प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • अब्राम लुतलाई बचाउँछन्‌ (१-१६)

      • मल्किसेदेक अब्रामलाई आशिष्‌ दिन्छन्‌ (१७-२४)

उत्पत्ति १४:१

मार्जिनल रेफरेन्स

  • +उत्प १०:९, १०
  • +उत्प १०:२२
  • +उत्प १४:१७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/२००१, पृ. २३

उत्पत्ति १४:२

मार्जिनल रेफरेन्स

  • +उत्प १०:१९; १३:१२
  • +उत्प १३:१०, १२
  • +व्य २९:२३

उत्पत्ति १४:३

फुटनोट

  • *

    यसले पद १ मा उल्लेख गरिएका राजाहरूलाई जनाएको हुन सक्छ।

  • *

    अर्थात्‌, मृतसागरमा।

मार्जिनल रेफरेन्स

  • +उत्प १४:१०
  • +गन ३४:२, १२

उत्पत्ति १४:५

मार्जिनल रेफरेन्स

  • +व्य २:१०, ११

उत्पत्ति १४:६

मार्जिनल रेफरेन्स

  • +व्य २:१२
  • +उत्प ३६:८

उत्पत्ति १४:७

मार्जिनल रेफरेन्स

  • +गन २०:१
  • +उत्प ३६:१२; १स १५:२
  • +२इ २०:२
  • +उत्प १०:१५, १६

उत्पत्ति १४:९

मार्जिनल रेफरेन्स

  • +उत्प १४:१, २

उत्पत्ति १४:१०

फुटनोट

  • *

    कालो रङको बाक्लो कच्चा पेट्रोलियम पदार्थ।

उत्पत्ति १४:११

मार्जिनल रेफरेन्स

  • +उत्प १४:१६

उत्पत्ति १४:१२

मार्जिनल रेफरेन्स

  • +उत्प १९:१

उत्पत्ति १४:१३

फुटनोट

  • *

    वा “पाल टाँगेर बसिरहेका।”

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१८
  • +उत्प १४:२४

उत्पत्ति १४:१४

फुटनोट

  • *

    शा., “भाइलाई।”

मार्जिनल रेफरेन्स

  • +उत्प ११:२७
  • +न्याय १८:२९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००९, पृ. ३-४

    ५/१५/२००४, पृ. २६-२७

    ८/१५/२००१, पृ. २३-२४

उत्पत्ति १४:१७

मार्जिनल रेफरेन्स

  • +२स १८:१८

उत्पत्ति १४:१८

मार्जिनल रेफरेन्स

  • +हिब्रू ७:१, २
  • +भज ११०:४; हिब्रू ६:२०
  • +भज ८३:१८; हिब्रू ५:५, १०

उत्पत्ति १४:२०

फुटनोट

  • *

    वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +हिब्रू ७:४

उत्पत्ति १४:२४

मार्जिनल रेफरेन्स

  • +उत्प १४:१३

अरू

उत्प. १४:१उत्प १०:९, १०
उत्प. १४:१उत्प १०:२२
उत्प. १४:१उत्प १४:१७
उत्प. १४:२उत्प १०:१९; १३:१२
उत्प. १४:२उत्प १३:१०, १२
उत्प. १४:२व्य २९:२३
उत्प. १४:३उत्प १४:१०
उत्प. १४:३गन ३४:२, १२
उत्प. १४:५व्य २:१०, ११
उत्प. १४:६व्य २:१२
उत्प. १४:६उत्प ३६:८
उत्प. १४:७गन २०:१
उत्प. १४:७उत्प ३६:१२; १स १५:२
उत्प. १४:७२इ २०:२
उत्प. १४:७उत्प १०:१५, १६
उत्प. १४:९उत्प १४:१, २
उत्प. १४:११उत्प १४:१६
उत्प. १४:१२उत्प १९:१
उत्प. १४:१३उत्प १३:१८
उत्प. १४:१३उत्प १४:२४
उत्प. १४:१४उत्प ११:२७
उत्प. १४:१४न्याय १८:२९
उत्प. १४:१७२स १८:१८
उत्प. १४:१८हिब्रू ७:१, २
उत्प. १४:१८भज ११०:४; हिब्रू ६:२०
उत्प. १४:१८भज ८३:१८; हिब्रू ५:५, १०
उत्प. १४:२०हिब्रू ७:४
उत्प. १४:२४उत्प १४:१३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति १४:१-२४

उत्पत्ति

१४ त्यही समयमा सिनारका+ राजा अमरापेल, एल्लासारका राजा अरयोक, एलामका+ राजा केदोर-लाओमेर+ र गोयिमका राजा तिदालले २ सदोमका+ राजा बेरा, गमोराका+ राजा बिर्सा, अदमाहका राजा सिनाब, जेबोयिमका+ राजा सेमेबेर र जोअर पनि भनिने बेलाका राजासित लडाइँ गरे। ३ तिनीहरू* लडाइँ गर्न सिद्दिम बेँसीमा+ अर्थात्‌ खारा समुद्रमा*+ जम्मा भए।

४ ती पाँच राजाले १२ वर्षसम्म राजा केदोर-लाओमेरको सेवा गरेका थिए तर १३ औँ वर्षमा तिनीहरूले विद्रोह गरे। ५ अनि १४ औँ वर्षमा राजा केदोर-लाओमेर र तिनलाई साथ दिने अरू राजाहरू आएर अस्तेरोथ-कर्नैममा रेफाईहरूलाई, हाममा जुजीहरूलाई र सावे-किर्यथैममा एमीहरूलाई+ हराए। ६ अनि सेइरको पहाडी इलाकामा बस्ने होरीहरूलाई+ सेइरको पहाडदेखि+ निर्जनभूमिको एल पारानसम्म खेदे र ती होरीहरूलाई त्यहीँ हराए। ७ त्यसपछि तिनीहरू कादेस+ पनि भनिने एन-मिस्पातमा फर्के अनि अमालेकीहरूको+ पूरै इलाका जिते र हजाजोन-तामारमा+ बस्ने एमोरीहरूलाई+ पनि हराए।

८ त्यही बेला सदोमका राजा, गमोराका राजा, अदमाहका राजा, जेबोयिमका राजा र जोअर पनि भनिने बेलाका राजा सिद्दिम बेँसीमा दल-दल बनाएर जम्मा भए। ९ तिनीहरू एलामका राजा केदोर-लाओमेर, गोयिमका राजा तिदाल, सिनारका राजा अमरापेल र एल्लासारका राजा अरयोकसित+ लडाइँ गर्न तयार भए। यसरी चार जना राजासित लड्‌न पाँच जना राजा जम्मा भए। १० सिद्दिम बेँसीमा जताततै बिटुमिनको* दलदल थियो। त्यसैले सदोम र गमोराका राजाहरू आफ्नो ज्यान बचाउन भाग्न खोज्दा तिनीहरू त्यसमै फसे। अनि बाँकी रहेकाहरूचाहिँ पहाडी इलाकातिर भागे। ११ लडाइँ जित्ने चार जना राजाले सदोम र गमोराका सबै मालसामान र खानेकुरा लुटे।+ १२ तिनीहरूले सदोममा+ बस्ने अब्रामका भतिजा लुतलाई बन्दी बनाएर लगे र उनका मालसामान पनि लुटे।

१३ अनि उम्केर आएका एक जना व्यक्‍तिले हिब्रू अब्रामलाई सबै कुरा बताइदिए। त्यतिबेला अब्राम मम्रे नामको एमोरी मानिसकहाँ ठूलठूला रूखहरूबीच बसिरहेका* थिए।+ मम्रे, एस्कोल र अनेर दाजुभाइ थिए।+ तिनीहरू र अब्रामले एकआपसमा सन्धि गरेका थिए। १४ आफ्नो भतिजालाई*+ पक्रेर लगेको खबर पाएपछि अब्रामले आफ्नै घरमा जन्मेका ३१८ जना दासलाई जम्मा गरे। तिनीहरू हतियार चलाउन सिपालु थिए। अब्राम तिनीहरूलाई लिएर शत्रुहरूलाई खोज्दै दानसम्मै+ पुगे। १५ राती अब्रामले आफ्ना दासहरूलाई दल-दल गरी छुट्ट्याए र शत्रुहरूमाथि आक्रमण गरेर तिनीहरूलाई हराए। अनि दमिसकको उत्तरतिर पर्ने होबाहसम्म तिनीहरूलाई खेदे। १६ तिनले आफ्ना भतिजा लुत र उनका सरसम्पत्ति छुटाए। तिनले बाँकी सबै मालसामान, स्त्रीहरू र अरू मानिसलाई पनि छुटाए।

१७ अब्रामले राजा केदोर-लाओमेर र तिनलाई साथ दिने अरू राजालाई हराएर फर्कँदा तिनलाई भेट्‌न सदोमका राजा सावे बेँसी अर्थात्‌ राजा बेँसीमा+ आए। १८ अनि सालेमका राजा+ मल्किसेदेक,+ जो सर्वोच्च परमेश्‍वरका पुजारी पनि थिए,+ तिनी रोटी र मद्य लिएर अब्रामलाई भेट्‌न आए।

१९ त्यसपछि तिनले अब्रामलाई आशिष्‌ दिए र यसो भने:

“स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्‍वरले

अब्रामलाई आशिष्‌ देऊन्‌;

२० सर्वोच्च परमेश्‍वरको महिमा होस्‌,

जसले शत्रुहरूलाई तिम्रो हातमा सुम्पिदिनुभयो।”

त्यसपछि अब्रामले राजा मल्किसेदेकलाई सबै कुराको दशांश* दिए।+

२१ तब सदोमका राजाले अब्रामलाई भने: “सरसामानजति सबै तपाईँसितै राख्नुहोस्‌ तर मेरा मानिसहरू भने फर्काइदिनुहोस्‌।” २२ तर अब्रामले सदोमका राजालाई भने: “म आफ्नो हात उचाल्दै स्वर्ग र पृथ्वी बनाउनुहुने सर्वोच्च परमेश्‍वर यहोवाको नाममा यो शपथ खान्छु, २३ म तपाईँको केही पनि लिनेछैनँ, एउटा धागोदेखि जुत्ताको फित्तासम्म लिनेछैनँ। नत्र तपाईँ भन्‍नुहोला, ‘मैले गर्दा अब्राम धनी भए।’ २४ मेरा मानिसहरूले जे खाएका छन्‌, त्यसबाहेक म केही लिनेछैनँ। तर मसँगै आएका अनेर, एस्कोल र मम्रेले+ भने आ-आफ्नो भाग लेऊन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने