प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अय्युब २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

अय्युब विषयवस्तु

      • अय्युबको जवाफ (१-३४)

        • ‘दुष्टहरूको किन फलिफाप हुन्छ?’ (७-१३)

        • सान्त्वना दिन खोज्नेहरूको पर्दाफास गर्छन्‌ (२७-३४)

अय्युब २१:३

मार्जिनल रेफरेन्स

  • +अय्यु १६:१०, २०; १७:२; हिब्रू ११:३६

अय्युब २१:७

फुटनोट

  • *

    वा “किन तिनीहरू शक्‍तिशाली हुन्छन्‌?”

मार्जिनल रेफरेन्स

  • +हब १:३, १३
  • +अय्यु १२:६; भज ३७:७; ७३:३, १२; यर्मि १२:१

अय्युब २१:९

मार्जिनल रेफरेन्स

  • +भज ७३:३, ५

अय्युब २१:१०

फुटनोट

  • *

    अर्थात्‌, गाईसित मिसिन्छन्‌।

अय्युब २१:१२

मार्जिनल रेफरेन्स

  • +यसै ५:१२; २२:१३; आमो ६:४, ५

अय्युब २१:१३

फुटनोट

  • *

    वा “चिहानमा जाने बेला।” हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

अय्युब २१:१४

मार्जिनल रेफरेन्स

  • +भज १०:४, ११; ७३:३, ११

अय्युब २१:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ५:२; भज १०:४; होसे १३:६
  • +मला ३:१४

अय्युब २१:१६

फुटनोट

  • *

    वा “सल्लाह, षड्‌यन्त्र।”

मार्जिनल रेफरेन्स

  • +लुका १२:१९, २०
  • +भज १:१

अय्युब २१:१७

मार्जिनल रेफरेन्स

  • +हित १३:९; २०:२०; २४:२०

अय्युब २१:१९

मार्जिनल रेफरेन्स

  • +भज ११:६; यसै २६:११

अय्युब २१:२०

मार्जिनल रेफरेन्स

  • +भज ७५:८; यसै ५१:१७; यर्मि २५:१५; प्रका १४:१०

अय्युब २१:२१

मार्जिनल रेफरेन्स

  • +भज ५५:२३

अय्युब २१:२२

मार्जिनल रेफरेन्स

  • +यसै ४०:२३
  • +यसै ४०:१३, १४; रोमी ११:३४; १कोरि. २:१६

अय्युब २१:२३

मार्जिनल रेफरेन्स

  • +भज ४९:१७; लुका १२:१९, २०
  • +भज ७३:१२, १९; मत्ति २४:३८, ३९

अय्युब २१:२६

मार्जिनल रेफरेन्स

  • +अय्यु ३:१९; उप ९:२
  • +अय्यु २४:२०

अय्युब २१:२७

मार्जिनल रेफरेन्स

  • +भज ५९:३

अय्युब २१:२८

मार्जिनल रेफरेन्स

  • +अय्यु २०:५, ७

अय्युब २१:३३

फुटनोट

  • *

    वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +अय्यु ३:१७
  • +रोमी ५:१२

अय्युब २१:३४

मार्जिनल रेफरेन्स

  • +अय्यु १६:२, ३

अरू

अय्यु. २१:३अय्यु १६:१०, २०; १७:२; हिब्रू ११:३६
अय्यु. २१:७हब १:३, १३
अय्यु. २१:७अय्यु १२:६; भज ३७:७; ७३:३, १२; यर्मि १२:१
अय्यु. २१:९भज ७३:३, ५
अय्यु. २१:१२यसै ५:१२; २२:१३; आमो ६:४, ५
अय्यु. २१:१४भज १०:४, ११; ७३:३, ११
अय्यु. २१:१५प्रस्थ ५:२; भज १०:४; होसे १३:६
अय्यु. २१:१५मला ३:१४
अय्यु. २१:१६लुका १२:१९, २०
अय्यु. २१:१६भज १:१
अय्यु. २१:१७हित १३:९; २०:२०; २४:२०
अय्यु. २१:१९भज ११:६; यसै २६:११
अय्यु. २१:२०भज ७५:८; यसै ५१:१७; यर्मि २५:१५; प्रका १४:१०
अय्यु. २१:२१भज ५५:२३
अय्यु. २१:२२यसै ४०:२३
अय्यु. २१:२२यसै ४०:१३, १४; रोमी ११:३४; १कोरि. २:१६
अय्यु. २१:२३भज ४९:१७; लुका १२:१९, २०
अय्यु. २१:२३भज ७३:१२, १९; मत्ति २४:३८, ३९
अय्यु. २१:२६अय्यु ३:१९; उप ९:२
अय्यु. २१:२६अय्यु २४:२०
अय्यु. २१:२७भज ५९:३
अय्यु. २१:२८अय्यु २०:५, ७
अय्यु. २१:३३अय्यु ३:१७
अय्यु. २१:३३रोमी ५:१२
अय्यु. २१:३४अय्यु १६:२, ३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब २१:१-३४

अय्युब

२१ अय्युबले यस्तो जवाफ दिए:

 २ “मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस्‌;

त्यो नै मेरो लागि सान्त्वना हुनेछ।

 ३ म बोलुन्जेल धैर्य गर्नुहोस्‌।

त्यसपछि मलाई जति गिज्याए पनि हुन्छ।+

 ४ म मानिससित गुनासो गर्दै छु र?

मेरो गुनासो मानिससित भएको भए

मैले उहिल्यै धैर्य गुमाइसक्ने थिएँ।

 ५ छक्क परेर मलाई क्वारक्वार्ती हेर्नुहोस्‌।

अचम्म मान्दै आफ्नो मुख छोप्नुहोस्‌।

 ६ ममाथि जे आइपऱ्‍यो, त्यसबारे सोच्दा मात्रै पनि मलाई छटपटी हुन्छ

र मेरो पूरै शरीर थरथर काँप्छ।

 ७ दुष्टहरू किन बुढेसकालसम्मै बाँचिरहन्छन्‌?+

किन तिनीहरूको फलिफाप हुन्छ?*+

 ८ तिनीहरूका छोराछोरी सधैँ तिनीहरूकै आँखाअगाडि हुन्छन्‌।

तिनीहरूले आफ्ना छोरानाति खेलाउन पाउँछन्‌।

 ९ तिनीहरूको घर सुरक्षित रहन्छ र तिनीहरू ढुक्कले बस्छन्‌।+

परमेश्‍वर तिनीहरूलाई छडी लाउनुहुन्‍न।

१० तिनीहरूका बहरहरू बाली लाग्छन्‌* र त्यो खेर जाँदैन।

तिनीहरूका गाईका गर्भ कहिल्यै तुहिँदैनन्‌।

११ तिनीहरूका छोराहरू भेडाबाख्राको बथानजस्तै कुद्‌छन्‌

र तिनीहरूका छोराछोरी बुर्लुक-बुर्लुक उफ्रन्छन्‌।

१२ तिनीहरू खैँजडी र वीणा बजाउँदै गीत गाउँछन्‌

अनि बाँसुरीको धुनमा रमाउँछन्‌।+

१३ तिनीहरूको पूरै जीवन आरामसित बित्छ।

मर्ने बेला* पनि तिनीहरूलाई कुनै सास्ती हुँदैन।

१४ तिनीहरू साँचो परमेश्‍वरलाई यसो भन्छन्‌, ‘हाम्रो पछि नलाग्नुहोस्‌!

हामीलाई तपाईँको मार्ग सिक्नु छैन।+

१५ सर्वशक्‍तिमान्‌ परमेश्‍वर को हो र, जसको हामीले सेवा गर्नुपऱ्‍यो?+

उहाँलाई चिनेर हामीलाई के फाइदा?’+

१६ तर म जान्दछु, तिनीहरू आफैले गर्दा तिनीहरूको फलिफाप भएको होइन।+

मेरो सोचाइ* दुष्टको जस्तो छँदै छैन।+

१७ तर दुष्टको दियो कहिले पो निभेको छ र?+

तिनीहरूमाथि कति पटक पो विपत्ति आइपरेको छ र?

परमेश्‍वरले कति पटक पो रिसाएर तिनीहरूलाई प्रहार गर्नुभएको छ र?

१८ तिनीहरू हावाले उडाउने पराल

र बतासले उडाउने भुसजस्तै कहिले पो भएका छन्‌ र?

१९ परमेश्‍वरले दुष्टलाई दिने सजाय त्यसका छोराछोरीको लागि साँचेर राख्नुहुन्छ।

तर उहाँले त्यसैलाई सजाय भोग्न दिनुभए हुन्थ्यो

र परमेश्‍वरले दण्ड दिँदै हुनुहुन्छ भनेर त्यसले थाह पाउने थियो।+

२० त्यसले आफ्नै आँखाले आफ्नो विनाश देख्नुपरोस्‌

र सर्वशक्‍तिमान्‌को रिसको कचौराबाट पिउनुपरोस्‌।+

२१ त्यसको आयु घटाइयो भने

त्यसले आफ्नो शेषपछि छोराछोरीलाई के होला भनेर चिन्ता गर्छ र?+

२२ परमेश्‍वर ठूलाबडाहरूको समेत इन्साफ गर्नुहुन्छ भने+

उहाँलाई अर्तीबुद्धि दिने कसको आँट?+

२३ कोही मानिस मर्ने बेलासम्म पनि हट्टाकट्टा हुन्छ+

किनकि ऊ तनावमुक्‍त भएर चैनसित बस्छ;+

२४ उसका तिघ्राहरू बोसोले डम्म परेका हुन्छन्‌

र हड्डीहरू पनि बलिया हुन्छन्‌।

२५ तर कोही भने सुख देख्नै नपाई

अत्यन्तै व्याकुल भएर मर्छ।

२६ तैपनि अन्तमा तिनीहरू दुवै माटैमा मिल्छन्‌+

र तिनीहरू दुवैको लासमा स्याउँस्याउँती किरा पर्छ।+

२७ तपाईँहरूको एक-एक कुविचार मलाई थाह छ।

मलाई हानि पुऱ्‍याउन तपाईँहरूले रचेको षड्‌यन्त्र मलाई थाह छ।+

२८ तपाईँहरू भन्‍नुहुन्छ, ‘त्यसोभए दुष्ट मानिसको पाल खोइ त?

ठूलाबडा भनाउँदाहरूको घर कहाँ गयो?’+

२९ के तपाईँहरूले बटुवाहरूलाई कहिल्यै सोध्नुभएको छैन?

तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुभएको छैन?

३० विपत्तिको बेला दुष्टहरूलाई जोगाइन्छ।

विनाशको दिनमा तिनीहरूको उद्धार हुन्छ।

३१ दुष्टको चाल देखेर त्यसलाई कसले चेतावनी दिन्छ र?

त्यसको कुकर्मको सजाय त्यसलाई कसले दिन्छ र?

३२ त्यसलाई चिहानमा पुऱ्‍याउँदा

त्यसको लासलाई पहरा दिनेहरू हुन्छन्‌।

३३ बेँसीको* माटोको ढिस्को त्यसको लागि मीठो हुन्छ।+

त्यसको अघिल्लो पुस्ताका अनगिन्ती मानिसहरूजस्तै

त्यसपछिका सबै मानिस पनि त्यसैको पछिपछि चिहानमा जानेछन्‌।+

३४ त्यसैले तपाईँहरूको फोस्रो सान्त्वना मलाई चाहिँदैन।+

तपाईँहरूको कुरामा कपटबाहेक केही छैन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने