प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ राजा विषयवस्तु

      • हिजकियाह यसैयामार्फत परमेश्‍वरको मदत खोज्छन्‌ (१-७)

      • यरुसलेमलाई सनहेरिबको धम्की (८-१३)

      • हिजकियाहको प्रार्थना (१४-१९)

      • यसैया परमेश्‍वरको जवाफ बताउँछन्‌ (२०-३४)

      • स्वर्गदूत १ लाख ८५ हजार अस्सेरियालीलाई मार्छन्‌ (३५-३७)

२ राजा १९:१

मार्जिनल रेफरेन्स

  • +यसै ३७:१-४

२ राजा १९:२

मार्जिनल रेफरेन्स

  • +यसै १:१

२ राजा १९:३

फुटनोट

  • *

    वा “बेइज्जती।”

मार्जिनल रेफरेन्स

  • +यसै २६:१७, १८

२ राजा १९:४

मार्जिनल रेफरेन्स

  • +१स १७:४५; २रा १८:३५
  • +२स २२:७; २इ २०:९; ३२:२०; भज ५०:१५

२ राजा १९:५

मार्जिनल रेफरेन्स

  • +यसै ३७:५-७

२ राजा १९:६

मार्जिनल रेफरेन्स

  • +२रा १८:१७
  • +व्य २०:३; यसै ४१:१०; ५१:७

२ राजा १९:७

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२१; यसै ३७:३७, ३८

२ राजा १९:८

मार्जिनल रेफरेन्स

  • +२रा १८:१४
  • +यसै ३७:८-१३

२ राजा १९:९

मार्जिनल रेफरेन्स

  • +२रा १८:१७

२ राजा १९:१०

मार्जिनल रेफरेन्स

  • +२इ ३२:१५

२ राजा १९:११

मार्जिनल रेफरेन्स

  • +२रा १७:५; २इ ३२:१०, १३; यसै १०:८-११

२ राजा १९:१२

मार्जिनल रेफरेन्स

  • +उत्प ११:३१

२ राजा १९:१३

मार्जिनल रेफरेन्स

  • +२रा १७:२४; १८:३३, ३४

२ राजा १९:१४

मार्जिनल रेफरेन्स

  • +१रा ८:३०; यसै ३७:१४-२०

२ राजा १९:१५

फुटनोट

  • *

    वा सम्भवतः “करूबहरूको बीचमा।”

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२०
  • +प्रस्थ २५:२२
  • +१इ २९:१०, ११

२ राजा १९:१६

मार्जिनल रेफरेन्स

  • +१रा ८:२९; भज ६५:२
  • +२इ १६:९; दा ९:१८

२ राजा १९:१७

मार्जिनल रेफरेन्स

  • +२रा १६:८, ९; १७:६, २४

२ राजा १९:१८

मार्जिनल रेफरेन्स

  • +यसै ४१:२९
  • +यर्मि १०:३

२ राजा १९:१९

मार्जिनल रेफरेन्स

  • +भज ८३:१७, १८; यसै ४५:५, ६

२ राजा १९:२०

मार्जिनल रेफरेन्स

  • +२रा १९:१५; यसै ३७:२१, २२

२ राजा १९:२२

मार्जिनल रेफरेन्स

  • +२रा १९:१०
  • +२रा १८:३०; यसै १०:१२, १३
  • +यसै ३७:२३-२५

२ राजा १९:२३

मार्जिनल रेफरेन्स

  • +२रा १८:१७
  • +२इ ३२:१७; यसै १०:१०, ११

२ राजा १९:२४

फुटनोट

  • *

    वा “नाइल नदीका सबै नहर।”

२ राजा १९:२५

मार्जिनल रेफरेन्स

  • +यसै १४:२४
  • +भज ३३:११
  • +यसै ४६:१०
  • +यसै १०:५; ३७:२६, २७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    २/२०२४, पृ. ३०

    प्रहरीधरहरा,

    ८/१५/१९९९, पृ. १४

२ राजा १९:२६

मार्जिनल रेफरेन्स

  • +यसै ४०:७

२ राजा १९:२७

मार्जिनल रेफरेन्स

  • +हित ५:२१; हिब्रू ४:१३
  • +यसै ३७:२८, २९

२ राजा १९:२८

मार्जिनल रेफरेन्स

  • +भज ४६:६; यसै १०:५, १५
  • +२रा १८:३५; यसै १०:१२, १३
  • +भज ३२:९
  • +२रा १९:३३

२ राजा १९:२९

फुटनोट

  • *

    अर्थात्‌, हिजकियाहको।

  • *

    वा “भुईँमा खसेको बिउबाट उम्रेको।”

मार्जिनल रेफरेन्स

  • +लेवी २५:४-६
  • +यसै ३७:३०-३२

२ राजा १९:३०

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२२; यसै १०:२०

२ राजा १९:३१

मार्जिनल रेफरेन्स

  • +यसै ५९:१७; जक १:१४, १५

२ राजा १९:३२

फुटनोट

  • *

    शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

मार्जिनल रेफरेन्स

  • +यसै १०:२४
  • +२इ ३२:२२
  • +यसै ३७:३३-३५

२ राजा १९:३४

मार्जिनल रेफरेन्स

  • +यसै ३१:५
  • +१स १२:२२; यसै ४३:२५; इज ३६:२२
  • +२रा २०:६; यर्मि २३:५

२ राजा १९:३५

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२१; यसै ३१:८
  • +प्रस्थ १२:३०; यसै ३७:३६-३८

२ राजा १९:३६

मार्जिनल रेफरेन्स

  • +योना १:२
  • +२रा १९:७, २८

२ राजा १९:३७

मार्जिनल रेफरेन्स

  • +२इ ३२:२१
  • +उत्प ८:४
  • +एज्रा ४:२

अरू

२ राजा १९:१यसै ३७:१-४
२ राजा १९:२यसै १:१
२ राजा १९:३यसै २६:१७, १८
२ राजा १९:४१स १७:४५; २रा १८:३५
२ राजा १९:४२स २२:७; २इ २०:९; ३२:२०; भज ५०:१५
२ राजा १९:५यसै ३७:५-७
२ राजा १९:६२रा १८:१७
२ राजा १९:६व्य २०:३; यसै ४१:१०; ५१:७
२ राजा १९:७२इ ३२:२१; यसै ३७:३७, ३८
२ राजा १९:८२रा १८:१४
२ राजा १९:८यसै ३७:८-१३
२ राजा १९:९२रा १८:१७
२ राजा १९:१०२इ ३२:१५
२ राजा १९:११२रा १७:५; २इ ३२:१०, १३; यसै १०:८-११
२ राजा १९:१२उत्प ११:३१
२ राजा १९:१३२रा १७:२४; १८:३३, ३४
२ राजा १९:१४१रा ८:३०; यसै ३७:१४-२०
२ राजा १९:१५२इ ३२:२०
२ राजा १९:१५प्रस्थ २५:२२
२ राजा १९:१५१इ २९:१०, ११
२ राजा १९:१६१रा ८:२९; भज ६५:२
२ राजा १९:१६२इ १६:९; दा ९:१८
२ राजा १९:१७२रा १६:८, ९; १७:६, २४
२ राजा १९:१८यसै ४१:२९
२ राजा १९:१८यर्मि १०:३
२ राजा १९:१९भज ८३:१७, १८; यसै ४५:५, ६
२ राजा १९:२०२रा १९:१५; यसै ३७:२१, २२
२ राजा १९:२२२रा १९:१०
२ राजा १९:२२२रा १८:३०; यसै १०:१२, १३
२ राजा १९:२२यसै ३७:२३-२५
२ राजा १९:२३२रा १८:१७
२ राजा १९:२३२इ ३२:१७; यसै १०:१०, ११
२ राजा १९:२५यसै १४:२४
२ राजा १९:२५भज ३३:११
२ राजा १९:२५यसै ४६:१०
२ राजा १९:२५यसै १०:५; ३७:२६, २७
२ राजा १९:२६यसै ४०:७
२ राजा १९:२७हित ५:२१; हिब्रू ४:१३
२ राजा १९:२७यसै ३७:२८, २९
२ राजा १९:२८भज ४६:६; यसै १०:५, १५
२ राजा १९:२८२रा १८:३५; यसै १०:१२, १३
२ राजा १९:२८भज ३२:९
२ राजा १९:२८२रा १९:३३
२ राजा १९:२९लेवी २५:४-६
२ राजा १९:२९यसै ३७:३०-३२
२ राजा १९:३०२इ ३२:२२; यसै १०:२०
२ राजा १९:३१यसै ५९:१७; जक १:१४, १५
२ राजा १९:३२यसै १०:२४
२ राजा १९:३२२इ ३२:२२
२ राजा १९:३२यसै ३७:३३-३५
२ राजा १९:३४यसै ३१:५
२ राजा १९:३४१स १२:२२; यसै ४३:२५; इज ३६:२२
२ राजा १९:३४२रा २०:६; यर्मि २३:५
२ राजा १९:३५२इ ३२:२१; यसै ३१:८
२ राजा १९:३५प्रस्थ १२:३०; यसै ३७:३६-३८
२ राजा १९:३६योना १:२
२ राजा १९:३६२रा १९:७, २८
२ राजा १९:३७२इ ३२:२१
२ राजा १९:३७उत्प ८:४
२ राजा १९:३७एज्रा ४:२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ राजा १९:१-३७

दोस्रो राजा

१९ यो खबर पाउनेबित्तिकै राजा हिजकियाहले आफ्नो लुगा च्याते र भाङ्‌ग्रा ओढेर यहोवा परमेश्‍वरको भवनमा गए।+ २ त्यसपछि तिनले महलको रेखदेख गर्ने जिम्मा पाएका एलियाकिम, सचिव सेब्नाह र पुजारीहरूका नाइकेहरूलाई आमोजका छोरा भविष्यवक्‍ता यसैयाकहाँ+ पठाए। तिनीहरू सबै भाङ्‌ग्रा ओढेर उनीकहाँ गए। ३ तिनीहरूले उनलाई यसो भने: “हिजकियाह भन्‍नुहुन्छ, ‘यो दिन दुःख, निन्दा* र अपमानको दिन हो। हामी प्रसववेदनामा परेकी स्त्रीझैँ भएका छौँ, जसको बच्चा जन्माउने बेला आइसकेको छ तर बच्चा जन्माउनलाई शक्‍ति नै छैन।+ ४ सायद यहोवा तपाईँका परमेश्‍वरले रबसाकेले भनेका सबै कुरा सुन्‍नुहुनेछ, जसलाई तिनका मालिक अस्सेरियाका राजाले जीवित परमेश्‍वरलाई हाँक दिन पठाएका थिए।+ अनि यहोवा तपाईँका परमेश्‍वरले जे-जे सुन्‍नुभयो, त्यसको लेखा उहाँले तिनीसित लिनुहुनेछ। त्यसैले देशमा जो-जो बाँकी रहेका छन्‌, तिनीहरूका लागि उहाँसित बिन्ती गरिदिनुहोस्‌।’”+

५ तब राजा हिजकियाहका सेवकहरू यसैयाकहाँ गए।+ ६ यसैयाले तिनीहरूलाई यसो भने: “गएर आफ्ना मालिकलाई भन्‍नू, ‘यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “अस्सेरियाका राजाका सेवकहरूले जे-जे भनेर मेरो निन्दा गरे,+ त्यो सुनेर तिमीहरू नडराओ।+ ७ हेर, म उसको मनमा एउटा विचार हालिदिनेछु। उसले एउटा खबर सुन्‍नेछ र ऊ आफ्नै देशमा फर्किजानेछ। अनि ऊ आफ्नै देशमा तरबारले मारिनेछ।”’”+

८ अस्सेरियाका राजा लाकिसबाट+ गए भन्‍ने खबर सुनेपछि रबसाके उनीकहाँ फर्के। तिनले राजालाई लिब्नाहसित लडाइँ गरिरहेका भेट्टाए।+ ९ अस्सेरियाका राजाले इथियोपियाका राजा तिर्हाकाह उनीसित युद्ध लड्‌न आउँदै छन्‌ भन्‍ने खबर पाए। तब उनले हिजकियाहकहाँ फेरि आफ्ना सन्देशवाहकहरूलाई+ यसो भनेर पठाए: १० “गएर यहुदाका राजा हिजकियाहलाई यसो भन, ‘तिमीले भरोसा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई यसो भन्दै भ्रममा नपारून्‌: “यरुसलेमलाई अस्सेरियाका राजाको हातमा सुम्पिइनेछैन।”+ ११ हेर! अस्सेरियाका राजाहरूले सबै देशलाई नाश गरेर तिनीहरूको हालत कस्तो बनाइदिएका छन्‌, त्यो तिमीले सुनेका छौ।+ त्यसोभए तिमीचाहिँ कसरी बच्न सक्छौ? १२ मेरा पितापुर्खाले जुन-जुन जातिलाई नाश गरेका थिए, के तिनीहरूका देवताहरूले तिनीहरूलाई बचाउन सके? गोजान, हारान+ र रेजेफ, खै कहाँ छन्‌? तेल-अस्सारमा बस्ने अदनका मानिसहरू कहाँ गए? १३ हमाथका राजा, अर्पादका राजा अनि सेफर्बेम, हेना र इव्वाह सहरका राजाहरू कहाँ छन्‌?’”+

१४ हिजकियाहले ती सन्देशवाहकहरूले ल्याएका पत्रहरू लिए र पढे। त्यसपछि तिनी यहोवा परमेश्‍वरको भवनमा गए र यहोवासामु ती पत्रहरू फिँजाए।+ १५ अनि तिनले यहोवा परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरे:+ “हे इस्राएलका परमेश्‍वर यहोवा, जो करूबहरूभन्दा+ माथि* विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्‍वर हुनुहुन्छ।+ तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो। १६ हे यहोवा! मतिर आफ्नो कान फर्काउनुहोस्‌ र मेरो कुरा सुन्‍नुहोस्‌।+ हे यहोवा! आफ्नो आँखा उघार्नुहोस्‌ र हामीमाथि नजर लगाउनुहोस्‌।+ तपाईँ जीवित परमेश्‍वरलाई हाँक दिन सनहेरिबले भनेको एक-एक कुरामा ध्यान दिनुहोस्‌। १७ हे यहोवा! यो कुरा साँचो हो, अस्सेरियाका राजाहरूले सबै जाति र तिनीहरूको देशलाई ध्वस्त पारेका छन्‌।+ १८ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्‌। किनकि ती साँच्चैका ईश्‍वर थिएनन्‌;+ ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्‌गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके। १९ तर हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस्‌ र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाऊन्‌।”+

२० त्यसपछि आमोजका छोरा यसैयाले हिजकियाहकहाँ यो सन्देश पठाए: “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीले अस्सेरियाका राजा सनहेरिबको विषयमा गरेको बिन्ती मैले सुनेँ।+ २१ त्यसैले यहोवा परमेश्‍वरले उसको विरुद्धमा यसो भन्‍नुभएको छ:

“सियोनकी कुमारी छोरी तँलाई तुच्छ ठान्छिन्‌, उनी तेरो खिसी गर्छिन्‌।

यरुसलेमकी छोरी तँलाई गिज्याउँदै आफ्नो शिर हल्लाउँछिन्‌।

२२ तैँले कसलाई हाँक दिइस्‌ र कसको निन्दा गरिस्‌?+

कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्‌?+

तैँले कोविरुद्ध आफ्नो अहङ्‌कारी आँखा उठाइस्‌?

तैँले इस्राएलका पवित्र परमेश्‍वरविरुद्ध यी सब गरिस्‌!+

२३ तैँले आफ्ना सन्देशवाहकहरूमार्फत+ यहोवालाई हाँक दिँदै+ यसो भनिस्‌,

‘म आफ्ना अनगिन्ती रथसहित आउनेछु

र पहाडहरूको टुप्पोमा उक्लनेछु।

म लेबनानको टाढा-टाढासम्मै पुग्नेछु।

म देवदारका अग्ला-अग्ला रूखहरू, धुपीका असल-असल रूखहरू काट्‌नेछु।

अनि टाढा-टाढाका त्यसका शरणस्थान र त्यसका घना जङ्‌गलहरूमा छिर्नेछु।

२४ म बिरानो ठाउँमा इनार खन्‍नेछु र त्यहाँको पानी पिउनेछु।

म आफ्नो कुर्कुच्चोले टेकेर मिश्रका सबै खोला* सुकाइदिनेछु।’

२५ के तैँले सुनेको छैनस्‌? मैले धेरै अघि यो कुरा निश्‍चय गरिसकेको थिएँ।+

मैले धेरै पहिले यसको तयारी गरेको थिएँ।+

अब म त्यो पूरा गर्नेछु।+

तैँले पर्खालले घेरिएका बलिया-बलिया सहरहरू उजाड पार्नेछस्‌।+

२६ ती सहरहरूका बासिन्दाहरू निस्सहाय हुनेछन्‌।

तिनीहरू डरले थरथर काँप्नेछन्‌ र लाजमा पर्नेछन्‌।

तिनीहरू खेतको बोटबिरुवा र हरियो घाँसपातझैँ ओइलाउनेछन्‌।+

तिनीहरू घरको छतमा उम्रने घाँसझैँ हुनेछन्‌, जुन पूर्वीय बतासले गर्दा सुकिहाल्छ।

२७ तर तँ कहिले बस्छस्‌, कहिले बाहिर जान्छस्‌ अनि कहिले भित्र छिर्छस्‌, त्यो सब मलाई थाह छ।+

अनि तँ कहिले मसित रिसाउँछस्‌, त्यो पनि मलाई थाह छ।+

२८ किनकि मविरुद्धको तेरो रिस+ र तेरो गर्जन मेरो कानसम्मै पुगेको छ।+

त्यसैले म तेरो नाकमा अङ्‌कुसे र तेरो ओठमा लगाम लगाउनेछु+

अनि तँ जुन बाटो भएर आएको थिइस्‌, त्यही बाटोबाट तँलाई फर्काउनेछु।”+

२९ “‘यो अवश्‍य पूरा हुनेछ भन्‍ने कुराको चिन्ह तिम्रो* लागि यो हुनेछ: यो वर्ष तिमीहरूले जमिनमा आफै उम्रेको* अन्‍न खानेछौ। अर्को वर्ष पनि तिमीहरूले जमिनमा आफै उम्रेको अन्‍न खानेछौ।+ तर तेस्रो वर्ष भने तिमीहरूले बिउ छर्नेछौ र बाली काट्‌नेछौ। तिमीहरूले अङ्‌गुर बगानहरू लगाउनेछौ र त्यसको फल खानेछौ।+ ३० यहुदाको घरानामा जो-जो बाँकी हुनेछन्‌,+ तिनीहरूले बिरुवाले जस्तै जरा गाड्‌नेछन्‌ र फल फलाउनेछन्‌। ३१ किनकि बाँकी रहेका मानिसहरू यरुसलेमबाट र सियोन डाँडाबाट निस्कनेछन्‌। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।+

३२ “‘त्यसैले यहोवा परमेश्‍वर अस्सेरियाका राजाबारे यसो भन्‍नुहुन्छ:+

“ऊ यस सहरमा छिर्नेछैन,+

उसले यता काँड हान्‍नेछैन,

ढाल लिएर यसलाई आक्रमण गर्नेछैन

अनि यसविरुद्ध घेरा-मचान* पनि बनाउनेछैन।”+

३३ यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, “ऊ जुन बाटो भएर आएको थियो,

त्यही बाटो भएर फर्कनेछ। ऊ यस सहरमा छिर्नेछैन।

३४ म यस सहरको रक्षा गर्नेछु;+

म आफ्नो खातिर+ र आफ्ना सेवक दाउदको खातिर यसलाई जोगाउनेछु।”’”+

३५ त्यही रात यहोवा परमेश्‍वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे।+ जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+ ३६ त्यसैले अस्सेरियाका राजा सनहेरिब निनवे फर्के+ र त्यहीँ बसे।+ ३७ एकदिन तिनी आफ्नो देवता निस्रोकको मन्दिरमा घोप्टो परेर दण्डवत्‌ गरिरहेका बेला तिनकै छोराहरू अद्रम-मेलेक र सारेजेरले तिनलाई तरबारले मारे+ अनि तिनीहरू अरारातमा+ भागेर गए। त्यसपछि सनहेरिबको ठाउँमा तिनका छोरा एसर-हद्दोन+ राजा भए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने