प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • यहोवा सिदकियाहको बिन्ती सुन्‍न इन्कार गर्नुहुन्छ (१-७)

      • मानिसहरूले जीवन र मृत्युबीच छनौट गर्नुपर्छ (८-१४)

यर्मिया २१:१

मार्जिनल रेफरेन्स

  • +२रा २४:१८; १इ ३:१५; २इ ३६:९, १०
  • +यर्मि ३८:१
  • +यर्मि २९:२५; ३७:३; ५२:२४, २७

यर्मिया २१:२

फुटनोट

  • *

    शा., “नबुकद्‌रेजर।” नबुकद्‌नेजर नामको अर्को हिज्जे।

मार्जिनल रेफरेन्स

  • +२रा २५:१; यर्मि ३२:२८; ३९:१
  • +१स ७:१०; २इ १४:११; यसै ३७:३६, ३७

यर्मिया २१:४

मार्जिनल रेफरेन्स

  • +यर्मि ३२:५

यर्मिया २१:५

मार्जिनल रेफरेन्स

  • +यसै ६३:१०; वि २:५
  • +यसै ५:२५

यर्मिया २१:६

फुटनोट

  • *

    वा “रोगले।”

मार्जिनल रेफरेन्स

  • +व्य २८:२१, २२; इज ७:१५

यर्मिया २१:७

मार्जिनल रेफरेन्स

  • +२रा २५:६, ७; यर्मि ३७:१७; ३९:५-७; ५२:९-११; इज १७:२०
  • +व्य २८:४९, ५०; २इ ३६:१७

यर्मिया २१:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१/२००७, पृ. ११

यर्मिया २१:९

फुटनोट

  • *

    वा “उसले आफ्नो ज्यान जोगाउनेछ।”

मार्जिनल रेफरेन्स

  • +यर्मि २७:१२, १३; ३८:२, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १०/१/२००२, पृ. १५-१६

यर्मिया २१:१०

मार्जिनल रेफरेन्स

  • +यर्मि ४४:११
  • +यर्मि ३८:३
  • +२इ ३६:१७, १९; यर्मि १७:२७; ३४:२; ३७:१०; ३९:८

यर्मिया २१:१२

मार्जिनल रेफरेन्स

  • +यसै १:१७; यर्मि २२:३; इज २२:२९; मिका २:२
  • +यर्मि ७:५-७
  • +व्य ३२:२२; यसै १:३१; यर्मि ७:२०

यर्मिया २१:१४

मार्जिनल रेफरेन्स

  • +यर्मि ५:९; ९:९
  • +२इ ३६:१७, १९; यर्मि ५२:१२, १३

अरू

यर्मि. २१:१२रा २४:१८; १इ ३:१५; २इ ३६:९, १०
यर्मि. २१:१यर्मि ३८:१
यर्मि. २१:१यर्मि २९:२५; ३७:३; ५२:२४, २७
यर्मि. २१:२२रा २५:१; यर्मि ३२:२८; ३९:१
यर्मि. २१:२१स ७:१०; २इ १४:११; यसै ३७:३६, ३७
यर्मि. २१:४यर्मि ३२:५
यर्मि. २१:५यसै ६३:१०; वि २:५
यर्मि. २१:५यसै ५:२५
यर्मि. २१:६व्य २८:२१, २२; इज ७:१५
यर्मि. २१:७२रा २५:६, ७; यर्मि ३७:१७; ३९:५-७; ५२:९-११; इज १७:२०
यर्मि. २१:७व्य २८:४९, ५०; २इ ३६:१७
यर्मि. २१:९यर्मि २७:१२, १३; ३८:२, १७
यर्मि. २१:१०यर्मि ४४:११
यर्मि. २१:१०यर्मि ३८:३
यर्मि. २१:१०२इ ३६:१७, १९; यर्मि १७:२७; ३४:२; ३७:१०; ३९:८
यर्मि. २१:१२यसै १:१७; यर्मि २२:३; इज २२:२९; मिका २:२
यर्मि. २१:१२यर्मि ७:५-७
यर्मि. २१:१२व्य ३२:२२; यसै १:३१; यर्मि ७:२०
यर्मि. २१:१४यर्मि ५:९; ९:९
यर्मि. २१:१४२इ ३६:१७, १९; यर्मि ५२:१२, १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया २१:१-१४

यर्मिया

२१ यहोवाको वचन यर्मियाकहाँ आयो, जब राजा सिदकियाहले+ तिनीकहाँ मल्कियाहका छोरा पासुहर+ र मासेयाहका छोरा पुजारी सपन्याहलाई+ यस्तो बिन्ती गर्न पठाए: २ “बिन्ती! हाम्रो तर्फबाट यहोवा परमेश्‍वरसित कुरा गरिदिनुहोस्‌। बेबिलोनका राजा नबुकद्‌नेजर* हामीसित युद्ध लड्‌न आउँदै छन्‌।+ यहोवा परमेश्‍वरले उहिले-उहिले जस्तै अहिले पनि हाम्रो लागि कुनै आश्‍चर्यजनक काम गरिदिनुहोला कि? अनि राजा नबुकद्‌नेजर फर्केर जालान्‌ कि?”+

३ यर्मियाले तिनीहरूलाई यसो भने: “गएर सिदकियाहलाई यसो भन, ४ ‘इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “पर्खालबाहिर छाउनी हालेर बसेका बेबिलोनका राजा र कल्दियालीहरूसित लड्‌न तिमीहरू जुन हातहतियार प्रयोग गर्छौ, म त्यही हातहतियार तिमीहरूविरुद्ध चलाउनेछु।+ म तिनीहरूलाई यस सहरको बीचमा जम्मा गर्नेछु। ५ आफ्नो शक्‍तिशाली हात पसारेर म आफै तिमीहरूसित लड्‌नेछु।+ म आफ्नो रिस र भयङ्‌कर क्रोधमा तिमीहरूविरुद्ध जाइलाग्नेछु।+ ६ चाहे मानिस होस्‌ या जनावर, यस सहरमा बस्ने सबैलाई म प्रहार गर्नेछु। तिनीहरू घातक महामारीले* मर्नेछन्‌।”’+

७ “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “त्यसपछि म यहुदाका राजा सिदकियाह, तिनका नोकरचाकर र यस सहरका मानिसहरूलाई अर्थात्‌ महामारी, तरबार अनि अनिकालबाट बचेका सबैलाई बेबिलोनका राजा नबुकद्‌नेजरको हातमा सुम्पिदिनेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुहरूको, तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा दिनेछु।+ तिनले तिनीहरूलाई तरबारले काट्‌नेछन्‌; तिनीहरूलाई रतीभर दयामाया देखाउनेछैनन्‌ न त करुणा नै देखाउनेछन्‌।”’+

८ “यी मानिसहरूलाई तिमीले यसो भन्‍नू, ‘यहोवा यसो भन्‍नुहुन्छ: “हेर, मैले तिमीहरूसामु दुई वटा बाटो राखिदिएको छु; एउटा जीवनको र अर्को मृत्युको। ९ तिमीहरूमध्ये जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले मर्नेछ। तर जसले सहरबाहिर गएर तिमीहरूलाई घेरा हालेर बसिरहेका कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊचाहिँ बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।”’*+

१० “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “यस सहरको भलाइ गर्न होइन बरु यसमाथि विपत्ति ल्याउन म यसतिर फर्केको छु।+ यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ+ र तिनले यसलाई आगोले भस्म पार्नेछन्‌।”+

११ “‘यहुदाका राजाको घरानालाई यसो भन्‍नू: यहोवाको वचन सुन। १२ हे दाउदको घराना, यहोवा यसो भन्‍नुहुन्छ:

“हरेक बिहान न्याय कायम गर

अनि धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर।+

नत्र त तिमीहरूको दुष्कर्मले गर्दा+

मेरो क्रोध तिमीहरूविरुद्ध आगोझैँ दन्कनेछ+

र कसैले त्यसलाई निभाउन सक्नेछैन।”’

१३ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘हे बेँसीका बासिन्दा,

समतल जमिनको चट्टान, म तिमीहरूविरुद्ध उठेको छु।

तिमीहरू यसो भन्छौ: “हामीलाई आक्रमण गर्न को आउला र?

हाम्रा घरहरूलाई कसले कब्जा गर्ला र?”

१४ तर म तिमीहरूको कामबमोजिम

तिमीहरूको लेखा लिनेछु।+

म तिमीहरूको जङ्‌गलमा डढेलो लगाइदिनेछु

र त्यसले तिमीहरूसित भएका सबै कुरा भस्म पार्नेछ,’+ यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने