प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • सन्दुक बनाइन्छ (१-९)

      • टेबुल (१०-१६)

      • पानस (१७-२४)

      • धूप बाल्ने वेदी (२५-२९)

प्रस्थान ३७:१

फुटनोट

  • *

    वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

  • *

    एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:२-५; ३८:२२
  • +प्रस्थ ४०:३; गन १०:३३
  • +प्रस्थ २५:१०-१५

प्रस्थान ३७:२

फुटनोट

  • *

    वा “बुट्टेदार बिट।”

मार्जिनल रेफरेन्स

  • +हिब्रू ९:४

प्रस्थान ३७:४

मार्जिनल रेफरेन्स

  • +२इ ५:९

प्रस्थान ३७:५

मार्जिनल रेफरेन्स

  • +यहो ३:८

प्रस्थान ३७:६

मार्जिनल रेफरेन्स

  • +लेवी १६:२, १४; १इ २८:११
  • +प्रस्थ २५:१७-२०

प्रस्थान ३७:७

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प ३:२४
  • +प्रस्थ ४०:२०

प्रस्थान ३७:९

मार्जिनल रेफरेन्स

  • +हिब्रू ९:५
  • +१स ४:४; भज ८०:१

प्रस्थान ३७:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:४
  • +प्रस्थ २५:२३-२८

प्रस्थान ३७:१२

फुटनोट

  • *

    चार अङ्‌गुल भनेको लगभग ७.४ सेन्टिमिटर (२.९ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

प्रस्थान ३७:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २५:२९

प्रस्थान ३७:१७

फुटनोट

  • *

    फूलको मुन्तिर हुने कचौराजस्तो भाग।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:२४; लेवी २४:४; २इ १३:११
  • +प्रस्थ २५:३१-३९

प्रस्थान ३७:२३

फुटनोट

  • *

    बलिसकेको सलेदो राख्ने भाँडो।

मार्जिनल रेफरेन्स

  • +गन ८:२

प्रस्थान ३७:२४

फुटनोट

  • *

    एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

प्रस्थान ३७:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:७; ४०:५; भज १४१:२; प्रका ८:३
  • +प्रस्थ ३०:१-५

प्रस्थान ३७:२६

फुटनोट

  • *

    वा “बुट्टेदार बिट।”

प्रस्थान ३७:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३०:२५, ३३; ४०:९
  • +प्रस्थ ३०:३४, ३५; भज १४१:२

अरू

प्रस्थ. ३७:१प्रस्थ ३१:२-५; ३८:२२
प्रस्थ. ३७:१प्रस्थ ४०:३; गन १०:३३
प्रस्थ. ३७:१प्रस्थ २५:१०-१५
प्रस्थ. ३७:२हिब्रू ९:४
प्रस्थ. ३७:४२इ ५:९
प्रस्थ. ३७:५यहो ३:८
प्रस्थ. ३७:६लेवी १६:२, १४; १इ २८:११
प्रस्थ. ३७:६प्रस्थ २५:१७-२०
प्रस्थ. ३७:७उत्प ३:२४
प्रस्थ. ३७:७प्रस्थ ४०:२०
प्रस्थ. ३७:९हिब्रू ९:५
प्रस्थ. ३७:९१स ४:४; भज ८०:१
प्रस्थ. ३७:१०प्रस्थ ४०:४
प्रस्थ. ३७:१०प्रस्थ २५:२३-२८
प्रस्थ. ३७:१६प्रस्थ २५:२९
प्रस्थ. ३७:१७प्रस्थ ४०:२४; लेवी २४:४; २इ १३:११
प्रस्थ. ३७:१७प्रस्थ २५:३१-३९
प्रस्थ. ३७:२३गन ८:२
प्रस्थ. ३७:२५प्रस्थ ३०:७; ४०:५; भज १४१:२; प्रका ८:३
प्रस्थ. ३७:२५प्रस्थ ३०:१-५
प्रस्थ. ३७:२९प्रस्थ ३०:२५, ३३; ४०:९
प्रस्थ. ३७:२९प्रस्थ ३०:३४, ३५; भज १४१:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान ३७:१-२९

प्रस्थान

३७ त्यसपछि बजलेलले+ बबुल काठको एउटा सन्दुक* बनाए।+ त्यो सन्दुकको लम्बाइ साढे दुई हात,* चौडाइ साढे एक हात र उचाइ साढे एक हात थियो।+ २ तिनले त्यसलाई भित्र र बाहिर दुवैतिर निखुर सुनले मोहोरे र त्यसको चारैतिर सुनको बिट* बनाए।+ ३ त्यसपछि तिनले सुनको चार वटा मुन्द्रा बनाएर सन्दुकको चार वटा खुट्टाको माथिपट्टि पर्नेगरि जोडे। दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा मुन्द्रा अर्कोपट्टि थियो। ४ त्यसपछि तिनले बबुल काठको डन्डीहरू बनाए र त्यसलाई सुनले मोहोरे।+ ५ अनि सन्दुक बोक्नको लागि ती डन्डीहरू सन्दुकको दुवैपट्टि भएका मुन्द्राहरूमा छिराए।+

६ तिनले सन्दुकको लागि निखुर सुनको ढकनी बनाए;+ त्यसको लम्बाइ साढे दुई हात र चौडाइ साढे एक हात थियो।+ ७ त्यसपछि तिनले सुनलाई घनले पिटेर ढकनीको दुई छेउमा दुई वटा करूब*+ बनाए।+ ८ ढकनीको एउटा छेउमा एउटा करूब र अर्को छेउमा अर्को करूब थियो। तिनले ढकनीको दुवै छेउमा करूबहरू बनाए। ९ ढकनीलाई छाया पार्नेगरि ती करूबहरूले आफ्ना दुवै पखेटा मास्तिर फैलाएका थिए;+ तिनीहरू एकअर्काको आमनेसामने थिए; तिनीहरू ढकनीतिर झुकेका थिए।+

१० अनि तिनले बबुल काठको एउटा टेबुल पनि बनाए;+ त्यसको लम्बाइ दुई हात, चौडाइ एक हात र उचाइ साढे एक हात थियो।+ ११ तिनले त्यसलाई निखुर सुनले मोहोरे र त्यसको चारैतिर सुनको बिट बनाए। १२ तिनले त्यस बिटको मुनि चार अङ्‌गुल* मोटाइ भएको घेरा बनाए र त्यस घेराको तलपट्टि पनि सुनको बिट बनाए। १३ साथै तिनले सुनको चार वटा मुन्द्रा पनि बनाएर त्यसलाई टेबुलको चारै कुनामा प्रत्येक खुट्टामा राखे। १४ टेबुल बोक्न प्रयोग गरिने डन्डीहरू छिराउन सकियोस्‌ भनेर तिनले ती मुन्द्राहरू टेबुलको घेरामुन्तिर जडान गरे। १५ त्यसपछि तिनले टेबुल बोक्न बबुल काठका डन्डीहरू बनाए र त्यसलाई सुनले मोहोरे। १६ अनि तिनले टेबुलमा राख्न थाल र कचौराका साथै मद्यभेटी चढाउने सुराही र प्याला पनि बनाए। यी सबै भाँडाकुँडा निखुर सुनको थियो।+

१७ त्यसपछि तिनले निखुर सुनको एउटा पानस बनाए।+ तिनले सुनको एउटै लाप्सोलाई घनले पिटेर पाउदान, डन्डा, हाँगा, पत्रदल,* कोपिला र फूल बनाए।+ १८ पानसको डन्डाबाट छ वटा हाँगा निस्केका थिए, दायाँतिर तीन वटा र बायाँतिर तीन वटा। १९ एक जोडी हाँगाको एकातिर तीन वटा र अर्कोतिर तीन वटा पत्रदल थियो। ती पत्रदलहरू कागजी बदामको फूलको पत्रदलजस्तै थिए। ती पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल थिए। त्यसैगरि अर्को दुई जोडी हाँगामा पनि एकातिर तीन वटा र अर्कोतिर तीन वटा पत्रदल थिए। ती पत्रदलहरू कागजी बदामको फूलको पत्रदलजस्तै थिए। पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल थिए। पानसको डन्डाबाट निस्केका छ वटै हाँगा यस्तै थिए। २० पानसको डन्डामा कागजी बदामको फूलको पत्रदलजस्तै चार वटा पत्रदल थिए। पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल थिए। २१ पानसको डन्डाबाट पहिलो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला, दोस्रो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला र तेस्रो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला थिए। डन्डाबाट निस्केका तीनै जोडी हाँगामुनि यस्तै थिए। २२ कोपिला, हाँगा र पूरै पानस निखुर सुनको एउटै लाप्सोलाई घनले पिटेर बनाइएको थियो। २३ त्यसपछि तिनले निखुर सुनको सात वटा दियो,+ चिम्टा र सलेदोदानी* पनि बनाए। २४ तिनले पानस र अरू सबै सरसामान एक टालेन्ट* निखुर सुनबाट बनाए।

२५ अनि तिनले धूप बाल्न एउटा वेदी बनाए;+ त्यो वेदी बबुल काठको थियो। त्यो चारकुने थियो; त्यसको लम्बाइ एक हात, चौडाइ एक हात अनि उचाइचाहिँ दुई हात थियो। वेदीकै भागको रूपमा त्यसका सिङहरू त्यसका चार कुनाबाट उठाइएका थिए।+ २६ तिनले पूरै वेदीलाई अर्थात्‌ यसको माथिल्लो भाग, चारैतिरको पाटा अनि सिङहरूलाई निखुर सुनले मोहोरे। तिनले वेदीको चारैतिर सुनको बिट* पनि बनाए। २७ तिनले वेदीको दुवैतिर सुनको दुई-दुई वटा मुन्द्रा बनाए। वेदीलाई बोक्ने डन्डीहरू छिराउन तिनले ती मुन्द्राहरू वेदीको बिटमुनि राखे। २८ त्यसपछि तिनले बबुल काठका डन्डीहरू बनाए र त्यसलाई सुनले मोहोरे। २९ तिनले मसलाहरू ठीक-ठीक मात्रामा मिसाएर अभिषेक गर्ने पवित्र तेल+ अनि शुद्ध र सुगन्धित धूप पनि बनाए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने