प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • अन्त आउँदै छ (१-२७)

        • पहिला कहिल्यै नभोगेको विपत्ति (५)

        • पैसा सडकमा फालिनेछ (१९)

        • मन्दिर बिटुलो पारिनेछ (२२)

इजकिएल ७:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६७-६८, ७०

इजकिएल ७:४

मार्जिनल रेफरेन्स

  • +इज ५:११
  • +यर्मि १६:१८; इज १६:४३
  • +इज ६:१३

इजकिएल ७:५

मार्जिनल रेफरेन्स

  • +२रा २१:१२; दा ९:१२

इजकिएल ७:६

फुटनोट

  • *

    शा., “तँविरुद्ध जाग्नेछ।”

इजकिएल ७:७

मार्जिनल रेफरेन्स

  • +सप १:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१/२००७, पृ. ११

इजकिएल ७:८

मार्जिनल रेफरेन्स

  • +२इ ३४:२१
  • +यर्मि ७:२०; इज ५:१३

इजकिएल ७:९

मार्जिनल रेफरेन्स

  • +यर्मि १३:१४
  • +यसै ६६:६; इज ३३:२९

इजकिएल ७:१०

मार्जिनल रेफरेन्स

  • +सप १:१४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६६

इजकिएल ७:११

मार्जिनल रेफरेन्स

  • +यसै ५९:६; यर्मि ६:७; मिका ६:१२

इजकिएल ७:१२

फुटनोट

  • *

    अर्थात्‌, न किन्‍नेलाई न त बेच्नेलाई नै फाइदा हुनेछ किनकि सबैमाथि विनाश आइपर्नेछ।

मार्जिनल रेफरेन्स

  • +सप १:१८

इजकिएल ७:१३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

इजकिएल ७:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि ४:५
  • +यर्मि ७:२०; १२:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६८, ६९-७०

इजकिएल ७:१५

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२५
  • +यर्मि १४:१८; इज ५:१२

इजकिएल ७:१६

मार्जिनल रेफरेन्स

  • +यसै ५९:११

इजकिएल ७:१७

फुटनोट

  • *

    अर्थात्‌, डरले गर्दा पिसाब चुहिएकोले भिज्नेछन्‌।

मार्जिनल रेफरेन्स

  • +इज २१:७

इजकिएल ७:१८

फुटनोट

  • *

    अर्थात्‌, शोकको कारण कपाल खौरनेछन्‌।

मार्जिनल रेफरेन्स

  • +यसै ३:२४
  • +यसै २२:१२

इजकिएल ७:१९

मार्जिनल रेफरेन्स

  • +हित ११:४; सप १:१८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६९-७०

इजकिएल ७:२०

फुटनोट

  • *

    अर्थात्‌, तिनीहरूका सुनचाँदीका चिजहरूबाट।

मार्जिनल रेफरेन्स

  • +२रा २१:१, ७; यर्मि ७:३०

इजकिएल ७:२१

फुटनोट

  • *

    अर्थात्‌, तिनीहरूको सुनचाँदी, जसबाट तिनीहरूले मूर्तिहरू बनाए।

इजकिएल ७:२२

फुटनोट

  • *

    अर्थात्‌, शत्रुहरूले।

  • *

    यसले यहोवाको मन्दिरको सबैभन्दा भित्री भागलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +यर्मि १८:१७
  • +२इ ३६:१९; वि १:१०

इजकिएल ७:२३

फुटनोट

  • *

    अर्थात्‌, कैद गर्ने साङ्‌ला।

मार्जिनल रेफरेन्स

  • +यर्मि ३९:६, ७; वि ३:७
  • +२रा २१:१६; २४:३, ४; यर्मि २:३४; इज ९:९
  • +यसै ५९:६; मिका २:२

इजकिएल ७:२४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य २८:४८-५१; इज २१:३१; हब १:६
  • +यर्मि ६:१२; वि ५:२
  • +इज २१:२

इजकिएल ७:२५

मार्जिनल रेफरेन्स

  • +यसै ५७:२१; यर्मि ८:१५

इजकिएल ७:२६

फुटनोट

  • *

    वा “व्यवस्था।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २१:१, २; ३७:१७
  • +भज ७४:९; वि २:९; इज २०:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    शुद्ध उपासना, पृ. ६६, ७०

इजकिएल ७:२७

मार्जिनल रेफरेन्स

  • +यर्मि ५२:१०
  • +इज ६:१३

अरू

इज. ७:४इज ५:११
इज. ७:४यर्मि १६:१८; इज १६:४३
इज. ७:४इज ६:१३
इज. ७:५२रा २१:१२; दा ९:१२
इज. ७:७सप १:१४
इज. ७:८२इ ३४:२१
इज. ७:८यर्मि ७:२०; इज ५:१३
इज. ७:९यर्मि १३:१४
इज. ७:९यसै ६६:६; इज ३३:२९
इज. ७:१०सप १:१४
इज. ७:११यसै ५९:६; यर्मि ६:७; मिका ६:१२
इज. ७:१२सप १:१८
इज. ७:१४यर्मि ४:५
इज. ७:१४यर्मि ७:२०; १२:१२
इज. ७:१५लेवी २६:२५
इज. ७:१५यर्मि १४:१८; इज ५:१२
इज. ७:१६यसै ५९:११
इज. ७:१७इज २१:७
इज. ७:१८यसै ३:२४
इज. ७:१८यसै २२:१२
इज. ७:१९हित ११:४; सप १:१८
इज. ७:२०२रा २१:१, ७; यर्मि ७:३०
इज. ७:२२यर्मि १८:१७
इज. ७:२२२इ ३६:१९; वि १:१०
इज. ७:२३यर्मि ३९:६, ७; वि ३:७
इज. ७:२३२रा २१:१६; २४:३, ४; यर्मि २:३४; इज ९:९
इज. ७:२३यसै ५९:६; मिका २:२
इज. ७:२४व्य २८:४८-५१; इज २१:३१; हब १:६
इज. ७:२४यर्मि ६:१२; वि ५:२
इज. ७:२४इज २१:२
इज. ७:२५यसै ५७:२१; यर्मि ८:१५
इज. ७:२६यर्मि २१:१, २; ३७:१७
इज. ७:२६भज ७४:९; वि २:९; इज २०:३
इज. ७:२७यर्मि ५२:१०
इज. ७:२७इज ६:१३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ७:१-२७

इजकिएल

७ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले भन्‍नुभयो: २ “हे मानिसको छोरा, ब्रह्‍माण्डका मालिक यहोवा इस्राएल राष्ट्रलाई यसो भन्‍नुहुन्छ: ‘अन्त आउँदै छ! देशको चारैतिर विनाश आउनै लागेको छ। ३ तँमाथि अन्त आउनै लागेको छ र म तँमाथि मेरो रिस पोख्नेछु। तेरो कामअनुसार म तेरो न्याय गर्नेछु र तैँले गरेका घिनलाग्दा कामहरूको लेखा लिनेछु। ४ म तँलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस पनि मान्‍नेछैनँ।+ किनभने तैँले आफ्नो कामअनुसारको फल पाउनेछस्‌ र तैँले आफ्ना घिनलाग्दा कामहरूको नतिजा भोग्नेछस्‌।+ तब म नै यहोवा हुँ भनेर तैँले जान्‍नेछस्‌।’+

५ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘हेर्‌, तँमाथि विपत्ति आउनेछ, तैँले पहिला कहिल्यै नभोगेको विपत्ति।+ ६ अन्त आउँदै छ; त्यो पक्कै आउनेछ। त्यो तँमाथि आउनेछ।* हेर्‌! अन्त आउँदै छ। ७ तिमीहरू जो यस देशका बासिन्दाहरू हौ, तिमीहरूको पालो आएको छ। बेला आउँदै छ, दिन नजिकै छ।+ पहाडहरूमा खैलाबैला मच्चिएको छ, त्यहाँ खुसीयालीको आवाज सुनिँदैन।

८ “‘अब चाँडै म आफ्नो क्रोध तँमाथि दन्काउनेछु+ र तँमाथि मेरो भएभरको रिस पोख्नेछु।+ तेरो कामअनुसार म तेरो न्याय गर्नेछु र तैँले गरेका घिनलाग्दा कामहरूको लेखा लिनेछु। ९ म तँलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस मान्‍नेछैनँ।+ तैँले आफ्नो कामअनुसारको फल पाउनेछस्‌ र तैँले आफ्ना घिनलाग्दा कामहरूको नतिजा भोग्नेछस्‌। तब तँलाई सजाय दिने म यहोवा नै हुँ भनेर तैँले जान्‍नेछस्‌।+

१० “‘हेर्‌, त्यो दिन! हेर्‌, त्यो आउँदै छ!+ तेरो पालो आएको छ। सजाय दिने लौरो तयार भएको छ र शत्रुको घमन्ड बढेको छ। ११ हिंसा बढेर दुष्ट्‌याइँको लौरो बनेको छ।+ अब तिनीहरू, तिनीहरूका धनसम्पत्ति, तिनीहरूका मानिसहरूको भीड, तिनीहरूको मानसम्मान केही पनि बाँकी रहनेछैन। १२ बेला आउँदै छ, त्यो दिन आउँदै छ। किन्‍नेले खुसी नमनाओस्‌ र बेच्नेले पनि दुःख नमानोस्‌ किनभने सबै मानिसमाथि मेरो क्रोध दन्कँदै छ।*+ १३ बेच्नेले आफ्नो ज्यान जोगाए पनि आफूले बेचेको कुरा फिर्ता लिन जानेछैन किनभने यो दर्शनमा* देखिएको कुरा सबै मानिसले भोग्नेछन्‌। कोही पनि फर्कनेछैन र गल्ती गरेको हुनाले कोही पनि बच्नेछैन।

१४ “‘तिनीहरूले बिगुल फुकेका छन्‌+ र सबै तयार भएका छन्‌ तर युद्धभूमिमा कोही जानेछैन किनभने सबै मानिसमाथि म आफ्नो क्रोध खन्याउनेछु।+ १५ तरबार बाहिर ढुकिबसेको छ+ अनि भित्र महामारी र अनिकाल ढुकिबसेको छ। बाहिर खेतमा हुनेजति तरबारले काटिनेछन्‌ र भित्र सहरमा भएकाहरूलाई चाहिँ अनिकाल र महामारीले निल्नेछन्‌।+ १६ अनि यी सबैबाट उम्कन सफल हुनेहरूचाहिँ पहाडहरूतिर भाग्नेछन्‌ र बेँसीका ढुकुरहरूले जस्तै तिनीहरू प्रत्येकले आफ्नो गल्तीको लागि शोक गर्नेछन्‌।+ १७ तिनीहरूका हात लुला हुनेछन्‌ र तिनीहरूका घुँडा भिज्नेछन्‌।*+ १८ तिनीहरूले कम्मरमा भाङ्‌ग्रा बेरेका छन्‌+ र तिनीहरू डरले लगलग काँपिरहेका छन्‌। तिनीहरू सबै लाजमा पर्नेछन्‌ र सबैले कपाल खौरनेछन्‌।*+

१९ “‘तिनीहरूले आफूसित भएको चाँदी सडकमा फाल्नेछन्‌ र आफूसित भएको सुन देखेर तिनीहरूलाई घिन लाग्नेछ। यहोवाको रिसको दिनमा तिनीहरूको सुनचाँदीले तिनीहरूलाई बचाउन सक्नेछैन।+ तिनीहरू तृप्त हुनेछैनन्‌ र तिनीहरूको पेट पनि भरिनेछैन किनभने तिनीहरूको सुनचाँदी नै तिनीहरूको लागि ठेस लाग्ने ढुङ्‌गो बनेको छ। २० तिनीहरू आफ्नो सुन्दर-सुन्दर गहनामा घमन्ड गर्थे र तिनीहरूले त्यसबाट* घिनलाग्दा मूर्ति अनि देवताहरू बनाए।+ त्यसैले म त्यो तिनीहरूकै लागि घिनलाग्दो कुरा बनाउनेछु। २१ त्यो* म विदेशीहरूलाई लुट्‌न दिनेछु र दुष्टहरूलाई ती खोस्न दिनेछु अनि उनीहरूले त्यसलाई बिटुलो पार्नेछन्‌।

२२ “‘तिनीहरूबाट म आफ्नो अनुहार फर्काउनेछु+ र उनीहरूले* मेरो गोप्य ठाउँ* बिटुलो पार्नेछन्‌; डाँकुहरू भित्र पसेर त्यसलाई बिटुलो पार्नेछन्‌।+

२३ “‘साङ्‌ला* बनाऊ+ किनभने अन्यायले गर्दा देशभरि रक्‍तपात मच्चिएको छ+ र सहर हिंसाले भरिएको छ।+ २४ म संसारकै सबैभन्दा क्रूर जातिलाई ल्याउनेछु+ र ती मानिसहरूले तिनीहरूको घर कब्जा गर्नेछन्‌।+ अनि म शक्‍तिशालीहरूको घमन्ड चकनाचुर पारिदिन्छु र तिनीहरूका पवित्र स्थानहरू* बिटुलो पारिनेछन्‌।+ २५ सङ्‌कष्टले गर्दा छटपटी भएपछि तिनीहरू शान्तिको लागि भौँतारिनेछन्‌ तर शान्ति पाउनेछैनन्‌।+ २६ विपत्तिमाथि विपत्ति आउनेछ र एकपछि अर्को नराम्रा समाचार सुनिनेछन्‌। मानिसहरूले भविष्यवक्‍ताबाट दर्शन खोज्नेछन्‌+ तर पुजारीले निर्देशन* दिन सक्नेछैनन्‌, मुखियाहरूले सल्लाह दिन सक्नेछैनन्‌।+ २७ राजाले शोक गर्नेछन्‌+ र कुलनायक निराशामा डुब्नेछन्‌ अनि मानिसहरूको हात डरले थरथर काँप्नेछ। तिनीहरूको कामअनुसार म तिनीहरूसित व्यवहार गर्नेछु। तिनीहरूले जसरी अरूको न्याय गरेका थिए, म पनि त्यसरी नै तिनीहरूको न्याय गर्नेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्‍नेछन्‌।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने