प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ इतिहास विषयवस्तु

      • दाउद मन्दिरको लागि तयारी गर्छन्‌ (१-५)

      • दाउद सुलेमानलाई निर्देशन दिन्छन्‌ (६-१६)

      • सुलेमानलाई मदत गर्न अगुवाहरूलाई आदेश दिइन्छ (१७-१९)

१ इतिहास २२:१

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, ६; २स २४:१८; २इ ३:१

१ इतिहास २२:२

मार्जिनल रेफरेन्स

  • +१रा ९:२०, २१; २इ २:१७, १८
  • +१रा ५:१५, १७; ६:७; ७:९

१ इतिहास २२:३

मार्जिनल रेफरेन्स

  • +१रा ७:४७

१ इतिहास २२:४

मार्जिनल रेफरेन्स

  • +२स ५:११
  • +१रा ५:६, ८
  • +२इ २:३

१ इतिहास २२:५

मार्जिनल रेफरेन्स

  • +२इ २:५
  • +भज ६८:२९; हाग्गै २:३
  • +१रा ३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    १/२०१७, पृ. २९

१ इतिहास २२:७

मार्जिनल रेफरेन्स

  • +व्य १२:५, ६; २स ७:२; भज १३२:३-५

१ इतिहास २२:८

मार्जिनल रेफरेन्स

  • +१इ १७:४

१ इतिहास २२:९

फुटनोट

  • *

    यो नाम “शान्ति” अर्थ दिने हिब्रू शब्दबाट लिइएको हो।

मार्जिनल रेफरेन्स

  • +१इ २८:५
  • +२स ७:१२, १३; १रा ४:२५; ५:४
  • +२स १२:२४
  • +भज ७२:७

१ इतिहास २२:१०

मार्जिनल रेफरेन्स

  • +१रा ५:५
  • +२स ७:१४; हिब्रू १:५
  • +१इ १७:१२-१४; भज ८९:३५, ३६

१ इतिहास २२:११

मार्जिनल रेफरेन्स

  • +१इ २८:२०

१ इतिहास २२:१२

मार्जिनल रेफरेन्स

  • +२इ १:१०; भज ७२:१
  • +व्य ४:६

१ इतिहास २२:१३

मार्जिनल रेफरेन्स

  • +व्य १२:१; १७:१८, १९; यहो १:८; १रा २:३; १इ २८:७; भज १९:८, ११
  • +लेवी १९:३७; १इ २८:७
  • +यहो १:६, ९; १इ २८:२०

१ इतिहास २२:१४

फुटनोट

  • *

    एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१इ २९:६, ७
  • +१इ २९:२-४

१ इतिहास २२:१५

मार्जिनल रेफरेन्स

  • +१रा ५:१७; ६:७; ७:९
  • +१रा ७:१३, १४

१ इतिहास २२:१६

मार्जिनल रेफरेन्स

  • +१इ २२:३
  • +२इ १:१

१ इतिहास २२:१९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य ४:२९; २इ २०:३; दा ९:३
  • +१रा ६:१
  • +व्य १२:२१; १रा ८:२९; ९:३
  • +१रा ८:६, २१

अरू

१ इति. २२:१व्य १२:५, ६; २स २४:१८; २इ ३:१
१ इति. २२:२१रा ९:२०, २१; २इ २:१७, १८
१ इति. २२:२१रा ५:१५, १७; ६:७; ७:९
१ इति. २२:३१रा ७:४७
१ इति. २२:४२स ५:११
१ इति. २२:४१रा ५:६, ८
१ इति. २२:४२इ २:३
१ इति. २२:५२इ २:५
१ इति. २२:५भज ६८:२९; हाग्गै २:३
१ इति. २२:५१रा ३:७
१ इति. २२:७व्य १२:५, ६; २स ७:२; भज १३२:३-५
१ इति. २२:८१इ १७:४
१ इति. २२:९१इ २८:५
१ इति. २२:९२स ७:१२, १३; १रा ४:२५; ५:४
१ इति. २२:९२स १२:२४
१ इति. २२:९भज ७२:७
१ इति. २२:१०१रा ५:५
१ इति. २२:१०२स ७:१४; हिब्रू १:५
१ इति. २२:१०१इ १७:१२-१४; भज ८९:३५, ३६
१ इति. २२:१११इ २८:२०
१ इति. २२:१२२इ १:१०; भज ७२:१
१ इति. २२:१२व्य ४:६
१ इति. २२:१३व्य १२:१; १७:१८, १९; यहो १:८; १रा २:३; १इ २८:७; भज १९:८, ११
१ इति. २२:१३लेवी १९:३७; १इ २८:७
१ इति. २२:१३यहो १:६, ९; १इ २८:२०
१ इति. २२:१४१इ २९:६, ७
१ इति. २२:१४१इ २९:२-४
१ इति. २२:१५१रा ५:१७; ६:७; ७:९
१ इति. २२:१५१रा ७:१३, १४
१ इति. २२:१६१इ २२:३
१ इति. २२:१६२इ १:१
१ इति. २२:१९व्य ४:२९; २इ २०:३; दा ९:३
१ इति. २२:१९१रा ६:१
१ इति. २२:१९व्य १२:२१; १रा ८:२९; ९:३
१ इति. २२:१९१रा ८:६, २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास २२:१-१९

पहिलो इतिहास

२२ त्यसपछि दाउदले भने: “यस ठाउँमा साँचो परमेश्‍वर यहोवाको भवन बनाइनेछ र यहाँ इस्राएलको लागि अग्निभेटीको वेदी हुनेछ।”+

२ दाउदले इस्राएलका इलाकाहरूमा बसोबास गर्ने विदेशीहरूलाई भेला गराउन आदेश दिए+ र तिनीहरूलाई साँचो परमेश्‍वरको भवन बनाउन चाहिने ढुङ्‌गाहरू काट्‌ने र त्यसलाई आकार दिने काममा लगाए।+ ३ तिनले ढोकाहरूको लागि किला र कब्जाहरू बनाउन प्रशस्त मात्रामा फलाम जम्मा गरे। अनि तिनले यत्ति धेरै तामा पनि जम्मा गरे, त्यो जोखेर साध्यै थिएन।+ ४ तिनले देवदारका अनगिन्ती काठहरू पनि थुपारे।+ सिदोन+ र टायरका मानिसहरूले+ तिनको लागि देवदारका प्रशस्तै काठहरू ल्याइदिएका थिए। ५ दाउदले भने: “यहोवा परमेश्‍वरको निम्ति एउटा यस्तो भवन बनाउनुपर्छ, जुन अत्यन्तै वैभवशाली होस्‌+ अनि संसारभरि त्यसको नाम र सौन्दर्यको चर्चा होस्‌।+ तर मेरो छोरा सुलेमान सानै छ र ऊ त्यत्ति अनुभवी छैन।+ त्यसैले उसको खातिर म भवन बनाउने कामको तयारी गर्नेछु।” त्यसकारण दाउदले आफ्नो मृत्यु हुनुअघि त्यस भवनको लागि प्रशस्तै सरसामान जुटाए।

६ साथै तिनले आफ्ना छोरा सुलेमानलाई बोलाए अनि इस्राएलका परमेश्‍वर यहोवाको लागि भवन बनाउन निर्देशन दिए। ७ दाउदले आफ्ना छोरा सुलेमानलाई यसो भने: “मेरा परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने मेरो ठूलो धोको थियो।+ ८ तर यहोवाको यो सन्देश मकहाँ आयो, ‘तिमीले थुप्रैको रगत बगाएका छौ र ठूलठूला युद्ध लडेका छौ। त्यसैले तिमीले मेरो निम्ति भवन बनाउन पाउनेछैनौ।+ तिमीले यस धर्तीमा मेरै आँखाअगाडि धेरैको रगत बगाएका छौ। ९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+ १० उसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ।+ ऊ मेरो छोरा हुनेछ र म उसको बुबा हुनेछु।+ म इस्राएलमा उसको सिंहासन सधैँको लागि स्थिर पार्नेछु।’+

११ “हे मेरो छोरा, यहोवा परमेश्‍वर सधैँ तिम्रो साथमा रहून्‌ र तिमी आफ्नो काममा सफल होऊ। यहोवा तिम्रा परमेश्‍वरले तिम्रो विषयमा भन्‍नुभएझैँ उहाँको निम्ति भवन बनाऊ।+ १२ यहोवा परमेश्‍वरले तिमीलाई इस्राएलमाथि अधिकार गर्न दिनुभएपछि उहाँले तिमीलाई विवेक र समझ पनि देऊन्‌।+ अनि तिमी यहोवा तिम्रा परमेश्‍वरले दिनुभएको आज्ञाअनुसार चलिरहन सक्नेछौ।+ १३ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई जुन नीति-नियम र ऐनकानुन दिनू भनी मोसालाई अह्राउनुभएको थियो,+ ती होसियारीसाथ पालन गऱ्‍यौ भने तिमी सफल हुनेछौ।+ साहसी र बलियो होऊ! नडराऊ, त्रसित नहोऊ।+ १४ मैले धेरै दुःख गरेर यहोवा परमेश्‍वरको भवनको निम्ति १ लाख टालेन्ट* सुन र १० लाख टालेन्ट चाँदी जम्मा गरेको छु। अनि प्रशस्त मात्रामा तामा र फलाम पनि जुटाएको छु,+ जुन जोखेर साध्यै छैन। मैले काठहरू र ढुङ्‌गाहरू पनि जम्मा गरेको छु।+ तर तिमीले अझै जम्मा गर्नेछौ। १५ तिमीसित थुप्रै कामदार पनि छन्‌—ढुङ्‌गा काट्‌नेहरू, डकर्मीहरू,+ सिकर्मीहरू र हरकिसिमको काम गर्न सिपालु कारिगरहरू।+ १६ यस कामको निम्ति यत्ति धेरै सुनचाँदी, तामा र फलाम थुपारिएको छ, त्यसको कुनै हिसाबकिताब नै छैन।+ अब यो काम सुरु गर; यहोवा परमेश्‍वरले तिमीलाई साथ देऊन्‌।”+

१७ दाउदले इस्राएलका सबै अगुवालाई आफ्ना छोरा सुलेमानलाई मदत गर्न आदेश दिए। १८ तिनले उनीहरूलाई यसो भने: “के तिमीहरूका परमेश्‍वर यहोवा तिमीहरूको साथमा हुनुहुन्‍न र? के उहाँले तिमीहरूलाई चारैतिरका शत्रुहरूबाट विश्राम दिनुभएको छैन र? यहोवा परमेश्‍वरले यस देशका बासिन्दाहरूलाई मेरो अधिकारमा दिनुभएको छ अनि यो देश उहाँ र उहाँको प्रजाको अधीनमा परेको छ। १९ अब आफ्नो सारा हृदय र सारा ज्यानले आफ्ना परमेश्‍वर यहोवाको खोजी गर+ अनि साँचो परमेश्‍वर यहोवाको निम्ति पवित्र स्थान* बनाउन सुरु गर+ ताकि यहोवा परमेश्‍वरको नामको निम्ति बनाइने त्यस भवनमा+ यहोवाको करारको सन्दुक* र साँचो परमेश्‍वरको पवित्र सरसामान राख्न सकियोस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने