प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • मन्दिर यहोवाको महिमाले भरिन्छ (१-३)

      • उद्‌घाटन समारोह (४-१०)

      • यहोवा सुलेमानसामु प्रकट हुनुहुन्छ (११-२२)

२ इतिहास ७:१

मार्जिनल रेफरेन्स

  • +१रा ८:५४
  • +लेवी ९:२४; १इ २१:२६
  • +प्रस्थ ४०:३४, ३५

२ इतिहास ७:२

मार्जिनल रेफरेन्स

  • +१रा ८:११

२ इतिहास ७:४

मार्जिनल रेफरेन्स

  • +१रा ८:६२, ६३

२ इतिहास ७:५

मार्जिनल रेफरेन्स

  • +एज्रा ६:१६

२ इतिहास ७:६

फुटनोट

  • *

    यसले लेवीहरूलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +१इ २५:७; २इ ५:११, १२
  • +२इ ५:१३

२ इतिहास ७:७

मार्जिनल रेफरेन्स

  • +२इ ४:१
  • +लेवी १:३
  • +लेवी २:१
  • +लेवी ४:८-१०; १रा ८:६४-६६

२ इतिहास ७:८

फुटनोट

  • *

    वा “हमाथ छिर्ने ठाउँदेखि।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी २३:३४; व्य १६:१३
  • +गन ३४:२, ५, ८

२ इतिहास ७:९

फुटनोट

  • *

    वा “उद्‌घाटन।”

  • *

    चाडपछिको दिन वा १५ औँ दिन।

मार्जिनल रेफरेन्स

  • +लेवी २३:३६

२ इतिहास ७:१०

मार्जिनल रेफरेन्स

  • +व्य १६:१५
  • +२इ ६:४१

२ इतिहास ७:११

मार्जिनल रेफरेन्स

  • +उप २:४
  • +१रा ९:१-३

२ इतिहास ७:१२

मार्जिनल रेफरेन्स

  • +२इ १:७
  • +व्य १२:५, ६; भज ७८:६८

२ इतिहास ७:१४

मार्जिनल रेफरेन्स

  • +यसै ४३:१०
  • +लेवी २६:४१; २इ ३३:१२, १३
  • +यसै ५५:७
  • +२इ ६:३९

२ इतिहास ७:१५

मार्जिनल रेफरेन्स

  • +२इ ६:४०

२ इतिहास ७:१६

मार्जिनल रेफरेन्स

  • +व्य १२:२१
  • +२इ ६:२०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    जीवन र सेवा अभ्यास पुस्तिका,

    ३/२०२३, पृ. ६

२ इतिहास ७:१७

मार्जिनल रेफरेन्स

  • +१रा ९:४, ५

२ इतिहास ७:१८

फुटनोट

  • *

    वा “सन्तानको।”

मार्जिनल रेफरेन्स

  • +२स ७:१२, १३
  • +भज ८९:२८, २९
  • +१रा २:४

२ इतिहास ७:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:५; १रा ९:६-९

२ इतिहास ७:२०

मार्जिनल रेफरेन्स

  • +व्य ४:२५, २६; २रा १७:२०
  • +व्य २८:३७; यर्मि २४:९

२ इतिहास ७:२१

मार्जिनल रेफरेन्स

  • +२इ २९:८; दा ९:१२
  • +व्य २९:२४, २५; २रा २५:८, ९; यर्मि २२:८, ९

२ इतिहास ७:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:५१
  • +२इ १५:२
  • +यसै २:८; यर्मि २:११
  • +२इ ३६:१७

अरू

२ इति. ७:११रा ८:५४
२ इति. ७:१लेवी ९:२४; १इ २१:२६
२ इति. ७:१प्रस्थ ४०:३४, ३५
२ इति. ७:२१रा ८:११
२ इति. ७:४१रा ८:६२, ६३
२ इति. ७:५एज्रा ६:१६
२ इति. ७:६१इ २५:७; २इ ५:११, १२
२ इति. ७:६२इ ५:१३
२ इति. ७:७२इ ४:१
२ इति. ७:७लेवी १:३
२ इति. ७:७लेवी २:१
२ इति. ७:७लेवी ४:८-१०; १रा ८:६४-६६
२ इति. ७:८लेवी २३:३४; व्य १६:१३
२ इति. ७:८गन ३४:२, ५, ८
२ इति. ७:९लेवी २३:३६
२ इति. ७:१०व्य १६:१५
२ इति. ७:१०२इ ६:४१
२ इति. ७:११उप २:४
२ इति. ७:१११रा ९:१-३
२ इति. ७:१२२इ १:७
२ इति. ७:१२व्य १२:५, ६; भज ७८:६८
२ इति. ७:१४यसै ४३:१०
२ इति. ७:१४लेवी २६:४१; २इ ३३:१२, १३
२ इति. ७:१४यसै ५५:७
२ इति. ७:१४२इ ६:३९
२ इति. ७:१५२इ ६:४०
२ इति. ७:१६व्य १२:२१
२ इति. ७:१६२इ ६:२०
२ इति. ७:१७१रा ९:४, ५
२ इति. ७:१८२स ७:१२, १३
२ इति. ७:१८भज ८९:२८, २९
२ इति. ७:१८१रा २:४
२ इति. ७:१९प्रस्थ २०:५; १रा ९:६-९
२ इति. ७:२०व्य ४:२५, २६; २रा १७:२०
२ इति. ७:२०व्य २८:३७; यर्मि २४:९
२ इति. ७:२१२इ २९:८; दा ९:१२
२ इति. ७:२१व्य २९:२४, २५; २रा २५:८, ९; यर्मि २२:८, ९
२ इति. ७:२२प्रस्थ १२:५१
२ इति. ७:२२२इ १५:२
२ इति. ७:२२यसै २:८; यर्मि २:११
२ इति. ७:२२२इ ३६:१७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास ७:१-२२

दोस्रो इतिहास

७ सुलेमानले प्रार्थना गरेर सिद्‌ध्याउनेबित्तिकै+ स्वर्गबाट आगोको मुस्लो झऱ्‍यो+ अनि अग्निभेटी र बलिलाई भस्म गऱ्‍यो। अनि पूरै भवन यहोवा परमेश्‍वरको महिमाले भरियो।+ २ यहोवा परमेश्‍वरको भवन यहोवाको महिमाले भरिएकोले पुजारीहरू यहोवाको भवनमा पस्न सकेनन्‌।+ ३ स्वर्गबाट आगोको मुस्लो आउँदा र यहोवाको महिमाले भवन भरिँदा सबै इस्राएलीले हेरिरहेका थिए। त्यसपछि तिनीहरू भुईँसम्मै घोप्टो परेर पेटीमा लम्पसार परे र यसो भन्दै यहोवा परमेश्‍वरलाई धन्यवाद चढाए: “किनकि उहाँ भला हुनुहुन्छ। उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”

४ त्यसपछि राजा र सबै मानिसले यहोवा परमेश्‍वरसामु थुप्रै बलि चढाए।+ ५ राजा सुलेमानले २२ हजार वस्तुभाउ र १ लाख २० हजार भेडा चढाए। यसरी राजा र सबै मानिसले परमेश्‍वरको भवनको उद्‌घाटन गरे।+ ६ पुजारीहरू आफूलाई खटाइएको ठाउँमा उभिएका थिए। लेवीहरूचाहिँ यहोवाको स्तुतिगान गाइँदा बजाइने बाजाहरूसहित उभिएका थिए।+ (राजा दाउदले यहोवा परमेश्‍वरलाई धन्यवाद चढाउन ती बाजाहरू बनाएका थिए। तिनी उनीहरूसँगै* मिलेर यसो भन्दै परमेश्‍वरको प्रशंसा गर्थे: “किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”) अनि लेवीहरूको अगाडि उभिरहेका पुजारीहरूले ठूलो आवाजमा बिगुल फुकिरहेका थिए।+ सबै इस्राएली पनि उभिरहेका थिए।

७ सुलेमानले बनाएको तामाको वेदीमा+ धेरै अग्निभेटी,+ अन्‍नभेटी+ र बोसो चढाउन सम्भव नभएकोले तिनले अरू अग्निभेटी र मेलबलिको बोसो चढाउन+ यहोवा परमेश्‍वरको भवनअगाडि भएको चोकको बीचको भागलाई पवित्र पारे। ८ त्यतिबेला सुलेमानले सारा इस्राएलीसित मिलेर सात दिनसम्म चाड मनाए।+ त्यस चाडमा लेबो-हमाथदेखि* मिश्रको वादीसम्मका* मानिसहरू थिए।+ ९ वेदीको समर्पण* सात दिनसम्म चल्यो अनि तिनीहरूले सात दिनसम्म चाड मनाए। आठौँ दिनमा* तिनीहरूले पवित्र सभा+ गरे। १० सातौँ महिनाको २३ औँ दिनमा राजाले मानिसहरूलाई त्यहाँबाट पठाए।+ यहोवा परमेश्‍वरले दाउद, सुलेमान र आफ्नो प्रजा इस्राएलीहरूको लागि गर्नुभएको भलाइको कामबारे सोचेर आनन्दित हुँदै र रमाउँदै तिनीहरू आ-आफ्नो घर फर्के।+

११ यसरी सुलेमानले यहोवा परमेश्‍वरको भवन अनि राजमहल बनाउन सिद्‌ध्याए।+ तिनले यहोवाको भवन र आफ्नो महल बनाउन जे-जस्तो योजना बनाएका थिए, ती सबै सफलतापूर्वक पूरा गरे।+ १२ त्यसपछि यहोवा परमेश्‍वर राती सुलेमानकहाँ प्रकट हुनुभयो+ र यसो भन्‍नुभयो: “मैले तिम्रो प्रार्थना सुनेँ। मैले यस ठाउँलाई आफ्नो निम्ति बलिदान चढाइने भवनको रूपमा रोजेको छु।+ १३ यदि मैले पानी नपरोस्‌ भनेर आकाश बन्द गरेँ अनि देशको बालीनाली सखाप पार्न फट्‌याङ्‌ग्राहरूलाई आदेश दिएँ र मेरा मानिसहरूमाझ महामारी फैलाएँ भने १४ अनि मेरो नामसित जोडिएका मेरा मानिसहरूले+ त्यतिखेर आफूलाई नम्र तुल्याए,+ मलाई पुकारे, मेरो खोजी गरे र खराब कामहरू त्यागे+ भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु अनि तिनीहरूको पाप क्षमा गरिदिनेछु र तिनीहरूको भूमिलाई फेरि उर्वर बनाइदिनेछु।+ १५ अबदेखि यस ठाउँमा मेरो नजर रहनेछ र यस ठाउँमा गरिएको बिन्ती म सुन्‍नेछु।+ १६ मेरो नाम सधैँभरि यस भवनसित जोडियोस्‌ भनेर मैले यस भवनलाई रोजेको छु र यसलाई पवित्र पारेको छु।+ मेरो नजर र मेरो हृदय यहाँ सधैँभरि रहनेछ।+

१७ “यदि तिमीले आफ्नो बुबा दाउदले जस्तै मैले दिएको हरेक आज्ञा मान्यौ अनि मेरा नीतिनियम र फैसलाहरू पालन गऱ्‍यौ भने+ १८ म तिम्रो सिंहासन स्थिर पार्नेछु+ र तिम्रो बुबा दाउदसित गरेको यो करार पूरा गर्नेछु:+ ‘इस्राएलमा शासन गर्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+ १९ तर यदि तिमी मबाट तर्केर गयौ, मैले तिमीसामु राखिदिएको मेरा आज्ञाहरू र विधिविधान पालन नगरी अरू देवीदेवताको उपासना गऱ्‍यौ अनि तिनीहरूलाई दण्डवत्‌ गऱ्‍यौ भने+ २० मैले इस्राएलीहरूलाई जुन देश दिएको थिएँ,+ त्यस देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु। अनि यसलाई सबै जातिका मानिसहरूमाझ हाँसोको पात्र बनाउनेछु र सबै जनाले यसलाई हाँसोमा उडाउनेछन्‌।+ २१ यो भवन तहसनहस हुनेछ। यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन्‌+ र यसो भन्‍नेछन्‌, ‘यहोवा परमेश्‍वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+ २२ अनि उनीहरूले भन्‍नेछन्‌, ‘तिनीहरूले आफ्ना पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउनुहुने+ परमेश्‍वर यहोवालाई त्यागे+ अनि अरू देवीदेवताको पछि लागेर उनीहरूलाई दण्डवत्‌ गरे र पुजे।+ त्यसैले उहाँले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने