउने झन्डालाई म कतिन्जेल हेरूँ?

सिङ फुकेको आवाज कतिन्जेल सुनूँ?+

२२ “किनभने मेरा मानिसहरू मूर्ख छन्‌;+

तिनीहरू मलाई वास्तै गर्दैनन्‌।

तिनीहरू बुद्धि नभएका मूर्ख छोराहरू हुन्‌।

खराबी गर्न त तिनीहरूलाई कसैले सिकाउनै पर्दैन।

तर असल काम गर्न भने तिनीहरूलाई आउँदै आउँदैन।”

२३ मैले त्यो देशको चारैतिर हेरेँ, त्यो बिलकुलै उजाड र रित्तो भइसकेछ।+

आकाशतिर पनि हेरेँ, त्यहाँ निस्पट्ट अन्धकार छाइसकेछ।+

२४ पर्वतहरूलाई हेरेँ, ती काँपिरहेका थिए;

डाँडाहरूलाई हेरेँ, ती थरथराइरहेका थिए।+

२५ हेर, देशमा कुनै मानिस थिएन,

आकाशका चराचुरुङ्‌गी पनि भागिसकेका थिए।+

२६ हेर, त्यहाँका बगैँचाहरू मरुभूमि भइसकेछन्‌,

त्यहाँका सहरहरू ध्वस्त भइसकेछन्‌।+

यो सब यहोवाले नै गर्नुभएको हो,

उहाँको बल्दो रिसले गर्दा यस्तो भएको हो।

२७ किनकि यहोवा यसो भन्‍नुहुन्छ: “म पूरै देशलाई उजाड पार्नेछु+

तर त्यसको नामोनिसानचाहिँ मेटाउनेछैनँ।

२८ त्यसैले त्यो भूमि धुरुधुरु रुनेछ,+

आकाश अँध्यारो हुनेछ+

किनकि मैले नै यो बोलेको हुँ, मैले नै यो निर्णय गरेको हुँ।

म आफ्नो विचार बदल्नेछैनँ न त पछि नै हट्‌नेछु।+

२९ घोडचढीहरू र धनुर्धारीहरूको हल्ला सुनेर

पूरै सहर भागेको छ।+

तिनीहरू झाडीहरूमा लुक्छन्‌

अनि चट्टानहरूमा उक्लिन्छन्‌।+

त्यहाँको हरेक सहर सुनसान भएको छ,

त्यहाँ कोही पनि बस्दैन।”

३० तिमी उजाड पारिएकी छ्यौ, अब के गर्छ्यौ?

तिमी पहिले-पहिले सिन्दूरे रङ्‌गको पोसाक लगाएर चिटिक्क पर्थ्यौ,

सुनका गरगहनाले सजिएर झकिझकाउ हुन्थ्यौ

अनि गाजल लगाएर आफ्ना आँखा ठूलठूला बनाउँथ्यौ।

तर अब तिम्रो शृङ्‌गारको के काम?+

किनभने तिमीलाई देखेर भुतुक्कै हुनेहरू अहिले तिमीलाई घृणा गर्छन्‌;

तिनीहरू तिमीलाई मार्न खोज्दै छन्‌।+

३१ किनभने मैले पीडाले छटपटाइरहेकी स्त्रीको आवाज सुनेँ;

पहिलो पटक सुत्केरी बेथाले छटपटाइरहेकी स्त्रीको जस्तै आवाज,

सियोनकी छोरीको* आवाज, जसलाई सास फेर्न निकै गाह्रो भएको छ।

हात फैलाएर तिनी यसो भन्दै थिइन्‌:+

“धिक्कार छ मलाई! हत्याराहरूले गर्दा म लखतरान भएकी छु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने