प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • दमिसकविरुद्ध घोषणा (१-११)

      • जातिजातिलाई यहोवाले हप्काउनुहुनेछ (१२-१४)

यसैया १७:१

मार्जिनल रेफरेन्स

  • +यर्मि ४९:२३; जक ९:१
  • +२रा १६:८, ९; यसै ८:४; आमो १:५

यसैया १७:२

मार्जिनल रेफरेन्स

  • +गन ३२:३४; यहो १३:१५, १६; २रा १०:३२, ३३

यसैया १७:३

मार्जिनल रेफरेन्स

  • +२रा १७:६; यसै ७:८; २८:१, २; होसे ५:१४
  • +२रा १६:८, ९

यसैया १७:५

मार्जिनल रेफरेन्स

  • +यहो १५:८, १२; १८:११, १६

यसैया १७:६

मार्जिनल रेफरेन्स

  • +व्य ४:२७; २४:२०

यसैया १७:८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +होसे ८:६, ११
  • +२इ ३१:१

यसैया १७:९

मार्जिनल रेफरेन्स

  • +होसे १०:१४; आमो ३:११

यसैया १७:१०

फुटनोट

  • *

    वा “विदेशी देवताको।”

मार्जिनल रेफरेन्स

  • +भज ५०:२२; होसे ८:१४
  • +व्य ३२:४; २स २२:३२

यसैया १७:११

मार्जिनल रेफरेन्स

  • +व्य २८:३०; होसे ८:७

अरू

यसै. १७:१यर्मि ४९:२३; जक ९:१
यसै. १७:१२रा १६:८, ९; यसै ८:४; आमो १:५
यसै. १७:२गन ३२:३४; यहो १३:१५, १६; २रा १०:३२, ३३
यसै. १७:३२रा १७:६; यसै ७:८; २८:१, २; होसे ५:१४
यसै. १७:३२रा १६:८, ९
यसै. १७:५यहो १५:८, १२; १८:११, १६
यसै. १७:६व्य ४:२७; २४:२०
यसै. १७:८होसे ८:६, ११
यसै. १७:८२इ ३१:१
यसै. १७:९होसे १०:१४; आमो ३:११
यसै. १७:१०भज ५०:२२; होसे ८:१४
यसै. १७:१०व्य ३२:४; २स २२:३२
यसै. १७:११व्य २८:३०; होसे ८:७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया १७:१-१४

यसैया

१७ दमिसकविरुद्ध घोषणा:+

“हेर! दमिसक सहरको नामोनिसान रहनेछैन।

त्यो भग्नावशेषको थुप्रो बन्‍नेछ।+

 २ अरोएरका सहरहरू+ अलपत्र छोडिनेछन्‌,

ती ठाउँहरू वस्तुभाउ चर्ने ठाउँ हुनेछन्‌

अनि कसैले तिनीहरूलाई धपाउनेछैन।

 ३ पर्खालले घेरिएका एप्रैमका सहरहरूको नामोनिसान मेटिनेछ+

अनि दमिसकको राज्य नाश हुनेछ।+

इस्राएलीहरूको गौरव मेटिएझैँ

सिरियामा बाँकी रहेकाहरूको गौरव पनि मेटिनेछ,” सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

 ४ “त्यस दिन याकुबको गौरव माटोमा मिल्नेछ

अनि उसको हृष्टपुष्ट शरीर लिखुरो हुनेछ।

 ५ ऊ कटनी गरिसकेको

रेफाई बेँसीको+ खेतजस्तो हुनेछ,

जहाँ सिलाबाला बटुल्न अन्‍नका केही बाला मात्रै बाँकी रहन्छ।

 ६ जसरी जैतुनको रूखबाट फल टिपेपछि

सबैभन्दा माथिल्लो हाँगामा दुई-तीन वटा पाकेका जैतुन मात्र बाँकी रहन्छन्‌

र लटरम्म फल फलेका त्यसका हाँगाहरूमा चार-पाँच वटा जैतुन मात्र बाँकी रहन्छन्‌,

त्यसैगरि याकुबको पनि सिलाबाला मात्र बाँकी रहनेछ,”+ इस्राएलका परमेश्‍वर यहोवा घोषणा गर्नुहुन्छ।

७ त्यस दिन मानिसले आफ्नो सृष्टिकर्तातिर हेर्नेछ, इस्राएलका पवित्र परमेश्‍वरलाई एकटक लाएर हेर्नेछ। ८ उसले आफ्नो हातले+ बनाएको वेदीलाई हेर्नेछैन।+ पवित्र खामाहरू,* धुपदानी वा आफ्नो हातले बनाएको कुनै पनि कुरालाई उसले हेर्नेछैन।

 ९ त्यस दिन बलिया-बलिया गढ भएका उसका सहरहरूको हालत जङ्‌गलमा उजाड छोडिएको बस्तीजस्तै हुनेछ,+

त्यो त्यागिएको हाँगाजस्तै हुनेछ, जसलाई इस्राएलीहरूको सामु फ्याँकिएको थियो;

ती सबै खण्डहरमा परिणत हुनेछन्‌।

१० किनकि तिमीले उद्धार गर्नुहुने आफ्ना परमेश्‍वरलाई बिर्स्यौ;+

आफ्नो किल्लाको चट्टानलाई सम्झेनौ।+

त्यसैले तिमीले सुन्दर बगानहरू लगायौ

र त्यसमा परदेशीको* बोट कलमी गऱ्‍यौ।

११ दिउँसो तिमी आफ्नो बगानमा राम्ररी छेकबार लगाउँछौ।

बिहान तिम्रो बिउ टुसाउँछ

तर रोग अनि असह्‍य पीडाको दिनमा तिम्रो फसल बिलाउनेछ।+

१२ सुन! जातिजातिका मानिसहरूले होहल्ला मच्चाइरहेका छन्‌।

तिनीहरू समुद्रका छालझैँ उर्लिरहेका छन्‌।

ठूलठूला छाल उर्लेको आवाजजस्तै

देश-देशका मानिसहरूको चर्को आवाज सुनिन्छ।

१३ देश-देशका मानिसहरूको आवाज समुद्रको छालझैँ सुनिनेछ।

उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू टाढा भागेर जानेछन्‌।

डाँडामा बतासले उडाएको भुसझैँ,

हुरीबतासले उडाएको काँडेझारझैँ तिनीहरू हुनेछन्‌।

१४ साँझ तिनीहरूलाई त्रासले छोप्नेछ

अनि बिहान हुनुअघि नै तिनीहरू नाश हुनेछन्‌।

हामीलाई लुट्‌नेहरूको हालत यस्तै हुनेछ।

हामीलाई रित्याउन खोज्नेहरूको हालत यस्तै हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने