प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • श्रेष्ठगीत ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

श्रेष्ठगीत विषयवस्तु

    • सुलम्मेनी युवती यरुसलेममा (३:६–८:४)

श्रेष्ठगीत ५:१

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ४:१६
  • +श्रेष्ठ ४:१३, १४
  • +श्रेष्ठ ४:११
  • +श्रेष्ठ १:२

श्रेष्ठगीत ५:२

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ३:१
  • +लुका २:८

श्रेष्ठगीत ५:६

फुटनोट

  • *

    वा सम्भवतः “उसको बोली सुन्दा मलाई मेरो ज्यानै जाला जस्तो लाग्यो।”

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ३:१, ३

श्रेष्ठगीत ५:११

फुटनोट

  • *

    शा., “कागजत्तिकै कालो।”

  • *

    वा सम्भवतः “खजुरको झुप्पाझैँ।”

श्रेष्ठगीत ५:१२

फुटनोट

  • *

    वा सम्भवतः “झरनामा।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १/१५/२०१५, पृ. ३०

    १२/१/२००६, पृ. ५

श्रेष्ठगीत ५:१३

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ ६:२
  • +श्रेष्ठ १:१३

श्रेष्ठगीत ५:१४

फुटनोट

  • *

    वा “क्रिसोलाइटहरू।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. ५

श्रेष्ठगीत ५:१५

मार्जिनल रेफरेन्स

  • +भज ९२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००६, पृ. ५

श्रेष्ठगीत ५:१६

मार्जिनल रेफरेन्स

  • +श्रेष्ठ २:३

अरू

श्रेष्ठ. ५:१श्रेष्ठ ४:१६
श्रेष्ठ. ५:१श्रेष्ठ ४:१३, १४
श्रेष्ठ. ५:१श्रेष्ठ ४:११
श्रेष्ठ. ५:१श्रेष्ठ १:२
श्रेष्ठ. ५:२श्रेष्ठ ३:१
श्रेष्ठ. ५:२लुका २:८
श्रेष्ठ. ५:६श्रेष्ठ ३:१, ३
श्रेष्ठ. ५:१३श्रेष्ठ ६:२
श्रेष्ठ. ५:१३श्रेष्ठ १:१३
श्रेष्ठ. ५:१५भज ९२:१२
श्रेष्ठ. ५:१६श्रेष्ठ २:३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
पवित्र बाइबल नयाँ संसार अनुवाद
श्रेष्ठगीत ५:१-१६

श्रेष्ठगीत

५ “हे मेरी बहिनी, हे मेरी दुलही,

म मेरो बगैँचामा पसेँ;+

मैले मर्र* र जडीबुटी बटुलेँ।+

मह र महको चाका खाएँ;

मद्य र दूध पिएँ।”+

“ए मेरा प्यारा मित्रहरू हो! खाओ! पिओ!

मायाको नशामा चुर्लुम्म डुब।”+

 २ “म निदाएँ तर मेरो मन भने जागै थियो।+

मेरो प्रेमीले ढोका ढकढक्याएको मैले सुनेँ।

‘ढोका खोल मेरी बहिनी, मेरी प्रेयसी!

मेरी ढुकुर, तिमी सुन्दरी र चोखी छ्यौ!

शीतले मेरो शिर भिजेको छ,

रातको चिसोले मेरो कपाल भिजेको छ।’+

 ३ मैले लुगा फेरिसकेँ,

अब फेरि लगाउनु?

मैले गोडा धोइसकेँ,

अब फेरि मैला पार्नु?

 ४ मेरो प्रियले छेस्कनी खोल्न प्वालमा पसाएको हात झिक्यो,

त्यो चाल पाएर मेरा भावनाहरू उर्लिएर आए।

 ५ ढोका खोल्न म जुरुक्क उठेँ,

मेरो हात मर्रको तेलले भिजेको थियो।

मेरा औँलाबाट त्यो तपतप चुहिन थाल्यो

र आग्लोमा लाग्यो।

 ६ मैले मेरो प्याराको लागि ढोका खोलेँ

तर ऊ त फर्केर गइसकेछ!

उसलाई नदेखेर म साह्रै दुःखी भएँ,*

मैले उसलाई खोजेँ तर फेला पारिनँ।+

मैले उसलाई बोलाएँ तर जवाफ पाइनँ।

 ७ सहरमा गस्ती गर्ने पहरेदारहरूले मलाई भेट्टाए।

तिनीहरूले मलाई पिटे, मलाई घाइते बनाए

अनि मैले ओढेको खास्टो खोसे।

 ८ हे यरुसलेमका छोरीहरू हो, म तिमीहरूलाई कसम खान लगाउँछु:

मेरो प्रेमीलाई भेट्‌यौ भने

म उसको प्रेममा पागल भएकी छु भनिदेओ।”

 ९ “ए परमसुन्दरी!

तिम्रा प्रेमी अरूभन्दा विशेष छन्‌ अरे! कसरी?

तिम्रा प्रेमीमा त्यस्तो विशेष के छ,

जसको लागि तिमी हामीलाई यस्तो शपथ खान लगाउँदै छ्‌यौ?”

१० “मेरो प्रेमी सुन्दर र खाइलाग्दो छ;

दस हजारको माझमा पनि उसको रूप बिछट्टै सुन्दर देखिन्छ।

११ उसको शिर निखुर सुनजस्तै छ,

उसको निखुर कालो* कपाल

खजुरको पातझैँ* लर्केको छ।

१२ उसका नयन दूधमा नुहाएका ढुकुरहरूजस्तै छन्‌,

जलकुण्डमा* खेलेर

किनारामा बसिरहेका ढुकुरहरूजस्तै।

१३ उसका गाला जडीबुटीको ड्‌याङजस्तै छन्‌,+

मगमगाउँदो जडीबुटीको थुप्रोजस्तै।

उसका ओठ लिली फूलजस्तै छन्‌, ती तपतप चुहिने मर्रले भरिएका छन्‌।+

१४ उसका हात बहुमूल्य रत्नहरू* जडिएको सुनका डन्डाजस्तै छन्‌

अनि उसको पेट नीलम जडिएको हस्तिदन्तजस्तै।

१५ उसका गोडा निखुर सुनले बनेको जगमाथि बसालिएका सङ्‌गमर्मरका खम्बाजस्तै छन्‌।

ऊ लेबनानजस्तै सुन्दर र देवदारझैँ अग्लो छ।+

१६ उसको ओठमा महको जस्तै मिठास छ।

उसको सबै कुरा मलाई मन पर्छ।+

हे यरुसलेमका छोरीहरू हो, यही हो मेरो प्रेमी, मेरो प्रियको वर्णन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने