मर्कुसका अनुसार
१६ तब विश्रामदिन* सकिएपछि+ मरियम मग्दलिनी, याकुबकी आमा मरियम+ र सलोमीले उहाँको शवमा दल्न सुगन्धित मसलाहरू किने।+ २ अनि हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्केपछि तिनीहरू उहाँको चिहानमा पुगे।+ ३ तिनीहरू आपसमा यस्तो कुरा गर्दै थिए: “हाम्रो निम्ति कसले चिहानको मुखको ढुङ्गा गुडाइदिने होला?” ४ तर तिनीहरूले चिहानको मुखतिर हेर्दा त्यो बडेमानको ढुङ्गालाई कसैले गुडाइसकेको देखे।+ ५ अनि जब तिनीहरू चिहानभित्र छिरे, तब तिनीहरूले सेतो लुगा लगाएको एक जना जवान मानिसलाई दाहिनेतिर बसिरहेको देखे र तिनीहरू छक्क परे। ६ तब उनले तिनीहरूलाई यसो भने: “तिमीहरू छक्क नपर।+ तिमीहरू खम्बामा टाँगिनुभएका नासरी येसुलाई खोज्दै छौ भनी मलाई थाह छ। तर उहाँ यहाँ हुनुहुन्न, उहाँ ब्युँतिसक्नुभयो।+ उहाँलाई राखिएको ठाउँ हेर त!+ ७ अब जाओ, उहाँका चेलाहरूलाई अनि पत्रुसलाई यो कुरा भनिदेओ: ‘उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ+ र उहाँले भन्नुभएझैँ तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।’”+ ८ चिहानबाट निस्केपछि तिनीहरू त्यहाँबाट भागे। तिनीहरू निकै आश्चर्यचकित हुनुका साथै डरले थरथर काँपिरहेका थिए। त्यसैले तिनीहरूले कसैलाई केही बताएनन्।* +