श्रेष्ठगीत
४ “हे मेरी रूपवती प्रेयसी,
हे मेरी रूपवती प्रेयसी, तिमी कत्ति सुन्दरी छ्यौ!
घुम्टोभित्र लुकेका तिम्रा नयन ढुकुरका जस्तै छन्।
तिम्रो केश गिलादको पहाडबाट गुटुटु झरेका
बाख्राको बथानजस्तै देखिन्छ।+
२ तिम्रा दाँत भर्खरै कत्रिएको
र नुहाइदिएको भेडाको बगालजस्तै सेता छन्।
ती सबै जोडी मिलेका
र एउटै पनि पाठो नहराएको बगालजस्ता छन्।
३ तिम्रो ओठ चहकिलो रातो धागोजस्तै छ।
तिम्रो बोली कत्ति मीठो!
घुम्टोभित्र लुकेको तिम्रो गाला
दुई फ्याक परेको अनारजस्तै छ।
४ तिम्रो कण्ठ+ दाउदको मिनारजस्तै*+ सुन्दर छ,
ढुङ्गाले बनेको स्तम्भजस्तै।
त्यहाँ एक हजार ढाल झुन्डाइएका छन्,
पराक्रमी योद्धाहरूका गोला ढालहरू।+
८ लेबनानबाट मसितै आऊ मेरी दुलही,
लेबनानबाट मसितै आऊ।+
अमानाको चुचुरोबाट* तल ओर्ल,
सेनिरको चुलीबाट, हर्मोनको चुलीबाट ओर्ल।+
सिंहको गुफाबाट, चितुवा हिँड्ने डाँडाबाट तल ओर्ल।
९ हे मेरी बहिनी, हे मेरी दुलही,
तिम्रो एक नजरले मेरो मनै चोऱ्यो,+
तिम्रो गलाको हारले मेरो मनै हऱ्यो।
१० मेरी बहिनी, मेरी दुलही, तिम्रो माया कत्ति चोखो!+
११ मेरी दुलही, तिम्रो ओठबाट मह तपतप चुहिन्छ,+
तिम्रो जिब्रोमुनि मह र दूध छ।+
अनि तिम्रो वस्त्रको सुगन्ध लेबनानको अत्तरजस्तै छ।
१२ मेरी बहिनी, मेरी दुलही बार लगाएको बगैँचाजस्तै छे;
बन्द गरेर राखिएको बगैँचा, थुनेर राखिएको पानीको मुहानजस्तै।
१३ तिमी मीठामीठा फल लाग्ने बोटले भरिएको बगैँचाजस्तै छ्यौ,
तिम्रा हाँगा* अनारले झुलेका छन्।
त्यहाँ मेहदी र जटामसीका बोट पनि छन्।
१४ हो, तिमी जटामसी+ र केशर, बोझो*+ र दालचिनी,+
थरीथरीका सेतो धूप, मर्र, अगरु*+
अनि मगमग बास्ना आउने रूखले भरिएको बगैँचाजस्तै छ्यौ।+
१५ तिमी बगैँचाको पानीको मुहान, निर्मल पानीको कुवा,
लेबनानबाट कलकल बग्ने खोला हौ।+
१६ हे उत्तरको पवन,
हे दक्षिणको पवन,
सुस्तरी बहँदै मेरो बगैँचामा आऊ,
मेरो बगैँचाको सुवास चारैतिर फैलाऊ।”
“मेरो प्रेमी मेरो बगैँचामा आओस्,
मीठामीठा फल खाओस्।”